बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।।
भद्रचरी प्रणिधान ।।
  दोमाङमा के छ ? ।।  बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

मुख्य पृष्ठमा जाने
बज्रगुरु मन्त्रोच्चारणका  फाईदाहरू
ओ म नी पद् मे हुँ को अर्थ
बर्षका विषेस धार्मीक दीनहरु
विपास्यना ध्यान के हो
बोधीसत्वका सैतीस चर्या
स्याङचो मोन्लम्

बुद्ध धर्म ग्रन्थ दोमाङबाट अनुवाद
गरीएको री लाङरु लुङतेन अनुवादक पुण्य प्रसाद पराजुली

लामा येसे
आफनो मनोचीकीत्सक आफै बन्नुहोस्
बुद्धधर्मद्वारा आफनो पहिचान
अन्वेषणको पथ धर्
बौद्ध मनोविज्ञान एक झलक

लामा येसे
आफनो मनलाई सागर झै बनाउनुहोस्
तपाईको मन नै तपाईको धर्म
मानसिक रोगबारे बौद्ध धारणा
सवै कुराहरु मनबाट नै उत्पन्न
आफनो मनलाई सागर झै बनाउनुहोस्

 

बुद्ध धर्मबारे नेपाली भाषामा अनुवाद भएका ग्रन्थहरु

 

 

 


 









 



 

 

र्सवप्रथम मनलाई धर्म तर्फमोडनका लागि चारवटा विचारहरुः (निङमा स्कुलका रिन्पोछेबाट प्रवचन)

धर्म अभ्यास गर्नका लागि संसारको प्रकृतिबारे जान्नु पर्छ । भित्रि संसार र बाहिरी संसार गरेर दुइ प्रकारका संसार छन् । पहिला म बाहय संसार बारे बर्णन गर्ने छु ।

संसारमा छ बर्गका प्राणीहरु छन् ।

संसारमा तीन वटा तल्ला लोकहरु र तीनवटा माथिल्ला लोकहरु छन् । तीनवटा तल्ला लोकहरु कुन कुन हुन ? र्क लोक, भोको प्रेतको लोक र जनावरको लोक यी तीनवटा लोकहरु ती तीनवटा तल्ला लोकहरु छन् ।

तीनवटा माथिल्ला लोकहरु कुन कुन हुन ? नुष्य लोक, असुर लोक र देव लोक यी तीनवटा माथिल्ला लोकहरु हुन । नर्कमा जाडो र गर्मीका कष्टहरु छन् । भोका प्रेतहरुमा भोक र तिर्खाको कष्ट हुन्छ । जनावरहरुमा लाटोपन र मुर्खताको कष्ट हुन्छ । मनुष्य लोकमा जन्म, बुढयौली, रोग र मृत्युको कष्ट हुन्छ । असुर लोकमा झै-झगडा र द्वन्द्वको कष्ट हुन्छ । देवलोकमा परिवर्तन र पतन हुने कष्ट हुन्छ  

संसारको तीनवटा मण्डलहरु हुन्छन् । ति तीनवटा मण्डलहरु के के हुन ? लालषा मण्डल, रुप मण्डल, अरुप मण्डल यी तीनवटा मण्डलहरु हुन्छन् । अहिले हामीले लालषाको मण्डलमा जन्म लिएका छौं ।

संसारमा तीनवटा कष्टहरु छन् । ति तीनवटा दुखहरु के के हुन ? विपरिणाम कष्ट, परिवर्तनको कष्ट, कष्टको कष्ट यी तीनवटा कष्टहरु हुन । संसार असिमित कष्ट हो । संसारको प्रकृति नै कष्ट हो । संसार कष्टको सागर हो । कारणमा आधारित भएर संसार उत्पन्न हुन्छ ।

कारणमा आधरित भएर त्यो कसरी उत्पन्न भएको छ ?

क्रोधको शक्तिद्वारा नरक लोकमा जन्म हुन्छ । लोभको शक्तिद्वारा भोको प्रेतको लोकमा जन्म हुन्छ। मुर्खताको शक्तिद्वारा जनावरको रुपमा जन्म हुन्छ । लालषाको शक्तिद्वारा मनुष्य लोकमा जन्म हुन्छ । इष्याको शक्तिद्वारा असुरको लोकमा जन्म हुन्छ । घमण्डको शक्तिद्वारा देवको रुपमा जन्म हुन्छ ।

ती छ वटा विकारहरु कहाँबाट आउँछन् ?
तिनीहरु आत्मस्नेहबाट आउँछन् ।

आत्म स्नेह कहाँबाट आउँछ ?
त्यो अज्ञानताबाट आउँछ ।

अज्ञानता के हो ?
मनको प्रकृतिलाई नजान्नु अज्ञानता हो ।

यदि आनन्द प्रति अनुराग रह्यो भने
अभिलाषाको मण्डलमा जन्म हुन्छ ।

यदि स्पष्टता प्रति अनुराग रह्यो भने
रुप मण्डलमा जन्म हुन्छ ।

यदि शुन्यता प्रति अनुराग रह्यो भने
अरुप मण्डलमा जन्म हुन्छ ।

विकारहरुको शक्तिद्वारा हामीले धेरै कर्महरु जम्मा गर्र्छौं । कर्म दुइ प्रकारका हुन्छन् । कुशल कर्म र अकुशल कर्म । कुशल कर्मको अभ्यासले खुशीको अनुभव गराउँछ । अकुशल कर्मको अभ्यासले दुखको अनुभव गराउँछ । कुशल कर्मको परिणाम खुशी हो भने दुख अकुशल कर्मको परिणाम हो । कर्मको प्रकृती यही हो । कारण र त्यसको असर । हामीले अकुशल कर्मलाई त्याग गर्नु पर्छ । कुशल कर्मको अभ्यास गर्नुपर्छ ।

धर्मको पथ के हो ?

कुशल कर्मको अभ्यास गर्नु, अकुशल कर्मलाई त्याग गर्नु, मनको विकारहरुलाई शुद्धिकरण गर्नु ।

अब म भित्रि संसारबारे ब्याख्या गर्छु

सम्पूर्ण चेतनशील प्राणीहरु संसारमा भौतारीन्छन् । तिनीहरु कसरी भौतारिन्छन् ? तिनीहरु पाँचवटा भार्दो र तिनवटा कायहरुसँग भौंतारिनछन् । पाँचवटा भार्दोहरु के के हुन ? जन्म/मृत्युको भार्दो, सपना, मृत्युको क्षण, धर्मसार, भव यी पाँचवटा । तीनवटा कायहरु के के हुन ? पूर्णतया परिपक्व शरीर, बानीको शरीर, चेतनाको शरीर यी तीनवटा हुन ।

