|
|
|
| ||
|
Say 'No' to Racism.
तामाङजातिबारे
कम्प्युटर हार्डवेयर, सफ्टवेयर सम्बन्धी कुनै पनि समस्या परे
वा नयाँ कम्प्युटर किन्नु परे हामीलाई सम्झनुहोस् ।
शान्तिला
ह्युल नेपाल
च्योमदान्देसे याङवा मुबा
तिका याङला ज्योज्यो आलेसे
आछेगो दारेम नेपालीकादे
आताजी दारेम ह्याङला चु
नया मिलिनियमा जीवनको लागि महामहिम दलाई लामाका उपदेशहरु महान करुणा र महान उपलब्धिमा ठुलो जोखिम हुन्छ भन्ने कुरालाई मनमा राख्नुहोस् । तपाईंले कुनै कुरालाई गुमाउदाखेरि त्यसबाट प्राप्त हुने पाठलाई कहिल्यै नगुमाउनुहोस् । तीनवटा 'आर' हरुलाई मनमा लिनुहोस् आफूलाई आदर गर्नुहोस् (Respect for self), अरुलाई आदर गर्नुहोस् (Respect for others) र आफ्नो सम्पूर्ण कृयाकलापहरु प्रति उत्तरदायी हुनुहोस् । (Responsibility for all your actions.) यो कुरा नविर्सिनुहोस् कि तपाईले चाहेको कुरा प्राप्त नहुनु कहिले काहिं अचम्मलाग्दो भाग्य हो । कानूनलाई राम्रो गरेर सिक्नुहोस् ता कि तपाईले त्यसलाई कसरी उचित तरिकाले तोडने भन्ने कुरा जान्न सक्षम हुनुहोस् । सानो तिनो बाद-विवादको कारण एउटा महान मित्रतालाई चोट पुग्न नदिनुहोस् । आफुले गल्ती गरेको महसुस गर्नासाथ त्यसलाई सुधार्न तुरन्तै पाइला चाल्नुहोस् । प्रत्येक दिन केही समय एक्लै विताउने गर्नुहोस् । परिवर्तनलाई अंकमाल गर्नका लागि आफ्नो अँगालो खुला राख्नुहोस तर आफ्नो मुल्य तथा मान्यतालाई गुम्न नदिनुहोस् । यो नविर्सनुहोस् कि कुनै समयमा मौनता नै सवैभन्दा असल जवाफ हुन्छ । एउटा असल र आदरपूर्ण जीवन ब्यतित गर्नुहोस् । आफु बृद्ध भएपछि पहिलेको कुरा सम्झदा तपाईले त्यसबाट दोस्रो पटक आनन्द प्राप्त गर्न सक्नुहुन्छ । तपाईको घरको मायालु वातावरण नै तपाईको असल जीवनको जग हो । आफ्नो प्रियजनहरुसँगको बाद विवादमा तात्कालिन अवस्थाबारे मात्र कुरा गर्नुहोस् । वितेका कुराहरुलाई नकोट्याउनुहोस् आफ्नो ज्ञानलाई अरुसँग सहभाग गर्नुहोस् । अमरत्व प्राप्त गर्ने यो एउटा तरिका हो । पृथ्वी सँग भद्र हुनुहोस् । बर्षको एकपटक आफु पहिला कहिल्यै नगएको स्थानमा जानुहोस् यो नभुल्नुहोस् कि त्यो नै सवैभन्दा असल सम्बन्ध हो जसमा एक अर्का प्रतिको मायाले एक अर्का प्रतिको आवश्यकतालाई उछिनेर जान्छ । तपाईं आफ्नो सफलतालाई कुनै कुरा प्राप्त गर्नको लागि गुमाएको कुराद्वारा मुल्याङ्कन गर्नुहोस् । माया र पकाउने कार्यमा साहसपूर्वक त्यागी बनेर अघि बढनुहोस् । -मुकेश लामाद्वारा अनुवाद गरिएको
केटा वा केटी दुवैको हुन सक्ने धर्म अनुसारको नामहरू केटा भए नामको पछाडि दोर्जे (बज्र) राखिन्छ भने केटी भए नामको पछाडी ल्हामो (देवी ) राखीन्छ ।
टाशी
= भाग्यशाली/शुभ
केटाको
मात्र हुने नामहरू केटीको
मात्र हुने नामहरु तामाङ भाषाको गजल
-शुक्रराज
ग्लान, लजालु थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास फूर्ति ओन्सी थाक्लाङ्गो ए, एला जिन्दगी थेरीन निला एसे तिला याङला खेप्पा स्हे, जुवा तास क्लाङसी खास जाजागी मुबा ह्वारी बु क्लाङना क्लाङना थेनोन् बेला
दिमरी
चाबादा छ्याम्बा गाण्डु आरे फिरक्याप एला जिन्दगी निजी निजी आर्कुदा तिकादा न्हो ङना लासे आपासेमी कान खु बाला विबा दिम थेमेला कात्थेबा आश थाक्लाङ्गो जुवा थेन तास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास
आठवटा सांसारिक धर्महरू आठवटा सांसारिक धर्महरूमा संलग्न रहनाले प्राणीहरू संसारको लोकमा जकडेर बस्छन् र उनीहरू क्लेशहरूलाई छिटो ग्रहण गर्न तर्फ उन्मुख हुन्छन् । आठवटा सांसारिक धर्महरू प्रशंसा र दोषारोपण, लाभ र हानी, ख्याति र अपमान, खुशी र दुःखहरू हुन ।
आठवटा सांसारिक
धर्महरूले आशा र त्रासहरूप्रतिको हाम्रो लालषालाई स्थापना गर्छः हामी प्रशंसा,
लाभ,
ख्याति र खुशीको आशा गर्छौ भने
आरोप, हानी,
अपमान र दुःखहरू देखि डराउँछौं । "शान्त भावद्वारा अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ । शान्त ब्यक्तिले शान्त हुँदाखेरि क्लेशहरूलाई नष्ट पार्छ । अभिलाषा राख्न योग्य मुख्य लक्ष्य शान्ति हो र यो संसारको विधिसँग तटस्थ रहेर प्राप्त गर्न सकिन्छ । " -
अनुवादक मुकेश लामा यस्तो पनि बहिष्कार? “दशैँ चाइँ मान्दुङ्न। टीका पनि लाङ्दुङ्न। तर चाड हो पैलेदेखिको। खानु ता परो नि। पाकेको खाउँ न हाउ।” यसो भनेर ताप्लेजुङबाट धरानमा आई बसोबास गरेका एक जना सुब्बादाइले ठूलो खातिर गरेका थिए ऋतुराज र उसको साथमा रहेको साथीलाई पाँच वर्षअघिको दशैँमा। महानवमीको दिन थियो त्यो र बियर, फाक्सा, आलुदम अनि चनाको तरकारी आनन्दले खाइएको थियो सुब्बादाइकहाँ। उनको उदार आतिथ्यको हार्दिक उपभोगबाट महानवमीको त्यो दिन रमझम बनेको थियो हाम्रा लागि मध्याह्नमै। मतुवाली जातिका मानिसहरूको घना बसोबास भएको ठाउँमध्ये एउटा हो धरान। परिवर्तित राजनीतिक सन्दर्भमा साबिकका मतुवाली जातिका मानिसहरू यता आएर जनजातिमा दरिएका छन् र त्यही नामले चिनिन थालेका छन्। अनि जनजातिहरूद्वारा थालिएको आत्मपहिचानको खोजीले दशैँलाई हिन्दू धर्मले उत्पन्न गरेको चाड ठहर्यायो। त्यसपछि त्यो चाड नमनाउने बहिष्कारको लहर शुरु गरायो। त्यस लहरले धरानका जनजाति समुदाय अछूतो रहन सकेन, अपितु त्यसबाट अत्यधिक प्रभावित हुन पुग्यो। तर बानी पर्यो नानीदेखि लागेको। मार नहाने पनि, टीका नथापे पनि र अरू विधिविधान नमाने पनि दशैँका बेला मासु र रक्सी खानलाई कसले रोक्ने र? बरु ती दुवै वस्तुको प्रचुर उपभोगका लागि अनुकूल अवसर पो बनेको छ दशैँ। जस्तो ती सुब्बासाहबको त्यस दिनको आतिथ्यले प्रमाणित गरेको थियो। तैपनि बहिष्कारको नारा यथावत् छ, जो दशैँतिहारको मुखमा झनै मुखरित हुन्छ। जनसङ्ख्याको अनुपातमा नसही, थोरै नै सही जनजातिको केही न केही प्रतिशत त निजामती सेवामा छ, प्रहरीमा छ, सेनामा छ। विश्वविद्यालय र क्याम्पसमा पढ्ने–पढाउनेहरूमा जनजाति भनिने समूहका सदस्यहरूको सङ्ख्या पनि उल्लेख्य छ। जनजाति विद्यार्थीहरूका सङ्गठनहरू पनि छन्। अझ जनजातिहरूको राष्ट्रिय सङ्घसंस्थाका ठूला नेताहरूमा धेरै विश्वविद्यालयकै सेवामा रहेकाहरू छन्। हिसाबले उनीहरूबाट दशैँको ठूलो बहिष्कार हुनुपर्ने हो। तर अहिलेसम्म कसैले हिन्दू चाड दशैँको बिदा लिन्नौँ भनेका छैनन्। शिक्षण संस्थाहरूमा त झन् घटस्थापनाको दिनदेखि नै लामो बिदा हुन्छ। कुनै जनजाति विद्यार्थी वा शिक्षकले पनि दशैँ बिदा बहिष्कार गरेका छैनन्। रकारी सेवामा हुने जनजातिहरूले पनि भनेनन् हामी बिदा मनाउँदैनौँ, काम गर्छौं र जनतालाई सेवा दिन्छौँ भनेर। एक महिनाको तलब पनि मिल्छ दशैँको पेश्कीस्वरुप। कुनै जनजातिले हिन्दू दशैँको तलब पेश्की लिन्नौँ भनेका छैनन्। दशैँमा राजा र पार्टीका नेताको हातबाट टीका थाप्ने, बिदा आनन्दसँग पूरै मनाउने, तलब पेश्की पनि लिने, रक्सी र मासुको भोज पनि खाने तर बहिष्कारको नारा भने भट्याउन नछाड्ने। यो कस्तो किसिमको बहिष्कार हो? साभार हिमाल खबर पत्रिका
