|
|
|
| ||
|
बज्रगुरु मन्त्रोच्चारणका
फाइदाहरू ।। ओ
म नि पद मे हँ को अर्थ ।।
विपश्यना ध्यान के हो ?
।। भद्रचरी प्रणिधान |
||||
|
|
लामा येसे तपाईको मन नै तपाईको धर्म हो । अनुवादक मुकेश लामा अध्याय १ हाम्रो जीवनशैली, चिन्तनशैली आदि सम्पूर्ण कुराहरू भौतिक सुखका लागि समर्पित छन् । हामीले चेतनाको वस्तुहरुलाई सबैभन्दा महत्वपूर्णठान्दछौं र आफूलाई खुसी, प्रसिद्ध वा लोकप्रिय बनाउन जुनसुकै वस्तु प्रति भौतिक रूपले समर्पित हुन्छौं । यद्यपि यी सबै कुराहरू हाम्रो मनमा नै उत्पन्न हुन्छन् । हामी वाह्य वस्तुहरूप्रति सम्पूर्णरूपले यति धेरै दत्तचित्त हुन्छौं कि हामीले आफूभित्र कहिल्यै पनि हर्ेर्दैनौं । हामीले तिनीहरू किन त्यति विध्न चाखलाग्दा छन् भनेर कहिल्यै पनि प्रश्न उठाउँदैनौँ । हाम्रो अस्तित्व रहेसम्म हाम्रो शरीरबाट हामीले अलग्ग पार्न नै नसकिने भाग हाम्रो मन हो । फलस्वरूप हामी जहिल्यै पनि तनावयुक्त हुन्छौं । त्यसरी तनावयुक्त हुने हाम्रो शरीर होइन, हाम्रो मन हो । त्यस मनको कार्यप्रणाली हामी बुझ्दैनौं । त्यसकारण कहिलेकाहीँ हामीले आफू स्वयंलाई जाँच गर्नु पर्दछ -हाम्रो शरीरलाई मात्र होइन, हाम्रो मनलाई पनि जाँच गर्नु पर्दछ । जब कि हामीलाई जहिले पनि यस्तो गर, त्यस्तो गर भनेर भन्ने हाम्रो मन हो । हामीले हाम्रो आफ्नो मनोविज्ञानबारे थाहा पाउनु पर्दछ अथवा धार्मिक शब्दमा भन्नुपर्दा शायद हामीले हाम्रो भित्री प्रकृतिबारे थाहा पाउनु पर्दछ । जे होस्, हामीले त्यसलाई जेसुकै नाम दिएपनि हामीले हाम्रो आफ्नो मनबारे थाहा पाउनु पर्दछ । मनको प्रकृतिलाई जाँच्नु र त्यसबारे थाहा पाउनु कुनै पूर्वीय यात्रा हो भन्ने नसोच्नुहोस् । त्यो गलत सोचाइ हो । यो तपाईको यात्रा हो । तपाईले आफ्नो शरीरबाट आफ्नो मन वा चेतनस्वरूपलाई कसरी छुट्याउन सक्नुहुन्छ - त्यो असंभव छ । तपाईले आफूलाई विश्व भ्रमण गर्न स्वतन्त्र, सबैकुरा उपभोग गर्न सक्षम एक स्वतन्त्र व्यक्ति ठान्नुहुन्छ । तर त्यस्तो सोचे पनि तपाई स्वतन्त्र हुनुहुन्न । तपाईं अरू कसैको नियन्त्रणमा हुनुहुन्छ भनेर मैले भन्न खोजेको होइनँ । त्यो तपाईको आफ्नै अनियन्त्रित मन हो । तपाईंको आफ्नै तृष्णा हो । जसले तपाईलाई दबाएर राख्दछ । यदि तपाई आफूले आफू स्वयंलाई कसरी दबाएर राख्नुभएको छ भनेर थाहा पाएमा तपाईको अनियन्त्रित मन हराएर जानेछ । तपाईको सम्पूर्ण समस्याहरूको समाधान तपाईको आफ्नै मन हो भन्ने थाहा पाउनु हुनेछ । अघिल्लो दिन संसार अति नै सुन्दर लाग्दछ भने अर्को दिन त्यो भयानक लाग्दछ । त्यो तपार्ईर्ंं कसरी भन्न सक्नुहुन्छ - वैज्ञानिक रूपमा संसार त्यति द्रूत गतिमा आमूल परिवर्तन हुन्छ भन्ने कुरा असंभव हो । त्यस्तो देखिनुको कारण तपाईको मन हो । यो धार्मिक मत होइन, तपाईको मनको उच्चतम र न्यूनतम स्थिति कुनै धार्मिक मत होइन । मैले धर्मका बारेमा चर्चा गरिरहेको छैन । तपाईले आफ्नो दैनिक जीवन कसरी ब्यतीत गर्नुहुन्छ भन्ने तरिकाबारे मैले चर्चा गरिरहेको छु । यसले तपाईको मनलाई उच्चतम र न्यूनतम स्थितिमा पुर्याउँछ । अरू व्यक्ति र तपाईको वातावरणमा द्रूत गतिमा आमूल परिवर्तन हुँदैन । त्यो तपाईको मन हो । तपाईले यो कुरा बुझ्नुहुन्छ भन्ने मलाई आशा छ । त्यस्तै गरेर, कुनै एउटा व्यक्तिले संसार सुन्दर छ, मानिसहरू असल र दयालु छन् भनेर सोच्दछ भने अर्को व्यक्तिले संसारका सबै कुराहरू र सबै मानिसहरू कष्टदायी छन् भन्ने सोच्दछ । वास्तवमा को सही हो - त्यसलाई वैज्ञानिक तरिकाले कसरी व्याख्या गर्नुहुन्छ - यो उनीहरूको ब्यक्तिगत मनको चेतनाको संसार प्रतिको प्रक्षेपण (Projection) मात्र हो । तपाई 'आज यस्तो छ, भोलि त्यस्तो हुनेछ, यो मानिस यस्तो छ, ती महिला त्यस्ती छिन्' भनेर सोच्नुहुन्छ तर सम्पूर्णरूपले बनाइएकी सदा र्सवदा सुन्दरी नै रहने युवती कहाँ छिन् - पूर्णतया रूपवान् र्सवकालिक सुन्दर युवक को हुन् - तिनीहरू अस्तित्वमा छैनन् तिनीहरू तपाईको आफ्नै मनका सिर्जनाहरू हुन् । भौतिक वस्तुहरूले तपाईलाई सन्तुष्टि दिन्छ वा तपाईको जीवन त्रुटिविहीन बनाउँछ भन्ने अपेक्षा नगर्नुहोस् । त्यो असंभव छ । ठूलो संख्याका भौतिक वस्तुहरूवाट तपाई कसरी सन्तुष्ट हुन सक्नुहुन्छ - विभिन्न प्रकारका सैयौं मानिसहरूसँग सुतेर कसरी सन्तुष्ट हुन सक्नुहुन्छ - त्यो कहिल्यै संभव हुने छैन । सन्तुष्टि मनबाट उत्पन्न हुन्छ । यदि तपाईले आफ्नो मनोविज्ञानबारे थाहा पाउनुभएन भने तपाईको मनमा के भइरहेको छ भन्नेबारे त्यसबेला सम्म वेवास्ता गर्नुहुन्छ, जुनबेला त्यो टुटेर तपाई पूर्णरूपले