|
|
|
| ||
|
बज्रगुरु मन्त्रोच्चारणका
फाइदाहरू ।। ओ
म नि पद मे हँ को अर्थ ।।
विपश्यना ध्यान के हो ?
।। |
||||
|
मुख्य पृष्ठमा
जाने लामा येसे
बुद्ध धर्मबारे नेपाली भाषामा अनुवाद भएका ग्रन्थहरु
|
र्सवप्रथम मनलाई धर्म तर्फमोडनका लागि चारवटा विचारहरुः (निङमा स्कुलका रिन्पोछेबाट प्रवचन) धर्म अभ्यास गर्नका लागि संसारको प्रकृतिबारे जान्नु पर्छ । भित्रि संसार र बाहिरी संसार गरेर दुइ प्रकारका संसार छन् । पहिला म बाहय संसार बारे बर्णन गर्ने छु । संसारमा छ बर्गका प्राणीहरु छन् । संसारमा तीन वटा तल्ला लोकहरु र तीनवटा माथिल्ला लोकहरु छन् । तीनवटा तल्ला लोकहरु कुन कुन हुन ? नर्क लोक, भोको प्रेतको लोक र जनावरको लोक यी तीनवटा लोकहरु ती तीनवटा तल्ला लोकहरु छन् । तीनवटा माथिल्ला लोकहरु कुन कुन हुन ? मनुष्य लोक, असुर लोक र देव लोक यी तीनवटा माथिल्ला लोकहरु हुन । नर्कमा जाडो र गर्मीका कष्टहरु छन् । भोका प्रेतहरुमा भोक र तिर्खाको कष्ट हुन्छ । जनावरहरुमा लाटोपन र मुर्खताको कष्ट हुन्छ । मनुष्य लोकमा जन्म, बुढयौली, रोग र मृत्युको कष्ट हुन्छ । असुर लोकमा झै-झगडा र द्वन्द्वको कष्ट हुन्छ । देवलोकमा परिवर्तन र पतन हुने कष्ट हुन्छ संसारको तीनवटा मण्डलहरु हुन्छन् । ति तीनवटा मण्डलहरु के के हुन ? लालषा मण्डल, रुप मण्डल, अरुप मण्डल यी तीनवटा मण्डलहरु हुन्छन् । अहिले हामीले लालषाको मण्डलमा जन्म लिएका छौं । संसारमा तीनवटा कष्टहरु छन् । ति तीनवटा दुखहरु के के हुन ? विपरिणाम कष्ट, परिवर्तनको कष्ट, कष्टको कष्ट यी तीनवटा कष्टहरु हुन । संसार असिमित कष्ट हो । संसारको प्रकृति नै कष्ट हो । संसार कष्टको सागर हो । कारणमा आधारित भएर संसार उत्पन्न हुन्छ । कारणमा आधरित भएर त्यो कसरी उत्पन्न भएको छ ? क्रोधको शक्तिद्वारा नरक लोकमा जन्म हुन्छ । लोभको शक्तिद्वारा भोको प्रेतको लोकमा जन्म हुन्छ। मुर्खताको शक्तिद्वारा जनावरको रुपमा जन्म हुन्छ । लालषाको शक्तिद्वारा मनुष्य लोकमा जन्म हुन्छ । इष्याको शक्तिद्वारा असुरको लोकमा जन्म हुन्छ । घमण्डको शक्तिद्वारा देवको रुपमा जन्म हुन्छ । ती छ वटा
विकारहरु कहाँबाट आउँछन् ? आत्म स्नेह
कहाँबाट आउँछ ? अज्ञानता के
हो ? यदि आनन्द
प्रति अनुराग रह्यो भने यदि
स्पष्टता प्रति अनुराग रह्यो भने यदि शुन्यता
प्रति अनुराग रह्यो भने विकारहरुको शक्तिद्वारा हामीले धेरै कर्महरु जम्मा गर्र्छौं । कर्म दुइ प्रकारका हुन्छन् । कुशल कर्म र अकुशल कर्म । कुशल कर्मको अभ्यासले खुशीको अनुभव गराउँछ । अकुशल कर्मको अभ्यासले दुखको अनुभव गराउँछ । कुशल कर्मको परिणाम खुशी हो भने दुख अकुशल कर्मको परिणाम हो । कर्मको प्रकृती यही हो । कारण र त्यसको असर । हामीले अकुशल कर्मलाई त्याग गर्नु पर्छ । कुशल कर्मको अभ्यास गर्नुपर्छ । धर्मको पथ के हो ? कुशल कर्मको अभ्यास गर्नु, अकुशल कर्मलाई त्याग गर्नु, मनको विकारहरुलाई शुद्धिकरण गर्नु । अब म भित्रि संसारबारे ब्याख्या गर्छु सम्पूर्ण चेतनशील प्राणीहरु संसारमा भौतारीन्छन् । तिनीहरु कसरी भौतारिन्छन् ? तिनीहरु पाँचवटा भार्दो र तिनवटा कायहरुसँग भौंतारिनछन् । पाँचवटा भार्दोहरु के के हुन ? जन्म/मृत्युको भार्दो, सपना, मृत्युको क्षण, धर्मसार, भव यी पाँचवटा । तीनवटा कायहरु के के हुन ? पूर्णतया परिपक्व शरीर, बानीको शरीर, चेतनाको शरीर यी तीनवटा हुन । पूर्णतया परिपक्व शरीर रगत र मासुको शरीर हो । बानीको शरीर त्यो शरीर हो जसलाई सपनामा प्रक्षेपण गरिन्छ । चेतनाको शरीर भवको भार्दोको शरीर हो । पाँचवटा भार्दोहरुबारे विस्तृत रुपले म पछि ब्याख्या गर्नेछु । पाँचवटा भार्दोहरु अनित्य छन् । तीनीहरु एक अर्कामा परिवर्तन हुन्छन् । यी तीनवटा कायहरु अनित्य छन् । हामी सवैजनाको मृत्यु हुन्छ । तीनवटा मण्डलहरु अनित्य छन् । कोही पनि सदाका लागि रहन सक्तैन । (प्राणीहरुको) छ वटा लोकहरु अनित्य छन् । कर्म अन्त्य भए पछि तीनीहरुको मृत्यु हुन्छ । ब्रह्माण्ड पनि अनित्य छ । सम्पूर्ण जटिल बस्तुहरु अनित्य छन् । यो मानव जीवनको चाँडै अन्त्य हुन्छ । हाम्रो चाँडै मृत्यु हुन्छ । मृत्यु हुने समय तपाईंले थाहा पाउन सक्नुहुन्न । हुनसक्छ तपाईको आजै मृत्यु हुनेछ । हुन सक्छ तपाईं केही बर्षम्म बाँच्नुहुन्छ । त्यो अनिश्चित छ । मृत्युको समय अनिश्चित छ । मृत्युको समयमा धर्मबाहेक कुनै कुराले पनि मद्दत गर्न सक्दैन । धर्म अभ्यास अहिले नै गर्नु आवश्यक छ । अहिले हामीले अमुल्य मानव शरीर प्राप्त गरेका छौं । अमुल्य मानव शरीर प्राप्त गर्न ज्यादै कठिन छ । अमुल्य मानव शरीर अचम्मको छ । किन ? यदि तपाईंले अमुल्य मानव अस्तित्व प्राप्त गर्नुभयो भने तपाईंले धर्म अभ्यास गर्न सक्नुहुन्छ । यदि तपाईंले अमुल्य मानव अस्तित्व प्राप्त गर्नसक्नु भएन भने तपाईंले धर्म अभ्यास गर्न सक्नुहुन्न । यदि तपाईंले तीनवटा तल्ला लोकहरुमा जन्म लिनुभयो भने यदि तपाईंले धर्मबारे सुन्नु भयो भने पनि त्यसलाई बुझ्न सक्नुहुन्न । यदि तपाईंले देव वा असुर लोकमा जन्म लिनुभयो भने अल्छिपनको शक्तिद्वारा तपाईंले धर्मलाई मन पराउनुहुन्न । संसारमा अमुल्य मानव जीवन र्सवश्रेष्ठ छ । यस अमुल्य मानव जीवनमा महान अर्थ पहिल्याउनु पर्छ । महान अर्थ के हो ? धर्म अभ्यास गरेर संसारबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले धर्म अभ्यास गर्नुभएन भने संसारबाट मुक्त हुन सक्नुहुन्न । हामी संसारमा शुरुवातविहिन समयदेखि भौंतारिइरहेका छौं । हाल तपाईंले अमुल्य मानव शरीर प्राप्त गर्नुभएको छ यदि तपाईंले धर्म अभ्यास गर्नुभएन भने संसारमा अन्त्यहिन रुपले भौंतारिइ रहनु हुनेछ । म सके सम्म धर्म गर्छु म यस मानव जीवनद्वारा महान अर्थ प्राप्त गर्नेछु । मेरो मन धर्मतर्फलागोस भनेर मलाई आशिर्वाद दिनुहोस् । संसारीक कष्टको सागर सुकोस ! कुशल कर्मको अभ्यास गर्नुहोस् । अकुशल कर्मलाई त्याग्नुहोस् । मनको विकारहरुलाई शुद्धिकरण गर्नुहोस् ।
दोस्रो अध्याय म आज शरणगमन र बोधिचित्तबारे चर्चा गर्नेछु । यदि तपाईंले मन परिवर्तन गर्ने चारवटा विचारहरु माथि ध्यान गर्नुभयो भने संसार प्रतिको तपाईंको अनुराग उल्टो फर्किने छ । यदि तपाईंले संसार कष्टले भरिएको छ भन्ने कुरा महसुस गर्नुभयो भने तपाईंले प्राकृतिक रुपले त्यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्नेबारे सोच्नुहुनेछ । "मैले मुक्ति नपाउने कुनै बाटो छैन" भन्ने तपाईंले सोच्नुहुनेछ । यद्यपी हामी सवै चेतनशिल प्राणीहरु हौं । हामी चेतनशील प्राणी भएकोले हामीले मनको प्रकृतिबारे थाहा पाउँदैनौं । थाहा नपाउने यो दोषको कारण स्वतन्त्रता (नियन्त्रण) छैन । मनको स्वतन्त्रता नभएकोले शरीरको स्वतन्त्रता पनि छैन । स्वतन्त्रता नभएकोले संसारको डरहरुलाई अनुभव गर्नुपर्छ । स्वतन्त्रता भएको कसैको शरणमा जानु पर्छ । मोक्ष प्राप्त गरेको कसैको शरणमा जानु पर्छ । स्वतन्त्रता र मोक्ष कसले प्राप्त गरेको छ ? भगवन बुद्धले स्वतन्त्रता र मोक्ष प्राप्त गर्नुभएको छ । संसारमा तपाईंलाई के ले रक्षा गर्छ ? त्रिरत्न र त्रिमुलले रक्षा गर्न सक्छ । यदि तपाईंले त्रिरत्नको गुणहरुबारे सोच्नुभयो भने आस्था आफै उत्पन्न हुन्छ । बुद्धको काय, वाक र चित्तका गुणहरु छन् । (उहाँका) असिमित गुणहरु छन् । बुद्धका चारवटा मुख्य गुणहरु छन् । पहिलो र्सवब्यापि प्रज्ञा, दोस्रो करुणा, तेस्रो सम्यक् सम्बोधिको कार्य गर्ने, चौथो शरण दिन सक्ने शक्ति सर्वब्यापि प्रज्ञाका दुइवटा पक्षहरु छन् । बस्तुहरु जुन रुपमा छन त्यहि रुपमा देख्ने र्सवब्यापि ज्ञान र बस्तुहरु जसरी देखा पर्छन त्यसरी नै देख्ने र्सवब्यापि ज्ञान । त्यसपछि बुद्धका तीनवटा कायहरु छन् सञ्चीत पुण्य पूर्ण परिपक्वताको परिणाम दुइ रुपकायहरु हुन । तीनीहरु सम्भोगकाय र निर्माणकायहरु हुन । सञ्चीत प्रज्ञाको पूर्ण परिपक्वताको परिणाम महा धर्मकाय हो । धर्मकाय अलंकारहरुबाट टाढा छ । धर्मकाय उत्पन्न हुनु, क्षय हुनु र रहनुबाट मुक्त छ । बुद्धको बचन धर्म हो । साक्षात्कार धर्म र ग्रन्थीय धर्म छन् । चौरासी हजार वर्गका धर्महरु छन् । आकाश जस्तै विशाल र समुद्र जस्तै गहिरो । धर्म भनिने यो कुरा ज्यादै अचम्मको छ । यसको पथ देखाउने र यसलाई अभ्यास गर्नेहरु संघ हो । आशिर्वादको मुल लामाहरु हुन । लक्ष्य प्राप्तिको मूल यिदम देवहरु हुन । क्रृयाकलापहरुको मुल डाकिनी तथा धर्मपालहरु हुन । यदि तपाईंले यस प्रकारले यी गुणहरुबारे विचार गर्नु भयो भने हृदयको गहिराइदेखि नै आस्था