बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।   ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने


 

 

लामा येसे

तपाईको मन नै तपाईको धर्म हो ।

अनुवादक मुकेश लामा

अध्याय



मैले मनबारे चर्चा गर्दा मेरो मन, मेरो यात्राबारे मात्र चर्चा गरिरहेको हुन्नँ । मैले सम्पूर्ण ब्रह्माण्डका प्राणीहरूको मनबारे चर्चा गरिरहेको हुन्छु ।

हाम्रो जीवनशैली, चिन्तनशैली आदि सम्पूर्ण कुराहरू भौतिक सुखका लागि समर्पित छन् । हामीले चेतनाको वस्तुहरुलाई सबैभन्दा महत्वपूर्णठान्दछौं र आफूलाई खुसी, प्रसिद्ध वा लोकप्रिय बनाउन जुनसुकै वस्तु प्रति भौतिक रूपले समर्पित हुन्छौं । यद्यपि यी सबै कुराहरू हाम्रो मनमा नै उत्पन्न हुन्छन् । हामी वाह्य वस्तुहरूप्रति सम्पूर्णरूपले यति धेरै दत्तचित्त हुन्छौं कि हामीले आफूभित्र कहिल्यै पनि हर्ेर्दैनौं । हामीले तिनीहरू किन त्यति विध्न चाखलाग्दा छन् भनेर कहिल्यै पनि प्रश्न उठाउँदैनौँ ।

हाम्रो अस्तित्व रहेसम्म हाम्रो शरीरबाट हामीले अलग्ग पार्न नै नसकिने भाग हाम्रो मन हो । फलस्वरूप हामी जहिल्यै पनि तनावयुक्त हुन्छौं । त्यसरी तनावयुक्त हुने हाम्रो शरीर होइन, हाम्रो मन हो । त्यस मनको कार्यप्रणाली हामी बुझ्दैनौं । त्यसकारण कहिलेकाहीँ हामीले आफू स्वयंलाई जाँच गर्नु पर्दछ -हाम्रो शरीरलाई मात्र होइन, हाम्रो मनलाई पनि जाँच गर्नु पर्दछ । जब कि हामीलाई जहिले पनि यस्तो गर, त्यस्तो गर भनेर भन्ने हाम्रो मन हो । हामीले हाम्रो आफ्नो मनोविज्ञानबारे थाहा पाउनु पर्दछ अथवा धार्मिक शब्दमा भन्नुपर्दा शायद हामीले हाम्रो भित्री प्रकृतिबारे थाहा पाउनु पर्दछ । जे होस्, हामीले त्यसलाई जेसुकै नाम दिएपनि हामीले हाम्रो आफ्नो मनबारे थाहा पाउनु पर्दछ ।

मनको प्रकृतिलाई जाँच्नु र त्यसबारे थाहा पाउनु कुनै पूर्वीय यात्रा हो भन्ने नसोच्नुहोस् । त्यो गलत सोचाइ हो । यो तपाईको यात्रा हो । तपाईले आफ्नो शरीरबाट आफ्नो मन वा चेतनस्वरूपलाई कसरी छुट्याउन सक्नुहुन्छ - त्यो असंभव छ । तपाईले आफूलाई विश्व भ्रमण गर्न स्वतन्त्र, सबैकुरा उपभोग गर्न सक्षम एक स्वतन्त्र व्यक्ति ठान्नुहुन्छ । तर त्यस्तो सोचे पनि तपाई स्वतन्त्र हुनुहुन्न । तपाईं अरू कसैको नियन्त्रणमा हुनुहुन्छ भनेर मैले भन्न खोजेको होइनँ । त्यो तपाईको आफ्नै अनियन्त्रित मन हो । तपाईंको आफ्नै तृष्णा हो । जसले तपाईलाई दबाएर राख्दछ । यदि तपाई आफूले आफू स्वयंलाई कसरी दबाएर राख्नुभएको छ भनेर थाहा पाएमा तपाईको अनियन्त्रित मन हराएर जानेछ । तपाईको सम्पूर्ण समस्याहरूको समाधान तपाईको आफ्नै मन हो भन्ने थाहा पाउनु हुनेछ ।

अघिल्लो दिन संसार अति नै सुन्दर लाग्दछ भने अर्को दिन त्यो भयानक लाग्दछ । त्यो तपार्ईर्ंं कसरी भन्न सक्नुहुन्छ - वैज्ञानिक रूपमा संसार त्यति द्रूत गतिमा आमूल परिवर्तन हुन्छ भन्ने कुरा असंभव हो । त्यस्तो देखिनुको कारण तपाईको मन हो । यो धार्मिक मत होइन, तपाईको मनको उच्चतम र न्यूनतम स्थिति कुनै धार्मिक मत होइन । मैले धर्मका बारेमा चर्चा गरिरहेको छैन । तपाईले आफ्नो दैनिक जीवन कसरी ब्यतीत गर्नुहुन्छ भन्ने तरिकाबारे मैले चर्चा गरिरहेको छु । यसले तपाईको मनलाई उच्चतम र न्यूनतम स्थितिमा पुर्‍याउँछ । अरू व्यक्ति र तपाईको वातावरणमा द्रूत गतिमा आमूल परिवर्तन हुँदैन । त्यो तपाईको मन हो । तपाईले यो कुरा बुझ्नुहुन्छ भन्ने मलाई आशा छ ।

त्यस्तै गरेर, कुनै एउटा व्यक्तिले संसार सुन्दर छ, मानिसहरू असल र दयालु छन् भनेर सोच्दछ भने अर्को व्यक्तिले संसारका सबै कुराहरू र सबै मानिसहरू कष्टदायी छन् भन्ने सोच्दछ । वास्तवमा को सही हो - त्यसलाई वैज्ञानिक तरिकाले कसरी व्याख्या गर्नुहुन्छ - यो उनीहरूको ब्यक्तिगत मनको चेतनाको संसार प्रतिको प्रक्षेपण (Projection)  मात्र हो । तपाई 'आज यस्तो छ, भोलि त्यस्तो हुनेछ, यो मानिस यस्तो छ, ती महिला त्यस्ती छिन्' भनेर सोच्नुहुन्छ तर सम्पूर्णरूपले बनाइएकी सदा र्सवदा सुन्दरी नै रहने युवती कहाँ छिन् - पूर्णतया रूपवान् र्सवकालिक सुन्दर युवक को हुन् - तिनीहरू अस्तित्वमा छैनन् तिनीहरू तपाईको आफ्नै मनका सिर्जनाहरू हुन् ।

भौतिक वस्तुहरूले तपाईलाई सन्तुष्टि दिन्छ वा तपाईको जीवन त्रुटिविहीन बनाउँछ भन्ने अपेक्षा नगर्नुहोस् । त्यो असंभव छ । ठूलो संख्याका भौतिक वस्तुहरूवाट तपाई कसरी सन्तुष्ट हुन सक्नुहुन्छ - विभिन्न प्रकारका सैयौं मानिसहरूसँग सुतेर कसरी सन्तुष्ट हुन सक्नुहुन्छ - त्यो कहिल्यै संभव हुने छैन । सन्तुष्टि मनबाट उत्पन्न हुन्छ ।

