|
स्हाङच्योद्
मोन्लाम् (भद्रचर्या प्रणिधान) ग्यागार
केद्दु आर्य
भद्रचर्या प्रणिधानराज
। भ्यो
केदु फाग्पा
स्हाङ्पो च्योद्पे मोन्लाम्ग्यी ग्याल्पो
सर्वथा युवा परम मञ्जुश्रीमा वन्दना ! शरिर, मन र वचनको
शुद्धताद्वारा कुनै अपवादविना म वर्तमान्, भूत र भविष्यका
दशै दिशाका सम्पूर्ण
लोकहरूका बुद्ध जिनपुत्रहरूमा दण्दवत् गर्छु
समन्तभद्रको
यस प्रणिधानको शक्तिले
सुद्धभूमिमा भए
जत्तिकै अणुसरीको शरिरले मेरो मनमा प्रस्फुट भएका बुद्ध
जिनपुत्रहरूमा दण्डवत् गर्छु सवैमा वन्दना
गर्छु
म सत्यताको
सम्पूर्ण लोकहरूलाई बोधिज्ञान प्राप्त
भएकाहरूद्वारा भरिपूर्ण भएको कल्पना गर्छु
प्रत्येक अणुहरूमा सुद्धभूमिमा भए जत्तिकै संख्यामा अणुहरू जत्तिकै बुद्धहरू
प्रत्येकलाई बोधिसत्वहरूद्वारा घेरिएर रहेको
कल्पना गर्छु
म ती परम
सुखका सम्पूर्ण भगवानहरूलाई
उहाँहरूको
उत्कृष्टतालाई मधुर धुनको सागरको
प्रत्येक अन्त्यहिन
प्रशंसाको सागरद्वारा
प्रशंसा गर्दै
सम्मान गर्छु
म ती
जिनपुत्र बुद्धहरूलाई र्सवश्रेष्ठ पुष्प, माला, संगित, अंजन, उत्कृष्ट चाँदनी, उत्तम बत्ति र र्सवश्रेष्ठ
धुप चढाउँछु
म ती
जिनपुत्र बुद्धहरूलाई
उत्कृष्ट बस्तुहरूको
सर्वोत्तम विन्यास सर्वोत्तम वस्त्र र सुगन्ध पनि
चढाउँछु तथा सुमेरु पर्वत जतिकै अग्लो
सुगन्धयुक्त धुलो समेत चढाउँछु ।
समन्तभद्रको
कार्यहरूमाथि मेरो आस्थाको
शत्तिद्वारा जिनपुत्रबुद्धहरूलाई म दण्डवत् गर्छु विशाल तथा बेजोड वस्तुहरू
चढाउँछु
मैले
लालसा, क्रोध र
अज्ञानताको प्रभावमा मन, वचन र कार्यद्वारा
गरेको सवै
प्रकारका गल्तीहरूलाई स्वीकार गर्छु
दशै दिशाका
बुद्धहरू बोधिसत्वहरूको
प्रत्येक
बुद्धहरू, अर्हतहरू, अभ्यासकर्ताहरू र
सम्पूर्ण चेतनशिल
प्राणीहरूको पुण्य कार्यमा प्रफुल्ल हुन्छु
म
बुद्धत्वका अनाशक्ति प्राप्त गरेका बोधिज्ञान प्राप्त तथा दशै दिशाका
संसारहरूलाई उज्यालो पार्नेलाई धर्मको वेजोड
चक्रलाई घुमाउन अनुरोध गर्छु
दुवै हात
जोडेर म अन्तिम निर्वाण प्राप्त गर्न
चिताउनेहरूलाई सुद्ध भूमिमा भएका अणुहरू जत्तिनै कल्पहरूसम्म सम्पूर्ण जीवित प्राणीहरूको खुशी र फाईदाका लागि यहिँ रहन विन्ति
गर्छु
मैले गरेका
दण्डवत्, चढाएका
सौगातहरू, स्वीकारोक्ति, प्रफुल्लता, अनुरोध र प्रार्थनाहरूबाट जतिसुकै सानो पुण्य प्राप्त गरेको भए
पनि ती सवै त्रुटिविहिन बोधिज्ञान प्राप्तीमा
समर्पण होस् ।
म दशै
दिशामा रहेका पहिलेका बुद्ध र