पूर्णतया परिपक्व शरीर रगत र मासुको शरीर हो । बानीको शरीर त्यो शरीर हो जसलाई सपनामा प्रक्षेपण गरिन्छ । चेतनाको शरीर भवको भार्दोको शरीर हो । पाँचवटा भार्दोहरुबारे विस्तृत रुपले म पछि ब्याख्या गर्नेछु । पाँचवटा भार्दोहरु अनित्य छन् । तीनीहरु एक अर्कामा परिवर्तन हुन्छन् । यी तीनवटा कायहरु अनित्य छन् । हामी सवैजनाको मृत्यु हुन्छ । तीनवटा मण्डलहरु अनित्य छन् । कोही पनि सदाका लागि रहन सक्तैन । (प्राणीहरुको) छ वटा लोकहरु अनित्य छन् । कर्म अन्त्य भए पछि तीनीहरुको मृत्यु हुन्छ । ब्रह्माण्ड पनि अनित्य छ । सम्पूर्ण  जटिल बस्तुहरु अनित्य छन् । यो मानव जीवनको चाँडै अन्त्य हुन्छ । हाम्रो चाँडै मृत्यु हुन्छ । मृत्यु हुने समय तपाईंले थाहा पाउन सक्नुहुन्न । हुनसक्छ तपाईको आजै मृत्यु हुनेछ । हुन सक्छ तपाईं केही बर्षम्म बाँच्नुहुन्छ । त्यो अनिश्चित छ । मृत्युको समय अनिश्चित छ । मृत्युको समयमा धर्मबाहेक कुनै कुराले पनि मद्दत गर्न सक्दैन । धर्म अभ्यास अहिले नै गर्नु आवश्यक छ । अहिले हामीले अमुल्य मानव शरीर प्राप्त गरेका छौं । अमुल्य मानव शरीर प्राप्त गर्न ज्यादै कठिन छ । अमुल्य मानव शरीर अचम्मको छ । किन ? यदि तपाईंले अमुल्य मानव अस्तित्व प्राप्त गर्नुभयो भने तपाईंले धर्म अभ्यास गर्न सक्नुहुन्छ । यदि तपाईंले अमुल्य मानव अस्तित्व प्राप्त गर्नसक्नु भएन भने तपाईंले धर्म अभ्यास गर्न सक्नुहुन्न । यदि तपाईंले तीनवटा तल्ला लोकहरुमा जन्म लिनुभयो भने यदि तपाईंले धर्मबारे सुन्नु भयो भने पनि त्यसलाई बुझ्न सक्नुहुन्न । यदि तपाईंले देव वा असुर लोकमा जन्म लिनुभयो भने अल्छिपनको शक्तिद्वारा तपाईंले धर्मलाई मन पराउनुहुन्न । संसारमा अमुल्य मानव जीवन र्सवश्रेष्ठ छ । यस अमुल्य मानव जीवनमा महान अर्थ पहिल्याउनु पर्छ । 

महान अर्थ के हो ?

धर्म अभ्यास गरेर संसारबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले धर्म अभ्यास गर्नुभएन भने संसारबाट मुक्त हुन सक्नुहुन्न । हामी संसारमा शुरुवातविहिन समयदेखि भौंतारिइरहेका छौं । हाल तपाईंले अमुल्य मानव शरीर प्राप्त गर्नुभएको छ यदि तपाईंले धर्म अभ्यास गर्नुभएन भने संसारमा अन्त्यहिन रुपले भौंतारिइ रहनु हुनेछ । म सके सम्म धर्म गर्छु म यस मानव जीवनद्वारा महान अर्थ प्राप्त गर्नेछु । मेरो मन धर्मतर्फलागोस भनेर मलाई आशिर्वाद दिनुहोस् । संसारीक कष्टको सागर सुकोस ! कुशल कर्मको अभ्यास गर्नुहोस् । अकुशल कर्मलाई त्याग्नुहोस् । मनको विकारहरुलाई शुद्धिकरण गर्नुहोस् ।

 

दोस्रो अध्याय

म आज शरणगमन र बोधिचित्तबारे चर्चा गर्नेछु । यदि तपाईंले मन परिवर्तन गर्ने चारवटा विचारहरु माथि ध्यान गर्नुभयो भने संसार प्रतिको तपाईंको अनुराग उल्टो फर्किने छ । यदि तपाईंले संसार कष्टले भरिएको छ भन्ने कुरा महसुस गर्नुभयो भने तपाईंले प्राकृतिक रुपले त्यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्नेबारे सोच्नुहुनेछ । "मैले मुक्ति नपाउने कुनै बाटो छैन" भन्ने तपाईंले सोच्नुहुनेछ । यद्यपी हामी सवै चेतनशिल प्राणीहरु हौं । हामी चेतनशील प्राणी भएकोले हामीले मनको प्रकृतिबारे थाहा पाउँदैनौं । थाहा नपाउने यो दोषको कारण स्वतन्त्रता (नियन्त्रण) छैन ।  मनको स्वतन्त्रता नभएकोले शरीरको स्वतन्त्रता पनि छैन । स्वतन्त्रता नभएकोले संसारको डरहरुलाई अनुभव गर्नुपर्छ । स्वतन्त्रता भएको कसैको शरणमा जानु पर्छ । मोक्ष प्राप्त गरेको कसैको शरणमा जानु पर्छ । स्वतन्त्रता र मोक्ष कसले प्राप्त गरेको छ ? भगवन बुद्धले स्वतन्त्रता र मोक्ष प्राप्त गर्नुभएको छ ।

संसारमा तपाईंलाई के ले रक्षा गर्छ ?

त्रिरत्न र त्रिमुलले रक्षा गर्न सक्छ । यदि तपाईंले त्रिरत्नको गुणहरुबारे सोच्नुभयो भने आस्था आफै उत्पन्न हुन्छ । बुद्धको काय, वाक र चित्तका गुणहरु छन् ।

(उहाँका) असिमित गुणहरु छन् ।
(उहाँका) गुणहरु सोचाइ भन्दा टाढा छन् ।

मानिस र देवतामा नभएका गुणहरु उहाँसँग छन् ।

बुद्धका चारवटा मुख्य गुणहरु छन् ।

पहिलो र्सवब्यापि प्रज्ञा, दोस्रो करुणा, तेस्रो सम्यक् सम्बोधिको कार्य गर्ने, चौथो शरण दिन सक्ने शक्ति   सर्वब्यापि प्रज्ञाका  दुइवटा पक्षहरु छन् । बस्तुहरु जुन रुपमा छन त्यहि रुपमा देख्ने र्सवब्यापि ज्ञान र बस्तुहरु जसरी देखा पर्छन त्यसरी नै देख्ने र्सवब्यापि ज्ञान ।

त्यसपछि बुद्धका तीनवटा कायहरु छन्

सञ्चीत पुण्य पूर्ण परिपक्वताको परिणाम दुइ रुपकायहरु हुन । तीनीहरु सम्भोगकाय र निर्माणकायहरु हुन । 