पागल हुनुहुन्छ । भित्री ज्ञानको कमि हुनाका कारण मानिसहरू पागल हुन्छन्, उनीहरू आफ्नै मनलाई जाँच गर्न असक्षम हुनाका कारण पागल हुन्छन् । तिनीहरूले आफ्नो बारेमा आफैलाई नै व्याख्या गर्न सक्तैनन् । तिनीहरू आफूले आफैसँग कसरी कुराकानी गर्ने भन्ने कुरा जान्दैनन् । त्यसकारणले उनीहरू निरन्तररूपले बाहिरी वस्तुहरूमाथि दत्तचित्त हुन्छन् । त्यसबेला उनीहरूको मन अन्त्यमा गएर नबिग्रिँदासम्म तलतिर दौडिरहेका हुन्छन् । आफ्नो आन्तरिक संसारप्रति तिनीहरू बेखबर हुन्छन र मनलाई जागरुक भएर आत्मविश्लेषण गर्नुको बदला अज्ञानतासँग सम्पूर्णरूपले बाँधिएका हुन्छन् । आफ्नो मनोवृत्तिलाई जाँच्नुहोस् । आफ्नो मनोचिकित्सक आफै बन्नुहोस् । तपाई विद्वान् हुनुहुन्छ । भौतिक वस्तुहरूले मात्र तपाईलाई सन्तुष्टि दिन सक्तैन भन्ने कुरा तपाईलाई थाहा छ । तर तपाईले आफ्नो मनलाई जाँच्नका लागि कुनै भावनात्मक, धार्मिक यात्राको जहाज चढ्नु पर्दैन । केही मानिसहरूले त्यस्तो गर्नु पर्दछ भन्ने सोच्दछन् । त्यस्तो प्रकारको आत्मविश्लेषण कुनै आध्यात्मिक र धार्मिक विश्लेषण हो भन्ने सोच्दछन् । तपाईले आफूलाई कुनै धार्मिक सम्प्रदायमा राख्नका लागि आफूलाई यो वा त्यो कुनै धर्म वा दर्शनको अनुयायी हो भनेर वर्गीकरण गर्नु कुनै आवश्यकता छैन । तर यदि तपाई सुखी रहन चाहनुहुन्छ भने तपाईले आफ्नो जीवनलाई डोर्याउने तरिकालाई जाँच गर्नु पर्दछ । तपाईको मन नै तपाईको धर्म हो । तपाईले आफ्नो मनलाई जाँच गर्दा तार्किक नहुनुहोस् वा बलजफ्ति नगर्नुहोस् । समस्याहरू उत्पन्न हुदा दुःखी नबन्नुहोस् । त्यसबारे जागरुक मात्र हुनुहोस् । ती समस्याहरू कहाँबाट उत्पन्न भए भनेर जागरुक हुनुहोस् । तिनीहरूको मूल पत्ता लगाउनुहोस् । समस्याहरूसँग आफू स्वयंलाई परिचित गराउनुहोस् । "त्यहाँ त्यस प्रकारको समस्या छ । त्यो कसरी समस्या बन्न गयो - कस्तो प्रकारको मनले त्यसलाई समस्या बनायो - कस्तो प्रकारको मनले त्यो समस्या हो भनेर अनुभूति गर्दछ -" जब तपाईले ती सबै कुराहरू गहिरिएर जाँच गर्नुहुन्छ, ती समस्याहरू स्वत हराएर जान्छन् । यो कुरा कति सरल छ होईन त - तपाईले कुनै कुराको सहज विश्वास गर्नु आवश्यक छैन । सबै एकै प्रकारका हुन् भनेर केही कुरालाई पनि विश्वास नगर्नुहोस् । तपाईले "मेरो मन छ भनेर म विश्वास गर्दिनँ ।" भनेर भन्न सक्नुहुन्न । तपाईले "म पूर्वीय कुराहरूलाई तिरस्कार गर्दछु ।" भनेर भन्न सक्नुहुन्छ । म त्यसमा सहमत छु तर के तपाईले आफू स्वयंलाई तिरस्कार गर्न सक्नुहुन्छ - आफ्नो टाउको, नाकलाई अस्वीकार गर्न सक्नुहुन्छ - तपाईले आफ्नो मनलाई अस्वीकार गर्न सक्नुहुन्न । त्यसकारण तपाई आफूले अर्काप्रति वुद्धिमत्तापूर्ण ब्यवहार गर्नुहोस् र सन्तुष्टिको वास्तविक स्रोत पत्ता लगाउने प्रयास गर्नुहोस् । तपाई वाल्य अबस्थामा भएको बेला आइसक्रिम खुबै मन पराउनु हुन्थ्यो होला । आइसक्रिम, केक र चकलेट प्राप्त गर्ने लालसा गर्नुहुन्थ्यो र सोच्नुहुन्थ्यो "म ठूलो भएपछि मैले चाहेको जति सबै आइसक्रिम, केक र चकलेट लिन्छु र खुसी हुन्छु ।" अहिले तपाईसँग चाहेजति आइसक्रिम, केक र चकलेट छ तर तपाईलाई त्यसप्रति उराठ लागिसकेको हुनर्ुपर्छ । आइसक्रिमले तपाईलाई खुसी नबनाएको हँुदा तपाईले एउटा कार लिनुहुनेछ, एउटा घर लिनुहुनेछ, एउटा टेलिभिजन लिनुहुनेछ अथवा एउटा पति वा पत्नी बिहे गर्नुपर्छ भनेर तपाई सोच्नुहुन्छ । त्यसपछि तपाईसँग सबै कुरा भएकाले तपाई खुसी हुनुहुनेछ । तर तपाईको कार एउटा समस्या हो, तपाईको घर एउटा समस्या हो । तपाईको पति वा पत्नी एउटा समस्या हो । तपाईका बालवच्चाहरू समस्याहरू हुन् । अब तपाईले "ओह ! यो सन्तुष्टि होइन ।" भन्ने कुरा महसुस गर्नुहुनेछ । त्यसो भए सन्तुष्टि के हो त - यी सबै मनोवृत्तिहरूलाई जाँच गर्नुहोस्। यो धेरै महत्वपूर्णकुरा हो । वाल्यावस्थादेखि हालसम्मको तपाईको जीवनलाई जाँच गर्नुहोस् । यो विश्लेषणात्मक ध्यान होः "त्यस समयमा मेरो मन त्यस्तो थियो, अहिले मेरो मन यस्तो छ । यसप्रकाले वा त्यस प्रकारले मन परिवर्तन भएको छ ।" तपाईको मन त्यति धेरै पटक परिवर्तन भएको छ तर तपाईलाई वास्तवमा के ले खुसी तुल्याउँछ भन्नेबारे तपाई कुनै निष्कर्षा पुग्न सक्नुभएको छ - तपार्ईर्ंं कतै हराउनुभएको छ भन्ने मेरो व्याख्या हो । तपाईलाई घर कसरी पुग्ने, चकलेट कहाँ किन्ने आदिबारे आफ्नो शहरका सम्पूर्ण बाटाहरू थाहा छन्, तैपनि तपाई हराउनुभएको छ । तपाईले आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । इमान्दारीपर्ूवक जाँचेर हर्ेर्नुहोस् । के त्यस्तै