उत्पन्न हुन्छ । आस्था तीन प्रकारका हुन्छन् । विशुद्ध आस्था, दृढ निश्चयको आस्था, उत्कण्ठाको आस्था । गहिरो आस्था उत्पन्न गरेर शरणमा जानु पर्छ । शरणमा को जान्छ ? आफू स्वयं र सम्पूर्ण प्राणीहरु शरणमा जानुपर्छ । शरणमा जाने स्थान के हो ? त्रिरत्न र त्रिमूलको शरणमा जानु पर्छ । यदि त्रिरत्नको शरणमा जाँदा पत्याइनसक्नुको लाभहरु छन् । त्यहाँ कुनै पनि हानी छँदै छैन । शरण गमनको प्रतिज्ञाहरु गर्नु पर्छ । यो नै सवै पथहरुको मूल हो । यदि तपाईं त्रिरत्नको शरणमा जानुभयो भने त्यो बाह्य शरण हो । यदि तपाईं त्रिमूलको शरणमा जानुभयो भने त्यो भित्रि शरण हो । बज्रकाय, नाडी, प्राण, विन्दुको शरणमा जानु गोप्य हो । यदि तपाईं मनको शुन्यता, स्पष्टता र निर्वाधतामा नै शरणमा जानुभयो भने त्यो टिएचयूएसएनइएसएसको शरण हो । हामी महायानमा प्रवेश गरेकाले हामीले महान उत्प्रेरणा उत्पन्न गर्नुपर्छ महान उत्प्रेरणा के हो ? कसैको आफ्नै उद्देश्यका लागि मात्र होइन तर सम्पूर्ण चेतनशील प्राणीहरुका उद्देश्यका लागि म शरणमा जान्छु । यो त्यस प्रकारको सोचाइ हो । यो प्रकारको महान उत्प्रेरणा हो । तपाईंले त्यसलाई कसरी उत्पन्न गर्न सक्नुहुन्छ ? र्सवप्रथम महा करुणा उत्पन्न गर्नुपर्छ । "कुनै जुनीमा हाम्रो माता पिता नभएको कोही पनि छैन" भनेर यदि तपाईंले संसारको प्रकृतिबारे सोच्नुभयो भने यो भनाइलाई बुझ्न सकिन्छ । सम्पूर्ण प्राणीहरु ,हाम्रा दयालु माता पिता अज्ञानता तथा क्लेशहरुद्वारा विक्षिप्त भएर संसारमा भौतारिन्छन् । तिनीहरुले असिमित कष्ट अनुभव गर्छन । खुशीको कारणलाई नबुझेर तिनीहरुले पाप संचय गर्छन जुन कष्टहरुका कारण हुन । यदि तपाईंले यस प्रकारले सोच्नुभयो भने करुणा प्राकृतिकरुपले उत्पन्न हुन्छ । यदि तपाईंले "म सम्पूर्ण प्राणीहरुलाई बुद्धत्व दिलाउनेछु" भन्ने सोच्नुभयो भने त्यो अमुल्य बोधिचित्त हो । बोधिचित्तको दुइवटा पक्षहरु छन् । सापेक्ष बोधिचित्त र निरपेक्ष बोधिचित्त । सापेक्ष बोधिचित्त के हो ? सांसारिक चेतनशील प्राणीहरुको बारे सोच्नु, महान माया र करुणा उत्पन्न गराउनु सापेक्ष बोधिचित्त हो । निरपेक्ष बोधिचित्त के हो ? यो शुन्यताको अर्थ साक्षात्कार गर्ने ज्ञान हो । शुन्यता र करुणाको यस मिलनलाई अमुल्य बोधिचित्त भनिन्छ । शुन्यता के हो ? यो अनात्मलाई साक्षात्कार गर्नु हो । अनात्मको दुइवटा पक्षहरु छन् ब्यक्तिको अनात्मता र घटनाहरुको अनात्मता । आफू स्वयं र सम्पूर्ण चेतनशील प्राणीहरुको मन (प्राणीविहिन) अनात्म, अलंकार भन्दा टाढा, रुप वा रंग इत्यादि रहित जन्म, अन्त्य वा रहनुबाट मुक्त यो ब्यक्तिको अनात्मता हो । यो बाह्य बस्तु (उदभव) अवास्तविक हो भन्ने यदि तपाईंले मनद्वारा प्रक्षेपण गरिएको मायावत हो भन्ने जान्नुभयो भने त्यो अनात्म घटना हो । सम्पूर्ण उद्भवहरु सपना जस्तै हुन, मनको प्रक्षेपण हो, सम्पूर्ण उद्भवहरु एउटा मायावत् झै हो । ऐनामा प्रतिविम्ब जस्तै हो । पानीमा चन्द्रमाको छायाँ जस्तै हो, इन्द्रेणी जस्तै हो, मृगतृष्णा जस्तै हो, आवाजको प्रतिध्वनि जस्तै हो भनेर यस प्रकारले यी उदाहरणहरुमा जस्तै गरेर उद्भवहरुलाई हेर्नु पर्छ । अज्ञानताको कारण सम्पूर्ण चेतनशील प्राणीहरु 'आफू'मा लहसिन्छ जबकि 'आफू'को अस्तीत्व छैन । 'म'मा लहसिन्छ जबकि 'म'को अस्तीत्व छैन । अवास्तविक बाह्य रुपलाई तिनीहरुले वास्तविक हो भनेर त्यसको लोभ गर्छन । सम्पूर्ण दुखको जरा लोभ गर्नु र लालषा गर्नु हो । यदि तपाईंले शुन्यतालाई यस प्रकारले साक्षात्कार गर्नुभयो भने करुणा आफै उत्पन्न हुन्छ । महान करुणाको शक्तिद्वारा शुन्यता आफै साक्षात्कार हुन्छ । अरुलाई मद्दत गर्छ । यो चराको दुइवटा पखेटाहरु जस्तै हो । दुइवटा पखेटाविना त्यो उडन सक्तैन । दुइवटा पखेटाहरुको सहायताले चरा आकाशमा उडछ । शुन्यता र करुणाको माध्यमद्वारा उत्पन्न नभएकाहरुमा अमुल्य बोधिचित्त उत्पन्न होस् । जसमा यो उत्पन्न भै सकेको छ उसमा यो लोप नहोस अरु बढि विकसीत होस् र फलोस फुलोस, उन्नती गरोस् । तेस्रो अध्याय आज म भगवान बुद्धले दिनुभएको उपदेशहरुबारे भन्ने छु । यस भित्र पनि विषेश गरेर मनको प्रकृतिबारे म भन्ने छु । अहिले हाम्रो मनमा बुद्ध छ कि छैन, भविष्यमा को बुद्ध हुनेछ इत्यादी बारे म वर्णनगर्नेछु । कठोरताकासाथ भन्नु पर्दा मनको यस प्रकृतीलाई उजागर गर्ने कुरा गोप्य राखीनु पर्छ । यो गहन धर्मबारे र्सार्वजनीक रुपमा झ्याली पिटनु हुँदैन । त्यसो गर्नु खतरनाक हुन्छ भनिएको छ । यद्यपी सम्पूर्ण चेतनशील प्राणीहरुमाझ तथागतगर्भ र्सवब्यापी हुनुभएकाले मलाई लाग्छ धर्मबारे उपदेश नदिनका लागि कुनै स्थान छैन । तपाईहरु धर्मलाई मन पराउने ब्यक्तिहरु भएकोले तपाईहरुले मिथ्यादृष्टि विकास गर्नुहुन्न त्यहाँ कुनै खतरा छैन । मैले उपदेश दिदा मात्र तपाईंले त्यसलाई महसुस गर्नुहुन्न । तपाईंले यसलाई अभ्यास गर्नुपर्छ । सवै प्राणीहरुमा बुद्ध प्रकृति निहित छ । तिनीहरु आकस्मिक दूषितताहरुले धमिल्याइएका छन् । यदि त्यो दूषितताहरुलाई हटाइयो भने भनिएको छ कि "तीनीहरु वास्तविक बुद्ध हुन" त्यो बुद्ध प्रकृति कस्तो हुन्छ ? आकस्मिक दूषितताहरु के हुन ? तपाईंले ती दूषितताहरुलाई कसरी हटाउन सक्नुहुन्छ ? तीनीहरुलाई हटाइसकेपछि के कस्ता गुणहरु उत्पन्न हुन्छन् ? म यी बुँदाहरुबारे ब्याख्या गर्नेछु । र्सवप्रथम मनको सारतत्व शुन्यता हो । यसको कुनै रुप र रङ इत्यादी छैन । यस शुन्यताको विषेशता स्पष्टता (प्रकाश) हो । मनमा कुनै पनि कुरा उत्पन्न हुने यो क्षमता स्पष्टता हो । शुन्यता र स्पष्टता सँगसँगै छन् । शुन्यता र स्पष्टता फरक कुराहरु होइनन् । शुन्यता स्पष्टता एक अर्काबाट छुट्याउन नसकिने छन् । यो छुट्याउन नसकीने शुन्यता र स्पष्टता निर्वाध ज्ञानको रुपमा प्रकट हुन्छ । यस निर्वाध ज्ञानको कारणले सवैकुराहरुलाई पहिचान गर्न सकिन्छ । उदाहरणको लागि एउटा कोठाको खालीपनको शुन्यतामा प्रकाश छ भने सवै स्पष्ट हुन्छ । त्यसको कारणले सवैकुराहरुलाई देख्न सकिन्छ । यो सेतो छ, यो मानिस हो, यो केटी हो इत्यादी भनेर सवैकुरालाई पहिचान गर्न सकिन्छ । स्पष्टता, ज्ञान र शुन्यताको यस मिश्रण नै मन हो यो बुद्ध प्रकृति हो सुरुवातविहिन संसारदेखि जन्म लिइरहेको कुरा मन हो । यदि स्पष्टता,ज्ञान र शुन्यतालाई पहिचान गरिएन भने चेतनशील प्राणीहरु संसारमा भौतारिरहन्छन् । यदि त्यसलाई पहिचान गरियो भने त्यो वास्तविक बुद्ध हो । पहिचान गर्नु र पहिचान नगर्नुमा फरकपन बाहेक तिनीहरु एकै हुन । यो मन सारभूत रुपले शुन्य भएकोले यसलाई नष्ट गर्न सकिदैन । यो स्थायी हो र यो निरन्तररुपले अस्तीत्वमा रहन्छ । सवै प्राणीहरुले मेरो मन छ, म छु, भन्ने सोच्नुको सट्टा यो मन के हो ? म के हुँ भन्नेकुरालाई हेर्दैनन् । नहेर्ने, पहिचान नगर्ने यो दोषको कारण तिनीहरु यस संसारमा ब्याकुल हुन्छन् । पहिचान नगर्ने यो धमिलोपन अज्ञानता हो । यसलाई जान्न सकिने कुरामाथिको धमिलोपन भनिन्छ । शुन्यताको सारतत्वलाई पहिचान गर्न नसक्नाले आत्म स्नेही बनिन्छ । स्पष्टताको गुणलाई पहिचान गर्न नसक्नाले अरुप्रति स्नेही हुन्छ । यस द्वैधताप्रतीको स्नेहलाई बानीब्यहोरागत प्रबृत्तिको धमिलोपन भनिन्छ । निर्वाध ज्ञानलाई पहिचान नगर्नाले असल बस्तुप्रति आकषिर्त भइन्छ खराब बस्तुलाई छि छि दुर दुर गर्छ वा देखे नदेखे जस्तो गरिन्छ । यसलाई बौलट्टीपनको धमिलोपन (क्लेष) भनिन्छ । क्लेशको बलले कर्म संग्रह हुन्छ । यसलाई कर्मको धमिलोपन भनिन्छ । यी चारवटा धमिलोपनहरुको कारणले मनको प्रकृतिलाई देख्न सकिदैन बुद्ध हुन सकिदैन । चारवटा धमिलोपनहरुको यो आकष्मिक दूषितता कसरी आउँछन् ? आफैलाई नदेख्ने त्यो आफू के हो ? उदाहरणको लागि हामी सानो बालक हुदाको समय देखि हाम्रो दुइवटा आँखाहरु छन् । हामीले सवैकुराहरुलाई देख्छौं यद्यपी ती आँखाहरुले आँखालाई नै भने देख्दैनन् । यो त्यस्तै हो । नदेखे पनि हामीले हेर्नु नै पर्छ । हेर्नाले यो नदेख्नु नै आफूलाई देख्नु हो । आफूबारेको यस विचारमा आधारित भएर आफूलाई माया गर्छ र त्यसलाई मन पराउँछ । खराब कुराहरु आओस भन्ने अभिलाषा राखिदैन । त्यो नष्ट होस् भन्ने अभिलाषा राखिदैन । म छु, म छु भन्ने यस सोचाइमा आधारित हुँदा गहिरो आत्म स्नेह उत्पन्न हुन्छ । यो विचार, माया र अत्म स्नेह यी तीनवटा कुराहरुलाई आत्म अन्योलता भनिन्छ । मनका छ वटा चेतनाहरु छन् । तिनीहरु के के हुन ? आँखा, कान, नाक, जीब्रो, र्स्पर्श, मानसिक चेतना यी छ वटा हुन । यी सवै आलय चेतनाबाट उत्पन्न