|
|
|
| ||
|
Say 'No' to Racism.
तामाङजातिबारे
कम्प्युटर हार्डवेयर, सफ्टवेयर सम्बन्धी कुनै पनि समस्या परे
वा नयाँ कम्प्युटर किन्नु परे हामीलाई सम्झनुहोस् ।
शान्तिला
ह्युल नेपाल
च्योमदान्देसे याङवा मुबा
तिका याङला ज्योज्यो आलेसे
आछेगो दारेम नेपालीकादे
आताजी दारेम ह्याङला चु
नया मिलिनियमा जीवनको लागि महामहिम दलाई लामाका उपदेशहरु महान करुणा र महान उपलब्धिमा ठुलो जोखिम हुन्छ भन्ने कुरालाई मनमा राख्नुहोस् । तपाईंले कुनै कुरालाई गुमाउदाखेरि त्यसबाट प्राप्त हुने पाठलाई कहिल्यै नगुमाउनुहोस् । तीनवटा 'आर' हरुलाई मनमा लिनुहोस् आफूलाई आदर गर्नुहोस् (Respect for self), अरुलाई आदर गर्नुहोस् (Respect for others) र आफ्नो सम्पूर्ण कृयाकलापहरु प्रति उत्तरदायी हुनुहोस् । (Responsibility for all your actions.) यो कुरा नविर्सिनुहोस् कि तपाईले चाहेको कुरा प्राप्त नहुनु कहिले काहिं अचम्मलाग्दो भाग्य हो । कानूनलाई राम्रो गरेर सिक्नुहोस् ता कि तपाईले त्यसलाई कसरी उचित तरिकाले तोडने भन्ने कुरा जान्न सक्षम हुनुहोस् । सानो तिनो बाद-विवादको कारण एउटा महान मित्रतालाई चोट पुग्न नदिनुहोस् । आफुले गल्ती गरेको महसुस गर्नासाथ त्यसलाई सुधार्न तुरन्तै पाइला चाल्नुहोस् । प्रत्येक दिन केही समय एक्लै विताउने गर्नुहोस् । परिवर्तनलाई अंकमाल गर्नका लागि आफ्नो अँगालो खुला राख्नुहोस तर आफ्नो मुल्य तथा मान्यतालाई गुम्न नदिनुहोस् । यो नविर्सनुहोस् कि कुनै समयमा मौनता नै सवैभन्दा असल जवाफ हुन्छ । एउटा असल र आदरपूर्ण जीवन ब्यतित गर्नुहोस् । आफु बृद्ध भएपछि पहिलेको कुरा सम्झदा तपाईले त्यसबाट दोस्रो पटक आनन्द प्राप्त गर्न सक्नुहुन्छ । तपाईको घरको मायालु वातावरण नै तपाईको असल जीवनको जग हो । आफ्नो प्रियजनहरुसँगको बाद विवादमा तात्कालिन अवस्थाबारे मात्र कुरा गर्नुहोस् । वितेका कुराहरुलाई नकोट्याउनुहोस् आफ्नो ज्ञानलाई अरुसँग सहभाग गर्नुहोस् । अमरत्व प्राप्त गर्ने यो एउटा तरिका हो । पृथ्वी सँग भद्र हुनुहोस् । बर्षको एकपटक आफु पहिला कहिल्यै नगएको स्थानमा जानुहोस् यो नभुल्नुहोस् कि त्यो नै सवैभन्दा असल सम्बन्ध हो जसमा एक अर्का प्रतिको मायाले एक अर्का प्रतिको आवश्यकतालाई उछिनेर जान्छ । तपाईं आफ्नो सफलतालाई कुनै कुरा प्राप्त गर्नको लागि गुमाएको कुराद्वारा मुल्याङ्कन गर्नुहोस् । माया र पकाउने कार्यमा साहसपूर्वक त्यागी बनेर अघि बढनुहोस् । -मुकेश लामाद्वारा अनुवाद गरिएको
केटा वा केटी दुवैको हुन सक्ने धर्म अनुसारको नामहरू केटा भए नामको पछाडि दोर्जे (बज्र) राखिन्छ भने केटी भए नामको पछाडी ल्हामो (देवी ) राखीन्छ ।
टाशी
= भाग्यशाली/शुभ
केटाको
मात्र हुने नामहरू केटीको
मात्र हुने नामहरु तामाङ भाषाको गजल
-शुक्रराज
ग्लान, लजालु थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास फूर्ति ओन्सी थाक्लाङ्गो ए, एला जिन्दगी थेरीन निला एसे तिला याङला खेप्पा स्हे, जुवा तास क्लाङसी खास जाजागी मुबा ह्वारी बु क्लाङना क्लाङना थेनोन् बेला
दिमरी
चाबादा छ्याम्बा गाण्डु आरे फिरक्याप एला जिन्दगी निजी निजी आर्कुदा तिकादा न्हो ङना लासे आपासेमी कान खु बाला विबा दिम थेमेला कात्थेबा आश थाक्लाङ्गो जुवा थेन तास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास
