बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
 सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने


 

 

लामा येसे

मानसिक रोगबारे बौद्ध धारणा

अनुवादक मुकेश लामा

अध्याय

म तिब्बतको राजधानी ल्हासानजिकै जन्मेको थिएँ र तिब्बतका तीनवटा महान् गुम्बाहरूमध्येको एक सेरा गुम्बा विश्वविद्यालयमा शिक्षित भएको थिएँ । त्यहाँ हामीलाई मानवीय समस्याहरूलाई कसरी अन्त्य गर्ने भन्नेबारे शिक्षा दिइयो । मैले अध्ययन गरेको कुरा मानसिक रोगलाई कसरी उपचार गर्ने भन्नेबारेको बौद्ध मनोविज्ञान हो ।

पछिल्लो दश वर्षता म पश्चिमाहरूसँग काम गरिरहेको छु । बौद्ध मनोविज्ञानले पाश्चात्य मुलुकका मानिसहरूको मनका लागि पनि काम गर्छ कि भनेर मैले विभिन्न प्रयोगहरू गरेर हेर्दै छु । मेरो अनुभवमा यो पाश्चात्य मुलुकका मानिसहरूको मनका लागि पनि अति नै प्रभावकारी छ । भर्खरै ती विद्यार्थीमध्येका केहीले पश्चिममा मलाई निमन्त्रण गरी प्रवचन र ध्यान अभ्यासका कक्षाहरू संचालन गर्न बोलाए । त्यसैले म यहाँ तपाईहरूका बीचमा छु ।

हामी लामाहरूको सोचाइमा मुख्य कुरा के हो भने प्राथमिक रूपले मानव समस्याहरू बाह्य वातावरणबाट होइन, मानव मनबाट नै उत्पन्न हुन्छ । तपाईले असान्धर्भिक मान्न सक्ने कुराहरूबारे यहाँ चर्चा गर्नुभन्दा तपाईका लागि निश्चित प्रश्नहरू सोध्न असल होला ता कि मैले तपाईहरूका लागि सबैभन्दा चाखलाग्दा विषयहरूबारे चर्चा गर्न सकूँ ।

डा.स्टानगोल्ड - लामा तपाई यहाँ आउनुभएकोमा धेरै धेरै धन्यवाद ! तपाईले मानसिक रोग केलाई भन्नुभएको हो भन्ने प्रश्न सोधेर प्रश्नहरूको आरभ्म गर्न सक्छु कि ?

लामा- मानसिक रोग भन्नाको मेरो मतलव त्यस्तो प्रकारको मन हो; जसले वास्तविकतालाई हेर्दैन । त्यो एउटा त्यस्तो प्रकारको मन हो, जसले लिएको मानिस वा वस्तुको गुणलाई अधिक रूपले बढाइ चढाइ गर्छ अथवा न्यून मूल्याङ्कन गर्दछ । जुन सधैँ समस्या उत्पन्न हुने कारण बन्दछ । पाश्चात्य मुलुकहरूमा तपाईहरूले यसलाई मानसिक रोग हो भन्ने मान्नुहुन्न तर मनोविज्ञानका पाश्चात्य व्याख्या ज्यादै संकुचित छ । यदि कोही भावनात्मक रूपले स्पष्टरूपले विचलित भएको छ भने तपाईले त्यसलाई एउटा समस्या हो भन्ने ठान्नुहुन्छ तर कसैको आधारभूत रूपमा नै आफ्नो वास्तविक प्रकृति बुझ्न, वास्तविकतालाई देख्न असक्षम छ भने त्यसलाई तपाईहरू समस्या हो भन्ने ठान्नुहुन्न । तपाईले आफ्नै आधारभूत मनोबृत्तिबारे थाहा नपाउनु एउटा ठूलो समस्या हो । मानवीय समस्या भनेको भावनात्मक क्लेश र विचलित सम्बन्ध मात्र होइन । वास्तवमा, तिनीहरू साना समस्याहरू हुन् । त्यसको तल समस्याहरूको ठूलो सागर र सतहमा त्यसका केही छालहरू देखिएजस्तो मात्र हो । हामी "ओहो ! त्यो एउटा ठूलो समस्या हो ।" भन्ने कुरामा केन्द्रित हुन्छौं र समस्याको वास्तविक कारण मानव मनको असन्तुष्ट प्रकृतिलाई वेवास्ता गर्दछौं । त्यसलाई देख्न कठिन  हुन्छ तर हामीले आफ्नो असन्तुष्ट मनको प्रकृतिबारे थाहा नभएका मानिसहरूलाई मानसिक रोगी हो भन्ने मान्दछौं । तिनीहरूको मन स्वस्थ्य छैन ।

प्रश्न- लामा येसे, तपाईले मानसिक रोगको उपचार कसरी गर्नुहुन्छ ? मानसिक रोगीहरूलाई कसरी मद्दत पुर्‍याउनुहुन्छ ?

लामा- हो, असल अति असल । मानसिक रोगीहरूलाई उपचार गर्ने मेरो पद्दतिमा रोगीलाई उनीहरूको आफ्नो समस्याको आधारभूत प्रकृतिलाई विश्लेषण गराउनु हो । म तिनीहरूलाई तिनीहरूको मनको वास्तविक प्रकृति देखाउने प्रयास गर्दछु ताकि उनीहरूले आफ्नै मनद्वारा आफ्नो समस्याहरूबारे बुझ्न प्रयास गरून् । यदि उनीहरू त्यस्तो गर्न सफल भए भने उनीहरू आफैले आफ्नो समस्याहरूको समाधान गर्न सक्छन् । मैले उनीहरूसँग केहीबेर कुराकानी गरेर नै उनीहरूको समस्याको समाधान गर्न सक्तछु भन्ने कुरामा म विश्वास गर्दिनँ । त्यसबाट उनीहरूले केही राम्रो भएको अनुभव गर्न सक्तछन् तर त्यो क्षणभंगुरको विश्वास मात्र हो । उनीहरूको समस्याको जरा उनीहरूको मनको गहिराइसम्म पुगेको हुन्छ । जबसम्म त्यो त्यहाँ हुन्छ, परिस्थितिहरूलाई परिवर्तन गर्दा अझबढी समस्याहरू देखा पर्ने कारण हुन सक्तछ ।

मेरो पद्दति आफ्नो मनको वास्तविक प्रकृति उनीहरू स्वयंले क्रमश जान्नका लागि मनको जाँच गर्न मद्दत गर्नु हो । मेरो अनुभवमा कसैलाई सानो सल्लाह दिएर उसलाई "अहो ! कस्तो महान् मेरो समस्या लोप भयो । लामाले केही शब्दहरूद्वारा नै त्यसको समाधान गरिदिनुभयो ।" भन्ने सेच्ने पार्न सकिन्छ । तर त्यो वनावटी कुरा हो । उसले त्यो कुरा बनाउँदै छ । तपाई आफ्नो मनोवैज्ञानिक आफै नबनीकन तपाईले आफ्नो मनको समस्याहरूलाई बुझ्ने अरू कुनै उपाय छैन । त्यो असंभव छ ।

प्रश्न- तपाईले मानिसहरूलाई तिनीहरूको समस्याहरू बुझ्न कसरी मद्दत गर्नुहुन्छ ? तपाईले त्यो कसरी गर्नुहुन्छ ?

लामा- म तिनीहरूलाई आफ्नो मनलाई कसरी जाँच्ने भनेर तिनीहरूको मनको प्रकृतिको वैज्ञानिक पक्षलाई देखाइदिने प्रयास गर्दछु । तिनीहरूले त्यो जानिसकेपछि तिनीहरूले जाँच गरेर आफ्नो समस्याहरू समाधान गर्न सक्तछन् । म तिनीहरूलाई एउटा विधि सिकाउने कोशिस गर्दछु ।

प्रश्न- सरल रूपले हाम्रो मनको वास्तविक प्रकृतिलाई हेर्ने कुन विधि तपाईले सिकाउनुहुन्छ ?

लामा- आधारभूत रूपमा त्यो एउटा जाँच गर्ने अभ्यास हो वा विश्लेषणात्मक बोधिज्ञान हो ।

प्रश्न- के त्यो कुनै प्रकारको ध्यान हो ?

लामा- हो, विश्लेषणात्मक वा जाँच गर्ने ध्यान ।

प्रश्न- तपाईले त्यो कसरी गर्नुहुन्छ ? तपाईले कसैलाई जाँच गर्न कसरी सिकाउनुहुन्छ ?

लामा- म तपाईलाई एउटा उदाहरण दिन चाहन्छु । मानिलिनुस् कसैप्रति मेरो असल अनुभूति छ । मैले आफैलाई प्रश्न गर्नुपर्दछ "मैले त्यस व्यक्तिबारे किन असल अनुभूति गर्दछु - मलाई त्यस्तो अनुभूति केले गराउँदछ -" यसरी जाँचबुझ गर्दा मैले यो पाउन सक्तछु कि उनी एकपटक मेरा लागि असल भएको कारणले हो वा त्यसमा अन्य कुनै त्यस्तो सानो अतार्किक कारण हुन सक्तछ । मलाई उसले यो वा त्यो गरिदिएको हुनाले म उनलाई माया गर्दछु ।" यदि मैले कसैप्रति खराब महसुस गरें भने त्यो पनि त्यस्तै कुरा हो उसलाई म मन पराउँदिनँ किनभने उसले मलाई यस्तो यस्तो गर्‍यो । तर यदि तपाईले त्यस मानिसभित्र असल वा खराब गुणको अस्तित्व छ कि छैन भनेर अझ गहिरिएर हर्ेर्नुभयो भने तपाईले यो देख्न पनि सक्नुहुनेछ कि त्यस मित्र वा शत्रुप्रतिको तपाईको विभेद अति सतही, अतार्किक कारणहरूमा आधारित छ । तपाईले आफ्नो विवेक निर्रथक गुणहरूमा आधारित गर्दै हुनुहुन्छ न कि त्यस व्यक्तिको समग्रतामा आधारित गर्दै हुनुहुन्छ । तपाईले कुनै गुण देख्नुहुन्छ र त्यसलाई असल वा खराब हो भनेर विल्ला भिराइदिनुहुन्छ । शायद त्यस व्यक्तिले केही गर्‍यो होला वा भन्यो होला, त्यो सानो भागलाई बढाइ चढाइ गरियो । त्यसपछि तपाईले जे बुझ्नुहुन्छ त्यसबाट विचलित हुनुहुन्छ । जाँचद्वारा तपाईले गरेजस्तो विभेदीकरण गर्नुपर्ने कुनै कारण छैन भन्ने कुरा देख्न सक्नुहुन्छ । त्यसबाट तपाई बन्धनमा पर्नुहुन्छ, कष्टमा पर्नुहुन्छ यसप्रकारको जाँचले अरू व्यक्तिलाई होइन तर तपाईको आफ्नै मनलाई विश्लेषण गर्दछ ताकि तपाईले कस्तो अनुभव गर्नुहुन्छ र त्यसप्रकारको अनुभूति कस्तो प्रकारको विभेदीकरणयुक्त मनले त्यसप्रकारको अनुभूति दिन्छ भन्ने देख्दछ । यो आधारभूत रूपले बाह्य अबयवमा बढी केन्द्रित हुने र मानवको अनुभवमा मनले खेल्ने भूमिकालाई पर्याप्त मात्रामा केन्द्रित नगर्ने पश्चिमा पद्दतिभन्दा फरक विश्लेषण हो ।

प्रश्न- समस्याहरू बढी मात्रामा मानिस आफूभित्र नै हुन्छन् भनेर तपाई भन्नुहुन्छ र समाजले मानिसलाई रोगी तुल्याउँछ भन्ने दृष्टिकोणमा तपाई असहमत हुनुहुन्छ हो ?

लामा- हो, उदाहरणका लागि मैले अनेकौं पश्चिमेली मानिसहरू भेटेको छु ; जसको समाजसँग समस्याहरू थिए । तिनीहरू समाजसँग रिसाएका छन्, अभिभावकहरूसँग रिसाएका छन्, सबै कुरासँग रिसाएका छन् । जब उनीहरूले मैले सिकाएको मनोविज्ञान बुझ्दछन् उनीहरू सोच्दछन् "कस्तो हास्याँस्पद ! मैले जहिले पनि समाजलाई दोष दिएँ तर वास्तवमा वास्तविक समस्या त मभित्र नै रहेछ ।" त्यसपछि उनीहरू नम्र मानव हुनेछन् । समाज, परिवार, गुरुहरू र सम्पूर्ण मानिसहरूबीच आदरका पात्र हुनेछन् ।

प्रश्न- मानिसहरू किन त्यसप्रकारले दिग्भ्रमित हुन्छन् त ?