हालका बुद्धहरूको
पुजा गर्न सकुँ भविष्यमा आउने
बुद्धहरूले आफ्नो प्रणिधानहरूलाई तुरन्तै पुरा गरुन्
र बोधिज्ञानको शाही बृक्ष तर्फजाने जिनपुत्र
बुद्धहरूले भरियोस्
दशै दिशाका
जीवित प्राणीहरू सँधै खुशी र रोगमुक्त रहुन्
धर्मको प्रकरण सम्पूर्ण जीवित प्राणीहरूको आवश्यकताहरू अनुरुप होस् र उनीहरूको आशा पुरा
होउन्
मैले
बोधिज्ञानका सम्पूर्ण कार्य सम्पादन गर्नसकौं र अस्तीत्वका सम्पूर्ण अवस्थाहरूमा मेरो जीवनहरूलाई सम्झन सकौं र मेरो सम्पूर्ण जीवन, मृत्यु पश्चात, अन्तराभव -भार्दो), र पुर्वजन्ममा मैले सँधै धार्मिक जीवनलाई
अँगाल्न सकौं
मैले सवै
जिनपुत्र बुद्धहरूलाई अनुशरण गर्न सकौं र समन्तभद्रका कार्यहरूमा निपुण हुन
सकौं सुद्ध नैतिकताको बेदाग कार्य मेरा कृयाकलापहरू सदा दोषमुक्त र
त्रुटिविहिन होउन्
मैले सवै
भाषामा, जीवित
प्राणीहरूले बुझ्ने जुनसुकै आवाजमा, देव, नाग, असुर, आत्मा र मानिसहरूको भाषामा धर्म उपदेश
दिन सकौं ।
मैले
धैर्यताका साथ उत्कृष्टतालाई
जहिले पनि संपादन
गर्न सकौं बोधिज्ञान प्राप्त गर्ने अभिलाषालाई
मैले कहिल्यै वेवास्ता नगरु र त्यसमा वाधा
पुर्याउने जुनसुकै दोषहरूलाई पूर्णरुपले हटाउन सकौं
।
कर्म, दोष र राक्षसी
कार्यबाट हिलोबाट बिटुलो नभएको कमलको फुल
झैं म मुक्त होउँ र सम्पूर्ण संसारको
पुनर्जन्ममा म स्वच्छ आकाशमा र्सर्ुय र चन्द्र झैं कुनै अवरोध विना अघि बढन
सकौं ।
सवै दिशाका
सवै भूमिबाट नै तल्लो जुनीका दुःख कष्टहरूबाट
पूर्णरुपले मुक्त होस् प्राणीहरूलाई सुखमा स्थापना गरेर मैले सम्पूर्ण जीवित प्राणीहरूका लागि कार्य
गर्न सकुँ
बोधिज्ञानका
सम्पूर्ण कृयाकलापहरू गरेर मैले सम्पूर्ण प्राणीहरूसँग समन्वय गरेर कार्य
गर्न सकुँ मैले भविष्यका कल्प भरि नै समन्तभद्रका कार्यहरू अभ्यास र प्रदर्शन
गर्न सकुँ
मेरो
संलग्नता जहिले पनि मेरो जस्तै कृयाकलाप भएकाहरूसंग
होस् हामीले सोचाई, शब्द र कार्यमा एकै प्रकारले कार्य गरौं र हाम्रो
प्रणिधानहरू एकै होस्
मलाई सहायता
गर्न चाहने मित्रहरू र
समन्तभद्रको कार्य
प्रदर्शन गर्नेहरूसँग
जहिले पनि मेरो फेरि
भेट होस् र मबाट उनीहरूलाई कहिल्यै पनि कुनै पिडा
नपुगोस्
मैले
ब्यक्तिगत रुपमा बोधिसत्वहरूद्वारा घेरिनुभएका संरक्षक जिनपुत्र बुद्धहरूलाई सदा र्सवदा
अँगाल्न सकुँ र सँधै अथक भएर भविष्यका सम्पूर्ण
कल्पहरूमा मैले उहाँहरूका लागि सँधै भव्य सौगातहरू
