![]() ![]() ![]() ![]() ![]() ![]() ![]() | ||
|
बज्रगुरु मन्त्रोच्चारणका
फाइदाहरू ।।
विपश्यना ध्यान के
हो ? ।। भद्रचरी प्रणिधान | ||
|
ओ शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई, झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म, रोग ब्याधा, बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता, एकअर्कालाई मारेर खानुपर्ने, मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु पर्ने कष्ट हो । यो कष्ट लोभ लालच गरे बाट उत्पन्न हुन्छ । हूँ शब्दले नर्क लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । नर्कलोकको कष्ट अति नै जाडो र गर्मि खप्नुपर्ने कष्ट हो । यो कष्ट धृणा गरेबाट उत्पन्न हुन्छ । गुरु पद्मसंभवको जीवनी गुरु पद्मसंभवले राजा मुतिग र नजिकका चेलाहरूलाई भन्नुभयो- "हे तिब्बती राजा, भद्रपुरुष र जनताहरू ! महा-करुणामयको सार तत्व 'ओं म णि पद् मे हुँ ' हो । एक पटकमात्र यसको उच्चारण गरे त्यसको पुण्य फल गन्न नसकिने हुन्छ । एउटा कमलको फूलको वीउबाट कति गुणा अन्य फूल उत्पन्न हुनेछ, त्यो कल्पनासम्म पनि गर्न सकिंदैन । तर त्यससंग तुलना गर्दा एक पटक मात्र पनि यी छवटा अक्षरहरूलाई उच्चारण गर्दा पाइने पुण्य त्यो भन्दा पनि बढी हुन्छ । एउटै तिलको बीउबाट अनेकौं बोट उत्पन्न हुन्छन् । छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गर्दा त्यसको पुण्य त्यो भन्दा बढी हुन्छ । जसरी 'चार महान्' लगायत अन्य अनगीन्ती नदीहरू नुनिलो समुद्रमा पुग्दछन् तर छ अक्षरको मन्त्र एक पटकमात्र उच्चारण गरे त्यो नै बढी हुन्छ । कल्पचिन्तामणीलाई प्रार्थना गरेर आफ्नो सवै इच्छाहरु पुरा गर्नुभन्दा पनि यो छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गरे त्यो नै बढि हुन्छ । "ओ मा नी पद् मे हुँ" बाह्रवर्षसम्मको वर्षा याममा परेको पानीको थोपा गन्न सम्भव होला तर छ अक्षरको मन्त्रलाई एकपटक मात्र उच्चारण गरेवापत प्राप्त हुने पुण्य गन्न सकिंदैन । चारवटै द्विपमा छरेको अन्नको बीउ गन्न सकिएला तर छ अक्षरको उच्चारणबाट पाउने पुण्यलाई गन्न सकिदैन । महासागरको पानीको थोपा एक एक गरी गन्न सकिएला तर छ अक्षर उच्चारण गरेवापत जम्मा हुने पुण्य गन्न सकिंदैन । सबै जनावरको शरीरको रौं गन्न सकिएला तर छ अक्षरलाई उच्चारण गरे वापत कमाइने पुण्यलाई गन्न सकिंदैन । "ओ मा नी पद् मे हुँ" यी छ अक्षरहरु महा-करुणामयको सारतत्व भएकाले एउटा अस्सी हजार माइल अग्लो उल्काको फलामे पहाडलाई एक कल्पमा एकपटक 'कसिका'को सबैभन्दा कमलो कपासले रगडेर खियाउन सकिन्छ तर छ अक्षरको मन्त्र उच्चारणले कमाइने पुण्यलाई सिध्याउन सकिंदैन । सम्पूर्ण सुमेरु पर्वतलाई मेरुचे कीराले खाएर सिध्याउन सक्ला तर छ अक्षरलाई एकैपटक उच्चारण गरे पनि त्यसबाट पाइने पुण्यलाई मेटाउन सकिंदैन ।