यदि तपाईले आफ्नो मनोविज्ञानबारे थाहा पाउनुभएन भने तपाईको मनमा के भइरहेको छ भन्नेबारे त्यसबेला सम्म वेवास्ता गर्नुहुन्छ, जुनबेला त्यो टुटेर तपाई पूर्णरूपले पागल हुनुहुन्छ । भित्री ज्ञानको कमि हुनाका कारण मानिसहरू पागल हुन्छन्, उनीहरू आफ्नै मनलाई जाँच गर्न असक्षम हुनाका कारण पागल हुन्छन् । तिनीहरूले आफ्नो बारेमा आफैलाई नै व्याख्या गर्न सक्तैनन् । तिनीहरू आफूले आफैसँग कसरी कुराकानी गर्ने भन्ने कुरा जान्दैनन् । त्यसकारणले उनीहरू निरन्तररूपले बाहिरी वस्तुहरूमाथि दत्तचित्त हुन्छन् । त्यसबेला उनीहरूको मन अन्त्यमा गएर नबिग्रिँदासम्म तलतिर दौडिरहेका हुन्छन् । आफ्नो आन्तरिक संसारप्रति तिनीहरू बेखबर हुन्छन र मनलाई जागरुक भएर आत्मविश्लेषण गर्नुको बदला अज्ञानतासँग सम्पूर्णरूपले बाँधिएका हुन्छन् । आफ्नो मनोवृत्तिलाई जाँच्नुहोस् । आफ्नो मनोचिकित्सक आफै बन्नुहोस् ।

तपाई विद्वान् हुनुहुन्छ । भौतिक वस्तुहरूले मात्र तपाईलाई सन्तुष्टि दिन सक्तैन भन्ने कुरा तपाईलाई थाहा छ । तर तपाईले आफ्नो मनलाई जाँच्नका लागि कुनै भावनात्मक, धार्मिक यात्राको जहाज चढ्नु पर्दैन । केही मानिसहरूले त्यस्तो गर्नु पर्दछ भन्ने सोच्दछन् । त्यस्तो प्रकारको आत्मविश्लेषण कुनै आध्यात्मिक र धार्मिक विश्लेषण हो भन्ने सोच्दछन् । तपाईले आफूलाई कुनै धार्मिक सम्प्रदायमा राख्नका लागि आफूलाई यो वा त्यो कुनै धर्म वा दर्शनको अनुयायी हो भनेर वर्गीकरण गर्नु कुनै आवश्यकता छैन । तर यदि तपाई सुखी रहन चाहनुहुन्छ भने तपाईले आफ्नो जीवनलाई डोर्‍याउने तरिकालाई जाँच गर्नु पर्दछ । तपाईको मन नै तपाईको धर्म हो ।

तपाईले आफ्नो मनलाई जाँच गर्दा तार्किक नहुनुहोस् वा बलजफ्ति नगर्नुहोस् । समस्याहरू उत्पन्न हुदा दुःखी नबन्नुहोस् । त्यसबारे जागरुक मात्र हुनुहोस् । ती समस्याहरू कहाँबाट उत्पन्न भए भनेर जागरुक हुनुहोस् । तिनीहरूको मूल पत्ता लगाउनुहोस् । समस्याहरूसँग आफू स्वयंलाई परिचित गराउनुहोस् । "त्यहाँ त्यस प्रकारको समस्या छ । त्यो कसरी समस्या बन्न गयो - कस्तो प्रकारको मनले त्यसलाई समस्या बनायो - कस्तो प्रकारको मनले त्यो समस्या हो भनेर अनुभूति गर्दछ -" जब तपाईले ती सबै कुराहरू गहिरिएर जाँच गर्नुहुन्छ, ती समस्याहरू स्वत हराएर जान्छन् । यो कुरा कति सरल छ होईन त - तपाईले कुनै कुराको सहज विश्वास गर्नु आवश्यक छैन । सबै एकै प्रकारका हुन् भनेर केही कुरालाई पनि विश्वास नगर्नुहोस् । तपाईले "मेरो मन छ भनेर म विश्वास गर्दिनँ ।" भनेर भन्न सक्नुहुन्न । तपाईले "म पूर्वीय कुराहरूलाई तिरस्कार गर्दछु ।" भनेर भन्न सक्नुहुन्छ । म त्यसमा सहमत छु तर के तपाईले आफू स्वयंलाई तिरस्कार गर्न सक्नुहुन्छ - आफ्नो टाउको, नाकलाई अस्वीकार गर्न सक्नुहुन्छ - तपाईले आफ्नो मनलाई अस्वीकार गर्न सक्नुहुन्न । त्यसकारण तपाई आफूले अर्काप्रति वुद्धिमत्तापूर्ण ब्यवहार गर्नुहोस् र सन्तुष्टिको वास्तविक स्रोत पत्ता लगाउने प्रयास गर्नुहोस् ।

तपाई वाल्य अबस्थामा भएको बेला आइसक्रिम खुबै मन पराउनु हुन्थ्यो होला । आइसक्रिम, केक र चकलेट प्राप्त गर्ने लालसा गर्नुहुन्थ्यो र सोच्नुहुन्थ्यो "म ठूलो भएपछि मैले चाहेको जति सबै आइसक्रिम, केक र चकलेट लिन्छु र खुसी हुन्छु ।" अहिले तपाईसँग चाहेजति आइसक्रिम, केक र चकलेट छ तर तपाईलाई त्यसप्रति उराठ लागिसकेको हुनर्ुपर्छ । आइसक्रिमले तपाईलाई खुसी नबनाएको हँुदा तपाईले एउटा कार लिनुहुनेछ, एउटा घर लिनुहुनेछ, एउटा टेलिभिजन लिनुहुनेछ अथवा एउटा पति वा पत्नी बिहे गर्नुपर्छ भनेर तपाई सोच्नुहुन्छ । त्यसपछि तपाईसँग सबै कुरा भएकाले तपाई खुसी हुनुहुनेछ । तर तपाईको कार एउटा समस्या हो, तपाईको घर एउटा समस्या हो । तपाईको पति वा पत्नी एउटा समस्या हो । तपाईका बालवच्चाहरू समस्याहरू हुन् । अब तपाईले "ओह ! यो सन्तुष्टि होइन ।" भन्ने कुरा महसुस गर्नुहुनेछ ।

त्यसो भए सन्तुष्टि के हो त - यी सबै मनोवृत्तिहरूलाई जाँच गर्नुहोस्। यो धेरै महत्वपूर्णकुरा हो । वाल्यावस्थादेखि हालसम्मको तपाईको जीवनलाई जाँच गर्नुहोस् । यो विश्लेषणात्मक ध्यान होः "त्यस समयमा मेरो मन त्यस्तो थियो, अहिले मेरो मन यस्तो छ । यसप्रकाले वा त्यस प्रकारले मन परिवर्तन भएको छ ।" तपाईको मन त्यति धेरै पटक परिवर्तन भएको छ तर तपाईलाई वास्तवमा के ले खुसी तुल्याउँछ भन्नेबारे तपाई कुनै निष्कर्षा पुग्न सक्नुभएको छ - तपार्ईर्ंं कतै हराउनुभएको छ भन्ने मेरो व्याख्या हो । तपाईलाई घर कसरी पुग्ने, चकलेट कहाँ किन्ने आदिबारे आफ्नो शहरका सम्पूर्ण बाटाहरू थाहा छन्, तैपनि तपाई हराउनुभएको छ । तपाईले आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । इमान्दारीपर्ूवक जाँचेर हर्ेर्नुहोस् । के त्यस्तै होइन र -