सञ्चीत प्रज्ञाको पूर्ण परिपक्वताको परिणाम महा धर्मकाय हो । धर्मकाय अलंकारहरुबाट टाढा छ । धर्मकाय उत्पन्न हुनु, क्षय हुनु र रहनुबाट मुक्त छ । बुद्धको बचन धर्म हो । साक्षात्कार धर्म र ग्रन्थीय धर्म छन् । चौरासी हजार वर्गका धर्महरु छन् । आकाश जस्तै विशाल र समुद्र जस्तै गहिरो । धर्म भनिने यो कुरा ज्यादै अचम्मको छ । यसको पथ देखाउने र यसलाई अभ्यास गर्नेहरु संघ हो । आशिर्वादको मुल लामाहरु हुन । लक्ष्य प्राप्तिको मूल यिदम देवहरु हुन । क्रृयाकलापहरुको मुल डाकिनी तथा धर्मपालहरु हुन । यदि तपाईंले यस प्रकारले यी गुणहरुबारे विचार गर्नु भयो भने हृदयको गहिराइदेखि नै आस्था उत्पन्न हुन्छ ।

आस्था तीन प्रकारका हुन्छन् ।  विशुद्ध आस्था, दृढ निश्चयको आस्था, उत्कण्ठाको आस्था । गहिरो आस्था उत्पन्न गरेर शरणमा जानु पर्छ । शरणमा को जान्छ ? आफू स्वयं र सम्पूर्ण  प्राणीहरु शरणमा जानुपर्छ । शरणमा जाने स्थान के हो ? त्रिरत्न र त्रिमूलको शरणमा जानु पर्छ । यदि त्रिरत्नको शरणमा जाँदा पत्याइनसक्नुको लाभहरु छन् । त्यहाँ कुनै पनि हानी छँदै छैन । शरण गमनको प्रतिज्ञाहरु गर्नु पर्छ । यो नै सवै पथहरुको मूल हो । यदि तपाईं त्रिरत्नको शरणमा जानुभयो भने त्यो बाह्य शरण हो । यदि तपाईं त्रिमूलको शरणमा जानुभयो भने त्यो भित्रि शरण हो । बज्रकाय, नाडी, प्राण, विन्दुको शरणमा जानु गोप्य हो । यदि तपाईं मनको शुन्यता, स्पष्टता र निर्वाधतामा नै शरणमा जानुभयो भने त्यो टिएचयूएसएनइएसएसको शरण हो । हामी महायानमा प्रवेश गरेकाले हामीले महान उत्प्रेरणा उत्पन्न गर्नुपर्छ  

महान उत्प्रेरणा के हो ?

कसैको आफ्नै उद्देश्यका लागि मात्र होइन तर सम्पूर्ण चेतनशील प्राणीहरुका उद्देश्यका लागि म शरणमा जान्छु । यो त्यस प्रकारको सोचाइ हो । यो प्रकारको महान उत्प्रेरणा हो ।

तपाईंले त्यसलाई कसरी उत्पन्न गर्न सक्नुहुन्छ ? र्सवप्रथम महा करुणा उत्पन्न गर्नुपर्छ । "कुनै जुनीमा हाम्रो माता पिता नभएको कोही पनि छैन" भनेर यदि तपाईंले संसारको प्रकृतिबारे सोच्नुभयो भने यो भनाइलाई बुझ्न सकिन्छ । सम्पूर्ण  प्राणीहरु ,हाम्रा दयालु माता पिता अज्ञानता तथा क्लेशहरुद्वारा विक्षिप्त भएर संसारमा भौतारिन्छन् । तिनीहरुले असिमित कष्ट अनुभव गर्छन । खुशीको कारणलाई नबुझेर तिनीहरुले पाप संचय गर्छन जुन कष्टहरुका कारण हुन । यदि तपाईंले यस प्रकारले सोच्नुभयो भने करुणा प्राकृतिकरुपले उत्पन्न हुन्छ ।

यदि तपाईंले "म सम्पूर्ण  प्राणीहरुलाई बुद्धत्व दिलाउनेछु" भन्ने सोच्नुभयो भने त्यो अमुल्य बोधिचित्त हो । बोधिचित्तको दुइवटा पक्षहरु छन् । सापेक्ष बोधिचित्त र निरपेक्ष बोधिचित्त । सापेक्ष बोधिचित्त के हो ? सांसारिक चेतनशील प्राणीहरुको बारे सोच्नु, महान माया र करुणा उत्पन्न गराउनु सापेक्ष बोधिचित्त हो । निरपेक्ष बोधिचित्त के हो ? यो शुन्यताको अर्थ साक्षात्कार गर्ने ज्ञान हो । शुन्यता र करुणाको यस मिलनलाई अमुल्य बोधिचित्त भनिन्छ । शुन्यता के हो ? यो अनात्मलाई साक्षात्कार गर्नु हो । अनात्मको दुइवटा पक्षहरु छन् ब्यक्तिको अनात्मता र घटनाहरुको अनात्मता । आफू स्वयं र सम्पूर्ण  चेतनशील प्राणीहरुको मन (प्राणीविहिन) अनात्म, अलंकार भन्दा टाढा, रुप वा रंग इत्यादि रहित जन्म, अन्त्य वा रहनुबाट मुक्त यो ब्यक्तिको अनात्मता हो ।

यो बाह्य बस्तु (उदभव) अवास्तविक हो भन्ने यदि तपाईंले मनद्वारा प्रक्षेपण गरिएको मायावत हो भन्ने जान्नुभयो भने त्यो अनात्म घटना हो । सम्पूर्ण  उद्भवहरु सपना जस्तै हुन, मनको प्रक्षेपण हो, सम्पूर्ण  उद्भवहरु एउटा मायावत् झै हो । ऐनामा प्रतिविम्ब जस्तै हो । पानीमा चन्द्रमाको छायाँ जस्तै हो, इन्द्रेणी जस्तै हो, मृगतृष्णा जस्तै हो, आवाजको प्रतिध्वनि जस्तै हो भनेर यस प्रकारले यी उदाहरणहरुमा जस्तै गरेर उद्भवहरुलाई हेर्नु पर्छ । अज्ञानताको कारण सम्पूर्ण  चेतनशील प्राणीहरु 'आफू'मा लहसिन्छ जबकि 'आफू'को अस्तीत्व छैन । ''मा लहसिन्छ जबकि ''को अस्तीत्व छैन । अवास्तविक बाह्य रुपलाई तिनीहरुले वास्तविक हो भनेर त्यसको लोभ गर्छन । सम्पूर्ण  दुखको जरा लोभ गर्नु र लालषा गर्नु हो । यदि तपाईंले शुन्यतालाई यस प्रकारले साक्षात्कार गर्नुभयो भने करुणा आफै उत्पन्न हुन्छ ।

