बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।।   आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने


 

 

लामा येसे

सवै कुराहरु मनबाट नै उत्पन्न हुन्छन्

अनुवादक मुकेश लामा

अध्याय


 

बुर्द्धधर्मलाई विभिन्न स्तरहरूमा बुझ्न सकिन्छ । बुर्द्धधर्मको पथ पहिल्याउने मानिसहरूले क्रमशः त्यस्तो गर्दछन् । तपाईले विद्यालय र विश्वविद्यालयमा विस्तारै एउटा वर्षाट अर्को वर्ष उत्तिर्ण भएर स्नातक भए जस्तै बौद्ध अभ्यासकर्ताहरू विभिन्न तहहरू पार गर्दै बोधिज्ञान प्राप्ति तर्फउन्मुख हुन्छन् । तापनि बुर्द्धधर्ममा हामी मनको विभिन्न स्तरहरूबारे चर्चा गर्दछौं; यहाँ उच्च र न्यूनले आध्यात्मिक विकासलाई इंगित गर्दछ ।

पाश्चात्य मुलुकहरूमा बुर्द्धधर्मलाई पाश्चात्य प्रणालीअनुसारले एउटा धर्म हो भनेर मान्ने प्रवृत्ति छ । त्यो गलत बुझाइ हो । बुर्द्धधर्मको आफ्नै दर्शन र सिद्धान्त छ तर यसले बाहिरी र भित्री दुवैथरिका वैज्ञानिक प्रयोगहरूलाई पनि हौसला दिन्छ । बुर्द्धधर्मलाई कुनै प्रकारको साँघुरो, बन्द गरिएको विश्वासको प्रणाली हो भन्ने नठान्नुहोस् । यो त्यस्तो होइन । बौद्ध विचार कुनै एउटा ऐतिहासिक वनावटी काल्पनिक मानसिक अड्कलबाजीबाट लिइएको कुरा होइन । यो मनको वास्तविक प्रकृतिको अचूक मनोवैज्ञानिक व्याख्या हो ।

जब तपाईले बाहिरी संसारमा हेर्नुहुन्छ, त्यसको भौतिकताको धेरै शक्तिशाली छाप तपाईंमा पर्छ । तपाईले संभवतः यो महसुस गर्नुहुन्छ कि त्यो गहिरो छाप तपाईको मनले देखेको आफ्नै मनको व्याख्या हो । तपाईले यो सोच्नुहुन्छ कि त्यो शक्तिशाली तथा ठोस वास्तविकता वास्तवमा बाहिरी अस्तित्वमा छ अनि शायद जब तपाई आफूभित्र हेर्नुहुन्छ, तपाईले शून्यता अनुभव गर्नुहुन्छ । त्यो पनि एउटा गलत बुझाइ हो । आफूबाहिर देखा पर्ने संसार वास्तवमा नै अस्तित्वमा छ भन्ने शक्तिशाली छापलाई वास्तवमा तपाईको मनले नै प्रक्षेपण गरेको हो । तपाईले अनुभव गर्ने सम्पूर्ण  कुराहरू -अनुभव, वेदना, आकार तथा रङ तपाईको मनबाट नै उत्पन्न हुन्छन् ।

एक बिहान तपाई मनमा धमिलोपन लिएर ब्युँझेपछि आफूवरिपरिको संसार अँध्यारो देखिए पनि वा एक बिहान तपाई सफा मन लिएर ब्युँझेपछि आफूवरिपरिको संसार सफा तथा उज्यालो देखिए पनि यो कुरा तपाईले बुझ्नु पर्दछ कि यी फरक प्रकारका भावनाहरू बाहिरी संसारमा भएको परिवर्तनबाट होइन, तपाईको मनभित्रबाट नै आउँछ । तपाईले जीवनमा गलत धारणाहरूद्वारा आफूले प्राप्त गर्ने जुनसुकै अनुभवहरूलाई गलत रूपले व्याख्या गर्नुको बदला त्यो बाहिरी वास्तविकता होइन तर मन मात्र हो भन्ने कुरा तपाईले महसुस गर्नु पर्छ ।