तपाई के हो, तपाई कसरी अस्तित्वमा हुनुहुन्छ, तपाईले जान्नै पर्ने कुरा हो भनेर भगवान्् बुद्ध भन्नुहुन्छ । तपाईले कुनै पनि कुरालाई सहज विश्वास गर्नुपर्दछ भन्ने होइन । तपाई आफ्नो मनलाई यसले कसरी काम गर्दछ, तृष्णा र चाहना कसरी उत्पन्न हुन्छन्, अज्ञानता कसरी उत्पन्न हुन्छ, भावनाहरू कहाँबाट आउँछन् बुझ्नुहोस् । ती सबैको प्रकृति बुझ्नु नै पर्याप्त हुन्छ । त्यो एउटै कुराले तपाईको जीवनमा सुख र शान्ति ल्याउँछ । त्यसप्रकारले तपाईको जीवन पूर्णरुपले परिवर्तन हुन्छ । सबै कुरा माथिबाट तलतिर उलट पुलट हुन्छ । तपाईले कुनै समयमा भयानक भनेर व्याख्या गरेको कुरा नै सुन्दर हुन पुग्दछ ।

यदि मैले तपाई चकलेट र आइसक्रिमका लागि बाँच्नुभएको थियो भनेर भन्दा तपाईले मलाई एउटा पागल हो भन्ने ठान्नुहुन्थ्यो । तपाईको जण्ड मनले "होइन, होइन" भन्ने थियो । तर आफ्नो जीवनको उद्देश्यलाई तपाईले गहिरिएर हेर्नुहोस् । तपाई यहाँ अस्तित्वमा किन हुनुहुन्छ - सबैले मन पराओस् भनेर कि - लोकप्रिय हुनका लागि हो कि - प्रसस्त धन सम्पत्ति कमाउनका लागि हो कि - अरूका लागि आकर्ष हुनलाई हो कि - मैले बढाइ चढाइ गरिरहेको छैन । तपाई आफै जाँच गर्नुहोस् । त्यसपछि तपाईले देख्नुहुनेछ । तपाईले गहन जाँचद्वारा आइसक्रिम र चकलेटद्वारा खुसी प्राप्त गर्न खोज्नमा सम्पूर्ण जीवन र्समर्पण गरेर तपाईले मानव रूपमा जन्म लिनुको अर्थलाई पूर्णरुपले वेकार बनाउनुभएको छ भन्ने कुरा महसुस गर्नुहुनेछ । चरा र कुकुरहरूको पनि त्यस्तै प्रकारको उद्देश्य हुन्छ । तपाईको लक्ष्य चरा र कुकुरहरूको भन्दा उच्च हुनुपर्छ भन्ने तपाईलाई लाग्दैन  ?

मैले तपाईका लागि तपाईको जीवनबारे निर्णयगर्ने कोशिस गरिरहेको छैन । तर तपाईले जाँच गरेर हर्ेर्नुहोस् । एउटा भताभुङ्ग मनस्थिति लिएर बाँच्नुभन्दा एकीकृत जीवन ब्यतित गर्नु असल हुन्छ । भताभुङ्ग जीवन जिउन लायक हुँदैन । त्यो न त तपाई स्वयंका लागि न त अरूका लागि लाभदायक हुन्छ ।

चकलेट, स्टेक तपाई केका लागि जीवित हुनुहुन्छ त - शायद तपाई "म खानका लागि मात्र अबश्य जीवित छैनँ । म एउटा शिक्षित व्यक्ति हुँ ।" भन्ने सोच्नुहुन्छ होला । तर शिक्षा पनि मनबाट नै उत्पन्न हुन्छ । मनविना शिक्षा के हो - दर्शन के हो - दर्शन कुनै निश्चित तरिकाले केही विचारहरू शृङ्खलाबद्ध हुने कसैको मनको एउटा सिर्जना मात्र हो । मन छैन भने त्यहाँ दर्शन हुँदैन, विचार हुँदैन, विश्वविद्यालयका विषयहरू हुँदैनन् । यी सम्पूर्ण वस्तुहरू मनद्वारा नै निर्मित हुन् ।

तपाईले आफ्नो मनलाई कसरी जाँच गर्नुहुन्छ - मनले देख्ने वस्तुहरूलाई यसले कसरी लिन्छ र कसरी व्याख्या गर्दछ भन्ने कुरालाई हेरे पुग्दछ । सुखदायी वा दुखदायी, जस्तो अनुभूति हुन्छ, त्यसलाई अबलोकन गर्नुहोस् । त्यसपछि "मैले जब यस्तो प्रकारको दृष्टिकोण लिन्छु, यस्तो खालको अनुभूति उत्पन्न हुन्छ, त्यो भावना जागृत हुन्छ, मैले यसप्रकारले विभेद किन गर्छु -" भनेर जाँच गर्नुहोस् । तपाईको मनलाई जाँच गर्ने तरिका यही हो । त्यत्ति नै वस् । यो अति नै सरल छ ।

तपाईले आफ्नो मनलाई उचित तरिकाले जाँच गर्नुभएपछि तपाईले आफ्नो समस्याका लागि अरूलाई दोष दिन छाड्नुहुन्छ । तपाईका गलत कार्यहरू तपाईका दूषित तथा बहकिएको मनद्वारा नै उत्पन्न हुन्छ भन्ने कुरा थाहा पाउनु हुनेछ । जब तपाई बाहिरी भौतिक वस्तुहरूमा दत्तचित्त हुनुहुन्छ, तपाईले आफ्ना समस्याहरूका लागि तिनीहरूलाई र अरू व्यक्तिहरूलाई दोष दिनुहुन्छ । त्यस बहकिएको दृष्टिकोणलाई बाह्य घटनाहरूमा प्रक्षेपण ९एचयवभअतष्यल० गरेर तपाई दुःखी हुनुहुन्छ । तपाईले आफ्नो गलत विचारको दृष्टिकोणहरूलाई महसुस गर्न सुरु गर्नु भएपछि आफ्नो मनको प्रकृतिलाई पनि महसुस गर्न सुरु गर्नुहुन्छ र आफ्ना समस्याहरूलाई सदाका लागि अन्त्य गर्नुहुनेछ ।

माथि भनिएका सबै कुराहरू के तपाईका लागि नितान्त नौला छन् - छैनन् । तपाईले कुनै कुरा गर्नुभन्दा पहिले त्यसलाई जाँच गर्नुहुन्छ र त्यसपछि मात्र आफ्नो निर्ण्र्ाागर्नुहुन्छ । तपाईले त्यो पहिला गरिसक्नुभएको छ । मैले तपाईलाई कुनै नौलो कुराको सल्लाह दिएको छैन । फरक यत्तिमात्र हो कि तपाईले त्यसलाई यथेष्ट मात्रामा गर्नुहुन्न । तपाईले अझ बढी जाँच गर्नु पर्दछ । यसको मतलब एउटा कुनामा बसेर आफ्नो नाइटोबारे सोचविचार गर्नुपर्दछ भन्ने होइन । तपाईले कुरा गर्दा, अरू मानिसहरूसँग हिंडडुल गर्दा, सधैँ आफ्नो मनलाई जाँच गरिरहनु सक्नुहुन्छ । के तपाई मनलाई जाँच गर्ने कार्य पुर्वीय यात्रामा हिँडेकाहरूका लागि मात्र हो भन्ने ठान्नुहुन्छ - त्यस्तो नसोच्नुहोस् ।