आठवटा सांसारिक धर्महरू आठवटा सांसारिक धर्महरूमा संलग्न रहनाले प्राणीहरू संसारको लोकमा जकडेर बस्छन् र उनीहरू क्लेशहरूलाई छिटो ग्रहण गर्न तर्फ उन्मुख हुन्छन् । आठवटा सांसारिक धर्महरू प्रशंसा र दोषारोपण, लाभ र हानी, ख्याति र अपमान, खुशी र दुःखहरू हुन ।
आठवटा सांसारिक
धर्महरूले आशा र त्रासहरूप्रतिको हाम्रो लालषालाई स्थापना गर्छः हामी प्रशंसा,
लाभ,
ख्याति र खुशीको आशा गर्छौ भने
आरोप, हानी,
अपमान र दुःखहरू देखि डराउँछौं । "शान्त भावद्वारा अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ । शान्त ब्यक्तिले शान्त हुँदाखेरि क्लेशहरूलाई नष्ट पार्छ । अभिलाषा राख्न योग्य मुख्य लक्ष्य शान्ति हो र यो संसारको विधिसँग तटस्थ रहेर प्राप्त गर्न सकिन्छ । " -
अनुवादक मुकेश लामा यस्तो पनि बहिष्कार? “दशैँ चाइँ मान्दुङ्न। टीका पनि लाङ्दुङ्न। तर चाड हो पैलेदेखिको। खानु ता परो नि। पाकेको खाउँ न हाउ।” यसो भनेर ताप्लेजुङबाट धरानमा आई बसोबास गरेका एक जना सुब्बादाइले ठूलो खातिर गरेका थिए ऋतुराज र उसको साथमा रहेको साथीलाई पाँच वर्षअघिको दशैँमा। महानवमीको दिन थियो त्यो र बियर, फाक्सा, आलुदम अनि चनाको तरकारी आनन्दले खाइएको थियो सुब्बादाइकहाँ। उनको उदार आतिथ्यको हार्दिक उपभोगबाट महानवमीको त्यो दिन रमझम बनेको थियो हाम्रा लागि मध्याह्नमै। मतुवाली जातिका मानिसहरूको घना बसोबास भएको ठाउँमध्ये एउटा हो धरान। परिवर्तित राजनीतिक सन्दर्भमा साबिकका मतुवाली जातिका मानिसहरू यता आएर जनजातिमा दरिएका छन् र त्यही नामले चिनिन थालेका छन्। अनि जनजातिहरूद्वारा थालिएको आत्मपहिचानको खोजीले दशैँलाई हिन्दू धर्मले उत्पन्न गरेको चाड ठहर्यायो। त्यसपछि त्यो चाड नमनाउने बहिष्कारको लहर शुरु गरायो। त्यस लहरले धरानका जनजाति समुदाय अछूतो रहन सकेन, अपितु त्यसबाट अत्यधिक प्रभावित हुन पुग्यो। तर बानी पर्यो नानीदेखि लागेको। मार नहाने पनि, टीका नथापे पनि र अरू विधिविधान नमाने पनि दशैँका बेला मासु र रक्सी खानलाई कसले रोक्ने र? बरु ती दुवै वस्तुको प्रचुर उपभोगका लागि अनुकूल अवसर पो बनेको छ दशैँ। जस्तो ती सुब्बासाहबको त्यस दिनको आतिथ्यले प्रमाणित गरेको थियो। तैपनि बहिष्कारको नारा यथावत् छ, जो दशैँतिहारको मुखमा झनै मुखरित हुन्छ। जनसङ्ख्याको अनुपातमा नसही, थोरै नै सही जनजातिको केही न केही प्रतिशत त निजामती सेवामा छ, प्रहरीमा छ, सेनामा छ। विश्वविद्यालय र क्याम्पसमा पढ्ने–पढाउनेहरूमा जनजाति भनिने समूहका सदस्यहरूको सङ्ख्या पनि उल्लेख्य छ। जनजाति विद्यार्थीहरूका सङ्गठनहरू पनि छन्। अझ जनजातिहरूको राष्ट्रिय सङ्घसंस्थाका ठूला नेताहरूमा धेरै विश्वविद्यालयकै सेवामा रहेकाहरू छन्। हिसाबले उनीहरूबाट दशैँको ठूलो बहिष्कार हुनुपर्ने हो। तर अहिलेसम्म कसैले हिन्दू चाड दशैँको बिदा लिन्नौँ भनेका छैनन्। शिक्षण संस्थाहरूमा त झन् घटस्थापनाको दिनदेखि नै लामो बिदा हुन्छ। कुनै जनजाति विद्यार्थी वा शिक्षकले पनि दशैँ बिदा बहिष्कार गरेका छैनन्। रकारी सेवामा हुने जनजातिहरूले पनि भनेनन् हामी बिदा मनाउँदैनौँ, काम गर्छौं र जनतालाई सेवा दिन्छौँ भनेर। एक महिनाको तलब पनि मिल्छ दशैँको पेश्कीस्वरुप। कुनै जनजातिले हिन्दू दशैँको तलब पेश्की लिन्नौँ भनेका छैनन्। दशैँमा राजा र पार्टीका नेताको हातबाट टीका थाप्ने, बिदा आनन्दसँग पूरै मनाउने, तलब पेश्की पनि लिने, रक्सी र मासुको भोज पनि खाने तर बहिष्कारको नारा भने भट्याउन नछाड्ने। यो कस्तो किसिमको बहिष्कार हो? साभार हिमाल खबर पत्रिका
"ल्होसार सम्बन्धी हास्य व्यङ्ग्य " "होइन ए च्याङबा आफूलाई सबैभन्दा ठूलो सङ्ख्याको बौद्ध धर्मावलम्बी भएको बताउने तामाङ जातिहरूले त धमाधम २८४३ औ सोनाम ल्होसार मनाउन थाले नि त हँ ?" " ए पाराङ तँ पनि ९७५३ औ सोनाम ल्होसार धुमधामकासाथ मना न त, यहाँ जसले जति औ सोनाम ल्होसार मनाए पनि त्यसको आधिकारिक प्रमाण चाहिँदैन । ३९१२ औ, ५५४८ औ जसलाई जति मन लाग्छ त्यति औ ल्होसार मनाए भै गयो नि । हालसम्म २८४३ औ का बारे कुनै प्रमाण फेला परेको छैन क्यारे ! फेला परेको भए सार्वजनिक हुनु पर्ने हो " " होइन यो सोनाम ल्होसरको त कुनै धर्म छैन भन्छन नी ! उनीहरूले कुटो, कोदालो, हलो इत्यादिलाई पुजा गर्नुपर्ने साँचो हो त ? " "सोनाम ल्होसार किसानहरूले मनाउने ल्होसार भएपछि कुटो, कोदालो, हलो, धानको बाला इत्यादिलाई नै पूजा गर्नु परेन त ? बुद्ध धर्मावलम्बीहरूको त आफ्नो ज्योतिष शास्त्र छ, त्यो ज्योतिष शास्त्रको पात्रो छ र त्यो पात्रो अनुसारको ल्होसार छ, त्यो ल्होसार सोनाम ल्होसार होइन ग्याल्बो ल्होसार हो " " होइन तामाङ जाति त तिब्बती महायान बुद्धधर्मावलम्बी होइनन र ? उनीहरूको सम्पूर्ण धार्मिक संस्कार त्यसै अनुसार गरिँदैन र ? यदि तामाङहरू बुद्ध धर्मावलम्बी हुन भने त्यही बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार मनाउनु पर्ने होइन र ? बुद्ध धर्म चाही मान्छु त्यसको ज्योतिष शास्त्रलाई चाहिँ मान्दिन भन्न पाइन्छ र ? " "हुनु त हो नी च्याङबा, अब बुझ्दै न बुझे पछि वा बुझेर पनि बुझ पचाए पछि कसको के लाग्छ र ?" "होइन सोनाम ल्होसार मान्ने तामाङहरूले बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार नमनाएर किसान तथा गोठालोहरूले मनाउने सोनाम ल्होसार किन मनाए हँ ? झन् यस पाली त बौद्ध जस्तो संसारकै महान् बौद्ध तिर्थस्थलमा बसोबास गर्ने तामाङहरूले समेत सोनाम ल्होसार नै धुमधामकासाथ मनाउनै अरे बिदेशका तामाङहरू पनि त्यसै गर्छन् " "होइन पाराङ, यसबाट बौद्धका तामाङहरू लगायत सोनाम ल्होसार मान्ने अरू तामाङहरूको बुद्ध धर्म प्रति कतिको आस्था रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ नी । नत्र भने उनीहरूले बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार मनाइ हाल्थे नी ! बौद्धका तामाङहरू पनि क्रमश नास्तिक हुँदै गएकोमा दुख लाग्यो है मलाइ त, कागले कान लग्यो भन्दा कान नछामेर कागको पछाडि किन दौडेका हुन थाहा छैन " " बत्ति मुनि अँध्यारो हुन्छ भनेको त्यही त हो नी ! , कठै ! त्यत्रो ठूलो धार्मिक स्थलमा बस्ने तामाङहरू के भएका होलान् । उनीहरूले समेत त्यस्तो गर्न थाले पनि अन्यत्रका तामाङहरूले के गर्लान हँ ? अनि अब बौद्धका तामाङहरूले कुटो, कोदालो, हलो, धानको बाला इत्यादिलाई पुजा गर्छन त ? घर घरमा पुजा गर्दै आएको बुद्ध, गुरु रिन्पोछे इत्यादिको मूर्ति र थाङ्कालाई चाहि के गर्लान त ? " " ती सबै कुरा उनीहरूले नै जानुन् । सुन पाराङ, म त जसले जे भने पनि बुद्ध धर्मको ज्योतिष शास्त्रको पात्रो अनुसारको ल्होसार, यसपाली फागुण छ गते पर्ने ग्याल्बो ल्होसार नै मनाउँछु । नास्तिकबादी सोनाम ल्होसार किन मनाउनु ? नत्र भने त बुद्धधर्मावलम्बी तामाङ कुलमा जन्म लिनुको के अर्थ रह्यो र ? "