उदाहरणका लागि जब यस सभाकक्षका सम्पूर्ण व्यक्तिहरूले एउटै वस्तु म, लामा येसेलाई हेर्दा खेरी तपाईहरू प्रत्येकले विभिन्न फरक प्रकारको अनुभव गर्नुहुन्छ । यद्यपि तपाईहरूले एकैसाथ एउटै वस्तुलाई हेर्नुहुन्छ । यी विभिन्न फरक प्रकारको अनुभव मबाट आउने होइन । ती तपाईहरूको आफ्नै मनबाट आउने हो । शायद तपाईहरू "ओह ! तपाईले त्यो कसरी भन्न सक्नुहुन्छ - हामीहरू सबैले एउटै अनुहार, एउटै शरीर, एउटै लुगा हेर्दछौं ।" तर त्यो एउटा सतही व्याख्या मात्र हो । अझ गहन रूपले जाँच गर्नुहोस् । तपाईले देख्नुहुनेछ कि तपाईले मबारे धारण राख्ने तरिका, तपाईले अनुभव गर्ने तरिका, वैयक्तिक हो र त्यो त्यस स्तरमा तपाईहरू सबैजना फरक हुनुहुन्छ । यी विभिन्न धारणाहरू मबाट आउने होइन । तर तपाईको मनबाट नै आउने हो । मैले भन्न खोजेको कुरा त्यही हो ।

त्यसपछि यस्तो विचार उत्पन्न हुन सक्तछ "ओहो ! ऊ एउटा लामा मात्र हो; उसले थाहा पाएको सबै कुरा मन मात्र हो । उसलाई स्याटेलाइट  -भू-उपग्रह वा अन्य प्रकारको जटिल प्रविधि जस्ता शक्तिशाली वैज्ञानिक विकासबारे केही पनि थाहा छैन । ती वस्तुहरू मनबाट आउँछ भनेर तपाईले भन्ने कुनै बाटो छैन । तर तपाई जाँच गर्नुहोस् । जब मैले 'स्याटेलाइट' भन्छु तपाई यो स्याटेलाइट हो भनेर तपाईलाई भनिएको वस्तुको प्रतिरूप तपाईको मनमा आउँछ । जब पहिलो 'स्याटेलाइट' बनाइएको थियो, त्यसका आविष्कारकले भने मैले पृथ्वीको वरिपरि घुम्ने यो वस्तु वनाएको छु यसको नाम 'स्याटेलाइट' हो । त्यसपछि जब सबैले त्यसलाई देखे तिनीहरूले "ओहो ! त्यो 'स्याटेलाइट' हो ।" भन्ने सोचे तर स्याटेलाइट त एउटा नाम मात्र हो । होइन त ?

स्याटेलाइटका आविष्कारकले स्याटेलाइट वास्तवमै बनाउनभन्दा पहिले उसले कल्पना गर्‍यो र त्यसलाई आफ्नो मनमा दृष्यभाव(Visualization) गर्‍यो । त्यसको आधारमा उसले आफ्नो सिर्जनालाई भौतिक रूप दिने कार्य गर्‍यो । त्यसपछि उसले सबैलाई "यो स्याटेलाइट हो ।" भन्यो । त्यसबाट सबैले "ओह ! स्याटेलाइट; कस्तो राम्रो, कस्तो अचम्मको !" भनेर सोचे । त्यसले हामी कति हाँस्यास्पद छौं भनेर देखाउँछ । मानिसहरूले वस्तुहरूलाई कुनै नाम दिन्छन् र हामी त्यस नामलाई वास्तविक वस्तु हो भन्ने विश्वास गरेर त्यसको चंगुलमा पर्दछौं । हामीले जुनसुकै रूप र रङको वस्तु भए पनि कुरा त्यही हो । तपाई जाँच गर्नुहोस् ।