महान करुणाको शक्तिद्वारा शुन्यता आफै साक्षात्कार हुन्छ । अरुलाई मद्दत गर्छ । यो चराको दुइवटा पखेटाहरु जस्तै हो । दुइवटा पखेटाविना त्यो उडन सक्तैन । दुइवटा पखेटाहरुको सहायताले चरा आकाशमा उडछ । शुन्यता र करुणाको माध्यमद्वारा उत्पन्न नभएकाहरुमा अमुल्य बोधिचित्त उत्पन्न होस् । जसमा यो उत्पन्न भै सकेको छ उसमा यो लोप नहोस अरु बढि विकसीत होस् र फलोस फुलोस, उन्नती गरोस् ।

तेस्रो अध्याय

आज म भगवान बुद्धले दिनुभएको उपदेशहरुबारे भन्ने छु । यस भित्र पनि विषेश गरेर मनको प्रकृतिबारे म भन्ने छु । अहिले हाम्रो मनमा बुद्ध छ कि छैन, भविष्यमा को बुद्ध हुनेछ इत्यादी बारे म वर्णनगर्नेछु । कठोरताकासाथ भन्नु पर्दा मनको यस प्रकृतीलाई उजागर गर्ने कुरा गोप्य राखीनु पर्छ । यो गहन धर्मबारे र्सार्वजनीक रुपमा झ्याली पिटनु हुँदैन । त्यसो गर्नु खतरनाक हुन्छ भनिएको छ । यद्यपी सम्पूर्ण  चेतनशील प्राणीहरुमाझ तथागतगर्भ र्सवब्यापी हुनुभएकाले मलाई लाग्छ धर्मबारे उपदेश नदिनका लागि कुनै स्थान छैन । तपाईहरु धर्मलाई मन पराउने ब्यक्तिहरु भएकोले तपाईहरुले मिथ्यादृष्टि विकास गर्नुहुन्न त्यहाँ कुनै खतरा छैन । मैले उपदेश दिदा मात्र तपाईंले त्यसलाई महसुस गर्नुहुन्न । तपाईंले यसलाई अभ्यास गर्नुपर्छ । सवै प्राणीहरुमा बुद्ध प्रकृति निहित छ । तिनीहरु आकस्मिक दूषितताहरुले धमिल्याइएका छन् । यदि त्यो दूषितताहरुलाई हटाइयो भने भनिएको छ कि "तीनीहरु वास्तविक बुद्ध हुन" त्यो बुद्ध प्रकृति कस्तो हुन्छ ? आकस्मिक दूषितताहरु के हुन  ? तपाईंले ती दूषितताहरुलाई कसरी हटाउन सक्नुहुन्छ ? तीनीहरुलाई हटाइसकेपछि के कस्ता गुणहरु उत्पन्न हुन्छन् ? म यी बुँदाहरुबारे ब्याख्या गर्नेछु ।

र्सवप्रथम मनको सारतत्व शुन्यता हो । यसको कुनै रुप र रङ इत्यादी छैन । यस शुन्यताको विषेशता स्पष्टता (प्रकाश) हो । मनमा कुनै पनि कुरा उत्पन्न हुने यो क्षमता स्पष्टता हो । शुन्यता र स्पष्टता सँगसँगै छन् । शुन्यता र स्पष्टता फरक कुराहरु होइनन् । शुन्यता स्पष्टता एक अर्काबाट छुट्याउन नसकिने छन् । यो छुट्याउन नसकीने शुन्यता र स्पष्टता निर्वाध ज्ञानको रुपमा प्रकट हुन्छ । यस निर्वाध ज्ञानको कारणले सवैकुराहरुलाई पहिचान गर्न सकिन्छ । उदाहरणको लागि एउटा कोठाको खालीपनको शुन्यतामा प्रकाश छ भने सवै स्पष्ट हुन्छ । त्यसको कारणले सवैकुराहरुलाई देख्न सकिन्छ । यो सेतो छ, यो मानिस हो, यो केटी हो इत्यादी भनेर सवैकुरालाई पहिचान गर्न सकिन्छ । स्पष्टता, ज्ञान र शुन्यताको यस मिश्रण नै मन हो यो बुद्ध प्रकृति हो

सुरुवातविहिन संसारदेखि जन्म लिइरहेको कुरा मन हो । यदि स्पष्टता,ज्ञान र शुन्यतालाई पहिचान गरिएन भने चेतनशील प्राणीहरु संसारमा भौतारिरहन्छन् । यदि त्यसलाई पहिचान गरियो भने त्यो वास्तविक बुद्ध हो । पहिचान गर्नु र पहिचान नगर्नुमा फरकपन बाहेक तिनीहरु एकै हुन । यो मन सारभूत रुपले शुन्य भएकोले यसलाई नष्ट गर्न सकिदैन । यो स्थायी हो र यो निरन्तररुपले अस्तीत्वमा रहन्छ । सवै प्राणीहरुले मेरो मन छ, म छु, भन्ने सोच्नुको सट्टा यो मन के हो ? म के हुँ भन्नेकुरालाई हेर्दैनन् । नहेर्ने, पहिचान नगर्ने यो दोषको कारण तिनीहरु यस संसारमा ब्याकुल हुन्छन् । पहिचान नगर्ने यो धमिलोपन अज्ञानता हो । यसलाई जान्न सकिने कुरामाथिको धमिलोपन भनिन्छ । शुन्यताको सारतत्वलाई पहिचान गर्न नसक्नाले आत्म स्नेही बनिन्छ । स्पष्टताको गुणलाई पहिचान गर्न नसक्नाले अरुप्रति स्नेही हुन्छ । यस द्वैधताप्रतीको स्नेहलाई बानीब्यहोरागत प्रबृत्तिको धमिलोपन भनिन्छ । निर्वाध ज्ञानलाई पहिचान नगर्नाले असल बस्तुप्रति आकषिर्त भइन्छ खराब बस्तुलाई छि छि दुर दुर गर्छ वा देखे नदेखे जस्तो गरिन्छ । यसलाई बौलट्टीपनको धमिलोपन (क्लेष) भनिन्छ । क्लेशको बलले कर्म संग्रह हुन्छ । यसलाई कर्मको धमिलोपन भनिन्छ । यी चारवटा धमिलोपनहरुको कारणले मनको प्रकृतिलाई देख्न सकिदैन बुद्ध हुन सकिदैन । चारवटा धमिलोपनहरुको यो आकष्मिक दूषितता कसरी आउँछन् ?

आफैलाई नदेख्ने त्यो आफू के हो ? उदाहरणको लागि हामी सानो बालक हुदाको समय देखि हाम्रो दुइवटा आँखाहरु छन् । हामीले सवैकुराहरुलाई देख्छौं यद्यपी ती आँखाहरुले आँखालाई नै भने देख्दैनन् । यो त्यस्तै हो । नदेखे पनि हामीले हेर्नु नै पर्छ । हेर्नाले यो नदेख्नु नै आफूलाई देख्नु हो । आफूबारेको यस विचारमा आधारित भएर आफूलाई माया गर्छ र त्यसलाई मन पराउँछ । खराब कुराहरु आओस भन्ने अभिलाषा राखिदैन । त्यो नष्ट होस् भन्ने अभिलाषा राखिदैन । म छु, म छु भन्ने यस सोचाइमा आधारित हुँदा गहिरो आत्म स्नेह उत्पन्न हुन्छ । यो विचार, माया र अत्म स्नेह यी तीनवटा कुराहरुलाई आत्म अन्योलता भनिन्छ । मनका छ वटा चेतनाहरु छन् । तिनीहरु के के हुन ?