होइन र - तपाई के हो, तपाई कसरी अस्तित्वमा हुनुहुन्छ, तपाईले जान्नै पर्ने कुरा हो भनेर भगवान्् बुद्ध भन्नुहुन्छ । तपाईले कुनै पनि कुरालाई सहज विश्वास गर्नुपर्दछ भन्ने होइन । तपाई आफ्नो मनलाई यसले कसरी काम गर्दछ, तृष्णा र चाहना कसरी उत्पन्न हुन्छन्, अज्ञानता कसरी उत्पन्न हुन्छ, भावनाहरू कहाँबाट आउँछन् बुझ्नुहोस् । ती सबैको प्रकृति बुझ्नु नै पर्याप्त हुन्छ । त्यो एउटै कुराले तपाईको जीवनमा सुख र शान्ति ल्याउँछ । त्यसप्रकारले तपाईको जीवन पूर्णरुपले परिवर्तन हुन्छ । सबै कुरा माथिबाट तलतिर उलट पुलट हुन्छ । तपाईले कुनै समयमा भयानक भनेर व्याख्या गरेको कुरा नै सुन्दर हुन पुग्दछ । यदि मैले तपाई चकलेट र आइसक्रिमका लागि बाँच्नुभएको थियो भनेर भन्दा तपाईले मलाई एउटा पागल हो भन्ने ठान्नुहुन्थ्यो । तपाईको जण्ड मनले "होइन, होइन" भन्ने थियो । तर आफ्नो जीवनको उद्देश्यलाई तपाईले गहिरिएर हेर्नुहोस् । तपाई यहाँ अस्तित्वमा किन हुनुहुन्छ - सबैले मन पराओस् भनेर कि - लोकप्रिय हुनका लागि हो कि - प्रसस्त धन सम्पत्ति कमाउनका लागि हो कि - अरूका लागि आकर्ष हुनलाई हो कि - मैले बढाइ चढाइ गरिरहेको छैन । तपाई आफै जाँच गर्नुहोस् । त्यसपछि तपाईले देख्नुहुनेछ । तपाईले गहन जाँचद्वारा आइसक्रिम र चकलेटद्वारा खुसी प्राप्त गर्न खोज्नमा सम्पूर्ण जीवन र्समर्पण गरेर तपाईले मानव रूपमा जन्म लिनुको अर्थलाई पूर्णरुपले वेकार बनाउनुभएको छ भन्ने कुरा महसुस गर्नुहुनेछ । चरा र कुकुरहरूको पनि त्यस्तै प्रकारको उद्देश्य हुन्छ । तपाईको लक्ष्य चरा र कुकुरहरूको भन्दा उच्च हुनुपर्छ भन्ने तपाईलाई लाग्दैन ? मैले तपाईका लागि तपाईको जीवनबारे निर्णयगर्ने कोशिस गरिरहेको छैन । तर तपाईले जाँच गरेर हर्ेर्नुहोस् । एउटा भताभुङ्ग मनस्थिति लिएर बाँच्नुभन्दा एकीकृत जीवन ब्यतित गर्नु असल हुन्छ । भताभुङ्ग जीवन जिउन लायक हुँदैन । त्यो न त तपाई स्वयंका लागि न त अरूका लागि लाभदायक हुन्छ । चकलेट, स्टेक तपाई केका लागि जीवित हुनुहुन्छ त - शायद तपाई "म खानका लागि मात्र अबश्य जीवित छैनँ । म एउटा शिक्षित व्यक्ति हुँ ।" भन्ने सोच्नुहुन्छ होला । तर शिक्षा पनि मनबाट नै उत्पन्न हुन्छ । मनविना शिक्षा के हो - दर्शन के हो - दर्शन कुनै निश्चित तरिकाले केही विचारहरू शृङ्खलाबद्ध हुने कसैको मनको एउटा सिर्जना मात्र हो । मन छैन भने त्यहाँ दर्शन हुँदैन, विचार हुँदैन, विश्वविद्यालयका विषयहरू हुँदैनन् । यी सम्पूर्ण वस्तुहरू मनद्वारा नै निर्मित हुन् । तपाईले आफ्नो मनलाई कसरी जाँच गर्नुहुन्छ - मनले देख्ने वस्तुहरूलाई यसले कसरी लिन्छ र कसरी व्याख्या गर्दछ भन्ने कुरालाई हेरे पुग्दछ । सुखदायी वा दुखदायी, जस्तो अनुभूति हुन्छ, त्यसलाई अबलोकन गर्नुहोस् । त्यसपछि "मैले जब यस्तो प्रकारको दृष्टिकोण लिन्छु, यस्तो खालको अनुभूति उत्पन्न हुन्छ, त्यो भावना जागृत हुन्छ, मैले यसप्रकारले विभेद किन गर्छु -" भनेर जाँच गर्नुहोस् । तपाईको मनलाई जाँच गर्ने तरिका यही हो । त्यत्ति नै वस् । यो अति नै सरल छ । तपाईले आफ्नो मनलाई उचित तरिकाले जाँच गर्नुभएपछि तपाईले आफ्नो समस्याका लागि अरूलाई दोष दिन छाड्नुहुन्छ । तपाईका गलत कार्यहरू तपाईका दूषित तथा बहकिएको मनद्वारा नै उत्पन्न हुन्छ भन्ने कुरा थाहा पाउनु हुनेछ । जब तपाई बाहिरी भौतिक वस्तुहरूमा दत्तचित्त हुनुहुन्छ, तपाईले आफ्ना समस्याहरूका लागि तिनीहरूलाई र अरू व्यक्तिहरूलाई दोष दिनुहुन्छ । त्यस बहकिएको दृष्टिकोणलाई बाह्य घटनाहरूमा प्रक्षेपण ९एचयवभअतष्यल० गरेर तपाई दुःखी हुनुहुन्छ । तपाईले आफ्नो गलत विचारको दृष्टिकोणहरूलाई महसुस गर्न सुरु गर्नु भएपछि आफ्नो मनको प्रकृतिलाई पनि महसुस गर्न सुरु गर्नुहुन्छ र आफ्ना समस्याहरूलाई सदाका लागि अन्त्य गर्नुहुनेछ । माथि भनिएका सबै कुराहरू के तपाईका लागि नितान्त नौला छन् - छैनन् । तपाईले कुनै कुरा गर्नुभन्दा पहिले त्यसलाई जाँच गर्नुहुन्छ र त्यसपछि मात्र आफ्नो निर्ण्र्ाागर्नुहुन्छ । तपाईले त्यो पहिला गरिसक्नुभएको छ । मैले तपाईलाई कुनै नौलो कुराको सल्लाह दिएको छैन । फरक यत्तिमात्र हो कि तपाईले त्यसलाई यथेष्ट मात्रामा गर्नुहुन्न । तपाईले अझ बढी जाँच गर्नु पर्दछ । यसको मतलब एउटा कुनामा बसेर आफ्नो नाइटोबारे सोचविचार गर्नुपर्दछ भन्ने होइन । तपाईले कुरा गर्दा, अरू मानिसहरूसँग हिंडडुल गर्दा, सधैँ आफ्नो मनलाई जाँच गरिरहनु सक्नुहुन्छ । के तपाई मनलाई जाँच गर्ने कार्य पुर्वीय यात्रामा हिँडेकाहरूका लागि मात्र हो भन्ने ठान्नुहुन्छ - त्यस्तो नसोच्नुहोस् । तपाईको मनको प्रकृति तपाईको आफ्नो भौतिक शरीरको हाड र मासुको प्रकृतिभन्दा फरक छ भन्ने कुरा महसुस गर्नुहोस् । तपाईको मन कुनै भेदभावविना सबै वस्तुहरूको प्रतिविम्ब जस्ताको त्यस्तै परावर्तन गर्ने एउटा ऐना जस्तै हो । यदि तपाईको बोध्रि्रज्ञा छ भने तपाईले आफ्नो मनको ऐनामा प्रवेश गर्न दिने र परावर्तन गर्ने वस्तुलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यदि तपाईले आफ्नो मनभित्र के भइराखेको छ भन्ने कुरालाई पूर्णरुपले वेवास्ता गर्नुभयो भने त्यसभित्र आउने जुनसुकै फोहरमैला जस्ता मनोवैज्ञानिक रूपले रोगी देखाउने वस्तुहरूलाई कुनै रूपमा त्यसले प्रक्षेपण गर्दछ । तपाईले जाँच गर्ने ज्ञानले आफूलाई फाइदाजनक प्रतिविम्ब र मनोवैज्ञानिक समस्याहरू ल्याउने प्रतिविम्बलाई छुट्याउन सक्नु पर्दछ । संभावित रूपले जब तपाईले विषय र वस्तुको वास्तविक प्रकृति महसुस गर्नुहुनेछ, तपाईका सम्पूर्ण समस्याहरू लोप हुनेछन् । केही मानिसहरू आफूलाई धार्मिक ठान्दछन् तर धार्मिकता के हो - यदि तपाईले आफ्नो प्रकृतिलाई जाँच गर्नुहुन्न भने, बोध्रिज्ञान प्राप्त गर्नुहुन्न भने तपाई कसरी धार्मिक हुन सक्नुहुन्छ ? तपाई धार्मिक हो भन्ने विचार "म बौद्ध, यहुदी इत्यादि हुँ ।" भन्ने कुराले तपाईलाई मद्दत गर्दैन । यसले अरूलाई पनि मद्दत गर्दैन । वास्तवमा अरूलाई मद्दत गर्नका लागि तपाईले बोध्रि्रज्ञा प्राप्त गर्नुपर्दछ । मानवताको सबैभन्दा ठूलो समस्या मनोवैज्ञानिक समस्या हो, भौतिक समस्या होइन । जन्मदेखि मरणसम्म निरन्तर रूपले मानिसहरू मानसिक कष्टको नियन्त्रणमा हुन्छन् । सबैकुरा ठिकसँग चलिरहेसम्म केही मानिसहरू आफ्नो मनलाई अबलोकन गरिराखेका हुँदैनन् । तर जब दर्ुघटना वा कुनै भयानक अनुभवजस्ता केही गडबडी उत्पन्न हुन्छ, उनीहरू तुरुन्तै "हर्ेर् इश्वर मलाई मद्दत गर्नुहोस् !" भन्दछन् । उनीहरू आफूलाई धार्मिक भन्ने ठान्दछन् तर यो एउटा ठट्टा मात्र हो । एकजना गम्भीर प्रकृतिको अभ्यासकर्ताले सुख वा दुःख जस्तोसुकै अबस्थामा पनिर् इश्वर र आफ्नो प्रकृतिबारे निरन्तररूपमा जागरुक हुन्छ । जब तपाई आइसक्रिम तथा चकलेटहरूका विचमा सांसारिक चेतनाको आनन्दमा दबिएर असल समय व्यतीत गर्दैहुनुहुन्छ भने तपाईले आफैलाई बिर्सनुहुन्छ र कुनै नराम्रो समय आउनासाथर् इश्वरतर्फर्फकनुहुन्छ भने तपाई वास्तविकताबाट धेरै टाढा हुनुहुन्छ र तपाईमा धार्मिकताको अंश पनि हुँदैन । हामीले विश्वका कुनैपनि धर्मका बारेमा सोचेपनि उनीहरूकोर् इश्वर वा बुद्ध आदि बारेको व्याख्या सरल रूपमा भन्दा शब्दहरू र मन गरेर यी दुइ वटा मात्र हुन् । त्यसकारण शब्दहरूले त्यत्ति महत्त्व राख्दैनन् । तपाईले महसुस गर्नुपर्ने कुरा के हो भने असल होस् वा खराब सम्पूर्ण दर्शन र सिद्धान्तहरू मनबाट नै उत्पन्न हुन्छन् । मन अति शक्तिशाली छ । त्यसकारण यसलाई स्थिर मार्गदर्शनको आवश्यकता हुन्छ । एउटा शक्तिशाली हवाइजहाजलाई एकजना कुशल चालकको आवश्यकता हुन्छ । तपाईको मनको चालकलाई त्यसको प्रकृतिलाई बुझ्ने ज्ञान हुनु पर्दछ । त्यसप्रकारले तपाईले आफ्नो मनको शक्तिशाली उर्जालाई एउटा वौलाहा हात्तीजस्तो अनियन्त्रित भएर आफू स्वयं र अरूलाई समेत नष्ट गर्दै यताउता भौंतारिएर हिँड्नुको बदला आफ्नो जीवनलाई उपयोगी बनाउने लक्ष्यतर्फउन्मुख हुन सक्नुहुन्छ । मैले धेरै भन्नु पर्दैन । मैले के भन्दैछु भन्ने कुरा तपाईले बुझिराख्नुभएको छ भन्ने मलाई लाग्दछ । यस मोडमा केही कुराकानी अझ बढी लाभदायक होला । प्रश्नहरू सोध्नुहोस् म उत्तर दिने कोशिस गर्नेछु । यो नबिर्सनुहोस् कि मैले भनेको कुराहरूमा तपाई सहमत हुनै पर्दछ भन्ने छैन । मैले भनेका कुराहरू यदि तपाईलाई मन परेन भने कृपया मेरो कुराको विरोध गर्नुहोस् । मसँग तर्क गर्ने मानिसहरू मलाई मन पर्छ । "तपाईहरूले यस्तो गर्नु पर्दछ, तपाईले यस्तो गर्नु हुँदैन ।" भन्ने म कुनै स्वेच्छाचारी होइनँ । तपाईले के गर्नुपर्दछ भनेर मैले भन्न सक्तिनँ । म सल्लाह दिन मात्र सक्तछु । तपाईले जाँच गर्नुहोस् भन्ने म चाहन्छु । यदि तपाईले त्यसो गर्नुभयो भने म सन्तुष्ट हुन्छु । यदि मैले भनेका कुराहरूसँग असहमत हुनुहुन्छ भने मलाई भन्नुहोस् । प्रश्न- तपाईले आफ्नै मनलाई कसरी जाँच गर्नुहुन्छ - त्यो कसरी गर्नुहुन्छ ? लामा- वस्तुहरूलाई कसरी अबगत गरिन्छ, आफ्नो अनुभवहरूलाई कसरी व्याख्या गरिन्छ भनेर जाँचबुझ गर्नु आफ्नो मनलाई जाँच गर्ने सरल तरिका हो । आफ्नो ब्वाई फ्रेण्ड वा गर्ल फ्रेण्डका बारेमा एकदिनको अबधिमा पनि किन तपाई त्यति धेरै फरक फरक