लामा- किनभने तिनीहरूलाई आफ्नो वास्तविक प्रकृतिबारे थाहा हुँदैन । वातावरण, विचारहरूले पनि त्यसमा योगदान गरेका हुन्छन् । तर प्राथमिक रूपमा व्यक्तिको आफ्नो मनबाट नै समस्याहरू उत्पन्न हुन्छन् । केही मानिसहरूलाई समाजको साङ्गठनिक प्रणालीले अबश्य विचलित बनाउँछ तर त्यस्तो मामलाहरू प्रायजसो नगन्य हुन्छन् । दुर्भाग्यवस मानिसहरूले त्यसलाई बढाइचढाइ गर्छन् र विचलित हुन्छन् । समाजसँग कस्तो हुन्छ भन्ने कुरा यही हो तर यसविना संसारको अस्तित्व हुन्छ भन्ने कसैले सोच्छ भने त्यो एउटा सपना मात्र हो ।

प्रश्न- लामा, तपाईले मानिसको प्रकृतिको समुद्रमा के पाउनु हुन्छ ?

लामा- मैले त्यसो भन्नुको अर्थ मानिसहरूको समस्या एउटा सागरजस्तै हो भन्न खोजेको हुँ । तर हामीले त्यसको सतहमा भएको छालहरूलाई मात्र देख्छौं । हामीले त्यसभित्र के छ भनेर हेर्दैनौं । "ओह ! उसँग मेरो एउटा समस्या छ । यदि मैले उबाट छुटकारा पाए भने मैले मेरो समस्यालाई समाधान गर्नेछु ।" यो कुरा विद्युतीय सामग्रीहरूलाई संचालन गर्ने त्यसभित्रको विद्युत् शक्ति हो भन्ने कुरा नबुझिकन विद्युतीय सामग्रीलाई हेरेसरह हो ।

प्रश्न- छालहरूमुनि हामीले कस्तो प्रकारको समस्याहरू पाउँछौं ?

लामा- असंतुष्टि । असन्तुष्ट मन नै मानवीय स्वभावको आधारभूत तत्व हो । हामी आफू आफैसँग असन्तुष्ट हुन्छौं, हामी बाह्य संसारसँग असन्तुष्ट हुन्छौं । ती असन्तुष्टीहरू एउटा सागरझैँ हुन्छ

प्रश्न- तपाईले अकौ मानिसलाई उसको बारेमा प्रश्नहरू सोध्नुहुन्छ अथवा आफूले आफैलाई बुझ्न मद्दत गर्दा उसले कस्तो अनुभव गर्दछ ?

लामा- कहिलेकाहीँ हामीहरू प्रश्नहरू सोध्दछौं तर साधारणतया हामी प्रश्न सोध्दैनौं । केही मानिसहरूको कुनै खास समस्याहरू हुन्छन् । त्यस्तो मामिलामा हामीले सरल समाधान दिन सकौं भन्ने उद्देश्यले ती समस्याहरू के हुन् भनेर जान्नु लाभदायक हुन्छ । तर साधारणतया त्यस्तो गर्न आवश्यक हुदैन । किनभने आधारभूत रूपमा सबैको समस्या उस्तै प्रकारका हुन्छन् ।

प्रश्न- त्यस्ता मानिसहरूसँग तिनीहरूको समस्याहरू थाहा पाउन र त्यसलाई कसरी समाधान गर्ने भन्ने सम्बन्धमा कतिबेर कुराकानी गर्नुहुन्छ ? तपाईलाई थाहै छ, पाश्चात्य मनोचिकित्सामा हामी रोगीहरूसँग उनीहरूका लागि उनीहरूको समस्याको प्रकृति पत्ता लगाउन ठूलो मात्रामा समय खर्चन्छौं । तपाईले पनि त्यस्तै गर्नुहुन्छ कि अथवा अर्कै तरिकाले गर्नुहुन्छ ?

लामा- हाम्रो विधिअनुसार मानिसहरूसँग व्यक्तिगत रूपमा हामीले लामो समय बिताउन आवश्यक छैन । हामी समस्याहरूको आधारभूत प्रकृति त्यसबाट पार पाउने संभाव्यताबारे व्याख्या गर्दछौं । त्यसपछि हामी समस्याहरूलाई हटाउने आधारभूत तरिकाहरू सिकाउँछौं । उनीहरू ती तरिकाहरू अभ्यास गर्छन् । केही समयपछि हामी उनीहरूको अनुभव के रह्यो भनेर जाँच गर्दछौं ।

प्रश्न- तपाईले भनेअनुसार आधारभूत रूपमा सबैको समस्या उस्तै हुन्छ त ?

लामा- हो, पूर्वीय होस् वा पाश्चात्य, आधारभूत रूपमा एउटै कुरा हो । तर पश्चिमी मुलुकहरूमा मानिसहरूलाई तपाईले बिरामी हो भनेर भन्नुभन्दा पहिले ऊ रोगशय्याको बिरामी हुनु आवश्यक छ । हाम्रा लागि त्यो अति नै सतही कुरा हो । भगवान् बुद्धको मनोविज्ञान र लामाको अनुभवअनुसार कुनै रोग रोगको लक्षण हरूको बढाइ चढाइ गरिएको अभिव्यक्तिभन्दा गहन रूपमा जान्छ । असन्तुष्टिका सागर तपाईभित्र रहेसम्म वातावरणमा हुने सूक्ष्मतम परिवर्तन पनि तपाईका लागि समस्या उत्पन्न गराउन पर्याप्त हुन्छ । जहाँसम्म हाम्रो सोचाइ छ, भविष्यका समस्याहरूबारे शंसयात्मक हुनुको मतलव पनि तपाईको मन स्वस्थ्य छैन भन्ने हो । हामीमध्येका सबैजना हाम्रो मन असन्तुष्ट रहेको सम्बन्धमा आधारभूत रूपमा एकै छौं । फलस्वरूप हाम्रो बाह्य परिस्थितिहरूमा हुने एउटा सूक्ष्मतम परिवर्तनले पनि हामीलाई रोगी बनाउँदछ । किन - किनभने आधारभूत समस्या हाम्रो मनभित्र छ । सतही भावनात्मक समस्याहरूलाई समाधान गरेर हाम्रो सम्पूर्ण समय खर्चनुभन्दा आधारभूत समस्याहरू निर्मूल पार्नु अति नै महत्त्वपूर्ण छ । यस विधिले हाम्रो समस्याहरूको अनुभवको निरन्तरतालाई रोक्ने होइन । यसले हामीले भर्खरै समाधान गर्‍यौं भन्ने ठानेको समस्यालाई नयाँ समस्याले बदल्ने काम मात्र गर्दछ ।

प्रश्न- मेरो आधारभूत समस्या र अरू कसैको आधारभूत समस्या एकै हो ?