"ल्होसार सम्बन्धी हास्य व्यङ्ग्य " "होइन ए च्याङबा आफूलाई सबैभन्दा ठूलो सङ्ख्याको बौद्ध धर्मावलम्बी भएको बताउने तामाङ जातिहरूले त धमाधम २८४३ औ सोनाम ल्होसार मनाउन थाले नि त हँ ?" " ए पाराङ तँ पनि ९७५३ औ सोनाम ल्होसार धुमधामकासाथ मना न त, यहाँ जसले जति औ सोनाम ल्होसार मनाए पनि त्यसको आधिकारिक प्रमाण चाहिँदैन । ३९१२ औ, ५५४८ औ जसलाई जति मन लाग्छ त्यति औ ल्होसार मनाए भै गयो नि । हालसम्म २८४३ औ का बारे कुनै प्रमाण फेला परेको छैन क्यारे ! फेला परेको भए सार्वजनिक हुनु पर्ने हो " " होइन यो सोनाम ल्होसरको त कुनै धर्म छैन भन्छन नी ! उनीहरूले कुटो, कोदालो, हलो इत्यादिलाई पुजा गर्नुपर्ने साँचो हो त ? " "सोनाम ल्होसार किसानहरूले मनाउने ल्होसार भएपछि कुटो, कोदालो, हलो, धानको बाला इत्यादिलाई नै पूजा गर्नु परेन त ? बुद्ध धर्मावलम्बीहरूको त आफ्नो ज्योतिष शास्त्र छ, त्यो ज्योतिष शास्त्रको पात्रो छ र त्यो पात्रो अनुसारको ल्होसार छ, त्यो ल्होसार सोनाम ल्होसार होइन ग्याल्बो ल्होसार हो " " होइन तामाङ जाति त तिब्बती महायान बुद्धधर्मावलम्बी होइनन र ? उनीहरूको सम्पूर्ण धार्मिक संस्कार त्यसै अनुसार गरिँदैन र ? यदि तामाङहरू बुद्ध धर्मावलम्बी हुन भने त्यही बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार मनाउनु पर्ने होइन र ? बुद्ध धर्म चाही मान्छु त्यसको ज्योतिष शास्त्रलाई चाहिँ मान्दिन भन्न पाइन्छ र ? " "हुनु त हो नी च्याङबा, अब बुझ्दै न बुझे पछि वा बुझेर पनि बुझ पचाए पछि कसको के लाग्छ र ?" "होइन सोनाम ल्होसार मान्ने तामाङहरूले बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार नमनाएर किसान तथा गोठालोहरूले मनाउने सोनाम ल्होसार किन मनाए हँ ? झन् यस पाली त बौद्ध जस्तो संसारकै महान् बौद्ध तिर्थस्थलमा बसोबास गर्ने तामाङहरूले समेत सोनाम ल्होसार नै धुमधामकासाथ मनाउनै अरे बिदेशका तामाङहरू पनि त्यसै गर्छन् " "होइन पाराङ, यसबाट बौद्धका तामाङहरू लगायत सोनाम ल्होसार मान्ने अरू तामाङहरूको बुद्ध धर्म प्रति कतिको आस्था रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ नी । नत्र भने उनीहरूले बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार मनाइ हाल्थे नी ! बौद्धका तामाङहरू पनि क्रमश नास्तिक हुँदै गएकोमा दुख लाग्यो है मलाइ त, कागले कान लग्यो भन्दा कान नछामेर कागको पछाडि किन दौडेका हुन थाहा छैन " " बत्ति मुनि अँध्यारो हुन्छ भनेको त्यही त हो नी ! , कठै ! त्यत्रो ठूलो धार्मिक स्थलमा बस्ने तामाङहरू के भएका होलान् । उनीहरूले समेत त्यस्तो गर्न थाले पनि अन्यत्रका तामाङहरूले के गर्लान हँ ? अनि अब बौद्धका तामाङहरूले कुटो, कोदालो, हलो, धानको बाला इत्यादिलाई पुजा गर्छन त ? घर घरमा पुजा गर्दै आएको बुद्ध, गुरु रिन्पोछे इत्यादिको मूर्ति र थाङ्कालाई चाहि के गर्लान त ? " " ती सबै कुरा उनीहरूले नै जानुन् । सुन पाराङ, म त जसले जे भने पनि बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार, यसपाली फागुण छ गते पर्ने ग्याल्बो ल्होसार नै मनाउँछु । नास्तिकबादी सोनाम ल्होसार किन मनाउनु ? नत्र भने त बुद्धधर्मावलम्बी तामाङ कुलमा जन्म लिनुको के अर्थ रह्यो र ? "