टिटो चराले गङ्गा नदी किनारको सबै वालुवा आफ्नो चुच्चोले हटाउन
सक्ला तर छ वटा अक्षरलाई एकपटक मात्र उच्चारण गरेवापत पाइने पुण्यलाई हटाउन
सकिंदैन । सुमेरु र चारवटै द्विपको माटोलाई हावाले उडाएर लान सक्ला तर छ
अक्षरलाई एकपटकमात्र उच्चारण गर्दा जम्मा हुने पुण्यलाई खत्तम गर्न सकिंदैन
। सबै ब्रम्हाण्डको बुद्धको अस्तु र सातवटा बहुमूल्य वस्तु राखेर बनाइएको स्तुप र त्यसमा अर्पण गरिने दैनिक पूजा-आजा र प्रसादबाट प्राप्त हुने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र एक पटकमात्र उच्चारण गरेवापत जम्मा हुने पुण्यलाई गणना गर्न सकिंदैन । बुद्ध र बुद्धक्षेत्रलाई अर्पण गरिने धूप, नैवेद्य, बत्ती, अत्तर, नुहाउने पानी, सङ्गीत आदि सबै ब्रम्हाण्डको बालुवा जत्तिकै अर्पण गरेवापत कमाइने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र उच्चारण एक पटक मात्र गरे त्यसबाट प्राप्त हुने पुण्यलाई गणना गरेर पुण्य आँक्न सकिंदैन । ओ मा नी पद् मे हुँ यी छ अक्षर महा-करुणामयको चित्तको सार तत्व भएकाले यदि तिमीले यो मन्त्र दिनको एकसय आठ पटक उच्चारण गरे त्रि्रो पुनर्जन्म तीनवटा तल्लो जुनी -दर्ुगती)मा हुने छैन । आउने जीवनमा तिमीले मानिसको शरीर प्राप्त गर्नेछौ र तिमीले आर्य अवलोकितेश्वरको साँचिकै दर्शन पाउनेछौं । यदि तिमीले यो मन्त्र ठीकसँग दिनको एक्काईसपटक उच्चारण गरेमा बुद्धिमान् हुनेछौ र आफूले सिकेको कुरा बिर्सने छैनौ । तिम्रो स्वर सङ्गीतमय हुनेछ र बुद्ध धर्मका सबै अर्थहरू बुझ्न सक्ने हुनेछौं । यदि तिमीले यो मन्त्र दिनको सातपटक उच्चारण गरेमा तिम्रो सबै कुकार्यहरूको शुद्धीकरण हुनेछ र तिम्रा सबै बाधा-व्यवधानहरू समाप्त भएर जानेछन् । आउने जीवनहरूमा जहाँ जन्म भए पनि तिमी आर्य अवलोकितेश्वरबाट कहिल्यै छुटिनेछैनौ । जब कसैलाई रोगले ग्रस्त पार्दछ वा भूतप्रेतले समाउँछ त्यसबेला निको पार्ने अन्य सांसारिक पूजा र वाधाहरू हटाउने प्रार्थना भन्दा छ अक्षर उच्चारणबाट प्राप्त हुने फल बढी प्रभावकारी हुनेछ । कुनै पनि औषधि उपचार भन्दा छ अक्षरको मन्त्र रोग-व्याधीको लागि प्रभावकारी हुन्छ । छ अक्षरको मन्त्रको पुण्य यति व्यापक छ कि तीन कालको बुद्धले पनि त्यसको पूरा वर्णन गर्न सक्तैनन् । त्यस्तो किन - किनकि यो मन्त्र महा करुणामय बोधिसत्त्व आर्य अवलोकितेश्वरको चित्तको सारसत्व हो, जसले छ वटै लोकका प्राणीहरूलाई करुणा दृष्टिले निरन्तर हेरिरहनु हुन्छ । त्यसकारण यो मन्त्र उच्चारण गर्नाले छ वटै लोकका प्राणीहरूले संसारबाट मुक्ति पाउँदछन्