लामा- हो, सबैको आधारभूत समस्या हामीले भन्ने गरेको अज्ञानता हो । असन्तुष्ट मनको स्वभावलाई नबुझ्नु हो । त्यस्तो मन तपाईसँग भएसम्म तपाई अरू सबै चढेको एउटै नाउमाथि नै हुनुहुन्छ । वास्तविकतालाई नदेख्ने त्यो असक्षमता कुनै पाश्चात्य समस्या मात्र होइन र पर्ुर्वीय समस्या पनि होइन । त्यो एउटा मानवीय समस्या हो ।

प्रश्न- आधारभूत समस्या आफ्नो मनको स्वभावबारे नजान्नु नै हो

लामा- हो, ठिक हो ।

प्रश्न- र सबैको मनको स्वभाव एकै प्रकारको हुन्छ ?

लामा- हो, एकै प्रकारको हुन्छ ।

प्रश्न- प्रत्येक व्यक्तिको आधारमूत समस्या एकै प्रकारको हुन्छ त ?

लामा- हो, तर भिन्नताहरू हुन्छन् । उदाहरणका लागि एकसय वर्षगाडि पाश्चात्य मुलुकका मानिसहरूका निश्चित प्रकारका समस्याहरू थिए । मुख्यतया प्राविधिक विकासद्वारा तिनीहरूले त्यसमध्येका धेरैको समाधान निकाले । तर तिनीहरूको बदलामा विभिन्न समस्याहरू उत्पन्न भएका छन् । मैले भनेको त्यही हो । नयाँ समस्याहरूले पुराना समस्याहरूलाई विस्थापन गर्छ तर यद्यपि तिनीहरू समस्याहरू नै हुन किन कि आधारभूत समस्या बाँकी नै रहन्छ । आधारभूत समस्याहरू एउटा सागर जस्तै हो; हामीले समाधान गर्न खोजेको समस्या त एउटा छाल मात्र हो । पर्ूर्वीय मुलुकहरूमा पनि त्यस्तै हुन्छ । भारतमा ग्रामिण क्षेत्रमा बस्ने मानिसहरूले अनुभव गर्ने समस्या राजधानी नयाँ दिल्लीमा बस्ने मानिसहरूले अनुभव गर्ने समस्याहरूभन्दा फरक हुन्छ तर ती यद्यपि समस्याहरू नै हुन् । पूर्वीय होस् या पाश्चात्य होस् आधारभूत रूपमा समस्याहरू एकै हुन् ।

प्रश्न- लामा, मैले बुझेअनुसार आधारभूत समस्या मानिसहरूले आफ्नो स्वभावसँग सर्म्पर्क विच्छेद गर्नु हो भनेर तपाईले भन्नुभयो । हामीले हाम्रो स्वभावसँग सर्म्पर्क कसरी टुटाउँछौं ? त्यस्तो किन हुन्छ ?

लामा- त्यसको एउटा कारण के हो भने हामी आफूबाहिर के भइराखेको छ भन्ने कुरामा नै दत्तचित्त हुन्छौं । चेतना संसारमा के भइराखेको छ भन्ने कुरामा हामीले यत्ति धेरै चाख लिन्छौं कि हामीले हाम्रो मनभित्र के भइरहेको छ भनेर जाँचेर हर्ेर्ने समय खर्चदैनौं । हामी आफूले कहिल्यै पनि चेतनाको संसार किन त्यति धेरै चाखलाग्दो छ, वस्तुहरू किन त्यस्तै गरेर देखा पर्दछन्, हामीले तिनीहरूप्रति किन त्यस्तो गरेर प्रतिक्रिया गर्र्छौं भनेर सोच्दैनौं । हामीले बाह्य संसारलाई वेवास्ता गर्नुपर्दछ भनेर मैले भनेको होइनँ । तर हामीले कम्तीमा पनि त्यत्तिकै समय त्यससँगको हाम्रो सम्बन्ध विश्लेषण गर्नलाई हाम्रो शक्ति खर्चनु पर्दछ । हामीले यदि वस्तु र विषय दुवैको प्रकृति बुझ्यौं भने त्यसपछि हामीले वास्तवमा नै हाम्रो समस्याहरूको अन्त्य गर्न सक्तछौं । तपाईलाई भौतिक वस्तुको आधारमा तपाईको जीवन ठिक छ भन्ने लाग्न सक्तछ तर पनि तपाईले आफैलाई सोध्नु पर्छ "के यसले मलाई वास्तवमा नै सन्तुष्टि दिन्छ - के त्यसमा भएको त्यो मात्र हो ?" तपाईले आफ्नो मनलाई जाँच गर्न सक्नुहुन्छ । "सन्तुष्टि वास्तवमा कहाँबाट आउँछ ?" यदि तपाईले सन्तुष्टि बाह्य भौतिक वस्तुहरूमा मात्र भर पर्दैन भन्ने बुझ्न सक्नुहुन्छ भने तपाईले भौतिक सम्पत्ति र मनको शान्ति दुवै उपभोग गर्न सक्नुहुन्छ ।

प्रश्न- प्रत्येक मानिसको सन्तुष्टिको प्रकृति फरक हुन्छ ? वा साधारण मानिसहरूका लागि के त्यो एकै हो ?

लामा- सापेक्ष रूपमा भन्नुपर्दा प्रत्येक व्यक्तिको आपनै प्रकारको सोच्ने अनुभव गर्ने र विभेद गर्ने तरिका हुन्छ । त्यसकारणले प्रत्येक मानिसको उपभोग सापेक्षरूपमा व्यक्तिगत कुरा हो । तर यदि तपाईले अझ गहिरिएर हर्ेर्नुभयो भने, तपाईले गहन, अपरिवर्तनीय, अनुभवको अझ खप्ने तहलाई, सुख र आनन्दलाई यदि हेर्नुभयो भने तपाईले देख्नुहुनेछ कि सबैले एकै प्रकारको सुखको स्तर प्राप्त गर्न सक्तछन् । सापेक्ष सांसारिक विश्वमा हामी सोच्छौं "मेरो चाख र आनन्द यस्तो यस्तो हो, त्यसकारण मसँग यो, यो र यो हुनुपर्छ । यदि मैले आफूलाई यस्तो यस्तो परिस्थितिमा पाएँ भने म दुखी हुनेछु ।" सापेक्षरूपमा हाम्रा अनुभवहरू व्यक्तिगत हुन्छन्; हामी सबैले आपनै तरिकाले विभेद गर्र्छौं । तर निरपेक्षरूपमा, हामीले एकैप्रकारको सुखको स्तर अनुभव गर्दछौं ।

प्रश्न- लामा तपाईले मानिसहरूको समस्याहरूको समाधान ध्यानमा पन्छिन लगाएर वा बाह्य संसारबाट अलग रहेर गर्नुहुन्छ ? तपाईले मानिसहरूको उपचार गर्ने विधि त्यही हो ?