तपाईको मनको प्रकृति तपाईको आफ्नो भौतिक शरीरको हाड र मासुको प्रकृतिभन्दा फरक छ भन्ने कुरा महसुस गर्नुहोस् । तपाईको मन कुनै भेदभावविना सबै वस्तुहरूको प्रतिविम्ब जस्ताको त्यस्तै परावर्तन गर्ने एउटा ऐना जस्तै हो । यदि तपाईको बोध्रि्रज्ञा छ भने तपाईले आफ्नो मनको ऐनामा प्रवेश गर्न दिने र परावर्तन गर्ने वस्तुलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यदि तपाईले आफ्नो मनभित्र के भइराखेको छ भन्ने कुरालाई पूर्णरुपले वेवास्ता गर्नुभयो भने त्यसभित्र आउने जुनसुकै फोहरमैला जस्ता मनोवैज्ञानिक रूपले रोगी देखाउने वस्तुहरूलाई कुनै रूपमा त्यसले प्रक्षेपण गर्दछ । तपाईले जाँच गर्ने ज्ञानले आफूलाई फाइदाजनक प्रतिविम्ब र मनोवैज्ञानिक समस्याहरू ल्याउने प्रतिविम्बलाई छुट्याउन सक्नु पर्दछ । संभावित रूपले जब तपाईले विषय र वस्तुको वास्तविक प्रकृति महसुस गर्नुहुनेछ, तपाईका  सम्पूर्ण समस्याहरू लोप हुनेछन् ।

केही मानिसहरू आफूलाई धार्मिक ठान्दछन् तर धार्मिकता के हो - यदि तपाईले आफ्नो प्रकृतिलाई जाँच गर्नुहुन्न भने, बोध्रिज्ञा प्राप्त गर्नुहुन्न भने तपाई कसरी धार्मिक हुन सक्नुहुन्छ ? तपाई धार्मिक हो भन्ने विचार "म बौद्ध, यहुदी इत्यादि हुँ ।" भन्ने कुराले तपाईलाई मद्दत गर्दैन । यसले अरूलाई पनि मद्दत गर्दैन । वास्तवमा अरूलाई मद्दत गर्नका लागि तपाईले बोध्रि्रज्ञा प्राप्त गर्नुपर्दछ ।

मानवताको सबैभन्दा ठूलो समस्या मनोवैज्ञानिक समस्या हो, भौतिक समस्या होइन । जन्मदेखि मरणसम्म निरन्तर रूपले मानिसहरू मानसिक कष्टको नियन्त्रणमा हुन्छन् । सबैकुरा ठिकसँग चलिरहेसम्म केही मानिसहरू आफ्नो मनलाई अबलोकन गरिराखेका हुँदैनन् । तर जब दर्ुघटना वा कुनै भयानक अनुभवजस्ता केही गडबडी उत्पन्न हुन्छ, उनीहरू तुरुन्तै "हर्ेर् इश्वर मलाई मद्दत गर्नुहोस् !" भन्दछन् । उनीहरू आफूलाई धार्मिक भन्ने ठान्दछन् तर यो एउटा ठट्टा मात्र हो । एकजना गम्भीर प्रकृतिको अभ्यासकर्ताले सुख वा दुःख जस्तोसुकै अबस्थामा पनिर् इश्वर र आफ्नो प्रकृतिबारे निरन्तररूपमा जागरुक हुन्छ । जब तपाई आइसक्रिम तथा चकलेटहरूका विचमा सांसारिक चेतनाको आनन्दमा दबिएर असल समय व्यतीत गर्दैहुनुहुन्छ भने तपाईले आफैलाई बिर्सनुहुन्छ र कुनै नराम्रो समय आउनासाथर् इश्वरतर्फर्फकनुहुन्छ भने तपाई वास्तविकताबाट धेरै टाढा हुनुहुन्छ र तपाईमा धार्मिकताको अंश पनि हुँदैन ।

हामीले विश्वका कुनैपनि धर्मका बारेमा सोचेपनि उनीहरूकोर् इश्वर वा बुद्ध आदि बारेको व्याख्या सरल रूपमा भन्दा शब्दहरू र मन गरेर यी दुइ वटा मात्र हुन् । त्यसकारण शब्दहरूले त्यत्ति महत्त्व राख्दैनन् । तपाईले महसुस गर्नुपर्ने कुरा के हो भने असल होस् वा खराब सम्पूर्ण दर्शन र सिद्धान्तहरू मनबाट नै उत्पन्न हुन्छन् । मन अति शक्तिशाली छ । त्यसकारण यसलाई स्थिर मार्गदर्शनको आवश्यकता हुन्छ । एउटा शक्तिशाली हवाइजहाजलाई एकजना कुशल चालकको आवश्यकता हुन्छ । तपाईको मनको चालकलाई त्यसको प्रकृतिलाई बुझ्ने ज्ञान हुनु पर्दछ । त्यसप्रकारले तपाईले आफ्नो मनको शक्तिशाली उर्जालाई एउटा वौलाहा हात्तीजस्तो अनियन्त्रित भएर आफू स्वयं र अरूलाई समेत नष्ट गर्दै यताउता भौंतारिएर हिँड्नुको बदला आफ्नो जीवनलाई उपयोगी बनाउने लक्ष्यतर्फउन्मुख हुन सक्नुहुन्छ ।

मैले धेरै भन्नु पर्दैन । मैले के भन्दैछु भन्ने कुरा तपाईले बुझिराख्नुभएको छ भन्ने मलाई लाग्दछ । यस मोडमा केही कुराकानी अझ बढी लाभदायक होला । प्रश्नहरू सोध्नुहोस् म उत्तर दिने कोशिस गर्नेछु । यो नबिर्सनुहोस् कि मैले भनेको कुराहरूमा तपाई सहमत हुनै पर्दछ भन्ने छैन । मैले भनेका कुराहरू यदि तपाईलाई मन परेन भने कृपया मेरो कुराको विरोध गर्नुहोस् । मसँग तर्क गर्ने मानिसहरू मलाई मन पर्छ । "तपाईहरूले यस्तो गर्नु पर्दछ, तपाईले यस्तो गर्नु हुँदैन ।" भन्ने म कुनै स्वेच्छाचारी होइनँ ।

तपाईले के गर्नुपर्दछ भनेर मैले भन्न सक्तिनँ । म सल्लाह दिन मात्र सक्तछु । तपाईले जाँच गर्नुहोस् भन्ने म चाहन्छु । यदि तपाईले त्यसो गर्नुभयो भने म सन्तुष्ट हुन्छु । यदि मैले भनेका कुराहरूसँग असहमत हुनुहुन्छ भने मलाई भन्नुहोस् ।

प्रश्न- तपाईले आफ्नै मनलाई कसरी जाँच गर्नुहुन्छ - त्यो कसरी गर्नुहुन्छ ?