हुन्छन् । यदि आलयको सारतत्वलाई पहिचान गरियो भने त्यो आदि ज्ञान हो । प्रत्येक चेतनाको एउटा अङ्ग हुन्छ र एउटा चेतना क्षेत्र हुन्छ । आखाद्वारा रुपलाई देखिन्छ । कानद्वारा आवाज सुनिन्छ । नाकद्वारा गन्धहरुबारे थाहा पाइन्छ । जीब्रोद्वारा स्वाद थाहा पाइन्छ । शरीरद्वारा र्स्पर्श अनुभव गरिन्छ । मनद्वारा उत्तेजना (क्लेष) र विचारहरु पहिचान गरिन्छ । हेर्ने, सुन्ने, अनुभव गर्ने, र सोच्ने मन नै हो । यी सवैलाई मनको स्पष्टताको पक्ष हो भनेर पहिचान गर्न नसक्नाले "(त्यो आफु भन्दा) अर्को" भन्ने सोच्छ । यस प्रकारले भ्रममा परेर मनमा जे उत्पन्न भए पनि त्यहा लालषा, घृणा वा अज्ञानता मध्ये कुनै कुरा देखा पर्छ । यी तीनवटा विषहरुमा आधारित भएर विभिन्न क्लेषहरु उत्पन्न हुन्छन् । लालषामा आधारित भएका एक्काइस हजार थुप्रो क्लेषहरु छन् । घृणामा आधारित भएका .......छन्...........मुर्खतामा आधारित भएका .......यी तीनवटा मा आधारित एक्काइस हजार छन् । यसप्रकारले त्यसकारणले क्लेषका चौरास्सीहजार थुप्राहरु छन् । तपाइहरु सवैका क्लेसका यी चौरास्सीहजार थुप्राहरु छन् । तपाईहरु धनि हुनुहुन्छ । यदि एकजना मानिस तीन दीनका लागि मर्योभने उ विवेक विना रहन्छ । त्यसपछि एउटा गहिरो निद्राबाट ब्युझे जस्तै गरेर विवेक फेरी उत्पन्न हुन्छ । बानीब्यहोराको प्रबृत्तिको गहिरो अशुद्धताद्वारा उसले म छु, मेरो शरीर छ भन्ने सोच्छ यसबाट अन्तराभव ? (भार्दो) अवस्थाको चेतनाको शरीरको प्रक्षेपण हुन्छ । यदि उसको मानवरुपमा जन्मने कर्म छ भने उसले माता र पिता दुइजनालाई देख्नेछ । त्यसपछि यदि उ केटा भएर जन्मलीनु छ भने उ माता प्रति आकषिर्त हुन्छ र पिता प्रति विकषिर्त हुन्छ । यदि उसले केटीको रुपमा जन्म लिनु छ भने उ पिता प्रति आकषिर्त हुन्छ र माता प्रति विकषिर्त हुन्छ । त्यसपति यो मन/स्पष्टता/शुन्यता मातापिताको रसद्वारा माताको कोखमा जान्छ र रातो तथा सेतो बिन्दु छुट्याउन नसकिने गरि मिसिन्छ । त्यसपछि शरीर बृद्धि हुदै गएर जन्म लिन्छ । यी चारवटा अशुद्धताहरुलाई हटाउनै पर्छ । मनको प्रकृति/स्पष्टता/ज्ञान/शुन्यता लाई चिन्नै पर्छ । यदि त्यसलाई स्पष्ट पारीएन भने, चिनीएन भने भ्रममा परेर संसारमा अन्त्यहीन रुपले भौंतारिइरहन्छ ।कर्ममा भएको अशुद्धतालाई हटाउने उपायको रुपमा र्सवप्रथम सवै गलतकार्यहरुलाई त्याग गरेर असिमित पुण्य जम्मा गर्नुपर्छ । त्यसपछि शुद्ध बोधिचित्तलाई पर्ूण्ा विकासित गरेर माया र करुणाको शक्तिद्वारा क्लेष हरु लोप हुन्छन् । आफ्नो भन्दा अरुको उद्देश्यलाई महत्वपूर्ण बनाएर आत्म स्नेह कमजोर हुन्छ । यस्तो प्रकारको असल मन हुनु अति आवश्यक छ । त्यसपछि लामाको निर्देशनहरुलाई अभ्यास गर्दै मनलाई शान्त, छलकपट विहिन पारेर त्यसको प्राकृतिक अवस्थामा छाडनुहोस् । यो सामान्य चेतनाद्वारा यो आफैलाई हेरीरहेको आफू सवै कुरा मुक्त हुन्छ । स्पष्टता/ज्ञान/शुन्यताको मिश्रणको अर्थलाई साक्षात्कार हुन्छ । यो चार अशुद्धताहरु अस्तीत्वमा कहिल्यै नभएको जस्तै हो । उदाहरणको लागि एकजना लाटाले चिनी खाए जस्तै यो अवर्णनिय अवस्थानै वास्तविक प्रकृति हो । यदि तपाईले यस प्रकारले अभ्यास गर्न सक्नुभयो भने तपाई बुद्ध हुनुहुनेछ । यो शुन्यता पक्ष धर्मकाय हो । यो स्पष्टता पक्ष सम्भोगकाय हो । यो निर्वाध ज्ञान निर्माणकाय हो । यो छुटाउन नसकिने मिश्रण स्वभाविककाय हो । यसप्रकारले यो मन नै बुद्ध होइन ? यो भन्दा असल अरु कुनै कुरा छैन । यो भन्दा अर्थपूर्ण कुनै कुरा कदापि छैन । मन एउटा खोरबाट छुटेर डाडाको टुप्पोमा बसेको चरा जस्तो ज्यादै खुशी र आनन्दित हुन्छ । आफ्नो उद्देश्य पुरा हुन्छ । चौथो अध्याय बुद्धले दिनुभएको धर्म उपदेश के हो - त्यो संसारको दुःखबाट मुक्तिको पथ हो । यो आफ्नै मनलाई चिन्ने विधि हो । यद्यपी प्राणीहरुका ब्यक्तिगत झुकाउको कारण बुद्धले तीन स्तरका यानहरुबारे उपदेश दिनुभयो । उदाहरणको लागि यदि तपाई रेस्टुरेन्टमा जानुभयो भने सवै मानिसहरुले एउटै प्रकारका खाना खादैनन् । कसैले खसीको मासु खान्छन् कसैले कुखुराको मासु खान्छन् । त्यस्तो हुन्छ । यानहरुका तीनवटा स्तरहरु के के हुन - हिनयान, महायान र गोप्य मन्त्र बज्रयान यी तीनवटा हुन । यदि तपाईले यी