लामा- कुनै आवश्यक छैन । मानिसहरू तिनीहरूको मनभित्र के भइरहेको छ र उनीहरूको मनले कसरी बाह्य संसारसँग सम्बन्ध गाँस्दैछ, तिनीहरूको मनमा वातावरणले के असर पर्दैछ भन्ने जस्ता दुवै कुराहरूबारे पूर्णरूपले सावधान हुनुपर्छ । तपाईले संसारबाट आफ्नो जीवनलाई बन्द राख्न सक्नुहुन्न; तपाईले त्यसको सामना गर्नुपर्छ । तपाई सबै कुराका लागि खुला हुनुपर्छ ।

प्रश्न- तपाई त्यस्तो उपचारमा सधैँ सफल नै हुनुहुन्छ कि ?

लामा- सफल नै हुन्छ भन्ने कुनै जरुरी छैन ।

प्रश्न- निश्चित मामिलाहरूमा केले त्यसलाई असफल बनाउँछ ?

लामा- कहिलेकाहीँ सञ्चारको समस्या हुन्छ; मैले भनेका कुराहरू मानिसहरूले गलत रूपले बुझ्छन् । शायद मैले दिएका विधिहरूलाई कार्यमा परिणत गर्न मानिसहरूमा धैर्यता नभएर होला । असन्तुष्ट मनलाई उपचार गर्न समय लाग्छ । मन परिवर्तन गर्नु एउटा घरलाई रङ लगाउन जत्तिको सजिलो हुदैन । तपाईले एउटा घरको रङ एक घण्टामा बदल्न सक्नुहुन्छ । मनलाई परिवर्तन गर्न त्योभन्दा धेरै समय लाग्छ ।

प्रश्न- तपाईले कस्तो प्रकारको समयबारे कुरा गर्दै हुनुहुन्छ ? महिना ? वर्ष  ?

लामा- त्यो कुरा व्यक्ति र हामीले चर्चा गरेको समस्याको प्रकारमा भर पर्छ । यदि तपाई अफ्नो अभिभावकसँग समस्यामा हुनुहुन्छ भने तपाईले त्यो एक महिना जत्तिमा समाधान गर्न पनि सक्नुहुन्छ । तर आधारभूतरूपले असन्तुष्ट मनलाई पराजित गरेर परिवर्तन गर्न कैयौं वर्षलाग्न सक्छ । छालहरू सजिला हुन्छन् तर समुद्र अझ बढी कठिन हुन्छ । धन्यवाद ! त्यो एउटा असल प्रश्न थियो ।

प्रश्न- तपाई आफूले सहायता गर्न प्रयास गर्ने मानिसहरूको छनौट गर्ने कुनै प्रक्रिया छ कि ?

लामा- छैन । छनोटका लागि कुनै प्रक्रिया छैन ।

प्रश्न- मानिसहरू त्यत्तिकै तपाईकहाँ आउँछन् ?

लामा- हो । जो सुकै पनि आउन सक्छन् । जुनसुकै वर्ण, जात, वर्ग वा लिङ्गका सम्पूर्ण मानवहरूको अफ्नो समस्या समाधान गर्ने एकै प्रकारको क्षमता हुन्छ । मानव ज्ञानले समाधान गर्न नसक्ने कुनै समस्या छैन । यदि तपाई ज्ञानी हुनुहुन्छ भने तपाईले ती सबैलाई समाधान गर्न सक्नुहुन्छ ।

प्रश्न- अज्ञानी मानिसहरूबारे के भन्नुहुन्छ ?

लामा- त्यसोभए तपाईले मानिसहरूलाई कसरी ज्ञानी हुने भनेर सिकाउनु पर्छ । ज्ञान सहजरूपमा उपलब्ध हुने कुरा होइन । तपाईले मानिसको मन त्यसका लागि खोलिदिनु पर्छ ।

प्रश्न- तपाईले बच्चाहरूलाई त्यसप्रकारले समस्या समाधान गर्न सहायता गर्न सक्नुहुन्छ ?

लामा- त्यो निश्चय पनि सम्भव छ । तर तपाईले बच्चाहरूलाई बौद्धिक बनाउन सक्नुहुन्न । कहिलेकाहीँ तपाईले तिनीहरूलाई चित्रकला वा तपाईको कार्यहरूद्वारा देखाउनु पर्छ । कहिलेकाहीँ तिनीहरूलाई यो गर त्यो गर भनेर भन्नु त्यति विद्वता ठहरिँदैन ।

प्रश्न- लामा, तपाईले बच्चाहरूलाई तिनीहरूको मनको भित्री स्वभावबारे जान्नका लागि सहायता गर्ने अभिभावकहरूलाई कस्तो प्रकारको सल्लाह दिनुहुन्छ ?

लामा- तिनीहरूलाई शब्दहरूद्वारा बौद्धिक वनाउनु नखोज्नु असल हुन्छ भनेर शायद र्सवप्रथम म भन्छु । सही कार्य गर्नु र शान्त वातावरण सिर्जना गरेबाट प्रभावकारी हुने सम्भावना बढी हुन्छ । यदि तपाईले त्यसो गर्नुभयो भने बच्चाहरूले स्वतः सिक्नेछन् । एउटा सानो बच्चाले पनि कम्पन (vibration) लाई बुझ्दछ । मलाई सम्झना छ, म सानो छँदा मेरा अभिभावकहरूले वादविवाद गर्दा मैले भयानक अनुभव गर्दथें । त्यो कष्टदायी थियो । तपाईले बच्चाहरूलाई धेरै भन्नु पर्दैन बरु उचित, शान्त र भद्र व्यवहार गर्नु पर्छ र एउटा असल वातावरण सिर्जना गर्नु पर्छ । बस, विशेष गरेर उनीहरू भाषा बुझ्ने नभएसम्म ।

प्रश्न- मानव सुखका लागि शरीर कतिको महत्त्वपूर्ण छ ?