लामा- वस्तुहरूलाई कसरी अबगत गरिन्छ, आफ्नो अनुभवहरूलाई कसरी व्याख्या गरिन्छ भनेर जाँचबुझ गर्नु आफ्नो मनलाई जाँच गर्ने सरल तरिका हो । आफ्नो ब्वाई फ्रेण्ड वा गर्ल फ्रेण्डका बारेमा एकदिनको अबधिमा पनि किन तपाई त्यति धेरै फरक फरक अनुभूति गर्नुहुन्छ ? बिहान उसका बारे असल अनुभव गर्नुहुन्छ भने मध्यान्हमा धमिलो अनुभव हुन्छ । त्यस्तो किन हुन्छ ? के वास्तवमा तपाईको ब्वाई फ्रेण्ड वा गर्लफ्रेण्डमा बिहानदेखि मध्यान्हसम्म त्यस्तो गरी आमूलरूपमा परिवर्तन भएको हुन्छ - होइन, त्यहाँ आमूल परिवर्तन भएको हुदैन । त्यसो भए किन उसका बारेमा फरक फरक अनुभूति हुन्छ - जाँच गर्ने तरिका यही नै हो ।

प्रश्न- "यदि यस्तो भयो भने म त्यहाँ जान्छुः यदि अरू नै केही भयो भने म त्यहाँ जान्छु ।" भन्ने जस्ता कुराहरू आफैलाई भन्दै यदि तपाईले कुनै निर्णय गर्नलाई आफ्नो मनलाई विश्वास गर्नुहुन्न भने, के तपाई त्यसलाई बाह्य वस्तुमा छाड्न सक्नुहुन्छ ?

लामा- तपाईले केही गर्नुभन्दा पहिले आफू स्वयंलाई त्यो तपाई किन गर्दै हुनुहुन्छ, त्यसको उद्देश्य के हो - त्यसका लागि के के गर्दै हुनुहुन्छ - भनेर सोध्नु पर्दछ । यदि त्यसको परिणाम समस्यापूर्ण देखिन्छ भने शायद तपाईले त्यसलाई त्याग गर्नुपर्दछ । यदि त्यो गर्नलायक देखियो भने शायद तपाई अघि बढनु पर्दछ । पहिले जाँच गर्नुहोस् । त्यसको परिणाम के हुन्छ भन्ने थाहा नपाई कुनै पनि काम नगर्नुहोस् ।

प्रश्न- लामा भनेको के हो ?

लामा- असल प्रश्न । तिब्बती दृष्टिकोणबाट लामा एक आध्यात्मिक क्षेत्रमा अति शिक्षित व्यक्ति हो र उसले हालको मात्र होइन पहिलेको र भविष्यको मनका बारेमा समेत जानकारी राख्दछ । मनोवैज्ञानिक तवरले बोल्नुपर्दा एकजना लामाले आफू कहाँबाट आएको हो र कहाँ जान लागेको हो भन्नेबारे देख्न सक्तछ । उसँग आफूले आफैलाई नियन्त्रण गर्न सक्ने क्षमता हुन्छ र अरूलाई मनोवैज्ञानिक सल्लाह दिन सक्तछ । त्यस्ता कोही कसैलाई पनि तिब्बतीहरू लामा भन्दछन् ।

प्रश्न- पश्चिमी मुलुकहरूमा लामाको समकक्षी को हुन सक्तछ ?

लामा- लामाको वास्तविक समकक्षी यहाँ छन् भन्ने कुरा मलाई थाहा छैन । पुरोहित, मनोवैज्ञानिक र चिकित्सकको कुनै प्रकारको मिश्रतिरूप हुन सक्तछ । तर मैले भर्खरै भनेजस्तो एउटा लामाले आफ्नो मन र अरूको मनको समेत वास्तविक प्रकृति महसुस गर्दछ र अरूको मानसिक समस्याहरूका लागि त्रुटिविहीन समाधान दिन सक्तछ । मैले आलोचना गरेको होइनँ तर मानिसहरूले अनुभव गर्ने भावनात्मक समस्याहरूबारे केही पाश्चात्य मुलुकका मनोवैज्ञानिकहरूको त्यही स्तरको ज्ञान छ भन्ने कुरामा मलाई केही शंका छ । कहिलेकाहीँ उनीहरूले "तपाईको वाल्यअबस्थामा तपाईको पिताले यस्तो गर्नुभयो, त्यस्तो गर्नुभयो । तपाईको माताले यस्तो गर्नुभयो ।" भन्ने जस्ता मानिसहरूलाई परेको समस्याहरूबारे सतही र निम्नस्तरको सेवा दिन्छन् । त्यस कुरामा म असहमत छु । त्यसरी तपाईले आफ्नो समस्याका लागि आफ्नो अभिभावकहरूलाई दोष दिन सक्नुहुन्न । समस्याहरूलाई वातावरण पक्षले अबश्य असर पार्दछ तर मुलभूत कारण सधैँ तपाईभित्र नै हुन्छ । आधारभूत समस्या बाहिर कहिले पनि हुँदैन । तपाईलाई थाहा छैन तर शायद पाश्चात्य मुलुकका चिकित्सकहरू यस प्रकारले तथ्यहरूको विश्लेषण गर्न अधिक मात्रामा डराउँछन् । मैले कैयन पुरोहितहरूलाई भेटेको पनि छु । त्यसमध्येका केही मेरा साथीहरू पनि छन्, जसले अहिल्यै र यहीँ कुनै कुराबारे छलफल गरिहाल्न रुचाउँदैनन् । सम्पूर्ण अनिश्चितताहरूलाई सामना गर्ने व्यावहारिक विधिमा केन्द्रित हुनुको बदला उनीहरू भगवान्, आस्था इत्यादि जस्ता धार्मिक धारणाहरूमा जोड दिन्छन् । तर वर्तमान मानिसहरू संशयात्मक हुन्छन् र एउटा पुरोहितले दिने सहायतालाई अस्वीकार गर्दछन् ।

प्रश्न- ध्यानले तपाईलाई निर्णयहरू गर्न कसरी सहायता गर्दछ ?

लामा- ध्यानमा तपाईले कुनै कुरामा विश्वास गर्नु पर्ने कुरा अबश्यक नपर्ने भएको कारणले यसले काम गर्दछ । तर तपाई आफ्नै लागि कार्य गर्ने कुराको आवश्यक हुन्छ । तपाईले आफ्नो मनलाई जाँच गर्नुहुन्छ वा अबलोकन गर्नुहुन्छ । यदि कसैले तपाईलाई दुःख दिइरहेको छ र तपाईको अहममा चोट पुर्‍याइरहेको छ भने त्यसको प्रतिक्रिया गर्नुको बदला 'के हुँदैछ -' भनेर हर्ेर्नुहुन्छ । अर्को व्यक्तिको मुखबाट सरलरूपले कसरी आवाजहरू आइरहेका छन् र तपाईको कानमा प्रवेश गरिरहेका छन् र तपाईको हृदयमा पीडा उत्पन्न गरिरहेको छ भनेर सोच्नुहुन्छ । यदि तपाईले उचित ढङ्गले यसबारे सोच्नुभयोभने त्यसबाट तपाई हाँस्नु हुनेछः कुनै त्यस्तो सतही कुराबाट दुःखी हुनु कत्तिको हाँस्यास्पद छ भन्ने कुरा तपाईले देख्नुहुनेछ । त्यसपछि तपाईको समस्या हराएर जानेछ । स्वाक्क्क्क्त्त.....त्यस्तै गरेर । यसप्रकारले अभ्यास गरेर तपाईले