|
लोसार के को आधारमा कसरी मान्ने
? प्रयोजन हामी सम्पूर्ण तामाङ वर्गले लोसार मान्न थाल्यौं यस वाक्यको स्मरण मात्रले पनि हामी आत्म विभोर हुन्छौ । वेचैन मन चैन युक्त्त हुन्छ हर्षको सिमा रहँदैन । यति हुँदा हुँदै पनि एउटा झिनो अमेलले चैन युक्त मन वेचैनतामा परिणत हुन्छ शायद यस्तै क्रमलाइ तथागत बुद्धले परिवर्तित दुखताको रुपमा परिभाषित गर्नु भएको होला । यहि झिनो अमेलको कारण हामी दुखित प्राय छौ । न केवल दुखित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाँउदैन कि जस्तो हामीलाई लागेको छ अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त ब्यस्त भइ पडेको मुढा जस्तो या सुके धारा जस्तो त नहोला ? त्यसैले हाम्रो समाजमा विधमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरुले आ आफ्नो ध्यान उपरोक्त बुदाँहरु तर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा पडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ पुर्याउँछ । त्यस्तै पानी बेगरको धारा के धारा अनि एकता बेगरको समूह के समूह त्यसै कारण हामी एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।
अन्त अभिप्राय एवं रितले हामी सम्पूर्ण तामाङ बन्धुहरु हदय हदय सँगको समागमीय बहूवेणी बनेर बाँच्न सिकौ, सकौ र बाँच्न सिकाऔ भन्ने आग्रह समेत गर्दछौ ।
व्याख्या
वर्तमानमा खेद र अच्चमको विषय के छ भने हामी आफूलाई बौद्ध हूँ
भनेर दावि गछौ तर बौद्ध धर्म तिब्बतियन महायान बौद्ध धर्मको निति शिक्षा र खास गरेर
ज्योतिष शास्त्र स्वीकार गर्न तयार छैनौ भने हामी बौद्ध हौ कि अबौद्ध ?
के हामीलाई बौद्ध
भन्न मिल्छ ?
यस प्रसंगलाई उदाहरणको रुपमा स्पष्ट पार्दा कसैले या पेलसाङको छोरा दोर्जेले
रिञ्छेन नाम भएको व्यक्तिलाई तपाई त मेरो आपा जस्तै हुनुहुन्छ नि । स्वभाव र
बोलि त झन ठ्याक्कै मिल्ने तपाईलाई त आपा नै भन्न मन लाग्छ भन्दा रिञ्छेन
मख्ख परेको जस्तो मात्र हो । किन भने वास्तवमा दोर्जेको आपा रिञ्छेन होईन
पेलसाङ हो । रिञ्छेन त आपा जस्तो मात्र हो । तात्पर्य के हो भने यदि हामीले
आफूलाई बौद्ब जनाउँदै संबन्धित बौद्ध धर्मको निति शिक्षा र आजको विषय अनुसार
भन्ने हो भने ज्योतिष शास्त्र अपनाउँदैनौ भने उ दोर्जेले तपाई त मेरो आपा
जस्तै हुनुहुन्छ भन्दा मख्ख पर्ने रिञ्छेन जस्तो मात्र हो । यसरीहामीले
आफूलाई बौद्ध भन्नु केवल हाम्रो अज्ञानता हो । त्यसैले हामीलाई बौद्ध भन्न
हामीले होइन तर धर्मले स्वीकार गर्दैन।
प्रः लोसार मान्ने तामाङहरु कुन धर्मका अनुयायी हुन्छन्
?
प्रः हामी तामाङहरु तिब्बतियन महायानी बौद्ध हौं भने आफ्नो
धर्म अनुरुपको निति शिक्षा र ज्योतिष शास्त्र स्वीकार गर्नु पर्छ कि पर्दैन
?