|
This page is under construction.
वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो । P.O.Box 13779, Kathmandu,
Nepal |
सुमार्गमा लागेको चित्तले आफूलाई जत्ति उपकार गर्छ त्यति उपकार बाबु, आमा र कुटुम्बले समेत गर्न सक्दैन। -बुद्ध वचन सुपथ मुल्यमा इन्टरनेट वेभ पेज बनाउन, डोमेन नेम रजिष्ट्रेशन गर्न र वेभ होस्ट गर्न हामीलाई संझनुहोस् MIND PRECEDES ALL MENTAL STATES. Mind is their chief; they are all mind-wrought. If with an impure mind a person speaks or acts, suffering follows him like the wheel that follows the foot of the ox. MIND PRECEDES ALL MENTAL STATES. Mind is their chief; they are all mind-wrought. If with a pure mind a person speaks or acts, happiness follows him like his never-departing shadow.
बुद्धले
सम्पूर्ण प्राणीहरूको हात समाएर तिनीहरूलाई संसारबाट बाहिर लान सक्नुहुन्न ।
यदि उहाँहरू त्यसो गर्न सक्षम हुनु भएका भए बुद्धहरूले आफ्नो महान् करुणा तथा
उपायकौशलद्वारा कुनै अपवाद विना
सम्पूर्ण प्राणीहरूलाई मुक्त गरीसक्नु हुने
थियो । निम्नलिखित ठेगानामा सम्पर्क गरेर बुद्धधर्म सम्बन्धि निशुल्क पुस्तकहरु प्राप्त गर्नुहोस् The Corporate Bopdy of the Buddha Educational Foundation.
11F, 55 Hanag Chow South road Sec. I, Taipei, Taiwan, ROC
Web site:
तामाङ भाषाको मासिक पत्रिका
तामाङ भाषाको पाक्षिक
तिल्पुङ लुङता ईन्टरप्राईजेज
If you do not know how to relax and be satisfied with what you have, if you do not know how to appreciate the natural beauty of your environment, if you do now know how to be simple, then even if you were to possess all the money in the world you would still be miserable. -Lama Yeshe
Dalai Lama's advise for
millennium.
Follow the three Rs: Respect for self, respect for others and responsibility
for all your actions. Learn the rules so you know how to break them properly. Don't let a little dispute injure a great friendship. When you realize you've made a mistake, take immediate steps to correct it. Spend some time alone every day. Open your arms to change, but don't let go of your values. Remember that silence is sometimes the best answer. Live a good, honorable life. Then when you get older and think back, you'll be able to enjoy it a second time. A loving atmosphere in your
home is the foundation for your life. Share your knowledge. It's a way to achieve immortality. Be gentle with the earth. Once a year, go some place
you've never been before. Judge your success by what you had to give up in order to get it. Approach love and cooking with reckless abandon.