हे भविष्यका राजा र अनुयायीहरू
! गुरुपद्मका यो शब्दहरू सुनेर तिब्बतका राजा र नजिकका अनुयायीहरू हर्षविभोर भए र गुरु पद्मलाई जमीनमा झुकेर दण्डवत गरे । महा-करुणामयीको छ अक्षरको मन्त्रको पुण्यहरुबारे बर्णन गरिएको 'मणिमाला' नामक गुरु पद्मसंभवको जातक सम्बन्धि धर्म र इतिहासको उन्चालीसौं अध्याय समाप्त भयो ।
ओ मा नी पद्
मे हुँ ओ म नि पद मे हुँ मन्त्र जप्नुका
फाईदाहरु
आकाश
जत्तिकै अनन्त छ। मन्त्र जप गर्ने मानिसको मन सहि अर्थमा कति योग्य छ भन्ने
कुराहरु र उसको उत्प्रेरणामा भर परेर ओ मा नि पद् मे हुँ लाई एकपटक उच्चारण
गर्दा समेत यसबाट नकारात्मक कर्म शुद्धिकरण हुन्छ । उदाहरणको लागि चारवटा
सम्पूर्ण दोषहरुलाई प्राप्त गरेका पूर्णतया प्रवजित भीक्षुले त्यस ज्यादै
ठुलो अकुशल कर्मलाई एक पटक मत्र ओ म नि पद् मे हुँ मन्त्र उच्चारण गरेर
शुद्धिकरण गर्न सक्छ । यसप्रकारले यो ज्यादै शक्तिशाली छ
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको शरीर आशिर्वादयुक्त हुन्छ । यसप्रकारले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गर्ने कोही उदाहरणको लागि पानी भित्र, नदी वा समुद्रमा जाँदाखेरि त्यो पानी आशिर्वादयुक्त हुन्छ । त्यस पानीले माछा वा सानो वा ठुलो जीवहरु अथवा सानो किराहरु जेसुकैलाई छोए पनि ती सम्पूर्ण चेतनशील प्राणीहरुको नकारात्मक कर्म शुद्धिकरण हुन्छ र तीनीहरुको पुनर्जन्म तल्लो जुनीहरुमा हुँदैन । यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको देहान्त भएर उसको शरीरलाई जलाउँदाखेरि त्यसबाट उत्पन्न हुने धुँवाले छुने वा त्यसलाई सुँघ्ने जोसुकैको नकारात्मक कर्मलाई समेत शुद्धिकरण गर्छ । ती चेतनशील प्राणीहरुको तल्लो जुनीहरुमा पुनर्जन्म लिने नकारात्मक कर्म शुद्धिकरण हुन्छ पन्ध्रवटा मुख्य
लाभहरुः २. सँधै प्रसस्त धर्म अभ्यासहरु गरिने, प्रसस्त मन्दिरहरु रहेको, प्रसस्त अर्पणहरु चढाउन सकिने, प्रसस्त पवित्र बस्तुहरु, मुर्तिहरु, स्तुपहरु ईत्यादि रहेको पुण्यवान स्थानहरुमा पुनर्जन्म हुनेछ । यी सम्पूर्ण पवित्र बस्तुहरु भएको स्थानमा रहनाले धर्म अभ्यास गर्ने, खुशीको कारण उत्पन्न गर्ने र पुण्य संग्रह गर्ने अवशर उपलब्ध हुन्छ र धर्म अभ्यास गर्ने मानिसहरु प्रसस्त भएको स्थानमा