आफ्नै अनुभवद्वारा ध्यानले कसरी मद्दत गर्छ र सम्पूर्ण समस्याहरूका लागि त्यसले कसरी सन्तोषजनक समाधानहरू दिन्छ भन्नेबारे थाहा पाउनु हुनेछ । ध्यान शब्दहरू होइन । यो ज्ञान हो ।

प्रश्न- लामा, कृपया कर्मका बारेमा केही कुराहरू बताइदिनुहोस् ।

लामा-अबश्य, तपाई कर्म हो । यो त्यत्ति सरल छ । वास्तवमा कर्म एउटा संस्कृत शब्द हो । यसको अनुवादित लगभग अर्थ कारण र त्यसको असर ९ऋबगकभ बलम भााभअत० हो । त्यसको अर्थ के हो - हिजो तपाईको मनमा केही कुराहरू भयो भने त्यसको असर तपाईले आज अनुभव गर्नुहुन्छ अथवा तपाईको वातावरणः तपाई निश्चित अभिभावक हुनुहुन्छ, तपाई निश्चित अबस्थामा जीवनयापन गर्नुहुन्छ ती सबैको तपाईमाथि असर हुन्छ । तपाईले जीवन बिताउँदै जाँदा, दैनिक जीवनमा तपाईले गर्ने सबै कुराहरूमा सधैँ तपाईको मनभित्र निरन्तररूपमा कारण र प्रतिक्रियाको श्रृङ्खला हुन्छ कारण र त्यसको प्रतिकृया, त्यो नै कर्म हो । तपाई आफ्नो शरीरभित्र रहँदा, चेतनाको संसारमा अन्तरक्रिया गर्दा, यो असल त्यो खराब भनेर विभेद गर्दा तपाईको मनले स्वत कर्म अर्थात् कारण र त्यसको असर उत्पन्न गरिरहेको हुन्छ । कर्म कुनै सैद्धान्तिक दर्शन मात्र होइन । यो विज्ञान हो, बौद्ध विज्ञान । जीवनको विकास कसरी हुन्छ भनेर कर्मले व्याख्या गर्दछ । रूप र अनुभूति, रङ र वेदना, विभेदीकरण, तपाईको सम्पूर्ण जीवन, तपाई के हो - तपाई कहाँबाट आउनुभयो - कसरी अगाडि बढ्नुहुन्छ - आफ्नो मनसँगको तपाईको सम्बन्ध के हो - इत्यादि । बौर्द्धधर्मद्वारा विकासको वैज्ञानिक व्याख्या नै कर्म हो । त्यसकारण कर्म संस्कृत शब्द भएपनि वास्तवमा तपाई कर्म हो, तपाईको सम्पूर्ण जीवन कर्मद्वारा नियन्त्रित हुन्छ । तपाई कर्मको उर्जाको कार्यक्षेत्रभित्र जिउनु हुन्छ । तपाईको उर्जाले अर्को उर्जासँग अन्तरक्रिया गर्दछ । त्यसपछि अर्को, अनि अर्को, फेरि अर्को । तपाईको सम्पूर्ण जीवन त्यसरी नै खुलस्त हुन्छ । शारीरिक रूपले, मानसिक रूपले यी सबै कर्म हुन् । त्यसकारणले कर्म तपाईले विश्वास गर्नुपर्ने कुनै कुरा होइन । तपाईले कर्ममा विश्वास गरे पनि नगरे पनि तपाईको शरीर र मनको चारित्रिक प्रकृतिको कारणले तपाई संसारवको छ वटा लोकमा निरन्तर रूपले घुमिरहनुभएको छ । भौतिक संसारमा जब माटो, समुद्र, चारवटा तत्वहरू, त्ााप इत्यादि जस्ता सबै वस्तुहरू एकै ठाउँमा आएपछि त्यसको असर स्वत निस्कन्छ । यो हुन्छ भनेर विश्वास गर्नुपर्ने कुनै आवश्यकता नै छैन । तपाईको भित्री संसार त्यस्तै हुन्छ, विशेष गरेर जब तपाई चेतनाकोे संसारको सर्म्पर्कमा आउनुहुन्छ, तपाईले निरन्तररूपमा प्रतिक्रिया गरिरहनुभएको हुन्छ । उदाहरणका लागि गत वर्षतपाईले अधिकमात्रामा अनुरक्त भएर स्वादिष्ट चकलेटको स्वाद लिनुभयो तर त्यसपछि त्यसको स्वाद लिन पाउनुभएको छैन । त्यसैले त्यसलाई तपाईले नराम्रोसँग गुमाउनुभएको छ । "ओह ! मलाई वास्तवमा नै केही चकलेट खान मन लागेको छ ।" तपाईले आफ्नो पहिलेको अनुभव सम्झनुहुन्छ । त्यो सम्झनाले तपाईलाई त्यो अझ बढी पाउन लालसा पैदा गर्दछ । तपाईको पहिलेको अनुभवका लागि आफ्नो प्रतिक्रिया नै तपाईको कर्म हो । त्यो अनुभव नै त्यसको कारण हो । त्यसलाई नपाउनु त्यसको परिणाम हो । यो वास्तवमा नै अति सरल छ ।

प्रश्न- तपाईको जीवनको उद्देश्य के हो ?

लामा- तपाई मलाई मेरो जीवनको उद्देश्यबारे सोध्दै हुनुहुन्छ ? त्यो त मैले आफैले जाँच्नुपर्ने हो । तर मैले भन्नु नै पर्ने हो भने मेरो उद्देश्य मैले सकेजति अरूको कल्याण गर्नमा आफूलाई र्समर्पण गर्नु हो । त्यसो गर्दा मैले आफू स्वयंको कल्याण पनि हर्ेर्नुपर्दछ । मैले मेरो उद्देश्यमा सफल भएँ भनेर भन्न त सक्तिनँ तर मेरो जीवनको उद्देश्य त्यही हो ।

प्रश्न- के मन आत्माभन्दा फरक छ - तपाईले मनका समस्याहरू समाधान गर्नेबारे कुरा गर्दा के तपाईको मतलब मन समस्या हो, आत्मा समस्या होइन भन्ने हो ?