तामाङ जातिको थर
भित्र अर्कै जाति ? -कृष्ण दोङ रामेछाप । रामेछाप जिल्लाको क्षेत्रमा घ्याङ पुँडीघ्याङको एउटा शाखा छ । श्री ५ महाराजाधिराज पृथ्जीनारायण शाहले वि.सं. १८१८ मा लालमोहरद्वारा सो घ्याङ लगायत पूर्वको आठवटा घ्याङ गुठी थामिबक्सेको थियो । तर कालान्तरमा राणायुग प्रारम्भ भएपछि घ्याङ गुठी, विर्ता जागिर खोसिने र अन्यत्र हस्तान्तरण हुने क्रममा घ्याङ गुठीहरू अन्य देवीदेवताहरूको नाममा र रैतानमा परिणत हुने क्रममा घ्याङ गुम्बाहरूको अवस्था खस्किन पुगेको थियो । तर पनि राणा शाहीले घ्याङ गुम्बाहरूको नित्यपूजाको लागि "फूलबारी" भनी केही जग्गाहरू छाडिदिएका थिए । डोग्मे घ्याङ गुठीहरू काभ्रेपलाञ्चोकको पलाञ्चोक माई स्थानमा हस्तान्तरण भएपछि सो घ्याङको स्याहार सुसार गर्न नसकेर जीर्ण भएको र स्थानीय जनताले आफ्नो तर्फबाट सो घ्याङको रेखदेख अहिलेसम्म पुर्याउँदै आएको छ । तामाङ जातिको सो घ्याङमा पुजारीको वंश निःसन्तान हुन पुगेपछित्यहाँका भक्तजनहरूले घ्याङको पूजाआजा चलाउन हेलम्बु (सिन्धुपाल्चोक) बाट पोलमली भनिने तर 'ढेपानेउ दोङ' भनी आफूलाई चिनाउने एकजना लामालाई निम्त्याएर ल्याएका थिए । तिनका सन्तानले तामाङ समाजमा घुलमिल हुन तामाङ जातिको लामाथरि 'योञ्जन' भनी आफ्नो थरको रूपमा प्रस्तुत गर्ने गरे । किनभने त्यसबेला तामाङ समाजमा पनि जातिपाति थर कुटुम्बको चर्को खोजीनीति गर्ने गरिन्थ्यो । १२ तामाङ १८ जात वा ११ खोर भनी तामाङ समाजको प्रचलित जाति व्यवस्था रहेको छ । कालान्तरमा ती 'ढोपानेउ दोङ' तामाङभित्र 'योञ्जन' थरिनै भन्ने गर्यो तर कुटुम्ब वा बिहाबारीमा बुज्रुक तामाङहरू ती 'ढेपानेउ दोङ' देखि अति नै सतर्क रहने गर्थे । दुइ वर्ष अघि डोग्मे घ्याङका 'ढोपादेउ दोङ' समुदायले आफ्नो घर परिवारमा झै झगडा विभिन्न रोगब्याधी बौलाउने जस्ता अपसगुनहरू बारम्बार हुँदै आएको देखेर योञ्जनको कुल देवता मान्ने गर्दा आफ्नो कुलदेवताले पिरेको हो भन्ने निष्कर्षमा पुगे । त्यसपछि त्यस समुदायका टोली हेलम्बु गई 'ढोपादेउ दोङ' का वंशजहरुसँग सम्पर्क गरी आफ्नै कुल देवता स्थापना गरेको कुरा स्थानीय 'ढोपादेउ दोङ' का एकजना बूढापाकाले बताए । उनको भनाइ अनुसारत्यसपछि घरपरिवारमा निकै शान्ति छाएको छ । पहिले एक घर रहेको 'ढोपादेउ दोङ'हरू अहिले रामेछापको डोग्ने घ्याङमा झण्डै ५०-६० धुरीसम्म पुगेको छ । त्यहाँबाट बसाईसरी रामेछापकै दोरम्बा डडुवाको नागी र ढाक्रेवाससम्म पनि उनकै सन्तानहरूको केही परिवार 'योञ्जन' नै भनी बसेको बताउँछन् । स्मरणीय होस् 'ढोपादेउ दोङ'भन्ने तामाङको कुनै वंश विशेष नभई १३ औं शताब्दीमा तिब्बतमा शासन व्यवश्था सम्हालेका काग्युदपा लामा फाग्डु प्रशासनले कैलास मानसरोवरबाट लामाबगर भन्दा माथि लाप्पी (जोदावरी) बर्मा र भारतको सिमानामा पर्ने चरी पर्वतको तीर्थस्थलमा तिब्बती तीर्थयात्रीहरुलाई तीर्थस्थल चिनाउन भनी पठाएका मानिसहरूको 'पदवी' हो । नेउदोङम तत्कालीन तिब्बतको राजधानी थियो भने 'ढेपा' उनको अधिकृतलाई भनिन्थ्यो । यसबाट १२ तामाङ र १५ जात ११ खोरबाहेकका केहीले पनि तामाङ थरहरू ग्रहण गरेको प्रमाणित हुन आउँछ । राष्ट्रियताको साम्प्रदायीकरण! 