मैले यहाँ व्याख्या गरेको कुरा तपाईले बुझ्न सक्नुहुन्छ भने तपाईले देख्नुहुनेछ कि स्याटेलाइट इत्यादि कुरा मनबाट नै आउँछ । मनविना सम्पूर्ण चेतनाको संसारमा एउटा पनि यस्तो प्रकट भएको वस्तु छैन । मनविना के कुराको अस्तित्व हुन्छ - तपाईले विशालबजारमा पाउने सम्पूर्ण मालसामानहरूलाई हेर्नुहोस्; कत्ति धेरै नामहरू, कति धेरै खानेकुराहरू, कति धेरै विभिन्न वस्तुहरू ! पहिले मानिसहरूले सबैकुरा बनाए - यो नाम, त्यो नाम यो, यो, -त्यसपछि यो, त्यो, यो, यो र ती सम्पूर्ण सामानहरू तपाई सामु देखा परे । यदि यी हजारौं विशालबजारका सामानहरूलगायत जेट, रकेट र स्याटेलाइटहरू मनको प्रकटहरू हुन् भने मनबाट उत्पन्न नहुने के छ र ? यदि तपाईले आफ्नो मनले यसलाई कसरी व्यक्त गर्दछ भन्ने कुरा जाँच गर्नुभयो भने तपाईका विभिन्न दृष्टिकोणहरू र अनुभवहरू, तपाईका कल्पनाहरू तपाईले महसुस गर्नुहुनेछ कि तपाईका सम्पूर्ण भावनाहरू, तपाईको जीवनशैली, तपाईसँग अरूको सम्बन्ध, सबैकुरा तपाईको मनबाट नै आउँछ । यदि तपाईले आफ्नो मनले कसरी कार्य गर्छ भनेर बुझ्नु भएन भने तपाईंलाई रिस र उदासीपन जस्ता नकारात्मक भावनाहरूले निरन्तर रूपले जकडिरहेका हुन्छन् । मैले उदास मनलाई किन नकारात्मक मन भन्छु - किनभने एउटा उदास मनले यसले कसरी कार्य गर्दछ भनेर बुझ्दैन । बुझाइ नभएको मन नकारात्मक मन हो । नकारात्मक मनले तपाईलाई पतनतर्फलैजान्छ किनभने यसका सम्पूर्ण प्रतिक्रियाहरू दूषित हुन्छन् । बुझाइयुक्त मनले स्पष्टसँग कार्य गर्दछ । एउटा स्पष्ट मन सकारात्मक मन हो ।

तपाईले अनुभव गर्ने कुनै पनि भावनात्मक समस्या तपाईको मनले गर्ने कार्यको तरिकाको कारण उत्पन्न हुन्छ । तपाईको आधारभूत समस्या तपाई स्वयंलाई गरेको तपाईको गलत पहिचानमा निहित हुन्छ । के तपाईले आफूलाई साधारणतया निम्न सम्मान गर्नुहुन्छ - तपाई आफूले आफैलाई निम्न गुणस्तरको प्राणीका रूपमा हेर्नुहुन्छ ? जब कि तपाईले जिन्दगीमा वास्तवमा हुन चाहेको कुरा उच्च गुणभएको हुने हो, त्रुटिविहीन हुने हो । तपाई न्यून गुण भएको मानिस बन्न चाहनुहुन्न । चाहनुहुन्छ त - तपाईको दृष्टिकोणलाई सही तुल्याउन र एउटा असल व्यक्ति बन्नका लागि तपाईले आफूलाई निचोर्नु पर्दैन वा तपाईको आफ्नै संस्कृतिबाट अर्को संस्कृतिमा फाल हाल्नु पर्दैन । तपाईले आफ्नो वास्तविक स्वभावलाई बुझे पुग्छ । तपाई जस्तो हुनुहुन्छ त्यस्तै भए पुग्छ । त्यही हो । यो अति सरल छ ।

मैले यहाँ चर्चा गरिरहेको कुरा तिब्बती संस्कृतिको पूर्वीय सफरबारे होइनँ । म तपाईको आफ्नो सफरबारे कुरा गर्दै छु । वास्तवमा मैले कसको सफरको बारेमा कुरा गर्दैछु भन्ने कुराले केही फरक पर्दैन । हामीहरू सबैजना आधारभूत रूपमा उही हौँ । हामी कसरी फरक छौं र - हामी सबैको मन छ । हामी सबैले हाम्रो ज्ञानेन्द्रियद्वारा वस्तुहरू ग्रहण गर्दछौं । चेतनाको संसारमा मोजमस्ती गर्ने चाहनाको सम्बन्धमा हामीहरू सबैजना बराबर छौं; हामी सबै हाम्रो भित्री संसार वा बाहिरी संसारबारे थाहा नपाएर चेतनाको संसारलाई बराबरी नै ग्रहण गर्दछौं । तपाईको कपाल लामो भएपनि छोटो भए पनि, तपाई कालो, गोरो, रातो जस्तो भए पनि, जस्तोसुकै लुगा लगाएको भए पनि त्यसमा केही पनि भिन्नता छैन । हामी सबै एकै हौं । किन  ? किनभने मानव मन एउटा सागरझैँ हो । यस पृथ्वीमा मानवको विकास भएको एउटै प्रक्रियागत कारण हामी एक अर्कासँग उस्तै छौँ ।