लामा- दार्शनिक रूपले आत्मालाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । क्रिश्चियन र हिन्दु धर्ममा आत्मा मनभन्दा फरक हुन्छ र त्यसलाई स्थायी र स्वः अस्तित्व भएको मानिन्छ । मेरो विचारमा त्यस्तो कुनै कुरा छैन । बौद्धपद्दति अनुसार आत्मा, मन वा तपाईले जेसुकै नाम दिएको भए पनि त्यो सदा परिवर्तनशील छ । अस्थायी छ । मैले मन र आत्मामा कुनै विशेष पृथकीकरण गर्दिनँ तर तपाईभित्र तपाईले स्थायी र स्वः अस्तित्व भएको कुनै वस्तु पाउनुहुन्न । मानसिक समस्याहरूको सम्बन्धमा मन पर्ूण्ातया नकारात्मक हुन्छ भन्ने नसोच्नुहोस् । समस्याहरू उत्पन्न गर्ने अनियन्त्रित मन हो । यदि तपाईले उचित प्रकारको ज्ञान विकास गरेर अनियन्त्रित मनको प्रकृतिलाई चिन्नुभयो भने त्यो स्वत हराएर जान्छ । तर तपाईले त्यस्तो नगरेसम्म अनियन्त्रित मनले तपाईलाई पूर्णरुपले दवाएर राख्नेछ ।

प्रश्न- पश्चिमेलीहरूले तिब्बती बौर्द्धधर्मको दर्शनलाई बौद्धिक रूपले बुझ्छन् । तर त्यसलाई अभ्यास गर्न कठिन भएको पाउँछन् । यसमा उनीहरूले केही अर्थ पाउँछन् तर आफ्नो जीवनसँग त्यसलाई एकीकृत गर्न तिनीहरूले सक्तैनन् भनिएको कैयौं पटक सुनेको छु । तपाईको विचारमा केले अबरोध उत्पन्न गराएको हुन्छ ?

लामा- यो एउटा असल प्रश्न हो । धन्यवाद ! तिब्बती बुर्द्धधर्मले तपाईले आफ्नो असन्तुष्ट मनलाई पराजित गर्ने उपदेश दिन्छ । तर त्यसो गर्नका लागि तपाईले जाँगर गर्नु पर्दछ । हाम्रो तरीकालाई तपाईको आफ्नै अनुभवमा ढाल्नका लागि तपाईले विस्तारै तथा क्रमिक रूपमा प्रयास गर्नुपर्दछ । तपाई त्यसको गहिरो अन्त्यमा फाल हाल्न सक्नुहुन्न । यसले समय लिन्छ र हामी तपाईलाई सुरुमा समस्या होस् नै भन्ने चाहन्छौं । तर तपाईले यसलाई सहजरूपमा लिनुभयो भने यो समयसँगै कमभन्दा कम कठिन हुँदै जानेछ ।

प्रश्न- हाम्रो मनको वास्तविक प्रकृति के हो र हामीले त्यसलाई कसरी चिन्न सक्छौं ?

लामा- हाम्रो मनको प्रकृतिको सापेक्ष र निरपेक्ष गरेर दुइवटा पक्षहरू छन् । चेतनाको संसारमा अबलोकन गर्ने र कार्य गर्ने मन सापेक्ष मन हो । हामी त्यस मनलाई द्वैध मन ९म्गब ःिष्लम० पनि भन्दछौं र मैले यो अथवा त्यो अबलोकन भनेर वर्ण्र्ाागरेको कारण यसको पर्ूण्ातया विचलित प्रकृतिको छ । जे होस्, द्वैध मनलाई पार गरेर तपाईले आफ्नो विचारलाई एकीकरण गर्न सक्नुहुन्छ । त्यस समयमा तपाईले द्वैधताबाट पर्ूण्ातया मुक्त मनको निरपेक्ष वास्तविक प्रकृतिलाई महसुस गर्न सक्नुहुन्छ । हाम्रो साधारण, दैनिक, सांसारिक जीवनमा दुइवटा वस्तुहरू जहिले पनि देखा पर्दछन् । दुइवटा वस्तुहरूको उपस्थितिले जहिले पनि समस्या उत्पन्न गर्दछ । यो बच्चाहरू जस्तै हो । एउटा बच्चा ठिकै हुन्छ तर दुइवटा बच्चाहरू सँगै हुँदा समस्या उत्पन्न हुन्छ । त्यस्तै गरेर हाम्रो पाँचवटा ज्ञानेन्द्रियहरूले संसारलाई व्याख्या गरेर हाम्रो मनलाई द्वैध चरित्रको सूचना उपलब्ध गराउँछ । हाम्रो मनले त्यस विचारलाई ग्रहण गर्दछ र त्यसबाट स्वतः विचलन र द्वन्द्वको कारण उत्पन्न हुन्छ । यो शान्ति र स्वतन्त्रता भित्री अनुभवको पूर्णतया विपरीत छ । त्यसकारण त्यसभन्दा टाढा पुगेर तपाईले त्रुटिविहीन शान्ति अनुभव गर्नुहुन्छ । अब यो तपाईले सोधेको प्रश्नको छोटो उत्तर मात्र हो र शायद यो सन्तुष्टिदायक नहुन पनि सक्छ किनकि यो एउटा गहन प्रश्न हो । मैले भनेको कुरा एउटा गहन

विषयको छोटकरी जानकारी मात्र हो । जे होस्, यदि तपाईको यस विषयबारे केही पृष्ठभूमि छ भने मेरो उत्तरले तपाईलाई सन्तुष्ट गरेको हुन सक्तछ ।

प्रश्न- तपाईले आफ्नो मनलाई जाँच्दा के यसले सधैँ सत्य कुरा नै भन्दछ ?

लामा- होइन, त्यसो हुन आवश्यक छैन । कहिलेकाहीँ तपाईको गलत बुझाइले जवाफ दिन्छ । तपाईले त्यसलाई नसुन्नुहोस् । त्यसको बदला त्यस मनले भनेको कुरामा म सन्तुष्ट छैनँ, म त्यसभन्दा असल जवाफ चाहन्छु भनेर आफूलाई भन्नुहोस् । तपाईको आफ्नो ज्ञानले उत्तर नदिएसम्म गहनभन्दा गहन जाँच गर्नुहोस् । तर प्रश्न उठाउनु असल कुरा हो यदि तपाईले कुनै प्रश्न नै सोध्नुभएन भने तपाईले उत्तर कहिल्यै पाउनुहुनेछैन । तर तपाईले भावनात्मक भएर प्रश्न सोध्नुहुँदैन । ओह ! त्यो के हो - त्यो के हो भनेर मैले पत्ता लगाउनर्ुपर्दछ, मैले जान्नु पर्दछ । यदि तपाईसँग कुनै प्रश्न छ भने त्यसलाई लेख्नुहोस् । त्यसबारे सावधानीपूर्वक सोच्नुहोस् । सही उत्तर क्रमशः आउँदछ । त्यसमा समय लाग्न सक्तछ । तपाईले आज नै कुनै उत्तर पाउनुभएन भने तपाईले त्यसलाई लेखेर आफ्नो फ्रिजमा टाँसेर राख्नुहोस् । यदि तपाईले शक्ति लगाएर प्रश्न गर्नुभयो भने कहिलेकाहीँ सपनामा समेत त्यसको उत्तर पाउनुहुने छ । तपाईले उत्तर किन पाउनुहुनेछ - किन कि तपाईको आधारभूत प्रकृति नै ज्ञान हो । म आशाहीन रूपले अज्ञानी छु भनेर तपाईले कहिल्यै नसोच्नुहोस् । मानव प्रकृतिको सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् ।

प्रश्न- गुरुबारेको तपाईको परिभाषा के हो ?