आँखा, कान, नाक, जीब्रो, र्स्पर्श, मानसिक चेतना यी छ वटा हुन । यी सवै आलय चेतनाबाट उत्पन्न हुन्छन् । यदि आलयको सारतत्वलाई पहिचान गरियो भने त्यो आदि ज्ञान हो । प्रत्येक चेतनाको एउटा अङ्ग हुन्छ र एउटा चेतना क्षेत्र हुन्छ । आखाद्वारा रुपलाई देखिन्छ । कानद्वारा आवाज सुनिन्छ । नाकद्वारा गन्धहरुबारे थाहा पाइन्छ । जीब्रोद्वारा स्वाद थाहा पाइन्छ । शरीरद्वारा र्स्पर्श अनुभव गरिन्छ । मनद्वारा उत्तेजना (क्लेष) र विचारहरु पहिचान गरिन्छ । हेर्ने, सुन्ने, अनुभव गर्ने, र सोच्ने मन नै हो ।

यी सवैलाई मनको स्पष्टताको पक्ष हो भनेर पहिचान गर्न नसक्नाले "(त्यो आफु भन्दा) अर्को" भन्ने सोच्छ । यस प्रकारले भ्रममा परेर मनमा जे उत्पन्न भए पनि त्यहा लालषा, घृणा वा अज्ञानता मध्ये कुनै कुरा देखा पर्छ । यी तीनवटा विषहरुमा आधारित भएर विभिन्न क्लेषहरु उत्पन्न हुन्छन् । लालषामा आधारित भएका एक्काइस हजार थुप्रो क्लेषहरु छन् । घृणामा आधारित भएका .......छन्...........मुर्खतामा आधारित भएका .......यी तीनवटा मा आधारित एक्काइस हजार छन् । यसप्रकारले त्यसकारणले क्लेषका चौरास्सीहजार थुप्राहरु छन् । तपाइहरु सवैका क्लेसका यी चौरास्सीहजार  थुप्राहरु छन् । तपाईहरु धनि हुनुहुन्छ । यदि एकजना मानिस तीन दीनका लागि मर्योभने उ विवेक विना रहन्छ । त्यसपछि एउटा गहिरो निद्राबाट ब्युझे जस्तै गरेर विवेक फेरी उत्पन्न हुन्छ । बानीब्यहोराको प्रबृत्तिको गहिरो अशुद्धताद्वारा उसले म छु, मेरो शरीर छ भन्ने सोच्छ यसबाट अन्तराभव ? (भार्दो) अवस्थाको चेतनाको शरीरको प्रक्षेपण हुन्छ । यदि उसको मानवरुपमा जन्मने कर्म छ भने उसले माता र पिता दुइजनालाई देख्नेछ । त्यसपछि यदि उ केटा भएर जन्मलीनु छ भने उ माता प्रति आकषिर्त हुन्छ र पिता प्रति विकषिर्त हुन्छ । यदि उसले केटीको रुपमा जन्म लिनु छ भने उ पिता प्रति आकषिर्त हुन्छ र माता प्रति विकषिर्त हुन्छ । त्यसपति यो मन/स्पष्टता/शुन्यता मातापिताको रसद्वारा माताको कोखमा जान्छ र रातो तथा सेतो बिन्दु छुट्याउन नसकिने गरि मिसिन्छ । त्यसपछि शरीर बृद्धि हुदै गएर जन्म लिन्छ ।

यी चारवटा अशुद्धताहरुलाई हटाउनै पर्छ । मनको प्रकृति/स्पष्टता/ज्ञान/शुन्यता लाई चिन्नै पर्छ । यदि त्यसलाई स्पष्ट पारीएन भने, चिनीएन भने भ्रममा परेर संसारमा अन्त्यहीन रुपले भौंतारिइरहन्छ ।कर्ममा भएको अशुद्धतालाई हटाउने उपायको रुपमा र्सवप्रथम सवै गलतकार्यहरुलाई त्याग गरेर असिमित पुण्य जम्मा गर्नुपर्छ । त्यसपछि  शुद्ध बोधिचित्तलाई पर्ूण्ा विकासित गरेर माया र करुणाको शक्तिद्वारा क्लेष हरु लोप हुन्छन् । आफ्नो भन्दा अरुको उद्देश्यलाई महत्वपूर्ण बनाएर आत्म स्नेह कमजोर हुन्छ । यस्तो प्रकारको असल मन हुनु अति आवश्यक छ । त्यसपछि लामाको निर्देशनहरुलाई अभ्यास गर्दै मनलाई शान्त, छलकपट विहिन  पारेर त्यसको प्राकृतिक अवस्थामा छाडनुहोस् । यो सामान्य चेतनाद्वारा यो आफैलाई हेरीरहेको आफू सवै कुरा मुक्त हुन्छ । स्पष्टता/ज्ञान/शुन्यताको मिश्रणको अर्थलाई साक्षात्कार हुन्छ । यो चार अशुद्धताहरु अस्तीत्वमा कहिल्यै नभएको जस्तै हो । उदाहरणको लागि एकजना लाटाले चिनी खाए जस्तै यो अवर्णनिय अवस्थानै वास्तविक प्रकृति हो । यदि तपाईले यस प्रकारले अभ्यास गर्न सक्नुभयो भने तपाई बुद्ध हुनुहुनेछ । यो शुन्यता पक्ष धर्मकाय हो । यो स्पष्टता पक्ष सम्भोगकाय हो । यो निर्वाध ज्ञान निर्माणकाय हो । यो छुटाउन नसकिने मिश्रण स्वभाविककाय हो । यसप्रकारले यो मन नै बुद्ध होइन ? यो भन्दा असल अरु कुनै कुरा छैन । यो भन्दा अर्थपूर्ण कुनै कुरा कदापि छैन । मन एउटा खोरबाट छुटेर डाडाको टुप्पोमा बसेको चरा जस्तो ज्यादै खुशी र आनन्दित हुन्छ । आफ्नो उद्देश्य पुरा हुन्छ ।

चौथो अध्याय

बुद्धले दिनुभएको धर्म उपदेश के हो - त्यो संसारको दुःखबाट मुक्तिको पथ हो । यो आफ्नै मनलाई चिन्ने विधि हो । यद्यपी प्राणीहरुका ब्यक्तिगत झुकाउको कारण बुद्धले तीन स्तरका यानहरुबारे उपदेश दिनुभयो । उदाहरणको लागि यदि तपाई रेस्टुरेन्टमा जानुभयो भने सवै मानिसहरुले एउटै प्रकारका खाना खादैनन् । कसैले खसीको मासु खान्छन् कसैले कुखुराको मासु खान्छन् । त्यस्तो हुन्छ ।