चेतनाको संसारलाई सतही रूपले अबलोकन गर्नाले तपाईलाई मानिसहरूको समस्याहरू फरक छन् भन्ने विश्वास गर्नेतर्फडोर्‍याउन सक्छ । तर यदि तपाईले अझ गहिरिएर जाँच गर्नुभयो भने तपाईले देख्नुहुनेछ कि आधारभूत रूपमा तिनीहरू एकै प्रकारका छन् । मानिसहरूले अनुभवहरूलाई फरक तरिकाले व्याख्या गरेको कारणले उनीहरूको समस्याहरू फरक हुन्छ जस्तो लाग्छ ।

वास्तविकतालाई जाँच गर्ने यो तरिका आध्यात्मिक अभ्यास नै हो भन्ने छैन । तपाईको मन छ भनेर न त तपाईले स्वीकार गर्नुपर्छ न त अस्वीकार । तपाईले गर्नुपर्ने कुरामा त्यसले कसरी कार्य गर्छ र तपाईले कसरी कार्य गर्नुहुन्छ भनेर अबलोकन गर्ने हो र तपाई आफूवरिपरिको संसारबारे बढी मात्रामा एकोहोरो हुन पनि पर्दैन ।

भगवान् बुद्धले विश्वासमा कहिले पनि जोड दिनुभएन । त्यसको बदला उहाँले हामीलाई जाँचबुझ गर्न र हामी आफूबारे वास्तविकतालाई बुझ्ने प्रयास गर्न उपदेश दिनुभयो । उहाँ के हुनुहुन्छ, बुद्ध के हो भनेर जान्न हामीलाई उहाँले कहिल्यै जोड दिनुभएन । हामीले आफ्नो स्वभावलाई बुझ्ने प्रयास गरोस् भन्ने नै उहाँको चाहना थियो । यो कति सरल छ होइन र - तपाईले कुनै कुरामा विश्वास गर्नुपर्छ भन्ने छैन । ठिक जाँगर गर्दैमा तपाईले आफू स्वयंको अनुभवद्वारा वस्तुहरूलाई बुझ्नुहुनेछ र सम्पूर्ण सिद्धि क्रमश विकास गर्नुहुनेछ ।

तर शायद तपाईको पहाड, रुख र मुद्राबारे के भन्नुहुन्छ ? तिनीहरू मनबाट कसरी आउन सक्छन् भन्ने प्रश्न हुन सक्छ । तपाईलाई सोध्छु  पहाडको प्रकृति के हो ? समुद्रको स्वभाव के हो ? के वस्तुहरू तपाईले देखेअनुसार नै अस्तित्वमा हुनैपर्छ भन्ने छ ? जब तपाईले पहाड र समुद्रलाई हेर्नुहुन्छ, तिनीहरू तपाईको सतही दृष्टिमा पहाड र समुद्रका रूपमा देखा पर्छन् । तर तिनीहरूको स्वभाव वास्तवमा नै अर्कै छ । यदि एकसय जना मानिसहरूले एकैपटक एउटा पहाडलाई हेरे भने तिनीहरू सबैले पहाडको फरक फरक पक्षलाई देख्छन्, फरक फरक रङ देख्छन्, फरक फरक रूप देख्छन् । त्यसो भए पहाडबारेको कस्को दृष्टिकोण सहि हो त - यदी तपाईले त्यसको उत्तर दिनसक्नुहुन्छ भने तपाईले आफ्नो प्रश्नको जवाफ पनि दिन सक्नुहुन्छ ।