रहनाले खुशी उत्पन्न हुने कारण -धर्मको अभ्यास गर्नका लागि प्रेरणा प्राप्त हुन्छ । ३. सँधै धर्म अभ्यासलाई मद्दत पुर्याउने भाग्यशाली समय र असल परिस्थितीहरु प्राप्त हुन्छ । ४. कैयन असल कुराहरु हुने भएकाले त्यसले धर्म अभ्यास गर्न, उपदेशहरु प्राप्त गर्न र ध्यान गर्नका लागि प्रेरणा दिन्छ । ५. सँधै पुण्यवान मित्रहरुसँग भेट गर्न सक्षम भईन्छ । ६. सँधै त्रुटिविहिन मानव शरीर प्राप्त हुन्छ । ७. पथ र पुण्यसँग मन परिचित हुन्छ । ८. तपाईं वरिपरिका मानिसहरु –परिवारको सदस्यहरु, धर्मका विद्यार्थीहरु, कार्यलयका मानिसहरु इत्यादी तपाईं प्रति दयालु र सुसंगत हुनेछन् । ९. तपाईंसँग जहिले पनि जीउने माध्यम -सम्पत्ति हुनेछ । १०. तपाईंलाई अरुले जहिले पनि सुरक्षा र सेवा गर्नेछन् । ११. तपाईंको सम्पत्ति अरुबाट चोरी हुने र अरुबाट लगिने छैन १२. तपाईंले चाहेको सवैकुरा पुरा हुनेछ । १३. तपाईं जहिले पनि पुण्यवान नाग र देवहरुद्वारा सुरक्षीत हुनुहुनेछ । १४. सम्पूर्ण जीवनकालहरुमा तपाईंले बुद्धलाई देख्नुहुनेछ र धर्मलाई सुन्न सक्षम हुनुहुनेछ १५. शुद्ध धर्मलाई सुनेर तपाईंले गहन अर्थ, शुन्यतालाई साक्षात्कार गर्न सक्नुहुनेछ । उपदेशहरुमा भनिए अनुसार करुणाका साथ यस मन्त्रलाई उच्चारण गर्ने देव वा मनुस्य जो कोही ले यी पुण्यहरु प्राप्त गर्नेछन् । त्यसबाहेक यस मन्त्रमा कैयन प्रकारका रोगहरुबाट चङ्गा पार्ने र सवै प्रकारको हानीबाट सुरक्षा गर्ने शक्ति छ । मन्त्रको रुपमा प्रकट हुने करुणावान बुद्धले हामीलाई सम्यक सम्बोधितर्फ डोर्याउँछ । करुणावान बुद्धको पवित्र कायको सम्बन्धमा हामी अर्पणहरु चढाउँछौ, पुण्य संग्रह गर्छौ, शुद्धिकरण गर्छौ र ध्यान गर्छौ । त्यसपछि करुणावान बुद्ध ओ म नि पद् मे हुँ मन्त्रको रुपमा प्रकट हुनुहुन्छ । यो मन्त्र उच्चारण गर्नाले हाम्रा नकारात्मक कर्महरु एकत्र हुन्छन र हामीले गुरु भक्तिदेखि त्याग, बोधिचित्त र शुन्यता देखी तन्त्रका दुइवटा स्तरसम्म साक्षात्कार गर्नका लागि कारक बन्छ । त्यसपछि हामी सम्पूर्ण चेतनशील प्राणीहरुलाई सम्यक सम्बोधि सम्म ल्याउनका लागि सक्षम हुन्छौं । यस मन्त्रले हामीलाई कसरी लाभ पुर्याउँछ भन्ने कुरा यहि हो । यो हामीलाई फाईदा पुर्याउनका लागि वाह्य रुपमा देखा परेको करुणावान बुद्धको पवित्र वचन हो ।
यो वेभ साईट मुकेश
लामा 'लो' द्वारा २५ जनवरी
सन् २००२ देखि विश्व भरि रहेका तामाङहरुका लागि परिकल्पना विन्यास तथा
प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो । P.O.Box 13779, Kathmandu,
Nepal | ||