'पहिचान त नेपाली राम्रो' (आवरण कथा, १६–३१ हिमाल) मार्फत् हिमाल ले भारतमा रहेका प्रवासी नेपालीको पीडा झल्काउनुभन्दा नेपालमा जातीय स्वशासनविरुद्ध बढी वकालत गर्न खोजेको अनुभव भयो। रिपोर्टभरि नै हिमाल सम्वाददाता आफ्नै भूमिमा पहिचानको पीडा बोकेका नेपालका जनजाति, दलित र तराईवासीहरूप्रति असंवेदनशील देखिएका छन्। एक प्रसङ्गमा उनले 'नेपालका राष्ट्रिय भाषाहरू त झन् बामे सरिरहेका छन्' भनेका छन् तर कुनै बेला नेपालभाषा र मैथिलीभाषा नेपाली नामकरण गरिएको खसभाषाको स्थितिभन्दा धेरै उच्च र समृद्ध थिए। ती शिथिल भएका 'पहिचान नेपाली राम्रो' भनेर खसभाषालाई मात्र राष्ट्रभाषा बनाउनाले हो कि होइन? त्यसको जिम्मेवारी कसले लिने? नेपाली मूलका भारतीयका लागि नेपालले आवाज उठाउनुपर्ने हिमाल को आग्रह चाहिँ स्वागतयोग्य छ। नेपालमा बसेका तराईवासी, दलित तथा जनजातिहरूले प्रवासी नेपालीभन्दा बढी पीडा भोगिरहेका छन्। असमका लीलबहादुर क्षत्रीले भारतीय साहित्य एकेडेमी पुरस्कार पाएका रहेछन्। तर नेपालमा रहेका राष्ट्रिय भाषाका लेखकहरूले अहिलेसम्म सरकारबाट कुन चाहिँ पुरस्कार पाएका छन् त? यथार्थ के हो भने, राष्ट्रिय भाषामा जति नै स्तरीय लेख्नेलाई पनि यहाँ लेखकै गनिँदैन। भारत जेजस्तै भए पनि अङ्ग्रेजले शासन गरेको ठाउँ हो, प्रजातन्त्रको आधा शताब्दीको अनुभव भएको देश हो। भाषा, जाति जस्ता मामिलामा नेपालको भन्दा राम्रो स्थिति त्यहाँ छ। तर त्यहाँ पनि जनमतबाट राज्य छुट्टिने व्यवस्था (आत्मनिर्णयको व्यवस्था) नभएकाले कतिपय राज्यमा हिंसात्मक विद्वेष जारी छ। नेपालमा त्यसबाट सिक्न सकिन्छ। असमका जनजातिका लागि गरिएका व्यवस्थाबाट पनि नेपाल र नेपालीहरूले सिक्नै पर्छ। भारतमा अजनजातिले भोग्नेभन्दा धेरै पीडा नेपालका जनजातिले आफ्नै भूमिमा भोग्नुपर्छ, भोगिरहेका छन्। पहिचान नेपाली राम्रो अवश्य पनि हो। प्रवासमा नेपालीले आफ्नो परिचय आफ्नो सुविधाअनुसार देलान्। तर नेपालभित्र नेपाली पहिचान खसकुरा, दौरासुरुवाल र दशैँ जस्ता कुराहरूमा सीमित हुनुहुँदैन। नेवारमै पनि परापूर्वकालदेखि दशैँ (मोहनि) मान्नु नपर्ने समूह काठमाडौँभित्र लगनटोलमै छ। नेवारको पहिचान मानिने म्हपूजा (आत्मपूजा) मान्नु नपर्ने जात पनि नेवारभित्रै छ। उनीहरूलाई दशैँ र म्हपूजा मान्न कर पनि गरिँदैन न त नमान्दैमा उनीहरू नेवार पहिचानबाट बाहिरिएका छन्। कुरा हृदयको हो, जसलाई फराकिलो बनाउनु जरुरी छ। दशैँ एउटा संस्कृति हो। मन पर्नेले मान्लान्, नपर्नेले नमान्लान्। दशैँ, दौरासुरुवाल र खसभाषामा