यानहरुका तीनवटा स्तरहरु के के हुन - हिनयान, महायान र गोप्य मन्त्र बज्रयान यी तीनवटा हुन । यदि तपाईले यी तीनवटा यानहरुलाई छुटयाउनुभयो भने त्यसको भिन्नता के हो - मुख्यगरेर दृष्टि, ध्यान र कार्यबारे ब्याख्या गर्न सजिलो हुन्छ । तर उत्प्रेरणा अनुसारले यसलाई ब्याख्या नगर्नु असंभव हुन्छ । यदि कुनै ब्यक्ति हिनयानका लागि सुहाउदो छ भने आफ्नै उद्देश्य बढि महत्वपूर्ण "संसार खराब छ म त्यसबाट मुक्त हुनै पर्छ त्यसकारणले म धर्म अभ्यास गर्छर्ुुयदि तपाईले यस प्रकारले सोच्नुहुन्छ भने त्यो सानो उत्प्रेरणा हो । यो खराब होइन तर सानो उत्प्रेरणा हो । हिनयानको दृष्टिकोण के हो - आत्म अस्तीत्व नभएको आफ्नो मन नै ब्यक्तिको अस्तीत्वविहिनताको दृष्टिकोण हो । सम्पूर्ण स्कन्ध अनित्य भएकाले स्थायी आत्म अस्तीत्व छैन  । आत्म अस्तीत्व छैन । आत्म स्नेही हुनाको कारण प्राणीहरु ब्याकुल भएका छन् ।  त्यसकारणले आफ्नो उत्प्रेरणालाई बृद्धि गर्ने विधिको रुपमा पञ्च स्कन्ध र पञ्च रुपहरु घृणायोग्य छन् भन्ने सोचिन्छ । उदाहरणको लागि आफ्नो शरीर फोहोरी रगत, मासु, छाला, पिप, मलमुत्र, इत्यादीले भरिएको छ भन्ने सोच्नुहोस् । यस प्रकारले यदि तपाईले त्यसमा आकर्ष कुरा केही पनि छैन भन्ने सोचेर ध्यान गर्नुभयो भने लालषा उल्टीन्छ त्याग उत्पन्न हुन्छ ।

हिनयानको मुख्य ध्यान समता हो । यसमा आफ्नो मनलाई एकल विन्दूको समाधिमा छाडनु पर्छ । यदि विपास्यना ध्यान गरियो भने विचारलाई "यो विचार हो" भनेर निश्चय गरिन्छ । त्यसपछि एकपटक फेरी ध्यान, स्वास प्रस्वासको सहायताद्वारा मन समतामा रहन्छ ।  यदि क्रोध जस्तो नायुविकारको अन्योलता उत्पन्न भएमा त्यसलाई तुरन्तै छाडनु पर्छ । उदाहरणको लागि आफ्नो काखमा र्सप भेटाउदा त्यसलाई तुरन्तै हुत्याएर फाले जस्तै होइन त - यो त्यस्तो हो । कार्यहरु यस प्रकारको ध्यानतर्फलाग्ने खालको हुनु पर्छ । यसको अर्थ के हो - छोटकरीमा भन्नुपर्दा एकान्त स्थलमा रहेर सम्पूर्ण संसारिक कृयाकलापहरुलाई छाडनु पर्छ । उदाहरणको लागि यदि कसैले भिक्षुको प्रतिज्ञा लिएको छ भने चिवर, भिक्षापात्र र एउटा गुन्द्री बाहेक अरु कुराहरु आफूसंग राख्नु हुदैन । मध्यान्हको खाना खाइसकेपछि भालिपल्ट सम्म खानु हुदैन । यो मानवजीवनका बारे धेरैकुरा सोच्नु आवश्यक पर्दैन । एक्लै बसेर आफ्नो समताको अभ्यासमा उन्नती गर्नु पर्छ । यस प्रकारको अभ्यासको फलस्वरुप अर्हतको अवस्था प्राप्त हुन्छ ।

यदि महायानमा प्रवेश गरेमा गहन ध्यान गर्नु पर्छ । यहा अरुको उद्देश्य ज्यादै महत्वपूर्ण हुन्छ । प्राणीहरुको लागि महान करुणा विकास गर्दै "कुनै अपवादविना तीनै लोकका प्राणीहरुलाई म बुद्धत्व तर्फडोरयाउने छु । त्यस उद्देश्यमा लागि म धर्म अभ्यास गर्छु भन्ने तपाईले सोच्नु पर्छ । त्यसोभए महायानको दृष्टिकोण के हो -

ब्यक्तिको अनात्म मात्र होइन घटनाको पनि आत्म अस्तित्व छैन । आफनो मन शुन्य, अवास्तविक मात्र छैन सम्पूर्ण उद्भवहरु शुन्य, मायावत रुपका यी हाम्रो आफ्नै मनका प्रक्षेपणहरु मात्र हुन ।

यो हिनयानको दृष्टिकोण भन्दा बढि गहन छ । संसार अस्तीत्वमा रहनुको वास्तविक कारण वस्तुहरुलाई वास्तविक भन्ने ठानेर त्यस प्रति स्नेह जगाउने क्रीयालाई उल्टो फर्काउने विधिको रुपमा पञ्च स्कन्ध र पञ्च तत्वहरुलाई मायावत हो भन्ने दृष्टिकोणले हेर्नु पर्छ । एउटा सपना जस्तै यो शरीर अवास्तवीक छ । त्यस प्रकारले सोच्नुबाहेक त्यो खराब वा फोहोरी छ भनेर सोच्नु आवश्यक छैन । अझ भन्नु पर्दा ध्यान मुख्यताया शुन्यता र करुणा हो । छोटकरीमा भन्नु पर्दा मनलाई दृष्टिकोणमा अविचलितरुपमा छोडिदीनु पर्छ । शुन्यताको अर्थमा रहेको र करुणा बृद्धि गर्ने विधिमा ध्यानमा, पठाउनमा र लिनमा रहेको मन यदि विचार उत्पन्न भएमा विचारको शुन्य आकाशमा हेर्नुहोस् । त्यसका साथै त्यसलाई परोपकारी विचारमा आमूल परिवर्तन गर्छ । उदाहरणको लागि तपाईले घरको ढोका खोल्दा "सम्पूर्ण चेतनशील प्राणीहरुका लागि धर्मको ढोका खेलीयोस्" भन्ने सोच्नुहोस । तपाईले ढोका बन्द गर्दाखेरी "तल्लो जुनीको जन्म सदाका लागि बन्द होस्" भन्ने सोच्नुहोस् । तपाईले यस प्रकारले विचारहरुलाई आमूल परिवर्तन गर्नुपर्छ । यदि क्लेशहरु उत्पन्न भएमा पनि त्यस्तै गर्नुहोस् । शुन्य सारतत्व तथा त्यसलाई करुणामा आमूल परिवर्तन दुवै गर्नु आवश्यक छ । त्यसपछि कार्य वास्तवमा नै अरुलाई फाइदा पर्ुयाउने कार्य हुनेछ । बोधिसत्व र षडपारमिताको तालिम इत्यादी महायान पथको कार्य हो । यस पथको परिणाम बोधिसत्वको स्तर क्रमश प्राप्त गर्नु र अन्त्यमा बुद्धत्वको अद्वितिय अवस्था प्राप्त गर्नु हो ।  यो उच्च पथले धेरै समय लिन्छ ।  यसका लागि तीनवटा अपरिमित कल्प लाग्छ ।