लामा- यदि तपाई खुसी रहन चाहनुहुन्छ भने तपाईको शारीरिक स्नायु प्रणाली (Nervous System) र मनको नजिकको सम्बन्धका कारण तपाईको स्नायु प्रणालीमा हुन गएको अबरोधले तपाईको मनमा अबरोध पुग्छ; तपाईको शरीरमा भएको परिवर्तनले तपाईको मनमा परिवर्तन ल्याउँछ । ती दुइबीच एउटा बलियो सम्बन्ध छ ।

प्रश्न- शरीर स्वस्थ्य राख्नका लागि खाना र यौन व्यवहारको सम्बन्धमा तपाईको कुनै सल्लाह छ कि ?

लामा- दुवै महत्त्वपूर्ण हुन सक्तछन् । हामी सबै फरक भएकाले तपाईले एकै प्रकारको खानाले सबैलाई हुन्छ भनेर भन्न अबश्य सक्नुहुन्न । व्यक्तिको रूपमा हाम्रो शरीर कुनै खास खानाहरूसँग अभ्यस्त हुन्छ । त्यसैले खानामा मुलभूत परिवर्तनले हाम्रो प्रणालीलाई स्तब्ध तुल्याउन सक्तछ । अधिक यौन क्रियाले हाम्रो शरीरलाई कमजोर तुल्याउन सक्छ । त्यसको फलस्वरूप हाम्रो मनको एकाग्रता शक्ति वा मर्मभेदी प्रज्ञालाई कमजोर तुल्याउन सक्छ ।

प्रश्न- अधिक भनेको कति हो ?

लामा- फेरि त्यो व्यक्तिमा भर पर्दछ । सबैका लागि एकै हुदैन । प्रत्येक व्यक्तिको शारीरिक क्षमता भिन्न हुन्छ । त्यसलाई आफ्नो अनुभवद्वारा जाँच गर्नुहोस् ।

प्रश्न- हामी यहाँ किन छौँ ?  हामीले जिउनुको कारण के हो ?

लामा- चेतनाको संसारमा लिप्त रहेसम्म हामी हाम्रो शरीरसँग लिप्त हुन्छौं । त्यसैले हामीले त्यसभित्र जिउनु पर्छ ।

प्रश्न- तर म कहाँ जाँदैछु ? के मैले कतै जानु पर्छ  ?

लामा- हो, अबश्य तपाईका लागि कुनै विकल्प छैन । तपाई अस्थायी हो त्यसकारण तपाईले जानु पर्छ । तपाईको शरीर चारवटा निरन्तर परिवर्तन भइरहने तत्वहरू ाटो, पानी, हावा र आगोद्वारा निर्मित छ । जबसम्म यी चारवटा तत्वहरू सन्तुलनमा हुन्छन्, तपाई उचित तरिकाले बढ्नुहुन्छ र तपाई स्वस्थ्य हुनुहुन्छ । तर यदि त्यसमध्येका एउटा अरूसँगको सन्तुलनबाट बाहिर जानासाथ शरीरमा गडबड उत्पन्न हुन्छ र तपाईको जीवन समाप्त हुन्छ ।

प्रश्न- अनि त्यसपछि के हुन्छ - के हाम्रो पर्ुनर्जन्म हुन्छ ?

लामा- हो, हाम्रो पुनर्जन्म हुन्छ । तपाईको मन वा चेतना तपाईको भौतिक शरीर, रगत र मासुभन्दा फरक छ । जब तपाईको मृत्यु हुन्छ, तपाईले अफ्नो शरीरलाई पछाडि छाड्नुहुन्छ र तपाईको मन (चेतना) नयाँ शरीरमा जान्छ । सुरुवातविहीन समयदेखि हामी मरिरहेका छौं र एकपछि अर्को फरक फरक शरीरमा जन्म लिइरहेका छौं । हामीले बुझेको कुरा त्यही हो । भगवान् बुद्धको मनोविज्ञानले यो सिकाउँछ कि सापेक्ष स्तरमा मनको चारित्रिक स्वभाव भौतिक शरीरको भन्दा धेरै फरक छ ।

प्रश्न- हामी निरन्तर रूपले आफूलाई सुधार्नका लागि बाँच्छौ ? जब तपाई बूढो मानिस हुनुहुन्छ, तपाई अहिलेभन्दा असल हुनुहुनेछ कि ?

लामा- तपाई त्यसबारे कहिले पनि निश्चित हुन सक्नुहुन्न । कहिलेकाहीँ बूढा मानिसहरू बच्चाहरूभन्दा खराब हुन्छन् । त्यो तपाईमा कति ज्ञान छ भन्ने कुरामा भर पर्दछ । केही बच्चाहरू जवानहरूभन्दा विद्वान् हुन्छन् । तपाईले आफ्नो जीवनमा त्यस्तो प्रकारको विकास गर्न ज्ञानको आवश्यकता हुन्छ ।

प्रश्न- यदि तपाईले यो जीवनमा आफू स्वयंलाई राम्ररी बुझ्नुभयोभने के तपाईले अर्को जीवनमा सुधार गर्न सक्नुहुन्छ ?

लामा- निश्चय नै सकिन्छ । यस जीवनमा तपाईले जति बढी आफ्नो मनको स्वभावलाई बुझ्नुहुन्छ त्यत्ति नै असल तपाईको अर्को जीवन हुन्छ । यस जीवनमै पनि आज यदि तपाईले आफ्नो स्वभावलाई राम्ररी बुझ्नुहुन्छ भने अर्को महिना तपाईका अनुभवहरू असल हुन्छन् ।

प्रश्न- लामा, निर्वाण (Nirvana) भनेको के हो ?