अनुभूति गर्नुहुन्छ ? बिहान उसका बारे असल अनुभव गर्नुहुन्छ भने मध्यान्हमा धमिलो अनुभव हुन्छ । त्यस्तो किन हुन्छ ? के वास्तवमा तपाईको ब्वाई फ्रेण्ड वा गर्लफ्रेण्डमा बिहानदेखि मध्यान्हसम्म त्यस्तो गरी आमूलरूपमा परिवर्तन भएको हुन्छ - होइन, त्यहाँ आमूल परिवर्तन भएको हुदैन । त्यसो भए किन उसका बारेमा फरक फरक अनुभूति हुन्छ - जाँच गर्ने तरिका यही नै हो । प्रश्न- "यदि यस्तो भयो भने म त्यहाँ जान्छुः यदि अरू नै केही भयो भने म त्यहाँ जान्छु ।" भन्ने जस्ता कुराहरू आफैलाई भन्दै यदि तपाईले कुनै निर्णय गर्नलाई आफ्नो मनलाई विश्वास गर्नुहुन्न भने, के तपाई त्यसलाई बाह्य वस्तुमा छाड्न सक्नुहुन्छ ? लामा- तपाईले केही गर्नुभन्दा पहिले आफू स्वयंलाई त्यो तपाई किन गर्दै हुनुहुन्छ, त्यसको उद्देश्य के हो - त्यसका लागि के के गर्दै हुनुहुन्छ - भनेर सोध्नु पर्दछ । यदि त्यसको परिणाम समस्यापूर्ण देखिन्छ भने शायद तपाईले त्यसलाई त्याग गर्नुपर्दछ । यदि त्यो गर्नलायक देखियो भने शायद तपाई अघि बढनु पर्दछ । पहिले जाँच गर्नुहोस् । त्यसको परिणाम के हुन्छ भन्ने थाहा नपाई कुनै पनि काम नगर्नुहोस् । प्रश्न- लामा भनेको के हो ? लामा- असल प्रश्न । तिब्बती दृष्टिकोणबाट लामा एक आध्यात्मिक क्षेत्रमा अति शिक्षित व्यक्ति हो र उसले हालको मात्र होइन पहिलेको र भविष्यको मनका बारेमा समेत जानकारी राख्दछ । मनोवैज्ञानिक तवरले बोल्नुपर्दा एकजना लामाले आफू कहाँबाट आएको हो र कहाँ जान लागेको हो भन्नेबारे देख्न सक्तछ । उसँग आफूले आफैलाई नियन्त्रण गर्न सक्ने क्षमता हुन्छ र अरूलाई मनोवैज्ञानिक सल्लाह दिन सक्तछ । त्यस्ता कोही कसैलाई पनि तिब्बतीहरू लामा भन्दछन् । प्रश्न- पश्चिमी मुलुकहरूमा लामाको समकक्षी को हुन सक्तछ ? लामा- लामाको वास्तविक समकक्षी यहाँ छन् भन्ने कुरा मलाई थाहा छैन । पुरोहित, मनोवैज्ञानिक र चिकित्सकको कुनै प्रकारको मिश्रतिरूप हुन सक्तछ । तर मैले भर्खरै भनेजस्तो एउटा लामाले आफ्नो मन र अरूको मनको समेत वास्तविक प्रकृति महसुस गर्दछ र अरूको मानसिक समस्याहरूका लागि त्रुटिविहीन समाधान दिन सक्तछ । मैले आलोचना गरेको होइनँ तर मानिसहरूले अनुभव गर्ने भावनात्मक समस्याहरूबारे केही पाश्चात्य मुलुकका मनोवैज्ञानिकहरूको त्यही स्तरको ज्ञान छ भन्ने कुरामा मलाई केही शंका छ । कहिलेकाहीँ उनीहरूले "तपाईको वाल्यअबस्थामा तपाईको पिताले यस्तो गर्नुभयो, त्यस्तो गर्नुभयो । तपाईको माताले यस्तो गर्नुभयो ।" भन्ने जस्ता मानिसहरूलाई परेको समस्याहरूबारे सतही र निम्नस्तरको सेवा दिन्छन् । त्यस कुरामा म असहमत छु । त्यसरी तपाईले आफ्नो समस्याका लागि आफ्नो अभिभावकहरूलाई दोष दिन सक्नुहुन्न । समस्याहरूलाई वातावरण पक्षले अबश्य असर पार्दछ तर मुलभूत कारण सधैँ तपाईभित्र नै हुन्छ । आधारभूत समस्या बाहिर कहिले पनि हुँदैन । तपाईलाई थाहा छैन तर शायद पाश्चात्य मुलुकका चिकित्सकहरू यस प्रकारले तथ्यहरूको विश्लेषण गर्न अधिक मात्रामा डराउँछन् । मैले कैयन पुरोहितहरूलाई भेटेको पनि छु । त्यसमध्येका केही मेरा साथीहरू पनि छन्, जसले अहिल्यै र यहीँ कुनै कुराबारे छलफल गरिहाल्न रुचाउँदैनन् । सम्पूर्ण अनिश्चितताहरूलाई सामना गर्ने व्यावहारिक विधिमा केन्द्रित हुनुको बदला उनीहरू भगवान्, आस्था इत्यादि जस्ता धार्मिक धारणाहरूमा जोड दिन्छन् । तर वर्तमान मानिसहरू संशयात्मक हुन्छन् र एउटा पुरोहितले दिने सहायतालाई अस्वीकार गर्दछन् । प्रश्न- ध्यानले तपाईलाई निर्णयहरू गर्न कसरी सहायता गर्दछ ? लामा- ध्यानमा तपाईले कुनै कुरामा विश्वास गर्नु पर्ने कुरा अबश्यक नपर्ने भएको कारणले यसले काम गर्दछ । तर तपाई आफ्नै लागि कार्य गर्ने कुराको आवश्यक हुन्छ । तपाईले आफ्नो मनलाई जाँच गर्नुहुन्छ वा अबलोकन गर्नुहुन्छ । यदि कसैले तपाईलाई दुःख दिइरहेको छ र तपाईको अहममा चोट पुर्याइरहेको छ भने त्यसको प्रतिक्रिया गर्नुको बदला 'के हुँदैछ -' भनेर हर्ेर्नुहुन्छ । अर्को व्यक्तिको मुखबाट सरलरूपले कसरी आवाजहरू आइरहेका छन् र तपाईको कानमा प्रवेश गरिरहेका छन् र तपाईको हृदयमा पीडा उत्पन्न गरिरहेको छ भनेर सोच्नुहुन्छ । यदि तपाईले उचित ढङ्गले यसबारे सोच्नुभयोभने त्यसबाट तपाई हाँस्नु हुनेछः कुनै त्यस्तो सतही कुराबाट दुःखी हुनु कत्तिको हाँस्यास्पद छ भन्ने कुरा तपाईले देख्नुहुनेछ । त्यसपछि तपाईको समस्या हराएर जानेछ । स्वाक्क्क्क्त्त.....