अर्को द्रुत पथ घनिष्ट पथ छ । यो गोप्य मन्त्र बज्रायान पथ हो । यहा पनि महायान जस्तै महान उत्प्रेरणा आवश्यक हुन्छ । यस वीना दृष्टिकोण उत्पन्न हुनु असंभव छ । यस मोड मा दृष्टिकोण के हो - त्यो ब्यक्तिको अनात्म  र घटनाको अनात्म विचको अभिन्नता हो । ब्यक्तिको आफ्नो मन र उद्भव छुट्याउन नसकिने हुन्छ । उदाहरणको लागि सवै रुपहरु रुपविहिन हुन्छन् सवै आवाजहरु आवाजविहिन हुन्छन् । सवै  बोधहरु ज्ञान विहिन हुन्छन् । दृष्टिकोण त्रिकाय साक्षात्कार गर्नका लागि आधार बन्छ । त्यसो भए पञ्च स्कन्ध र पञ्च तत्वहरुलाई कसरी हेरीन्छ - त्यसलाई पञ्चबुद्ध र सहचरी ज्ञानको प्रकृतिको रुपमा हेर्नु पर्छ । त्यो देवको शुद्ध आदि मण्डल हो । यो कुनै बस्तु जस्तो छैन त्यस्तै रुपमा नहेर्नु हो । कुनै बस्तु जस्तो छ त्यस्तै रुपमा हेरिनु पर्छ । "म हु वा म छु" भन्ने कुरामा टासिएर शुरुवात देखि नै आफू बुद्ध रहेको महसुस नगर्नु भ्रम हो । होइन - यो कुनै वस्तु जस्तो छ त्यसलाई त्यस्तै रुपमा नहेर्नु हो । होइन - छोटकरीमा भन्नु पर्दा ब्यक्तिको शरीर आफ्नै मनको झलक हो । त्यसकारण ध्यान मनलाई त्यस शुद्धताको दृष्टिमा आराम दिनु हो । अझ भन्नु पर्दा दुइवटा चरणहरुको गहन विधि छ । उत्पन्न क्रम र सम्पन्न क्रम । सम्पन्न क्रमका विभिन्न विधिहरु छन् । मुख्यगरेर देवको शरीर प्रकाशमा विलय भएको दृष्यभाव गर्नु , मनलाई कुनै पनि कुरा उत्पन्न नगर्ने अवस्थामा यसको आफ्नै प्रकृतिमा छाडनु यहि हो । यदि विचार उत्पन्न भएमा त्यसलाई नरोक्नुहोस् त्यसको पछि नलाग्नुहोस् । यसको ज्ञानालाई चिन्नुहोस् । ज्ञानको शुन्य विस्तार । यदि क्लेश उन्पन्न भएमा त्यस्तै हो । सारतत्व ज्ञान हो भनेर महसुस गर्नु पर्छ । त्याग गर्नु आवश्यक छैन आमूल परिवर्तन गर्न आवश्यक छैन । त्यसलाई चिन्नै पर्छ । यसको काणले नै गोप्य मन्त्र बज्रयानमा त्यस कार्यलाई "केही पनि त्याग गर्नु नपर्ने केही पनि लिनु नपर्ने" भनिन्छ । यदि कसैको यस्तो शुद्ध दृष्टि छ भने आफूले गरेको जुन सुकै कार्य स्वयं पथ हो । यसमा परिणाम बुद्धत्वको अवस्था चाडो गरेर प्राप्त हुन्छ । लगनशीलता र परिश्रम छ भने एकै मानव जीवनकालमा बुद्ध बन्छ ।

अध्याय पाँच

अहिले सम्म हामीले शुद्ध उद्भवबारे निकै चर्चा गर्यौ ।  यस शुद्ध उद्भवको दृष्टिलाई तपाईले कसरी साक्षात्कार गर्नुहुन्छ - त्यसको पथ के हो - र्सवप्रथम अनुभव र सिद्धि भएको परम्परा वाहक एकजना असल लामाद्वारा परिपक्व बनाउने पूर्ण अभिषेक, मुक्त पार्ने उपदेश र आगम लिनै पर्छ । एउटा अभिषेकमा चारवटा अभिषेकहरु हुन्छन् । कलश अभिषेक, गोप्य अभिषेक, ज्ञान अभिषेक र लक्षणाको अमुल्य अभिषेक
कलश अभिषेकद्वारा काय
(शरीर) को द्वारबाट संग्रह गरिएको सम्पूर्ण अशुद्धता र अकुशल कार्यहरु शुद्ध हुन्छन् । उत्पन्न क्रमका देवको कायमा ध्यान गर्न अभिषेक प्राप्त हुन्छ । आफुमा भविष्यमा निर्माणकाय प्राप्त गर्ने विजारोपण हुन्छ ।

गोप्य अभिषेकद्वारा वाकको द्वारबाट संग्रह गरिएको सम्पूर्ण अशुद्धता र अकुशल कार्यहरु शुद्ध हुन्छन् । मन्त्र उच्चारणमा ध्यान गर्ने र  नाडी र प्राणमा ध्यान गर्ने अभिषेक प्राप्त हुन्छ र  भविष्यमा सम्भोगकाय प्राप्त गर्ने भाग्यशाली हुन्छ ।

लक्षणाको अमुल्य अभिषेक चौथो अभिषेकको समयमा काय, वाक र चित्तका सम्पूर्ण अकुशल कर्म र अशुद्धताहरु शुद्ध हुन्छन् । मनको प्रकृति चिनेर महामुद्रा ध्यान गर्नका लागि अभिषेक प्राप्त हुन्छ र आफूमा भविष्यमा स्वभाविककाय प्राप्त गर्ने विजारोपण हुन्छ ।

चौथो अभिषेक प्राप्त गरे पछि समयलाई कायम राख्नु पर्छ । समयलाई कायम राख्नु भनेको के हो - मुख्यताया लामाले जे भन्नुहुन्छ त्यो गर्नु पर्छ र सम्पूर्ण उदभव इन्द्रेणी जस्तै देवको शरीर हो भनेर ध्यान गर्ने, सम्पूर्ण आवाजहरु प्रतिध्वनी जस्तै मन्त्रको अवर्ननीय आवाज हो भनेर ध्यान गर्नु । सम्पूर्ण सम्झना र विचारहरु मृगातृष्णा जस्तै धर्मकायको ज्ञान विस्तार हो भनेर ध्यान गर्नु हो ।