चढाउन सकौं
मैले सदा
र्सवदा बुद्धको पवित्र धर्मलाई उच्च पार्न र बोधिज्ञानको कार्यहरूलाई उज्जल पार्न
सकुँ म भविष्यका सवै कल्पहरूमा
समन्तभद्रका अभ्यासमा तालिम प्राप्त गर्न सकुँ
।
अस्तीत्वका
सवै अवस्थाहरूमा पुनर्जन्मद्वारा मैले पुण्य र ज्ञानको कहिल्यै नरित्तिने
भण्डार संकलन गर्न सकौं म विधि, ज्ञान, एकाग्रता तथा मुक्ति आदी सवै पुण्यको कहिल्यै रित्तो नहुने निधि हुन
सकौं
मैले सँधै
सवै सुद्धभूमिमा भएका अणुहरू जत्तिकै बोधिसत्वहरूको विचमा बसेका अकल्पनिय
संख्यामा बुद्धहरूलाई बोधिज्ञानको कार्य सम्पदा
गरिरहेका सुद्धभूमिहरू देख्न सकौं
यसप्रकारले
मैले धुलोको प्रत्येक कणहरूमा समेत सवैतिर असिमित संख्यामा
बर्तमान, भूत र
भविष्यका बुद्धहरू असिमित संख्यामा सुद्धभूमिहरू र अत्यहिन
कल्पहरू देख्न सकौ
मैले
जिनपुत्र बुद्धहरूको सुद्ध वचनहरू त्रुटिविहिन धर्मको सम्पूर्णता वहन गर्ने
प्रत्येक शब्दहरूमा सम्पूर्ण प्राणीहरूको
आवस्यकताका लागि उचित तरिकाले सुहाउँदो शब्द तथा
भाषाहरूको सागर प्रति ध्यान दिन सकुँ
म
वर्तमान, भूत र
भविष्यका बुद्धहरूले धर्मचक्र प्रवर्तन गरेको बेलाको वचनको अन्त्यहिन स्वरमाधुर्य
सुन्नका लगि त्रुटिविहिन बौद्धिकतायुक्त हुन सकौं
मैले
वर्तमान्, भूत र
भविष्यमा प्रवेश गर्ने बोधिसत्वको अभ्यास प्राप्त गर्न
सकौं एकै क्षणमा म भविष्यका कल्पहरूमा प्रवेश
गर्न सकुँ
म
वर्तमान्, भूत र
भविष्यका जिनपुत्र बुद्धहरूलाई एकै क्षणमा दर्शन
गर्न सकौ मैले सँधै भ्रमबाट मुक्त पार्ने शक्तिद्वारा उहाँहरूको झैं कृयाकलाप गर्न
सकौं
एकै
परमाणुमा वर्तमान्, भूत र भविष्यका सुद्धलोकहरूको संरचनालाई देख्न
सकौं त्यसप्रकारले मैले दशै दिशाका जिनपुत्र बुद्धहरूको लोकहरूमा प्रवेश गर्न
सकौं
भविष्यका
लोकहरूलाई उज्यालो पार्नेहरूले
बुद्धत्वका
धर्मचक्रप्रवर्तन र निर्वाणको
विभिन्न अवस्थाहरू
साक्षात्कार गरुन र म सदा र्सवदा उहाँहरको उपस्थितिमा
गहन शान्तिमा रहौं
मैले
चमत्कारिक गति, सवै आध्यात्मिक पथहरूमा प्रविणताको शक्ति बोधिज्ञानको प्राप्त गरिएको
शक्तिहरू त्रुटिविहिन तरिकाले हासिल गर्न
सकौं सर्वब्यापि करुणा शक्ति, सवै पुण्यहरूको स्रोतको
शक्ति सार्वलौकिक ज्ञानको शक्ति र त्रुटिविहिन
ज्ञान, निनि र
ध्यानको शक्तिहरू
कार्यको
शक्ति पूर्णतया सुद्धिकरण होस् अनुरागको शक्ति पूर्णतया परास्त
होस् राक्षसी शक्ति पूर्णतया नष्ट होस र समन्तभद्रका कार्यहरू