त्यस्तै गरेर । यसप्रकारले अभ्यास गरेर तपाईले आफ्नै अनुभवद्वारा ध्यानले कसरी मद्दत गर्छ र सम्पूर्ण समस्याहरूका लागि त्यसले कसरी सन्तोषजनक समाधानहरू दिन्छ भन्नेबारे थाहा पाउनु हुनेछ । ध्यान शब्दहरू होइन । यो ज्ञान हो । प्रश्न- लामा, कृपया कर्मका बारेमा केही कुराहरू बताइदिनुहोस् । लामा-अबश्य, तपाई कर्म हो । यो त्यत्ति सरल छ । वास्तवमा कर्म एउटा संस्कृत शब्द हो । यसको अनुवादित लगभग अर्थ कारण र त्यसको असर ९ऋबगकभ बलम भााभअत० हो । त्यसको अर्थ के हो - हिजो तपाईको मनमा केही कुराहरू भयो भने त्यसको असर तपाईले आज अनुभव गर्नुहुन्छ अथवा तपाईको वातावरणः तपाई निश्चित अभिभावक हुनुहुन्छ, तपाई निश्चित अबस्थामा जीवनयापन गर्नुहुन्छ ती सबैको तपाईमाथि असर हुन्छ । तपाईले जीवन बिताउँदै जाँदा, दैनिक जीवनमा तपाईले गर्ने सबै कुराहरूमा सधैँ तपाईको मनभित्र निरन्तररूपमा कारण र प्रतिक्रियाको श्रृङ्खला हुन्छ कारण र त्यसको प्रतिकृया, त्यो नै कर्म हो । तपाई आफ्नो शरीरभित्र रहँदा, चेतनाको संसारमा अन्तरक्रिया गर्दा, यो असल त्यो खराब भनेर विभेद गर्दा तपाईको मनले स्वत कर्म अर्थात् कारण र त्यसको असर उत्पन्न गरिरहेको हुन्छ । कर्म कुनै सैद्धान्तिक दर्शन मात्र होइन । यो विज्ञान हो, बौद्ध विज्ञान । जीवनको विकास कसरी हुन्छ भनेर कर्मले व्याख्या गर्दछ । रूप र अनुभूति, रङ र वेदना, विभेदीकरण, तपाईको सम्पूर्ण जीवन, तपाई के हो - तपाई कहाँबाट आउनुभयो - कसरी अगाडि बढ्नुहुन्छ - आफ्नो मनसँगको तपाईको सम्बन्ध के हो - इत्यादि । बौर्द्धधर्मद्वारा विकासको वैज्ञानिक व्याख्या नै कर्म हो । त्यसकारण कर्म संस्कृत शब्द भएपनि वास्तवमा तपाई कर्म हो, तपाईको सम्पूर्ण जीवन कर्मद्वारा नियन्त्रित हुन्छ । तपाई कर्मको उर्जाको कार्यक्षेत्रभित्र जिउनु हुन्छ । तपाईको उर्जाले अर्को उर्जासँग अन्तरक्रिया गर्दछ । त्यसपछि अर्को, अनि अर्को, फेरि अर्को । तपाईको सम्पूर्ण जीवन त्यसरी नै खुलस्त हुन्छ । शारीरिक रूपले, मानसिक रूपले यी सबै कर्म हुन् । त्यसकारणले कर्म तपाईले विश्वास गर्नुपर्ने कुनै कुरा होइन । तपाईले कर्ममा विश्वास गरे पनि नगरे पनि तपाईको शरीर र मनको चारित्रिक प्रकृतिको कारणले तपाई संसारवको छ वटा लोकमा निरन्तर रूपले घुमिरहनुभएको छ । भौतिक संसारमा जब माटो, समुद्र, चारवटा तत्वहरू, त्ााप इत्यादि जस्ता सबै वस्तुहरू एकै ठाउँमा आएपछि त्यसको असर स्वत निस्कन्छ । यो हुन्छ भनेर विश्वास गर्नुपर्ने कुनै आवश्यकता नै छैन । तपाईको भित्री संसार त्यस्तै हुन्छ, विशेष गरेर जब तपाई चेतनाकोे संसारको सर्म्पर्कमा आउनुहुन्छ, तपाईले निरन्तररूपमा प्रतिक्रिया गरिरहनुभएको हुन्छ । उदाहरणका लागि गत वर्षतपाईले अधिकमात्रामा अनुरक्त भएर स्वादिष्ट चकलेटको स्वाद लिनुभयो तर त्यसपछि त्यसको स्वाद लिन पाउनुभएको छैन । त्यसैले त्यसलाई तपाईले नराम्रोसँग गुमाउनुभएको छ । "ओह ! मलाई वास्तवमा नै केही चकलेट खान मन लागेको छ ।" तपाईले आफ्नो पहिलेको अनुभव सम्झनुहुन्छ । त्यो सम्झनाले तपाईलाई त्यो अझ बढी पाउन लालसा पैदा गर्दछ । तपाईको पहिलेको अनुभवका लागि आफ्नो प्रतिक्रिया नै तपाईको कर्म हो । त्यो अनुभव नै त्यसको कारण हो । त्यसलाई नपाउनु त्यसको परिणाम हो । यो वास्तवमा नै अति सरल छ । प्रश्न- तपाईको जीवनको उद्देश्य के हो ? लामा- तपाई मलाई मेरो जीवनको उद्देश्यबारे सोध्दै हुनुहुन्छ ? त्यो त मैले आफैले जाँच्नुपर्ने हो । तर मैले भन्नु नै पर्ने हो भने मेरो उद्देश्य मैले सकेजति अरूको कल्याण गर्नमा आफूलाई र्समर्पण गर्नु हो । त्यसो गर्दा मैले आफू स्वयंको कल्याण पनि हर्ेर्नुपर्दछ । मैले मेरो उद्देश्यमा सफल भएँ भनेर भन्न त सक्तिनँ तर मेरो जीवनको उद्देश्य त्यही हो । प्रश्न- के मन आत्माभन्दा फरक छ - तपाईले मनका समस्याहरू समाधान गर्नेबारे कुरा गर्दा के तपाईको मतलब मन समस्या हो, आत्मा समस्या होइन भन्ने हो ? लामा- दार्शनिक रूपले आत्मालाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । क्रिश्चियन र हिन्दु धर्ममा आत्मा मनभन्दा फरक हुन्छ र त्यसलाई स्थायी र स्वः अस्तित्व भएको मानिन्छ । मेरो विचारमा त्यस्तो कुनै कुरा छैन । बौद्धपद्दति अनुसार आत्मा, मन वा तपाईले जेसुकै नाम दिएको भए पनि त्यो सदा परिवर्तनशील छ । अस्थायी छ । मैले मन र आत्मामा कुनै विशेष पृथकीकरण गर्दिनँ तर तपाईभित्र तपाईले स्थायी र स्वः अस्तित्व भएको कुनै वस्तु पाउनुहुन्न । मानसिक समस्याहरूको सम्बन्धमा मन पर्ूण्ातया नकारात्मक हुन्छ भन्ने नसोच्नुहोस् । समस्याहरू उत्पन्न गर्ने अनियन्त्रित मन हो । यदि तपाईले उचित प्रकारको ज्ञान विकास गरेर अनियन्त्रित मनको प्रकृतिलाई चिन्नुभयो भने त्यो स्वत हराएर जान्छ । तर तपाईले त्यस्तो नगरेसम्म अनियन्त्रित मनले तपाईलाई पूर्णरुपले दवाएर राख्नेछ । प्रश्न- पश्चिमेलीहरूले तिब्बती बौर्द्धधर्मको दर्शनलाई बौद्धिक रूपले बुझ्छन् । तर त्यसलाई अभ्यास गर्न कठिन भएको पाउँछन् । यसमा उनीहरूले केही अर्थ पाउँछन् तर आफ्नो जीवनसँग त्यसलाई एकीकृत गर्न तिनीहरूले सक्तैनन् भनिएको कैयौं पटक सुनेको छु । तपाईको विचारमा केले अबरोध उत्पन्न गराएको हुन्छ ? लामा- यो एउटा असल प्रश्न हो । धन्यवाद ! तिब्बती बुर्द्धधर्मले तपाईले आफ्नो असन्तुष्ट मनलाई पराजित गर्ने उपदेश दिन्छ । तर त्यसो गर्नका लागि तपाईले जाँगर गर्नु पर्दछ । हाम्रो तरीकालाई तपाईको आफ्नै अनुभवमा ढाल्नका लागि तपाईले विस्तारै तथा क्रमिक रूपमा प्रयास गर्नुपर्दछ । तपाई त्यसको गहिरो अन्त्यमा फाल हाल्न सक्नुहुन्न । यसले समय लिन्छ र हामी तपाईलाई सुरुमा समस्या होस् नै भन्ने चाहन्छौं । तर तपाईले यसलाई सहजरूपमा लिनुभयो भने यो समयसँगै कमभन्दा कम कठिन हुँदै जानेछ । प्रश्न- हाम्रो मनको वास्तविक प्रकृति के हो र हामीले त्यसलाई कसरी चिन्न सक्छौं ? लामा- हाम्रो मनको प्रकृतिको सापेक्ष र निरपेक्ष गरेर दुइवटा पक्षहरू छन् । चेतनाको संसारमा अबलोकन गर्ने र कार्य गर्ने मन सापेक्ष मन हो । हामी त्यस मनलाई द्वैध मन ९म्गब ःिष्लम० पनि भन्दछौं र मैले यो अथवा त्यो अबलोकन भनेर वर्ण्र्ाागरेको कारण यसको पर्ूण्ातया विचलित प्रकृतिको छ । जे होस्, द्वैध मनलाई पार गरेर तपाईले आफ्नो विचारलाई एकीकरण गर्न सक्नुहुन्छ । त्यस समयमा तपाईले द्वैधताबाट पर्ूण्ातया मुक्त मनको निरपेक्ष वास्तविक प्रकृतिलाई महसुस गर्न सक्नुहुन्छ । हाम्रो साधारण, दैनिक, सांसारिक जीवनमा दुइवटा वस्तुहरू जहिले पनि देखा पर्दछन् । दुइवटा वस्तुहरूको उपस्थितिले जहिले पनि समस्या उत्पन्न गर्दछ । यो बच्चाहरू जस्तै हो । एउटा बच्चा ठिकै हुन्छ तर दुइवटा बच्चाहरू सँगै हुँदा समस्या उत्पन्न हुन्छ । त्यस्तै गरेर हाम्रो पाँचवटा ज्ञानेन्द्रियहरूले संसारलाई व्याख्या गरेर हाम्रो मनलाई द्वैध चरित्रको सूचना उपलब्ध गराउँछ । हाम्रो मनले त्यस विचारलाई ग्रहण गर्दछ र त्यसबाट स्वतः विचलन र द्वन्द्वको कारण उत्पन्न हुन्छ । यो शान्ति र स्वतन्त्रता भित्री अनुभवको पूर्णतया विपरीत छ । त्यसकारण त्यसभन्दा टाढा पुगेर तपाईले त्रुटिविहीन शान्ति अनुभव गर्नुहुन्छ । अब यो तपाईले सोधेको प्रश्नको छोटो उत्तर मात्र हो र शायद यो सन्तुष्टिदायक नहुन पनि सक्छ किनकि यो एउटा गहन प्रश्न हो । मैले भनेको कुरा एउटा गहन विषयको छोटकरी जानकारी मात्र हो । जे होस्, यदि तपाईको यस विषयबारे केही पृष्ठभूमि छ भने मेरो उत्तरले तपाईलाई सन्तुष्ट गरेको हुन सक्तछ । प्रश्न- तपाईले आफ्नो मनलाई जाँच्दा के यसले सधैँ सत्य कुरा नै भन्दछ ? लामा- होइन, त्यसो हुन आवश्यक छैन । कहिलेकाहीँ तपाईको गलत बुझाइले जवाफ दिन्छ । तपाईले त्यसलाई नसुन्नुहोस् । त्यसको बदला त्यस मनले भनेको कुरामा म सन्तुष्ट छैनँ, म त्यसभन्दा असल जवाफ चाहन्छु भनेर आफूलाई भन्नुहोस् । तपाईको आफ्नो ज्ञानले उत्तर नदिएसम्म गहनभन्दा गहन जाँच गर्नुहोस् । तर प्रश्न उठाउनु असल कुरा हो यदि तपाईले कुनै प्रश्न नै सोध्नुभएन भने तपाईले उत्तर कहिल्यै पाउनुहुनेछैन । तर तपाईले भावनात्मक भएर प्रश्न सोध्नुहुँदैन । ओह ! त्यो के हो - त्यो के हो भनेर मैले पत्ता लगाउनर्ुपर्दछ, मैले जान्नु पर्दछ । यदि तपाईसँग कुनै प्रश्न छ भने त्यसलाई लेख्नुहोस् । त्यसबारे सावधानीपूर्वक सोच्नुहोस् । सही उत्तर क्रमशः आउँदछ । त्यसमा समय लाग्न सक्तछ । तपाईले आज नै कुनै उत्तर पाउनुभएन भने तपाईले त्यसलाई लेखेर आफ्नो फ्रिजमा टाँसेर राख्नुहोस् । यदि तपाईले शक्ति लगाएर प्रश्न गर्नुभयो भने कहिलेकाहीँ सपनामा समेत त्यसको उत्तर पाउनुहुने छ । तपाईले उत्तर किन पाउनुहुनेछ - किन कि तपाईको आधारभूत प्रकृति नै ज्ञान हो । म आशाहीन रूपले अज्ञानी छु भनेर तपाईले कहिल्यै नसोच्नुहोस् । मानव प्रकृतिको सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् । प्रश्न- गुरुबारेको तपाईको परिभाषा के हो ? लामा- तपाईलाई आफ्नो मनको वास्तविक प्रकृति देखाइदिने र तपाईको मनोवैज्ञानिक समस्याहरूको त्रुटिविहीन समाधान थाहा हुने व्यक्ति नै गुरु हो । आफ्नै मन नचिनेको कसैले अरूको मनलाई चिन्न सक्तैन । त्यसकारणले कोही मानिस गुरु हुन सक्तैन । त्यस्ता मानिसले अरूको समस्या समाधान गर्न सक्तैन । कसैलाई गुरुको रूपमा लिनुभन्दा पहिला तपाई