लामा- निर्वाण एउटा संस्कृत शब्द हो । त्यसको अर्थ स्वतन्त्रता वा मुक्ति हो । भित्री मुक्ति हो । त्यसको अर्थ तपाईको हृदय अनियन्त्रित, अपराजित र असन्तुष्ट मन, अनुरागको बन्धनमा परेको जस्ता अबस्थाबाट मुक्त भएको अबस्था हो । जब तपाईले आफ्नो मनको परम स्वभाव साक्षात्कार गर्नुहुन्छ, तपाई सारा वन्धनबाट आफैलाई मुक्त पार्नुहुन्छ र चेतनाको संसारमा भर नपरी सुख प्राप्त गर्न सक्नुहुन्छ । हाम्रो मन अहम्भावको अबधारणाको कारण बन्धनमा परेको हुन्छ ती बन्धनहरूलाई खुकुलो पार्नका लागि हामीले आफ्नो अहम्लाई त्याग गर्नु पर्दछ । अहम्लाई त्याग गर्नु भन्ने कुरा तपाईका लागि अचम्मको कुरा हुन सक्छ । यो पश्चिमी मुलुकहरूमा निश्चय पनि हामीले चर्चा गर्ने विषय होइन । त्यस विपरीत यहाँ हामीलाई आफ्नो अहम् निर्माण गर्न सिकाइएको हुन्छ । यदि तपाईसँग बलियो "अहम्" छैन भने तपाई कहीं पनि रहनुहुने छैन । तपाई मानव होइन । तपाई कमजोर हुनुहुन्छ । यो समाजको दृष्टिकोण हो झैँ लाग्छ । जे होस्, बौद्ध मनोविज्ञानको दृष्टिकोणबाट अहम्को हाम्रो अबधारणा नै सबैभन्दा ठूलो समस्या हो, समस्याहरूको राजा हो; अन्य भावनाहरू मन्त्रीहरूझैँ हुन् । 'अहम्' राजा हो । जब तपाई अहम्भन्दा टाढा पुग्नुहुन्छ, भ्रमका अन्य मन्त्रीमण्डल लोप भएर जान्छ । विचलित तथा बन्धनयुक्त मन बिलाएर जान्छ र तपाईले सदाका लागि मनको परम सुखको अबस्था प्राप्त गर्नुहुन्छ । हामीले निर्वाण, भित्री स्वतन्त्रता भनेकेा त्यही नै हो । तपाईको मन अब अनुकूलित हँुदैन अहिलेको जस्तो अन्य कुरामा बाँधिएको हुँदैन । अहिले हाम्रो मन अरू घटनाहरूमाथि भर परेकोले जब ती अन्य घटनाहरू चल्छन्, तिनीहरूले आफूसँगै हाम्रो मनलाई लैजान्छ । त्यसमाथि हाम्रो नियन्त्रण नै हुदैन । हाम्रो मनलाई नाक छेडेर डोर्‍याइएको जनावरलाईझैँ गरेर डोर्‍याइन्छ । हामी स्वतन्त्र छैनौं; हामी अरूमाथि भर नपरेका छैनौं । हामी आफूलाई स्वतन्त्र अबश्य संझन्छौं ।

हामी अरूमाथि भर नपरेको सम्झन्छौं तर हामी त्यस्तो छैनौं । हामी भित्री रूपमा स्वतन्त्र छैनौं । जब जब अनियन्त्रित मन जागरुक हुन्छ, हामी कष्टमा पर्र्छौं । त्यसकारण, स्वतन्त्रता भनेको अरू अबस्थाहरूमाथि भर पर्नुबाट मुक्त हुनु र हाम्रो स्वाभाविक जीवनमा उतारचढावको बदला स्थिर चिरस्थायी परम सुखको अनुभव हो । त्यो नै निर्वाण हो । यो निर्वाण वारेको अबश्य नै छोटकरीमा वर्णन हो; हामी त्यसबारे घण्टौंसम्म चर्चा गर्न सक्छौं तर अहिले होइन । तापनि यदि तपाईले भित्री स्वतन्त्रताको स्वभाव बुझ्नुभयो भने तपाईले चेतनाबाट प्राप्त हुने अस्थायी, क्षणभङ्गुर आनन्दको पूर्णताको नजिक कहीँ पनि छैन भन्ने महसुस गर्नुहुनेछ । तिनीहरू र्सवाधिक महत्त्वका कुरा होइनन् भन्ने महसुस गर्नुहुनेछ । तपाईले एउटा मानवका रूपमा तपाईसँग स्थायी अबस्थाको, चिरकालीन, विनाशर्तको सुख प्राप्त गर्ने क्षमता र विधि आफूसँग भएको महसुस गर्नुहुनेछ । त्यसले तपाईको जीवनमा तपाईको जीवनलाई नयाँ आयाम दिनेछ ।

प्रश्न- बौद्ध मनोविज्ञानको विधिहरूले एउटा व्यक्तिलाई चिरस्थायी सुख प्राप्त गर्न सफलता पाउने असल अबसरहरू दिन्छ भनेर तपाईले किन सोच्नुहुन्छ - जब कि अन्य विधिहरूमा त्यसो गर्नलाई ठूलो समस्या हुन सक्छ र कहिलेकाहीँ त्यसबाट कहिल्यै परिणाम निस्कँदैन ।

लामा- बौद्ध विधिहरूले काम गर्ने भएकाले अन्य विधिहरू चाहिदैन भनेर मैले भनेको छैनँ । मानिसहरू फरक फरक प्रकारका हुन्छन् । व्यक्तिगत समस्याहरूलाई व्यक्तिगत समाधान चाहिन्छ । एउटा विधिले सबैका लागि काम गर्छ नै भन्ने छैन । पश्चिमी मुलुकहरूमा सबै मानवीय समस्याहरूलाई क्रिश्चियन धर्मले समाधान निकाल्छ, त्यसैले हामीलाई मनोविज्ञान वा हिन्दर्ुधर्म वा अन्य कुनै दर्शन चाहिँदैन भनेर तपाईले भन्न सक्नुहुन्न । त्यो गलत हो । हामीलाई विभिन्न प्रकारका विधिहरू आवश्यक हुन्छन् किनकि विभिन्न फरक प्रकारका व्यक्तिहरूको फरक प्रकारको व्यक्तित्व हुन्छ र फरक प्रकारको भावनात्मक समस्याहरू हुन्छन् । तर कुनै पनि विधिमा हामीले सोध्नुपर्ने वास्तविक प्रश्न के हो भने के त्यो विधिले वास्तविक रूपले मानव समस्याहरूलाई सदाका लागि रोक्न सक्छ - वास्तवमा भगवान् बुद्ध स्वयंले पनि ठूलो संख्यामा असिमित प्रकारका विभिन्न समस्याहरूका लागि विभिन्न फरक प्रकारका मनोवैज्ञानिक उपचारहरू सिकाउनुभएको थियो । केही मानिसहरू बुर्द्धधर्म एउटा सानो विषय हो भन्ने सोच्छन् । वास्तवमा भगवान् बुद्धले अरबौंको संख्यामा मानिसहरूले सामना गर्ने असिमित समस्याहरूको समाधानहरू दिनुभएको छ । त्यो प्रत्येक व्यक्तिका लागि निजी समाधान दिएको जत्तिकै थियो । सबै समस्याहरूको एकमात्र समाधान हुन्छ भनेर बुर्द्धधर्मले कहिल्यै भन्दैन । कल्पना गर्न सकिने सम्पूर्ण मानवीय समस्याहरूका लागि भगवान् बुद्धले पत्याइ नसक्नुको संख्यामा समस्याहरूको विभिन्न समाधानहरू दिनुभएको थियो । कुनै खास समस्यालाई सम्पूर्णरूपले एकैपटक समाधान गरिएको पनि छैन । केही समस्याहरूलाई विस्तारै क्रमशः पराजित गर्न सकिन्छ । बौद्ध विधिहरूले यसलाई पनि लिन्छ । त्यसैले हामीलाई विभिन्न विधिहरूको आवश्यकता हुन्छ ।