यस लेखमा खुल्न आएको शिर्षक लोसार के को आधारमा कसरी मान्नेलाई वर्तमानको तँ छाड र म छाड या खोइ खोइ दाइ म अघि जाउँ भन्ने लौरे वातावरण तर्फ केन्द्रित हुँदै विचरण गर्दा प्रश्न जिज्ञासा र पूर्णता यि त्रिविध रुपमा पाउँछौ । प्रश्न उसको निमित्त हुनेछ जसले लोसार शब्दको अगाडी कुन शब्द जोडेको छ अथवा कुन लोसार । लोसार कुन हुन्छ जो वर्षमा एउटै हुन्छ । लोसारमा कुन शब्द जोड्नु कुन एक या कुन दुइ भन्नु बराबर हो जबकि संख्यामा एउटै एक र एउटै दुइ मात्र हुन्छ न कि तिन चार वटा । यसरी अन्योलमा परिरहेको मित्र गणको निमित्त प्रश्न हुन्छ भने अन्जान बन्धुहरुको निमित्त जिज्ञासा । यसै गरी वास्तविकतासँग परिचित भइसकेका तामाङ भाईहरुको निमित्त पूर्णता । जे सुकै होस प्रश्नको उत्तर दिनु छ जिज्ञासा छर्लङ्ग पार्नुछ अनि अधुरोपनलाई पूर्णता तर्फ लानुछ । लोसार शब्दको अगाडी जोडिन गएको कुन शब्द लोसार प्रेमि हामी सबैको मस्तिष्कमा प्रेतको रुपमा सवार भएर हामीलाई बौलाहा हात्ती तुल्य मुर्ख बनाई रहेको छ । फलस्वरुप हामी गल्ली गल्ली कराएर हिंडछौ मच्चिइ मच्चिइ भाषण छाँटछौ अनि अरुको कुरा काट्न र खुट्टा तान्नमानै व्यस्त रहन्छौ अनि भन्छौ म एकदमै बिजी छु इत्यादि । अज्ञानताले ओगटेको भोगटेको बोक्रा जस्तो दिमागले थाहा पाउन सकिरहेको छैन कि हामी एउटै कुन शब्दको अधिनमा रहेर रत्न समान हाम्रो वर्तमान मनुष्य जीवन अत्योत्तम कर्म भुमि नै तहस नहस गरिरहेका छौ भनेर । खोला तर्ने पाँच जना लाटोहरुको कथा जस्तो भैं रहेको छ जस्तै पाँचजना लाटोहरु खोला तर्छन अनि खोला पारि पुगेपछि पाँचैजनाले तर्यौ कि तरेनौ भनेर एकजना लाटोले साथी गन्छ तर आफूलाई गन्दैन आफूलाई नगने पछि जम्मा चारजना मात्र पुगेको हुँदा एउटालाई खोलाले बगाएछ भनि खोलाको तीरमा पाँचैजना बसि रोएछन् । त्यहिबेला एकजना सज्जन त्यहाँ पुगि उनीहरुलाई रोएको कारण सोध्छन् त्यसपछि सज्जन मुसुमुसु हाँस्दै गनेर पाँचजना पुर्याउँछन । त्यसपछि लाटोहरु खुशी हुँदै र आफ्नो अज्ञानतालाई धिक्कारदै आफ्नो बाटो लाग्छन । आउनुहोस् हामी सबै लोसार एक रुपताको बन्धनमा जुटौं अनि लाटोहरु खुशी भएर आ आफ्नो बाटो लागे जस्तो आ आफ्नो कर्म भुमि सम्हालदै रत्न समान मनुष्य जीवन त्यसै खेर नफालौ । यसो हुनको निमित्त लोसार अगाडि जोडिन गएको कुन शब्द झिकि दिउँ । जसरी गन्तिको १ एक एउटै हुन्छ त्यसैले कुन एक भन्ने प्रश्नै उठदैन । देशमा एउटै प्रधानमन्त्री हुन्छ कुन प्रधानमन्त्री भन्ने प्रश्न उठदैन । कसैले प्रश्न उठायो भने कुन १ एक र कुन प्रधानमन्त्री भनिदिने त त्यस्तै वर्षमा एउटै मात्र लोसार नयाँ वर्ष हुन्छ कुन भन्ने प्रश्नै उठदैन । लोसार नयाँ वर्ष को निमित्त पात्रोको आधारमा ज्योतिषशास्त्रले जुनदिन निर्णय गरिदिएको छ त्यसको अलावा अर्को दिन निर्णय गर्ने आधार नै छैन । महाशय हो ज्योतिष शास्त्र शुद्ध विज्ञान हो । प्रत्येक व्यक्ति व्यक्तिको जीवन प्रवाह हो । त्यसैले यो उसको जीवन अनि यो स्वतन्त्र शास्त्र हो भनेर जान्नु पर्दछ । लोसार नयाँ वर्ष कहिले त ? ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार पुरानो वर्ष सकिएको भोलिपल्ट नेपाली ज्योतिषविदहरुले भिन्तुनाको नयाँ वर्षको पहिलो महिनाको पहिलो गते तिथि तोकिदिएर भारतीय ज्योतिषविदहरुले विक्रम संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो मिति तोकिदिएर अनि पश्चिमी मुलुकको ज्योतिषविदहरुले इस्वी संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो तारिख तोकिदिएर नयाँ वर्ष निर्धारित गरेका छन् । अर्थात भिन्तुनाको प्रत्येक वर्षको बारौं महिनाको अन्तिम तिथिको भोलिपल्ट न्हुँ दयाँ भनेर । विक्रम संवतको प्रत्येक वर्षको बारौं महिनाको भोलिपल्ट वैशाख १ गते भनेर । इस्वी संवतको प्रत्येक वर्षको बारौं महिनाको अन्तिम तारिखको भोलिपल्ट जनवरी फष्ट भनेर । यसरी शुरु हुने नयाँ वर्ष मध्ये जनवरी फष्टलाई विश्वले नै स्वीकारेका छन् भने भिन्तुना र विक्रम संवतलाई पनि आ आफ्नो स्थानमा सबैले स्वीकार गरिरहेका छन् न कि तानातान । अब पालो आयो अर्को नयाँ वर्ष जसलाई हामी लोसार या लोछार भनेर पुकार्दछौं अनि जो हाम्रो हो । यस सम्बन्धमा सार र छारको अर्थ एउटै भएपनि कुन एक र कुन प्रधानमन्त्री भनेको जस्तो कुन मान्ने भन्ने विषयलाई लिएर हाम्रो निरर्थक द्वन्द नचलिरहेको पनि होइन । जसरी नेपाल संवत भिन्तुना, भारतिय विक्रम संवत, पश्चिमी इस्वी संवतले प्रत्येक वर्ष नयाँ वर्ष जन्माउँछ त्यसरी नै ज्योतिष शास्त्रको आधारमा लोसारले पनि प्रत्येक वर्ष अर्को नयाँ वर्ष लोसार जन्माइरहेको छ र जन्माइनै रहनेछ । ज्योतिष शास्त्र अनुरुपको त्यहि लोसार लोसार संवत २१३२ लाई नै स्वीकार गरेर एकै मतको पथिक बनौ भन्ने हाम्रो मान्यता हो । यसरी लोसार खुट्याउन कठिन भैरहेका हाम्रा समाजका कतिपय मित्रगण र संघ संस्थाहरुको हितको निमित्त लोसार पनि हाम्रो धर्मको ज्योतिष शास्त्रले बताइ दिएको छ यसरी उपरोक्त्त अन्य नयाँ वर्षको जन्म भए झै लोसार पनि प्रत्येक वर्षको बारौं महिना घ्याल धाको अन्तिम तिथि या औसीको भोलिपल्ट लोसार नयाँ वर्षको पहिलो महिना धावा धाङपो छ्यु धा आरम्भ हुन्छ र यसैलाई हामीले लोसार मान्नु पर्दछ । लोसार के को आधारमा भन्ने जिज्ञासाको पूर्णता तर्फ लाग्नुपर्दा हाम्रो धर्मको ज्योतिषविदहरुले प्रचारमा ल्याएको वर्तमानमा उपलब्ध पात्रोको आधारमा मान्नु पर्दछ । लोसार सम्बन्धको होडबाजी शंका र आशंका निभाइ दिने तिब्बतियन महायान बौद्ध धर्म अन्तर्गतका पात्रोहरु यसप्रकार छन्
मन्जुश्री खुनु पात्रो लामा सोनाम । तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो २१३१ बाँदर वर्ग विक्रमी २०६१ अजितमान तामाङ नेपाल तामाङ घेदुङ संघ । उपरोक्त पात्रोहरु सहित प्रचार प्रसार योग्य खुशीको खबर के छ भने नेपाल तामाङ घेदुङ संघका अग्रज अजितमान तामाङज्यूले पनि वहाँले संपादन गर्नुभएको तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो २१३१ बाँदर वर्ग विक्रमी २०६१ मा ज्योतिष शास्त्र अनुरुपको सहि नयाँ वर्ष जनाउनु भएको छ । पहिलो महिना धावा धाङपो छ्यु धा बैशाख १ गते भनेको जस्तो हाम्रो नयाँ वर्षको पहिलो महिना हो । गत साल बाँदर वर्षमा वहाँहरुले वहाँकै गोजी पात्रो अनुसार चलिरहेको भेडा वर्ष २१३० विक्रमी २०६१ को वर्षको बारौं महिनाको पहिलो तिथिलाई वर्ष फिर्यो भन्दै मान्नु भए पनि ज्योतिष शास्त्रको कदर गर्दै हामीले मानेको सहि लोसार २१३१ बाँदर वर्ग २०६१ को फागुन ९ गते शनिवारको दिनलाईनै लोसार भनि नयाँ वर्षको पहिलो महिनाको पहिलो तिथि जनाईदिनु भएको स्वागत योग्य सन्देश रहेको छ । यि सम्पूर्ण पात्रोहरु आज भन्दा ४६४२ वर्ष पूर्व अथवा २६३७ इशा पूर्वमा चीनका ज्योतिषी ह्वाङ ति द्वारा निर्मित ज्योतिष शास्त्र अथवा चन्द्र पात्रो सँग आधारित छन् जो विश्वकै सबैभन्दा पुरानो ज्योतिष शास्त्र हो । २८४० संवत अंकित गरिएको कुनैपनि पात्रो आजसम्म देखा परेको छैन जब कि उपरोक्त पात्रोहरुमा २१३२ अंकित छ भने भएको संवत स्वीकार गर्ने कि हुँदै नभएको संवत स्वीकार गर्ने भन्ने विषयमा हामी सबैको एकमत हुन अत्यावश्यक हुन गएको छ । यस प्रसंगमा हामी सम्पूर्ण लोसार प्रेमी मित्रहरुको ध्यान केमा केन्द्रित गराउन चाहन्छौं भने हाम्रा कतिपय संघ संस्थाहरू र संघ संस्थाका अधिकारी महोदयहरुले बताउनुभएको मञ्जुश्री या चन्द्र पात्रो नै उपरोक्त पात्रोहरू हुन् । उपरोक्त पात्रोहरूको अतिरिक्त कुनै अरू बैकल्पिक पात्रोले तामाङहरूलाई उपरोक्त पात्रोहरूमा निर्धारित तिथिको एक महिना अगावै लोसार (नयाँ बर्ष) हो भनेर भन्छ । जबकि नेपाल तामाङ घेदुङ संघका अग्रज अजितमान तामाङज्यू समेत उपरोक्त पात्रोहरूकै अनुरूप आइसक्नुभएको छ भने वहाँकै तामाङ क्यालेण्डर नामक गोजी पात्रो (२१३१ बाँदर वर्ष) द्वारा स्पष्ट हुन आएको छ । यिनै सत्य तथ्यहरू धारण गर्दै अब उप्रान्त कुनै पनि तामाङ मित्रहरू संघ संस्थाका पदाधिकारीहरू द्विविधामा नपरिकन उल्लेखित पात्रोहरूको आधारमा नै लोसार स्वीकार गर्दै अकारण हुन गएको अनेकतालाई एकताको सूत्रमा बाँध्नको निमित्त सहयोग गर्नु नै हुनेछ भन्ने हामीले आशा राखेका छौं । पुनः यस विषयमा अझ राम्ररी बुझ्नुपर्दा – अर्कोतर्फ हामीले के पनि पाएका छौं भने २०५४ साल फाल्गुण १५ गते फेन्दे ढाछाङ, बालाजुबाट प्रकाशित 'लोसार एक परिचय' को एक पंक्ति लो, खाम, दशा ग्रह र लगन हेर्ने तामाङ पात्रो खोई ? सोनाम लोसर मान्दा ग्याल्बो लोसारको बाह्रौं महिनामा सोनाम लोसारको पहिलो महिना हुन्छ जसले गर्दा "लो, खाम गडबड भई बिग्रह पर्ला कि ?" यस पंक्तिलाई खण्डन गर्दै नेताघे संघले बुझेर हो या नबुझेर हो सजिलै भनिदिएको छ कि यस भनाइको पहिलो जवाफ हाम्रो नजिकै विद्यमान भारतिय र चिनियाँ पात्रो देखाइ दिए पुग्छ अनि तामाङ पात्रोको संभावना, भनेर । वहाँहरूले खण्डन गर्दै भारतीय र चिनियाँ पात्रोलाई आधार बनाएर जुन उत्तर दिनुभयो त्यो सहि उत्तर हो । यस उत्तरमा हामीले के पनि पायौं भने "अनि तामाङ पात्रोको संभावना" भन्दै भारतीय चिनियाँ पात्रो नै तामाङ पात्रो हो भन्ने ठोकुवा गर्नुभएको त झन सत प्रतिशत नै ठिक हो किन भने हामीले पनि लेखेको, भनेको, सवैलाई आग्रह गरेको, दिन, दशा, ग्रह, लगन इत्यादी हेरेको र यो दिन लोसार पर्छ है भनेको पनि माथि उल्लेखित भारतिय चिनियाँ पात्रो नै हुन् । हामीलाई लाग्छ नेताघे संघलाई भारतिय चिनियाँ पात्रोको नाम चाहिँ थाहा भएको र तर त्यस भित्र के छ भन्नेबारेमा चाहिँ थाहा नभएको र खण्डन गर्ने असफल प्रयास गरेको इत्यादी । आउनुहोस् बुझ्नुहोस् –मनमा धारण गर्नुहोस् अनि मात्र लेख्न बस्नुहोस् मित्र बर्ग, 'घ्यागार' भनेको भारत बर्ष हो । 'घ्यागार'को असली रूप 'घ्याकार' हो । 'घ्या' भनेको 'घ्याछेन्पो' अर्थात् हामीले बुझ्ने भाषामा भन्ने हो भने विशाल, 'कार' भनेको 'कारपो' या सेतो त्यसैले 'घ्याकार' भनेको सेतो वस्त्र धारण गर्ने नागरिकहरूद्वारा भरिएको विशाल देश भनेको हो ।