तीनवटा यानहरुलाई छुटयाउनुभयो भने त्यसको भिन्नता के हो - मुख्यगरेर दृष्टि, ध्यान र कार्यबारे ब्याख्या गर्न सजिलो हुन्छ । तर उत्प्रेरणा अनुसारले यसलाई ब्याख्या नगर्नु असंभव हुन्छ । यदि कुनै ब्यक्ति हिनयानका लागि सुहाउदो छ भने आफ्नै उद्देश्य बढि महत्वपूर्ण । "संसार खराब छ म त्यसबाट मुक्त हुनै पर्छ त्यसकारणले म धर्म अभ्यास गर्छर्ुुयदि तपाईले यस प्रकारले सोच्नुहुन्छ भने त्यो सानो उत्प्रेरणा हो । यो खराब होइन तर सानो उत्प्रेरणा हो । हिनयानको दृष्टिकोण के हो - आत्म अस्तीत्व नभएको आफ्नो मन नै ब्यक्तिको अस्तीत्वविहिनताको दृष्टिकोण हो । सम्पूर्ण स्कन्ध अनित्य भएकाले स्थायी आत्म अस्तीत्व छैन । आत्म अस्तीत्व छैन । आत्म स्नेही हुनाको कारण प्राणीहरु ब्याकुल भएका छन् । त्यसकारणले आफ्नो उत्प्रेरणालाई बृद्धि गर्ने विधिको रुपमा पञ्च स्कन्ध र पञ्च रुपहरु घृणायोग्य छन् भन्ने सोचिन्छ । उदाहरणको लागि आफ्नो शरीर फोहोरी रगत, मासु, छाला, पिप, मलमुत्र, इत्यादीले भरिएको छ भन्ने सोच्नुहोस् । यस प्रकारले यदि तपाईले त्यसमा आकर्ष कुरा केही पनि छैन भन्ने सोचेर ध्यान गर्नुभयो भने लालषा उल्टीन्छ त्याग उत्पन्न हुन्छ । हिनयानको मुख्य ध्यान समता हो । यसमा आफ्नो मनलाई एकल विन्दूको समाधिमा छाडनु पर्छ । यदि विपास्यना ध्यान गरियो भने विचारलाई "यो विचार हो" भनेर निश्चय गरिन्छ । त्यसपछि एकपटक फेरी ध्यान, स्वास प्रस्वासको सहायताद्वारा मन समतामा रहन्छ । यदि क्रोध जस्तो नायुविकारको अन्योलता उत्पन्न भएमा त्यसलाई तुरन्तै छाडनु पर्छ । उदाहरणको लागि आफ्नो काखमा र्सप भेटाउदा त्यसलाई तुरन्तै हुत्याएर फाले जस्तै होइन त - यो त्यस्तो हो । कार्यहरु यस प्रकारको ध्यानतर्फलाग्ने खालको हुनु पर्छ । यसको अर्थ के हो - छोटकरीमा भन्नुपर्दा एकान्त स्थलमा रहेर सम्पूर्ण संसारिक कृयाकलापहरुलाई छाडनु पर्छ । उदाहरणको लागि यदि कसैले भिक्षुको प्रतिज्ञा लिएको छ भने चिवर, भिक्षापात्र र एउटा गुन्द्री बाहेक अरु कुराहरु आफूसंग राख्नु हुदैन । मध्यान्हको खाना खाइसकेपछि भालिपल्ट सम्म खानु हुदैन । यो मानवजीवनका बारे धेरैकुरा सोच्नु आवश्यक पर्दैन । एक्लै बसेर आफ्नो समताको अभ्यासमा उन्नती गर्नु पर्छ । यस प्रकारको अभ्यासको फलस्वरुप अर्हतको अवस्था प्राप्त हुन्छ । यदि महायानमा प्रवेश गरेमा गहन ध्यान गर्नु पर्छ । यहा अरुको उद्देश्य ज्यादै महत्वपूर्ण हुन्छ । प्राणीहरुको लागि महान करुणा विकास गर्दै "कुनै अपवादविना तीनै लोकका प्राणीहरुलाई म बुद्धत्व तर्फडोरयाउने छु । त्यस उद्देश्यमा लागि म धर्म अभ्यास गर्छु भन्ने तपाईले सोच्नु पर्छ । त्यसोभए महायानको दृष्टिकोण के हो - ब्यक्तिको अनात्म मात्र होइन घटनाको पनि आत्म अस्तित्व छैन । आफनो मन शुन्य, अवास्तविक मात्र छैन सम्पूर्ण उद्भवहरु शुन्य, मायावत रुपका यी हाम्रो आफ्नै मनका प्रक्षेपणहरु मात्र हुन । यो हिनयानको दृष्टिकोण भन्दा बढि गहन छ । संसार अस्तीत्वमा रहनुको वास्तविक कारण वस्तुहरुलाई वास्तविक भन्ने ठानेर त्यस प्रति स्नेह जगाउने क्रीयालाई उल्टो फर्काउने विधिको रुपमा पञ्च स्कन्ध र पञ्च तत्वहरुलाई मायावत हो भन्ने दृष्टिकोणले हेर्नु पर्छ । एउटा सपना जस्तै यो शरीर अवास्तवीक छ । त्यस प्रकारले सोच्नुबाहेक त्यो खराब वा फोहोरी छ भनेर सोच्नु आवश्यक छैन । अझ भन्नु पर्दा ध्यान मुख्यताया शुन्यता र करुणा हो । छोटकरीमा भन्नु पर्दा मनलाई दृष्टिकोणमा अविचलितरुपमा छोडिदीनु पर्छ । शुन्यताको अर्थमा रहेको र करुणा बृद्धि गर्ने विधिमा ध्यानमा, पठाउनमा र लिनमा रहेको मन यदि विचार उत्पन्न भएमा विचारको शुन्य आकाशमा हेर्नुहोस् । त्यसका साथै त्यसलाई परोपकारी विचारमा आमूल परिवर्तन गर्छ । उदाहरणको लागि तपाईले घरको ढोका खोल्दा "सम्पूर्ण चेतनशील प्राणीहरुका लागि धर्मको ढोका खेलीयोस्" भन्ने सोच्नुहोस । तपाईले ढोका बन्द गर्दाखेरी "तल्लो जुनीको जन्म सदाका लागि बन्द होस्" भन्ने सोच्नुहोस् । तपाईले यस प्रकारले विचारहरुलाई आमूल परिवर्तन गर्नुपर्छ । यदि क्लेशहरु उत्पन्न भएमा पनि त्यस्तै गर्नुहोस् । शुन्य सारतत्व तथा त्यसलाई करुणामा आमूल परिवर्तन दुवै गर्नु आवश्यक छ । त्यसपछि कार्य वास्तवमा