प्रश्न- कहिलेकाहीँ हामीले अधिक रूपमा विचलित भएका रोगीहरू देख्छौं, जसलाई विभिन्न प्रकारका औषधिहरूको ठूलो मात्रा सेवन गर्नु पर्छ वा तिनीहरूसँग कुराकानी गर्नलाई समेत धेरै लामो समयसम्म पर्खनु पर्ने हुन्छ । बौद्धिक कुराकानी गर्न समेत नसकिने कसैको उपचार कसरी गर्नुहुन्छ ?

लामा- सुरुमा हामीले विस्तारै विस्तारै उसको विश्वास जित्नका लागि उसँग साथी बन्ने प्रयास गर्र्छौं । त्यसपछि उनीहरूको अबस्थामा सुधार आएपछि हामी कुराकानी गर्न सुरु गर्दछौं । यसले संधै काम गर्छ नै भन्ने अबश्य होइन । त्यसका लागि वातावरण पनि महत्त्वपूर्ण हुन्छ -गाउँमा एउटा शान्त घर, शान्त वातावरणयुक्त स्थान, उचित तस्वीरहरू, उपचारात्मक रङहरू इत्यादि प्रकारका बस्तुहरू । त्यो अबश्य कठिन छ ।

प्रश्न- केही पाश्चात्य मनोवैज्ञानिकहरू यो विश्वास गर्छन् कि केही मात्रामा लडाकुपन मानव प्रवृत्तिको महत्त्वपूर्ण तथा आवश्यक भाग हो । लडाकुपन एउटा सकारात्मक चालक शक्ति(Driving Force)  हो । यद्यपि यसबाट मानिसहरू कहिलेकाहीँ समस्यामा पर्छन् । क्रोध र लडाकुपनबारे तपाईको दृष्टिकोण कस्तो छ ?

लामा- म मानिसहरूलाई आफ्नो क्रोध व्यक्त नगर्न प्रोत्साहन दिन्छु । त्यसलाई बाहिर निस्कन नदिन प्रोत्साहन गर्छु त्यसको बदला, म मानिसलाई आफू किन क्रोधी भइन्छ, त्यसको कारण के हो र त्यो कसरी उत्पन्न हुन्छ भनेर बुझ्ने कोशिस गर्न लगाउँछु । जब तपाईले ती कुराहरू महसुस गर्नुहुन्छ, बाहिरी रूपमा प्रकट गर्नुको बदला तपाईको क्रोधले त्यसैलाई पचाउँछ । पश्चिमी मुलुकहरूमा केही मानिसहरू क्रोधलाई व्यक्त गर्दा त्यसबाट छुटकारा पाइन्छ भन्ने विश्वास गर्छन्, त्यसलाई बाहिर निकाल्दा त्यसको अन्त्य हुन्छ भन्ने विश्वास गर्छन् । तर वास्तवमा त्यस्तो मामिलामा के हुन्छ भने तिनीहरूले फेरि क्रोधी हुनलाई आफ्नो मनमा छाप छाड्छन् । त्यसको असर उनीहरूको विश्वासको ठिक विपरीत हुन्छ । तपाईको रिस भागेको जस्तो देखिए पनि वास्तवमा तपाई आफ्नो मनमा अझबढी रिस संकलन गर्दै हुनुहुन्छ । तपाईको चेतनामा रिसले छाडेको छापले साधारणरूपले परिस्थितिहरूलाई अझ बढी क्रोधित भएर प्रस्तुत हुने प्रवृत्तिलाई सशक्तीकरण मात्र गर्छ । तर त्यसलाई बाहिर आउन नदिनुको मतलब त्यसलाई तपाईले दबाएर राखेको अबश्य हुँदैन । त्यो पनि खतरनाक हुन्छ । तपाईले क्रोध, लडाकुपन, चिन्ता वा तपाईका लागि समस्या उत्पन्न गराउने जे सुकैको प्रकृतिलाई गहिराइबाट जाँचबुझ गर्न सिक्नर्ुपर्छ । तपाईले नकारात्मक उर्जाको प्रकृतिको गहिराइसम्म हेरेपछि तपाईले त्यो केवल अबास्तविक भएको पाउनु हुन्छ । त्यो केवल मन मात्र भएको पाउनु हुन्छ । तपाईको मानसिक अभिव्यक्ति परिवर्तन हँदा नकारात्मक उर्जा लोप भएर जान्छ । घृणा, क्रोध, लडाकुपन इत्यादिको प्रवृत्तिलाई चिन्ने ज्ञानले त्यसलाई पचाउँछ ।

प्रश्न- क्रोधको प्रथम क्षण कहाँबाट आउँछ - एकपछि अर्को गर्दै छापहरू छोडिएको क्रोधबाट नै हो कि ?

लामा- क्रोध चेतनाको आनन्दमा लिप्त भएबाट आउँछ । जाँच गर्नुहोस् । यो कस्तो गजबको मनोविज्ञान छ तर त्यो बुझ्न कठिन पनि हुन सक्तछ । तपाई लिप्त भएको वस्तुलाई जब कसैले छुन्छ तपाईमा अनौठो वा भक्कड स्वभाव उत्पन्न हुन्छ । कुनै वस्तुमा लिप्त हुनु नै क्रोधको स्रोत हो ।

प्रश्न- लामा तपाईले यहाँ आएर हामीलाई भेट्नुभएकोमा धेरै धेरै धन्यवाद ! यो अति नै चाखलाग्दो भेट भयो ।

लामा- धेरै धेरै धन्यवाद ! तपाईहरूलाई भेटन पाउँदा मलाई ज्यादै खुसी लाग्यो ।

                                                                       प्रिन्सहेन्रिज् हस्पिटल
                                                                       मेलवर्न, अस्ट्रेलिया,
                                                                       २५ मार्च, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com