निष्कर्णा म  यो भन्छु कि तपाईको चेतनाको संसारको दैनिक सतही दृष्टिकोणले यसको साँचो वास्तविकतालाई देखाउँदैन । मेलवर्नलाई तपाईले व्याख्या गर्ने तरिका, मेलवर्नको आफ्नो अस्तित्वबारेको तपाईको कल्पना तपाई मेलवर्नमा नै जन्मेको भएपनि र जीवनको सम्पूर्ण उतारचढाव मेलवर्नमा नै बिताएको भए पनि मेलवर्नको वास्तविकतासँग लिनु दिनु केहीपनि छैन । जाँच गर्नुहोस् ।

यी सबैकुराहरूभन्दा मैले कुनै निश्चित कुरा भनिरहेको छैनँ तर तपाईले बस्तुहरूलाई ताजा दृष्टिकोणले कसरी हर्ेर्ने भन्नेबारे सल्लाह मात्र दिइरहेको छु । तपाईमाथि मेरो विचारहरू लादिरहेको छैन । सतही मुल्यलाई मात्र सरल रूपले हेर्ने सुस्त मनलाई एकातिर पन्छाएर तपाईले एउटा फरक र ताजा मनद्वारा जाँच गर्ने सुझाव दिने काम मात्र गरिरहेको छु ।

यो ठिक हो, यो बेठिक हो, यो वास्तविकता होइन भन्ने जस्ता जन्मदेखि नै तपाईको मनले गर्ने अधिकांश निर्णयहरू गलत अबधारणाहरू हुन । गलत अबधारणामा जकडिएको मन एउटा अनिश्चित मन हो । त्यो कुनै पनि वस्तुबारे निश्चित हुँदैन । बाह्य संसारमा सूक्ष्म परिवर्तन भयो भने त्यो टुट्छ; साना कुराहरूले पनि त्यसलाई पागल बनाउँछ । यदि तपाईले सम्पूर्ण दृष्यहरूमात्र देख्न सक्नुभयो भने तपाईले त्यो कस्तो चतुर थियो भनेर देख्न सक्नुहुन्छ । तर हामी समग्रतालाई हेर्दैनौं । समग्रता हाम्रा लागि अति ठूलो हुन्छ

ज्ञानी मन- बोधिज्ञान अथवा र्सार्वलौकिक चेतना स-साना कुराहरूद्वारा कहिल्यै असजिलोमा पर्दैन । समग्रतालाई हेरेर यसले तुच्छ कुराहरूतर्फकहिल्यै ध्यान दिँदैन । ज्ञानी मानिसलाई यहाँ उत्पन्न भएर अन्य स्थानमा उत्पन्न भएर आएको उर्जासँग द्वन्द्व गर्नबाट कहिल्यै विचलित तुल्याउँदैन । किन कि उनीहरू त्यस प्रकारको कुराहरू आइरहोस् भन्ने अपेक्षा गर्छन् । यस्तो तिनीहरूको स्वभाव नै हुन्छ । यदि तपाईमा आफ्नो जीवन त्रुटिविहीन हुन्छ भन्ने गलत धारणा छ भने तपाई त्यसको उतारचढावयुक्त स्वभावका कारण स्तब्ध हुनुहुन्छ । यदि तपाई आफ्नो जीवन उतारचढावयुक्त हुन्छ भन्ने अपेक्षा गर्नुहुन्छ भने तपाईको मन अझबढी शान्त हुनेछ । बाहिरी संसारमा कुन कुरा त्रुटिविहीन छ र ! केही पनि त्रुटिविहीन छैन । तपाईको मन र शरीरको उर्जाहरू अनुध्दार्य रूपमा बाहिरी संसारको बन्धनमा परेकाले तपाईले आफ्नो जीवन त्रुटिविहीन रूपमा सहजरूपले बितोस भनेर कसरी अपेक्षा गर्न सक्नुहुन्छ - तपाईले त्यस्तो अपेक्षा गर्न सक्नुहुन्न ।

धेरै धेरै धन्यवाद ! मैले भनेका कुराहरू तपाईहरूले बुझ्नुभयो होला भन्ने मलाई आशा छ र मैले थप गलत धारणाहरू उत्पन्न गरिनँ होला भन्ने पनि आशा छ । अब हामीले यहाँनेर अन्त्य गर्नुपर्ला ।
धन्यवाद !

                                                                       ल्याट्रोव युनिभर्सिटी,
                                                                       मेलवर्न, अष्ट्रेलिया
                                                                       मा
र्च २७, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com