राष्ट्रियता जोड्नु राष्ट्रियताको साम्प्रदायीकरण हो, सङ्कुचन हो। राणाकाल र पञ्चायतको सोचलाई निरन्तरता दिनु हो। अर्कोतिर, सम्वाददाताले ठाउँठाउँमा नेपाली जाति भनेका छन्। तामाङ, गुरुङ, मगर, खस, थारू, यादव, महतो आदि जाति हुन्। नेपाली त राष्ट्रियता हो। यो 'जाति' भन्दा धेरै फराकिलो र उच्च छ। मुख्य कुरा अहिले परिभाषा, पहिचान सबैलाई फराकिलो बनाउनु जरुरी छ। अझ हृदयलाई फराकिलो बनाउनु पर्छ। १६–३१ भदौको हिमाल मा कनकमणि दीक्षित र जे.बी. पुनको संयुक्त लेखले पनि जातीय राज्यलाई नकारेको छ। उनीहरूले कमै जिल्लामा मात्र एउटै जातिको सघनता छ भनेका छन् तर जिल्ला (अझ गाविस पनि) विभाजन नै जातीय विभेद ल्याउन गरिएका छन् भन्ने कुरा विद्वान् लेखकहरूलाई अवगतै होला। त्यसैले पनि पुनर्संरचना आवश्यक छ। फेरि लेखकद्वयले जातीय संघमा हुने अग्राधिकारको विरोध गरेका छन् तर अहिले नेपाली (खस) भाषाले देशभरि नै अग्राधिकार लिइरहेकै हो। बाहुनक्षेत्रीले राजनीति, प्रशासनमा एकाधिकार लिइराखेकै छन्। त्यसैले बाहुनक्षेत्रीले राष्ट्रिय एकताको कुरा गर्दा त्यहाँ राष्ट्रिय एकताभन्दा पनि आफ्नो एकाधिकार गुम्ने चिन्ता बढी झल्किन्छ। हिमाल ले पटकपटक जातीय स्वशासनलाई माओवादीको मुद्दा भनेको छ। तर जातीय स्वशासन कम्युनिष्ट आन्दोलनका प्रवर्तक क. पुष्पलालदेखि नै उठेको कुरा हो र यो जनजातिको मुद्दा पनि हो। सुशासन स्वशासनको विकल्प हुनसक्दैन भन्ने लोकतान्त्रिक विद्वान्हरूकै मान्यता हो।
राजुमान श्रेष्ठ साभार हिमाल खबर पत्रिका यो वर्ष अग्नि पुरुष बनेल वर्ष हो । अग्नि यस वर्षको खाम अर्थात् तत्व वा element हो.। बाह्रवटा जनावरहरूलाई पुरुष तथा स्त्री लिङ्गमा विभाजन गरिएको छ । त्यसमा बाघ, ड्रागन, सर्प, घोडा, भेडा र चरा पुरुष (फो) मा पर्छन् भने मुसा, गोरु,खरायो, कुकुर र बनेल स्त्री (मो) वर्गमा पर्छन् । संसार भर खरायो बाहेक सवै जनावरहरूमा एकरुपता भए पनि गुरुङ जातिले ड्रागनको स्थानमा गिद्द र बनेलको स्थानमा हरिण राखेर भिन्न कुरा प्रस्तुत गरेका छन् । जातिवादी अथवा जसले जे भने पनि तिब्बती महायान बुद्ध धर्मको ज्योतिष पात्रो अनुसार यस वर्ष फाल्गुण छ गते अर्थात् फेब्रुअरी १८ का दिन देखि मात्र नयाँ वर्ष अर्थात् बनेल वर्षको शुरुवात हुन्छ । नास्तिकबादी किसानहरूले मान्ने सोनाम ल्होसारको बुद्धधर्मसँग कुनै पनि सम्बन्ध छैन । किसानहरूको मान्यता अनुसार उनीहरूले हसिया, कुटो, कोदालो र हलोको पुजा गर्नुपर्ने हुन्छ । सोनाम ल्होसारबादीहरूको निमित्त बुद्ध तथा वोधिसत्त्वहरूको कुनै स्थान छैन । बनेल बर्ष सवैकोलागि सदभावको एउटा बर्ष । व्यापार व्यवसाय सामान्यतया उद्योगको लागि एउटा उत्कृष्ट मौसम देखा पर्नेछ । सवै कुरामा मानिसहरू बढी स्वतन्त्र तथा सजिलो हुनेछन् र बनेलको नम्र स्वभावले यथेष्टताको अनुभव उत्पन्न गर्छ । तर यहाँ अनुकुल