नै अरुलाई फाइदा पर्ुयाउने कार्य हुनेछ । बोधिसत्व र षडपारमिताको तालिम इत्यादी महायान पथको कार्य हो । यस पथको परिणाम बोधिसत्वको स्तर क्रमश प्राप्त गर्नु र अन्त्यमा बुद्धत्वको अद्वितिय अवस्था प्राप्त गर्नु हो । यो उच्च पथले धेरै समय लिन्छ । यसका लागि तीनवटा अपरिमित कल्प लाग्छ । अर्को द्रुत पथ घनिष्ट पथ छ । यो गोप्य मन्त्र बज्रायान पथ हो । यहा पनि महायान जस्तै महान उत्प्रेरणा आवश्यक हुन्छ । यस वीना दृष्टिकोण उत्पन्न हुनु असंभव छ । यस मोड मा दृष्टिकोण के हो - त्यो ब्यक्तिको अनात्म र घटनाको अनात्म विचको अभिन्नता हो । ब्यक्तिको आफ्नो मन र उद्भव छुट्याउन नसकिने हुन्छ । उदाहरणको लागि सवै रुपहरु रुपविहिन हुन्छन् सवै आवाजहरु आवाजविहिन हुन्छन् । सवै बोधहरु ज्ञान विहिन हुन्छन् । दृष्टिकोण त्रिकाय साक्षात्कार गर्नका लागि आधार बन्छ । त्यसो भए पञ्च स्कन्ध र पञ्च तत्वहरुलाई कसरी हेरीन्छ - त्यसलाई पञ्चबुद्ध र सहचरी ज्ञानको प्रकृतिको रुपमा हेर्नु पर्छ । त्यो देवको शुद्ध आदि मण्डल हो । यो कुनै बस्तु जस्तो छैन त्यस्तै रुपमा नहेर्नु हो । कुनै बस्तु जस्तो छ त्यस्तै रुपमा हेरिनु पर्छ । "म हु वा म छु" भन्ने कुरामा टासिएर शुरुवात देखि नै आफू बुद्ध रहेको महसुस नगर्नु भ्रम हो । होइन - यो कुनै वस्तु जस्तो छ त्यसलाई त्यस्तै रुपमा नहेर्नु हो । होइन - छोटकरीमा भन्नु पर्दा ब्यक्तिको शरीर आफ्नै मनको झलक हो । त्यसकारण ध्यान मनलाई त्यस शुद्धताको दृष्टिमा आराम दिनु हो । अझ भन्नु पर्दा दुइवटा चरणहरुको गहन विधि छ । उत्पन्न क्रम र सम्पन्न क्रम । सम्पन्न क्रमका विभिन्न विधिहरु छन् । मुख्यगरेर देवको शरीर प्रकाशमा विलय भएको दृष्यभाव गर्नु , मनलाई कुनै पनि कुरा उत्पन्न नगर्ने अवस्थामा यसको आफ्नै प्रकृतिमा छाडनु यहि हो । यदि विचार उत्पन्न भएमा त्यसलाई नरोक्नुहोस् त्यसको पछि नलाग्नुहोस् । यसको ज्ञानालाई चिन्नुहोस् । ज्ञानको शुन्य विस्तार । यदि क्लेश उन्पन्न भएमा त्यस्तै हो । सारतत्व ज्ञान हो भनेर महसुस गर्नु पर्छ । त्याग गर्नु आवश्यक छैन आमूल परिवर्तन गर्न आवश्यक छैन । त्यसलाई चिन्नै पर्छ । यसको काणले नै गोप्य मन्त्र बज्रयानमा त्यस कार्यलाई "केही पनि त्याग गर्नु नपर्ने केही पनि लिनु नपर्ने" भनिन्छ । यदि कसैको यस्तो शुद्ध दृष्टि छ भने आफूले गरेको जुन सुकै कार्य स्वयं पथ हो । यसमा परिणाम बुद्धत्वको अवस्था चाडो गरेर प्राप्त हुन्छ । लगनशीलता र परिश्रम छ भने एकै मानव जीवनकालमा बुद्ध बन्छ । अध्याय पाँच अहिले सम्म
हामीले शुद्ध उद्भवबारे निकै चर्चा गर्यौ । यस शुद्ध उद्भवको
दृष्टिलाई तपाईले कसरी साक्षात्कार गर्नुहुन्छ - त्यसको
पथ के हो - र्सवप्रथम अनुभव र सिद्धि भएको परम्परा वाहक
एकजना असल लामाद्वारा परिपक्व बनाउने पूर्ण अभिषेक, मुक्त पार्ने उपदेश र आगम लिनै पर्छ । एउटा अभिषेकमा चारवटा
अभिषेकहरु हुन्छन् । कलश अभिषेक, गोप्य अभिषेक,
ज्ञान अभिषेक र लक्षणाको अमुल्य अभिषेक गोप्य अभिषेकद्वारा वाकको द्वारबाट संग्रह गरिएको सम्पूर्ण अशुद्धता र अकुशल कार्यहरु शुद्ध हुन्छन् । मन्त्र उच्चारणमा ध्यान गर्ने र नाडी र प्राणमा ध्यान गर्ने अभिषेक प्राप्त हुन्छ र भविष्यमा सम्भोगकाय प्राप्त गर्ने भाग्यशाली हुन्छ । लक्षणाको अमुल्य अभिषेक चौथो अभिषेकको समयमा काय, वाक र चित्तका सम्पूर्ण अकुशल कर्म र अशुद्धताहरु शुद्ध हुन्छन् । मनको प्रकृति चिनेर महामुद्रा ध्यान गर्नका लागि अभिषेक प्राप्त हुन्छ र आफूमा भविष्यमा स्वभाविककाय प्राप्त गर्ने विजारोपण हुन्छ । चौथो अभिषेक प्राप्त गरे पछि समयलाई कायम राख्नु पर्छ । समयलाई कायम राख्नु भनेको के हो - मुख्यताया लामाले जे भन्नुहुन्छ त्यो गर्नु पर्छ र सम्पूर्ण उदभव इन्द्रेणी जस्तै देवको शरीर हो भनेर ध्यान गर्ने, सम्पूर्ण आवाजहरु प्रतिध्वनी जस्तै मन्त्रको अवर्ननीय आवाज हो भनेर ध्यान गर्नु । सम्पूर्ण सम्झना र विचारहरु मृगातृष्णा जस्तै धर्मकायको ज्ञान विस्तार हो भनेर ध्यान गर्नु हो । यदि तपाईले त्यस्तो गर्नुभयो भने यसमा सवै समयहरु समावेश छन् । यस दृष्टिकोणलाई अभ्यास गर्नका लागि उत्पन्नक्रम र सम्पन्न क्रमका दुइवटा अवस्थाहरुमा ध्यान गर्नु पर्छ । उत्पन्नक्रममा तीनवटा गुणहरु छन् स्पष्ट स्वरुप, शुद्धताको चेतना र गर्वको सहायता यी तीन वटा । स्पष्ट स्वरुप के हो - यदि तपाईले देवको काय माथि ध्यान गर्नुभयो भने तपाईले तेजश्वी चम्कीलो प्रकाशरुपमा उत्पन्न भएको ध्यान गर्नु पर्छ । त्यसपछि आकार र रङ, गहनाहरु इत्यादी सवै स्पष्ट पुर्णातया प्रत्येक त्यहा भएको ध्यान गर्नु पर्छ । यदि कसैले भरखर शुरु गरेको भए त्यसलाई स्पष्ट राख्न सक्तैन । उदाहरणको लागि यदि देवको शरीरको रङ रातो छ भने कहिले काही त्यो पहेलो जस्तो रङमा परिवर्तन हुन्छ । वा टाउको भएको स्थानमा हात आउन सक्छ । यस प्रकारले केही अन्योलता आउन सक्छ । केही क्षणको लागि स्पष्टसग ध्यान गरेमा अर्को क्षणमा विचलित हुन्छ र अस्पष्ट हुन्छ । लामो समय सम्म स्पष्टसग ध्यान गर्ने क्षमता हुनै पर्छ । विस्तारै विस्तारै बानी बसालेर असल, स्पष्ट र स्थीर बन्न सकिन्छ र त्यसलाई स्थीर बनाउनका लागि कहिले काही देवको कायलाई तोरीको गेडा जस्तै सानो रुपमा ध्यान गर्नुहोस । कहिलेकाही त्यसलाई एउटा पहाड जत्तिकै ठुलो रुपमा ध्यान गर्नुहोस् । ठुलो बाट सानो, सानो बाट ठुलो अलमलमा नपरिकन ध्यान गर्ने क्षमता उत्पन्न हुन्छ त्यसपछि शुद्धता बारेको चेतनामाथि पनि ध्यान गर्नुपर्छ । यो देवको काय एउटा साधारण रुप होइन । यो अन्तिम प्रकृतिको साकेतिक रुप हो । उदाहरणको लागि यदि तपाईले अवलोकितेश्वर माथि ध्यान गर्नुभयो भने, संसार र निर्वाण एकै स्वादको जस्तै भएको ध्यान गर्नुभयो भने, त्यहा एउटा मुहार हुन्छ । शुरुवात देखि नै कुनै धब्बारहित भएर शरीरको रङ सेतो छ । चारवटा अपरिमित, करुणा, आनन्द, समता युक्त शरीरको चारवटा वाहुहरु छन् । छ वटा अलंकारहरुले षडपारमितालाई जनाउछ । पञ्चरङ्गी प्रकाशको किरण उत्पन्न पञ्च ज्ञानको वास्तविक प्रकृतिको स्वरुप हो । यसप्रकारले शुद्धता बारे सचेत हुनु पर्छ । त्यसपछि देवको गर्व ज्यादै महत्वपूर्ण छ । कहिलेकाहि यसलाई बज्र गर्व भनिन्छ । बज्र गर्व उत्पन्न गराउनुको आवश्यकताको के कारण छ - "अहमता प्रतिको स्नेह बलियो हुदैन र -" भनेर कसैले भन्न सक्छ । यो त्यस्तो होइन । उदाहरणको लागि यदि तपाईको कानमा थोरै पानी पसेको छ भने यदि तपाईले त्यसमा अझ बढि पानी थपिदिनुभयो भने त्यो पानी सजिलै गरेर बाहिर आउछ । त्यस अहमता प्रतिको स्नेहलाई देवमा परिणत गर्नुहोस त्यसपछि त्यो सारतत्व शुन्य छ भनेर पहिचान गर्दै मुलजराबाट नै अहमता प्रतिको स्नेह हटेर जान्छ । त्यसकारणले "म अवलोकितेश्वर हो" भनेर ध्यान गर्नै पर्छ । पटक पटक दोहोर्याएर ध्यान गर्नु पर्छ । उत्पन्नक्रमको सवैभन्दा महत्वपूर्ण विषेसता यो गर्व हो । त्यसपछि मन्त्र उच्चारण गर्नु पर्छ । मन्त्र उच्चारणको सवैभन्दा महत्वपूर्ण कुरा त्यो मन्त्र, देव, र आफ्नो मन अलग पार्न नसकिने हो भनेर ध्यान गर्नु हो । मन्त्र भनिने यी कुराहरु केवल आवाजहरु मात्र होइनन् । तीनीहरु अकल्पनीय गुण, शक्ति र आशिर्वादहरु हुन् । मन्त्रमा विश्वास हुनर्ुपर्छ । यदि तपाईमा विश्वास छैन भने यसले सहायता गर्दैन । हामीमा धेरै अकुशल कर्म र अशुद्धता भएकोले विश्वास, करुणा, भक्ति इत्यादी हरु आउन गाह्रो हुन्छ । यस कारणले गर्दा पुण्य संग्रहको विकास गर्न र अशुद्धताहरुलाई शुद्ध पार्नका लागि र्सव प्रथम "एक लाखको" प्रारम्भिक पाचको अभ्यास गर्नु नै पर्छ । त्यसपछि जे अभ्यास गरे पनि त्यो बुझनको लागि सजिलो, सहज र कुनै अवरोधविहिन हुन्छ । उदाहरणकेा लागि यदि तपाईले एउटा घर बनाउनु भयो भने र्सवप्रथम जग हाल्नु पर्छ, त्यसपछि पर्खालहरु बनाउनु पर्छ, त्यसपछि ढलान गर्नुपर्छ । त्यसपछि जसरी सजाउनु छ त्यसमा केहीपनि समस्या हुदैन । त्यसको लागि प्रत्येक चरणहरु पार गर्दै जानु पर्छ । जग नहाली पहिले ढलान गर्ने र त्यसपछि पर्खाल बनाउने चलन छैन । त्यो संभव छैन । यसप्रकारले तपाईको मनलाई चिनाउने ब्यक्ति, तपाईलाई आशिर्वाद, निर्देशन तथा आगम दिने ब्यक्ति, ज्यादै दयालु मुल लामा हुनुहुन्छ । आफ्नो मुल लामा (चवाइ लामा) जस्तो अरु कोही पनि हुदैन ।
यो वेभ साईट मुकेश लामा लो
द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि
परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
P.O.Box 13779, Kathmandu,
Nepal
|
|||