ध्याकारलाई किन घ्याकार भनिन्छ त, भने सुम च्युपा अर्थात त्रिशद नामक व्याकरण अनुसार घ्या पछि कार जोड्न गलत साबित हुने भएकोले कार को स्थानमा गार प्रयुत्त गरि घ्याकार भनिएको हो । माथि उल्लेखित भए अनुसार यसको असली रुप हो घ्याकार (भारत बर्ष) । छोटकरीमा हामी कार मात्र भन्ने गर्दछौ त्यसैले भारतीय ज्योतिषिलाईई कारचि भन्ने गर्दछौ । शाब्दिक अर्थ पच्छ्याउने हो भने कारचि को अर्थ हुनेछ सेतो ज्योतिषि । सेतो ज्योतिषि भन्नाले भारतीय ज्योतिषि भनेर बुझ्नु पर्छ । चिनियाँ ज्योतिषिलाई नाग्चि भनेर भन्दछ । भारत बर्षलाई घ्याकार भनेको जस्तो चीनलाई तिब्बतीयनहरूले घ्यानाग भन्दछन् । घ्या भनेको घ्या छेन्पो अर्थात विशाल क्षेत्रफल भएको नाग् भनेको कालो अथवा मन र व्यवहार असल नभएको यस अर्थमा घ्यानागको नाग बाट नागचि अथवा चिनियाँ ज्योतिष स्पष्ट हुन्छ । यहाँ सम्म हामीले के बुझ्यौ भने कारचि र नाग्चि नै भारतीय र चिनियाँ ज्योतिष हुन । भारतीय र चिनियाँ ज्योतिषको एक मुस्ट र संयुक्त रुप नै माथि उल्लेखित मञ्जुश्री पात्रोहरू हुन जुन पात्रोहरू तिब्बतियन महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू प्रयोग गर्दछौ र त्यसै पात्रोलाई नै ने.ता.घे. संघले पनि प्रमाणको निमित्त हाम्रो अगाडि सारि दिएका छन् । अब हामी सबैको पात्रो एउटै भएको छ र तिनै पात्रोहरूले निर्धारण गरेको दिनलाई नै लोसार मान्न हा्म्रो बुद्धिमानी हुनेछ न कि ताना तान ।
तामाङ र तामाङ समाजको मात्र नाम लिएर प्रस्तुत गरिएको यो लेख तामाङ र तामाङ समाजको निमित्त मात्र होइन भनेर बुझि दिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौ । एउटै नामलाई मात्र केन्द्रबिन्दु बनाएर लेखिएको यो लेखले संसारमा विद्यमान तिब्बतियन महायान, बौद्ध धर्मका हामी सबै अनुयायीहरू शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखि, लगायत यस धर्म अपनाइसकेका क्षत्रिय र व्राम्हणलाई समेत समेटेको छ । यसरी स्वीकारी दिनुभयो भने हामी जीवन पर्यन्त कृतज्ञ रहनेछौ । लोसार केको आधारमा मान्ने भन्ने विषयलाई यही पूर्ण विराम दिँदै हामी सम्पूर्ण तिब्बतीयन महायान बौद्ध धर्मका अनुयायीहरू अब कसरी मान्ने विषयको पक्षतर्फ प्रवेश गरौ । लोसरको तयारी लोसर मनाउनु भन्दा केही दिन अगावै आ आफ्नो पूजा कोठा, भान्सा घर, सुत्ने कोठा लगायत सम्पूर्ण घर र घर वरिपरि सफा गरी लोसार मनाउन योग्य बनाउनु पर्छ । आर्थिक अवस्थाले साथ दिएको खण्डमा आफ्नो घर र घर परिसरमा रंग लगाई नयाँ रुप दिन सके अझ उत्तम हुनेछ । यसरी घर सिङार्ने काम लोसार भन्दा अगाडि नै सकाउनु पर्छ । लोसारको अघिल्लो साँझ अथवा औंसिको साँझ घुथुग खानु पर्छ । घु भनेको नौ र थुग भनेको थुग्पा हो । अर्थात् नौ प्रकारका विभिन्न खाद्यान्न मिलाएर बनाएको थुग्पालाई घुथुग भन्दछ । ति नौ प्रकारका विभिन्न खाद्यान्न यस प्रकार छन् ; स्या, चामल, मटर (केराउ) या दाल, फिङ (भटमासबाट तयार पारिएको सेवइ जस्तो देखिने खाद्य पदार्थ), मुला, दालचिनी, छुर्पी, हरियो साग र गोलो रिल्बु आदि । यसरी घुथुग तयार गरेपछि आफ्नो भाग्य र स्वभाव संकेत गर्ने विभिन्न बस्तुहरू आँटा मुछेर बनाइएको मसिनो डल्लो भित्र राख्नु पर्छ । अनि त्यसपछि आगोमा सेकाएर पाकेपछि घुथुग मा मिलाएर सबैलाई एक एक वटा डल्लो पर्ने गरि घुथुग बाँडनु पर्छ । आँटाको डल्लो भित्र राखिने विभिन्न वस्तु |