यदि तपाईले त्यस्तो गर्नुभयो भने यसमा सवै समयहरु समावेश छन् । यस दृष्टिकोणलाई अभ्यास गर्नका लागि उत्पन्नक्रम र सम्पन्न क्रमका दुइवटा अवस्थाहरुमा ध्यान गर्नु पर्छ । उत्पन्नक्रममा तीनवटा गुणहरु छन् स्पष्ट स्वरुप, शुद्धताको चेतना र गर्वको सहायता यी तीन वटा ।

स्पष्ट स्वरुप के हो - यदि तपाईले देवको काय माथि ध्यान गर्नुभयो भने तपाईले तेजश्वी चम्कीलो प्रकाशरुपमा उत्पन्न भएको ध्यान गर्नु पर्छ । त्यसपछि आकार र रङ, गहनाहरु इत्यादी सवै स्पष्ट पुर्णातया प्रत्येक त्यहा भएको  ध्यान गर्नु पर्छ ।

यदि कसैले भरखर शुरु गरेको भए त्यसलाई स्पष्ट राख्न सक्तैन । उदाहरणको लागि यदि देवको शरीरको रङ रातो छ भने कहिले काही त्यो पहेलो जस्तो रङमा परिवर्तन हुन्छ । वा टाउको भएको स्थानमा हात आउन सक्छ । यस प्रकारले केही अन्योलता आउन सक्छ । केही क्षणको लागि स्पष्टसग ध्यान गरेमा अर्को क्षणमा विचलित हुन्छ र अस्पष्ट हुन्छ । लामो समय सम्म स्पष्टसग ध्यान गर्ने क्षमता हुनै पर्छ । विस्तारै विस्तारै बानी बसालेर असल, स्पष्ट र स्थीर बन्न सकिन्छ र त्यसलाई स्थीर बनाउनका लागि कहिले काही देवको कायलाई तोरीको गेडा जस्तै सानो रुपमा ध्यान गर्नुहोस । कहिलेकाही त्यसलाई एउटा पहाड जत्तिकै ठुलो रुपमा ध्यान गर्नुहोस् । ठुलो बाट सानो, सानो बाट ठुलो अलमलमा नपरिकन ध्यान गर्ने क्षमता उत्पन्न हुन्छ  

त्यसपछि शुद्धता बारेको चेतनामाथि पनि ध्यान गर्नुपर्छ । यो देवको काय एउटा साधारण रुप होइन । यो अन्तिम प्रकृतिको साकेतिक रुप हो । उदाहरणको लागि यदि तपाईले अवलोकितेश्वर माथि ध्यान गर्नुभयो भने, संसार र निर्वाण एकै स्वादको जस्तै भएको ध्यान गर्नुभयो भने, त्यहा एउटा मुहार हुन्छ । शुरुवात देखि नै कुनै धब्बारहित भएर शरीरको रङ सेतो छ । चारवटा अपरिमित, करुणा, आनन्द, समता युक्त शरीरको चारवटा वाहुहरु छन् । छ वटा अलंकारहरुले षडपारमितालाई जनाउछ । पञ्चरङ्गी प्रकाशको किरण उत्पन्न पञ्च ज्ञानको वास्तविक प्रकृतिको स्वरुप हो । यसप्रकारले शुद्धता बारे सचेत हुनु पर्छ । त्यसपछि देवको गर्व ज्यादै महत्वपूर्ण छ । कहिलेकाहि यसलाई बज्र गर्व भनिन्छ । बज्र गर्व उत्पन्न गराउनुको आवश्यकताको के कारण छ - "अहमता प्रतिको स्नेह बलियो हुदैन र -" भनेर कसैले भन्न सक्छ । यो त्यस्तो होइन । उदाहरणको लागि  यदि तपाईको कानमा थोरै पानी पसेको छ भने यदि तपाईले त्यसमा अझ बढि पानी थपिदिनुभयो भने त्यो पानी सजिलै गरेर बाहिर आउछ । त्यस अहमता प्रतिको स्नेहलाई  देवमा परिणत गर्नुहोस त्यसपछि त्यो सारतत्व शुन्य छ भनेर पहिचान गर्दै मुलजराबाट नै अहमता प्रतिको स्नेह हटेर जान्छ । त्यसकारणले "म अवलोकितेश्वर हो" भनेर ध्यान गर्नै पर्छ । पटक पटक दोहोर्याएर ध्यान गर्नु पर्छ । उत्पन्नक्रमको सवैभन्दा महत्वपूर्ण विषेसता यो गर्व हो । त्यसपछि मन्त्र उच्चारण गर्नु पर्छ । मन्त्र उच्चारणको सवैभन्दा महत्वपूर्ण कुरा त्यो मन्त्र, देव, र आफ्नो मन अलग पार्न नसकिने हो भनेर ध्यान गर्नु हो । मन्त्र भनिने यी कुराहरु केवल आवाजहरु मात्र होइनन् । तीनीहरु अकल्पनीय गुण, शक्ति र आशिर्वादहरु हुन् । मन्त्रमा विश्वास हुनर्ुपर्छ । यदि तपाईमा विश्वास छैन भने यसले सहायता गर्दैन ।  हामीमा धेरै अकुशल कर्म र अशुद्धता भएकोले विश्वास, करुणा, भक्ति इत्यादी हरु आउन गाह्रो हुन्छ । यस कारणले गर्दा पुण्य संग्रहको विकास गर्न र अशुद्धताहरुलाई शुद्ध पार्नका लागि र्सव प्रथम "एक लाखको" प्रारम्भिक पाचको अभ्यास गर्नु नै पर्छ । त्यसपछि जे अभ्यास गरे पनि त्यो बुझनको लागि सजिलो, सहज र कुनै अवरोधविहिन हुन्छ । उदाहरणकेा लागि यदि तपाईले एउटा घर बनाउनु भयो भने र्सवप्रथम जग हाल्नु पर्छ, त्यसपछि पर्खालहरु बनाउनु पर्छ, त्यसपछि ढलान गर्नुपर्छ । त्यसपछि जसरी सजाउनु छ त्यसमा केहीपनि समस्या हुदैन । त्यसको लागि प्रत्येक चरणहरु पार गर्दै जानु पर्छ । जग नहाली पहिले ढलान गर्ने र त्यसपछि पर्खाल बनाउने चलन छैन । त्यो संभव छैन ।

यसप्रकारले तपाईको मनलाई चिनाउने ब्यक्ति, तपाईलाई आशिर्वाद, निर्देशन तथा आगम दिने ब्यक्ति, ज्यादै दयालु मुल लामा हुनुहुन्छ । आफ्नो मुल लामा (चवाइ लामा) जस्तो अरु कोही पनि हुदैन ।

 

 

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail :
ceo@tamangs.com