लामा- तपाईलाई आफ्नो मनको वास्तविक प्रकृति देखाइदिने र तपाईको मनोवैज्ञानिक समस्याहरूको त्रुटिविहीन समाधान थाहा हुने व्यक्ति नै गुरु हो । आफ्नै मन नचिनेको कसैले अरूको मनलाई चिन्न सक्तैन । त्यसकारणले कोही मानिस गुरु हुन सक्तैन । त्यस्ता मानिसले अरूको समस्या समाधान गर्न सक्तैन । कसैलाई गुरुको रूपमा लिनुभन्दा पहिला तपाई धेरै सावधान हुनु पर्दछ । हाम्रा वरिपरि कैयन पाखण्डीहरू छन् । पश्चिमाहरू कहिलेकाहीँ आवश्यकताभन्दा बढी विश्वास गर्ने हुन्छन् । कोही आएर म लामा हो, म योगी हो, म तपाईलाई ज्ञान दिन सक्तछु भन्छ र एकजना उत्सुक पश्चिीमेली युवाले सोच्छ, उसले मलाई केही सिकाउँछ भन्ने कुरामा निश्चित छु । म उहाँको अनुयायी हुनेछु । यसबाट तपाई वास्तवमा समस्यामा

पर्नुहुनेछ । चाटुकारहरूको चंगुलमा फसेका अनेकौं घटनाहरूबारे मैले सुनेको छु । पश्चिमाहरू सजिलै विश्वास गर्ने खालका हुन्छन् । पर्ूर्बीयाहरू ज्यादै संशयात्मक हुन्छन् । समय लिनुहोस् । आराम गर्नुहोस् र जाँच गर्नुहोस् ।

प्रश्न- ज्ञानसँग नम्रता सधैँ साथै हुन्छ ?

लामा- हो, जति विनम्र हुन सकिन्छ त्यति नै राम्रो हो । तपाई सधैँ ज्ञान र विनम्रता दुवैका साथ कार्य गर्न सक्नुहुन्छ भने तपाईको जीवन असल हुनेछ । तपाईले सबैलाई आदर गर्नुहुनेछ ।

प्रश्न- त्यस नियमको कुनै अपवाद छ ? मैले एकजना आध्यात्मिक गुरुको पोस्टर देखेको छु; जसमा 'मेरो खुट्टामा सबै मानिसले ढोग्दछ' भनेर लेखिएको छ । के त्यस्तो भन्ने कुनै मानिस ज्ञानी हुन सक्तछ ?

लामा- अँ, त्यत्तिकै भन्न सजिलो छैन । तपाई आफू जतिसक्दो सावधान हुने कुरा हो । हाम्रो मन रमाइलो छ । कहिलेकाहीँ हामी वास्तवमा नै उचित कुराका लागि पनि शंकालु हुन्छौं र कहिलेकाहीँ हामीले अस्वीकार गर्नुपर्ने कुरालाई पनि स्वीकार गरिरहेका हुन्छौं । अतिवादलाई टाढै राख्ने कोशिस गर्नुहोस् र मध्यम् मार्गलाई अँगाल्ने प्रयास गर्नुहोस् । तपाई जहाँ भएपनि ज्ञानद्वारा जाँच गर्नुहोस् । सबैभन्दा महत्वपूर्णकुरा त्यही हो ।

प्रश्न- तपाईले चर्चा गर्नुभएको भिन्नता पूर्वीय र पाश्चात्य मानिसमा किन विद्यमान छ ?

लामा- भिन्नता नै महान होइन । पश्चिमाहरू वौद्धिक रूपमा केही जटिल हुन्छन तर आधारभूत रूपमा सबै मानिसहरू एकै प्रकारका छन् । अधिकांश समय हामी सबै मानिसहरू भोगविलास गर्न चाहन्छौं र इन्द्रिय सुख पाउनका लागि दत्तचित्त हुन्छौं । बौद्धिक स्तरमा भने हाम्रो प्रकृति फरक हुन सक्तछ । गुरु मान्ने सम्बन्धमा एसियाली मानिसहरूको यसबारे बढी अनुभव भएकाले भिन्नता छ ।

प्रश्न- अनेकौं झमेलाहरू हुनाका कारण विगत, भविष्यबारे हाम्रो मन धेरै कुरा गर्ने भएको तथा हामी यत्ति धेरै दवावमा भएको देखिनुको कारण पूर्वमा भन्दा पश्चिममा बोधिज्ञान प्राप्त गर्न बढी कठिन छ कि ?

लामा- पूर्वमा भन्दा पश्चिममा बोधिज्ञान प्राप्त गर्न गाह्रो छ भनेर म भन्न सक्तिनँ । वास्तवमा बोधिज्ञान प्राप्त गर्नु र आफ्नो प्रकृतिलाई बुझ्नु नितान्त व्यक्तिगत कुरा हो । तपाईले यो पश्चिमी मुलुकमा भन्दा पूर्वमा सजिलो छ भनेर भन्न सक्नुहुन्न । तपाईले बोधिज्ञानको विकास गर्नका लागि पाश्चात्य भौतिक जीवनलाई त्याग गर्नुपर्दछ भन्ने पनि होइन । तपाईले ती सबैलाई त्याग गर्नु पर्दैन । आधारभूतरूपमा सबैकुरा त्याग्नुको बदला संभावना विकास गर्ने कोशिस गर्नुहोस् । मलाई यी वस्तुहरू चाहिन्छन् तर मलाई चाहिने वस्तु तिनै हुन् भनेर म भन्न सक्तिनँ । लालसा र अनुरागले तपाईको मनलाई दबाएपछि समस्याहरू उत्पन्न हुन्छन् र तपाईले आफ्नो सम्पूर्ण विश्वासहरू अरू मानिस र भौतिक सम्पत्तिमाथि राख्नुहुन्छ र बाह्य वस्तुहरू समस्या होइनन्ः लालसायुक्त मन नै समस्या हो, जसले तपाईलाई 'म त्यसविना रहन सक्तिनँ' भन्छ । आफ्नो सम्पत्त्रि्रतिको अनुरागबाट अलग रहेर तपाईले अति वैभवपूर्ण र भोगविलासयुक्त जीवन बिताउन सक्नुहुन्छ । ती वस्तुहरूप्रतिको अनुरागलाई त्यागेर यदि तपाईले तिनीहरूलाई उपभोग गर्नुभयो भने तपाईले त्यसबाट प्राप्त गर्ने सुख धेरै गुणा ठूलो हुन्छ । यदि तपाईले त्यस्तो गर्न सक्नुभयो भने तपाईको जीवन असल हुनेछ । पश्चिमा भएको कारण तपाईले ती वस्तुहरू कुनै ठूलो मेहनतविना नै प्राप्त गर्न सक्नुहुनेछ । पर्ूवमा हामीले त्यस्ता वस्तुहरू प्राप्त गर्नका लागि ठूलो कष्ट उठाउनु पर्दछ । परिणामस्वरूप धन सम्पत्त्रि्रति हामी अझ बढीरूपमा लालायीत हुनुपर्दछ । जसको एकमात्र परिणाम अझ बढी कष्ट हुन्छ । जे होस्, जहिले पनि अनुरक्त हुनु नै समस्या हो । आफूसँग सम्पत्ति भए पनि त्यसप्रतिको अनुरागबाट मुक्त हुने प्रयास गर्नुहोस् । तपाईलाई मलाई लाग्दछ मैले तपाईको प्रश्नको उत्तर दिएँ । तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद !

मेलवर्न विश्वविद्यालय
मेलवर्न, अष्ट्रेलिया
मार्च २५, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com