पूर्णरुपले निपुणता पाओस्
भूमिहरूको
सागर सुद्धहोस् प्राणीहरूको सागर मुक्त होसर् धर्मको सागर साक्षात्कार
गरियोस र ज्ञानको सागरलाई पूर्णरुपले प्राप्त गरियोस्
अभ्यासको
सागरलाई सुद्धिकरण गरियोस् र प्रणिधानहरूको सागर प्राप्त
गरियोस् बुद्धहरूको सागरहरूलाई निरन्तर पुजा गरियोस् तथा बोधिज्ञानको
कार्य अथक भएर गरियोस्
समन्तभद्रको
कार्य झैं वर्तमान्, भूत र भविष्यका जिनपुत्र बुद्धहरूको अवस्था प्राप्त गर्नका लागि मैले सम्पूर्ण त्रुटिविहिन प्रणिधानहरू
मैले पूर्णरुपले प्राप्त गरौं
मेरो
शरिर, मन,
वचन, कार्य र वातावरण सदा सर्वदा सुद्ध रहोस् र म समन्तमद्रको यो उत्कृष्ट
प्रणिधान समान होउँ । म भविष्यका सम्पूर्ण कल्प भरि नै अथक
भएर समन्तभद्रका कार्यहरू तथा बोधिसत्व मञ्जुश्रीका
प्रणिधानहरूलाई प्राप्त गर्न सकुँ
मेरा
कृयाकलापहरूका कुनै सिमा नहोउन् मेरा पुण्यकर्महरूका कुनै सिमा
नहोउन् असिमित लगनद्वारा
मैले सम्पूर्ण
अलौकिक कार्यहरू प्राप्त गर्न सकौं जिवित प्राणीहरूको सिमा खुला आकाशको सिमा
जस्तै छ मेरा प्रणिधानहरूको सिमा उनीहरूको कार्य र करुणाको सिमा एकसमान
होउन्
जिनपुत्र
बुद्धहरू तथा देव र मनुष्यहरूको
सम्पूर्ण
त्रुटिविहिन सुख चढाउने र
जुहारातद्वारा
सजाईएका दशै दिशाका असिमित लोकहरूमा ती लोकहरूमा
भएका अणुहरूको संख्याका कल्पहरूमा सवैले महान
पुण्य प्राप्त गरुन्
तर
समर्पणको यस महानतम प्रार्थना सुन्ने
र आस्थाले सर्वोच्च बोधिज्ञान प्राप्त
गर्ने त्रि्र कामना गर्न प्रेरित हुने
सवैले उच्च तथा पवित्र पुण्य प्राप्त
गरुन्
समन्तभद्रको
यस प्रणिधानलाई पाठ गर्नेले
फेरि कहिल्यै पनि
नर्कको जन्म भोग्नु पर्ने छैन,
सवै खराब
मित्रहरूलाई त्याग्ने छ र
असिमित प्रकाशका
बुद्ध तर्फध्यान दिने छ ।
तिनीहरूले
सम्पूर्ण फाईदाहरू प्राप्त गर्नेछन् सुख साथ जीवन विताउने छन् अमुल्य
मानव जीवन प्राप्त गर्ने छन् र चाँडै नै समन्तभद्र स्यवं जस्तै
हुनेछन्
समन्तभद्रको
यस प्रणिधानलाई पाठ गर्दा अज्ञानतावश उद्धार नभएका पाँचवटा पाप गर्नेहरूको
समेत चाँडैनै पूर्ण रुपले सुद्धिकरण हुनेछ ।
तिनीहरूले
त्रुटिविहिन ज्ञान, उज्ज्वल मुखाकृति, तैजस रुप, शारीरीक शुभ चिन्हहरू र
उच्च जन्म प्राप्त गर्छन् उनीहरू अपवित्र तथा शैतानी
प्राणीहरूद्वारा सताईने छैनन् र तिनीहरूलाई तीनवटै लोकहरूमा सम्मान
गरिने छ
उनीहरू
बोधिज्ञानको शाही बृक्षमा चाँडै पुग्नेछन् र सम्पूर्ण प्राणीहरूलाई फाइदा