धेरै सावधान हुनु पर्दछ । हाम्रा वरिपरि कैयन पाखण्डीहरू छन् । पश्चिमाहरू कहिलेकाहीँ आवश्यकताभन्दा बढी विश्वास गर्ने हुन्छन् । कोही आएर म लामा हो, म योगी हो, म तपाईलाई ज्ञान दिन सक्तछु भन्छ र एकजना उत्सुक पश्चिीमेली युवाले सोच्छ, उसले मलाई केही सिकाउँछ भन्ने कुरामा निश्चित छु । म उहाँको अनुयायी हुनेछु । यसबाट तपाई वास्तवमा समस्यामा पर्नुहुनेछ । चाटुकारहरूको चंगुलमा फसेका अनेकौं घटनाहरूबारे मैले सुनेको छु । पश्चिमाहरू सजिलै विश्वास गर्ने खालका हुन्छन् । पर्ूर्बीयाहरू ज्यादै संशयात्मक हुन्छन् । समय लिनुहोस् । आराम गर्नुहोस् र जाँच गर्नुहोस् । प्रश्न- ज्ञानसँग नम्रता सधैँ साथै हुन्छ ? लामा- हो, जति विनम्र हुन सकिन्छ त्यति नै राम्रो हो । तपाई सधैँ ज्ञान र विनम्रता दुवैका साथ कार्य गर्न सक्नुहुन्छ भने तपाईको जीवन असल हुनेछ । तपाईले सबैलाई आदर गर्नुहुनेछ । प्रश्न- त्यस नियमको कुनै अपवाद छ ? मैले एकजना आध्यात्मिक गुरुको पोस्टर देखेको छु; जसमा 'मेरो खुट्टामा सबै मानिसले ढोग्दछ' भनेर लेखिएको छ । के त्यस्तो भन्ने कुनै मानिस ज्ञानी हुन सक्तछ ? लामा- अँ, त्यत्तिकै भन्न सजिलो छैन । तपाई आफू जतिसक्दो सावधान हुने कुरा हो । हाम्रो मन रमाइलो छ । कहिलेकाहीँ हामी वास्तवमा नै उचित कुराका लागि पनि शंकालु हुन्छौं र कहिलेकाहीँ हामीले अस्वीकार गर्नुपर्ने कुरालाई पनि स्वीकार गरिरहेका हुन्छौं । अतिवादलाई टाढै राख्ने कोशिस गर्नुहोस् र मध्यम् मार्गलाई अँगाल्ने प्रयास गर्नुहोस् । तपाई जहाँ भएपनि ज्ञानद्वारा जाँच गर्नुहोस् । सबैभन्दा महत्वपूर्णकुरा त्यही हो । प्रश्न- तपाईले चर्चा गर्नुभएको भिन्नता पूर्वीय र पाश्चात्य मानिसमा किन विद्यमान छ ? लामा- भिन्नता नै महान होइन । पश्चिमाहरू वौद्धिक रूपमा केही जटिल हुन्छन तर आधारभूत रूपमा सबै मानिसहरू एकै प्रकारका छन् । अधिकांश समय हामी सबै मानिसहरू भोगविलास गर्न चाहन्छौं र इन्द्रिय सुख पाउनका लागि दत्तचित्त हुन्छौं । बौद्धिक स्तरमा भने हाम्रो प्रकृति फरक हुन सक्तछ । गुरु मान्ने सम्बन्धमा एसियाली मानिसहरूको यसबारे बढी अनुभव भएकाले भिन्नता छ । प्रश्न- अनेकौं झमेलाहरू हुनाका कारण विगत, भविष्यबारे हाम्रो मन धेरै कुरा गर्ने भएको तथा हामी यत्ति धेरै दवावमा भएको देखिनुको कारण पूर्वमा भन्दा पश्चिममा बोधिज्ञान प्राप्त गर्न बढी कठिन छ कि ? लामा- पूर्वमा भन्दा पश्चिममा बोधिज्ञान प्राप्त गर्न गाह्रो छ भनेर म भन्न सक्तिनँ । वास्तवमा बोधिज्ञान प्राप्त गर्नु र आफ्नो प्रकृतिलाई बुझ्नु नितान्त व्यक्तिगत कुरा हो । तपाईले यो पश्चिमी मुलुकमा भन्दा पूर्वमा सजिलो छ भनेर भन्न सक्नुहुन्न । तपाईले बोधिज्ञानको विकास गर्नका लागि पाश्चात्य भौतिक जीवनलाई त्याग गर्नुपर्दछ भन्ने पनि होइन । तपाईले ती सबैलाई त्याग गर्नु पर्दैन । आधारभूतरूपमा सबैकुरा त्याग्नुको बदला संभावना विकास गर्ने कोशिस गर्नुहोस् । मलाई यी वस्तुहरू चाहिन्छन् तर मलाई चाहिने वस्तु तिनै हुन् भनेर म भन्न सक्तिनँ । लालसा र अनुरागले तपाईको मनलाई दबाएपछि समस्याहरू उत्पन्न हुन्छन् र तपाईले आफ्नो सम्पूर्ण विश्वासहरू अरू मानिस र भौतिक सम्पत्तिमाथि राख्नुहुन्छ र बाह्य वस्तुहरू समस्या होइनन्ः लालसायुक्त मन नै समस्या हो, जसले तपाईलाई 'म त्यसविना रहन सक्तिनँ' भन्छ । आफ्नो सम्पत्त्रि्रतिको अनुरागबाट अलग रहेर तपाईले अति वैभवपूर्ण र भोगविलासयुक्त जीवन बिताउन सक्नुहुन्छ । ती वस्तुहरूप्रतिको अनुरागलाई त्यागेर यदि तपाईले तिनीहरूलाई उपभोग गर्नुभयो भने तपाईले त्यसबाट प्राप्त गर्ने सुख धेरै गुणा ठूलो हुन्छ । यदि तपाईले त्यस्तो गर्न सक्नुभयो भने तपाईको जीवन असल हुनेछ । पश्चिमा भएको कारण तपाईले ती वस्तुहरू कुनै ठूलो मेहनतविना नै प्राप्त गर्न सक्नुहुनेछ । पर्ूवमा हामीले त्यस्ता वस्तुहरू प्राप्त गर्नका लागि ठूलो कष्ट उठाउनु पर्दछ । परिणामस्वरूप धन सम्पत्त्रि्रति हामी अझ बढीरूपमा लालायीत हुनुपर्दछ । जसको एकमात्र परिणाम अझ बढी कष्ट हुन्छ । जे होस्, जहिले पनि अनुरक्त हुनु नै समस्या हो । आफूसँग सम्पत्ति भए पनि त्यसप्रतिको अनुरागबाट मुक्त हुने प्रयास गर्नुहोस् । तपाईलाई मलाई लाग्दछ मैले तपाईको प्रश्नको उत्तर दिएँ । तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद ! मेलवर्न विश्वविद्यालय
यो वेभ साईट मुकेश
लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका
लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
P.O.Box 13779, Kathmandu,
Nepal
|
|||