पुर्याउन त्यहा
बस्नेछन् बोधिज्ञान प्राप्त बुद्धहरूले झै उनीहरूले राक्षसी समूहलाई वशमा
ल्याएरर्
धर्मतक्र
प्रवर्तन गर्नेछन्
समन्तभद्रको
यस प्रणिधानबारे थाहा पाउने शिक्षा दिने वा पाठ गर्नेले
अन्त्यमा त्रुटिविहिन बुद्धत्व प्राप्त गर्नेछ पूर्णताको बोधिज्ञान
प्राप्तीबाट कोही पनि निराश हुनु
नपरोस्
पुण्य
संक्रान्ति कसरी गर्ने भन्ने बारे जान्ने साहसी मञ्जुश्री र समन्तभद्रले जुन प्रकारले गर्नुहुन्छ त्यसै
प्रकारले मैले पनि मेरा आफ्नै पुण्यहरू समर्पण गर्छु म उहँहरू जस्तै हुनका लागि
तालिम लिन पाउ
वर्तमान, भूत र भविष्यका
बुद्धहरूद्वारा सर्वोच्च भनेर प्रसंसा गरिएको यस र्समर्पणद्वारा म पुण्यका यी सम्पूर्ण
मुललाई समन्तभद्रको कार्य प्राप्त गर्नमा
समर्पण गर्छु मेरो मृत्युको समयमा सम्पूर्ण अवरोधहरू निर्मुल होस् ता कि मैले असिमित प्रकाशका बुद्ध
तिर ध्यान लागाउन सकौं र त्रुटिविहिन परमसुखको सुद्धभूमि तर्फजान
सकौं
त्यस
परमसुखको भूमिमा मैले
सम्पूर्ण
प्रणिधानहरूलाई पूर्णरुपले पुरा गर्न सकौं र व्रम्हाण्ड रहेसम्म सम्पूर्ण प्राणीहरूको
कल्याण गर्न सकौं
आशिर्वाद
प्राप्त बुद्धहरूको सभाको
त्यस आनन्दको
स्थानमा उत्कृष्ट कमलको फुलबाट पवित्रहरूले
झैं गरेर मेरो पुनर्जन्म होस् र बुद्ध अमिताभ
स्यंले मेरो आफ्नो बोधिज्ञान प्राप्तीबारे
भविष्यवाणी गरिदिनुहोस्
ठुलो
संख्याको अवतार त्रुटिविहिन ज्ञानको शक्तिद्वारा मैले त्यसपछि दशै दिशाका जीवित प्राणीहरूका
लागि असंख्य फाइदाहरू पुर्याउन सकौं
समन्तभद्रको
यस प्रणिधानलाई पाठ गरेबाट
जतिसुकै सानो पुण्य
प्राप्त भएको भए पनि
जीवित प्राणीहरूको
सम्पूर्ण पुण्यका प्रणिधानहरू
एकपलमा नै प्राप्त
होउन्
समन्तभद्रका
यी प्रणिधानहरू समर्पण गरेबाट प्राप्तभएका यी असिमित
पुण्यद्वारा दुःख कष्टको बाढीमा डुब्दै
गरेका असिमित संख्याका प्राणीहरू अमिताभ बुद्धको
अवस्थामा पुगुन्
समर्पणको यस महानतम प्रार्थनाबाट असंख्य जीवित प्राणीहरूको कल्याण
होस् समन्तभद्रको यस अलंकारलाई पाठ
गरेबाट तल्लो जुनीको कष्ट भोगिरहेका सम्पूर्ण
प्राणीहरू मुक्त होउन्

यो वेभ साईट मुकेश लामा लो
द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि
परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
P.O.Box 13779, Kathmandu,
Nepal Tel/Fax : 00977-1-4450276, E-mail : ceo@tamangs.com
|