शुभ लक्षण हुँदाहुँदै पनि बनेलले जस्तै गरेर हामी हिचकिचाउने, डगमगाउने छौं र अवसरहरू प्राप्त हुँदाखेरि हाम्रो आफ्नै क्षमताहरूलाई कम आँक्नेछौं । बनेलको बर्ष यथेष्टताको बर्ष हो । यदि जीवन जीउनुछ भने यसको बिँडसम्म नै जीउनु पर्छ भन्ने बनेलको सिद्धान्त हो । ऊ माया प्रती जति खर्चालु हुन्छ त्यति नै खर्चालु उपहारहरू किन्नमा हुन्छ । वीर तथा अति खर्चालु हुनमा ऊसले गर्व गर्छ । यस बर्ष बढी खर्च गर्ने र राम्ररी जाँचबुझ नगरिकन ठूलो लगानी गर्ने सल्लाह दिनु खराब सल्लाह हुन्छ । हामीले यस क्षणको उक्साहटद्वारा भएको उदारताको लहडी कार्यबारे पनि पछुतो गर्नु पर्ने हुन सक्छ । भाग्यशाली बनेलले आफूसँग सन्तुष्टि र सुरक्षा बोकेको हुन्छ । यो एउटा त्यस्तो बर्ष हो जसमा खुशी हुनको लागि कुनै ठूलो सफलता वा रूपैयाँ पैसा प्राप्त वा आवश्यकता नभएतापनि खुशी हुन सक्नुहुन्छ । समाधान गर्नको लागि कैयन बाधाहरू देखिँदैन । प्रशन्न चित्त भएको बनेलले आरोग्यताको भावलाई फैलाउँछ । तैपनि बनेल जहिले पनि ठगहरूको प्रभावमा पर्न सक्ने भएकोले रुपैया पैसाको मामिलामा ठूलो दूरदर्शिता अपनाउन सिफारिस गरिन्छ । यस बर्षले हामीलाई सामान्य भन्दा बढी मनोरञ्जन गरेको र सवै प्रकारको उदारता र सामाजिक कार्यमा संलग्न रहेको पाउनेछ । बनेलको सहनशील तथा फराकिलो वातावरणमा हामीले मित्रता गर्न ज्यादै सजिलो भएको पाउनेछौं । अवसर दिइएमा बनेल कुनै पनि कुरामा आवश्यकता भन्दा बढी संलग्न रहने खालको भएको हुँदा बढी भयो भने हेरविचार गर्नुहोस् । बनेल बर्गका मानिसहरूको ब्यक्तित्व यो इमान्दार, सरल र दुःखमा ठूलो धैर्यता भएको बर्ग हो । बहादुर, हृष्टपुष्ट तथा साहसी यस बर्षमा जन्मेका एक व्यक्तिले आफूलाई आफ्नो सम्पूर्ण बलकासाथ एउटा छुट्याइएको काममा लगाउँछ र तपाईँले त्यसलाई फत्ते गर्नको लागि ऊभित्रथि विश्वास गर्न सक्नुहुन्छ । बाहिरीरूपमा ऊ खस्रोपनको मोटामोटी रुप र हँसिलो देख्न सक्नुहुन्छ तर सतहलाई कोट्याउनुहोस् र तपाईँले शुद्ध सुन फेला पार्नुहुनेछ । तपाईँले भेटेको मानिसहरू मध्ये बनेल सवैभन्दा प्राकृतिक मध्येको एक हुन बाध्य हुन्छ । मौलिक असल मानिस ऊसले तपाईलाई पेटिभन्दा तल कहिले पनि हिर्काउँदैन । बनेल मानिस भेडा र खरायोले जस्तै ऊसले सार्वलौकिक समन्वय चाहने भएको हुँदा ऊ जनप्रिय र भेटन खोजिएको हुन्छ । यसमा कुनै शंका छैन कि अरूसँग ऊसको विवाद र झगडाहरू हुनेछ तपाईले उसलाई कुनै विकल्प दिएसम्म ऊसले ईख राख्दैन । द्वन्दमा ऊसले आगोमा घिऊ थप्न मन पराउँदैन र सामान्यतया वितेका कुराहरूलाई वितेका कुरा हुन दिन्छ । सुधो बनेलले जहिले पनि आफूले पहिले प्रथम पाईला चालेर अरूसँग उत्कृष्ट सम्बन्ध स्थापित गर्छ । यदि ऊ असफल भएमा प्रयास गर्नमा उबाट भएको कमिबाट निश्चय पनि त्यसो भएको हुँदैन । ऊसले ठूलो सहनशीलताको बरदान पाएको हुन्छ । ऊसले ठूलो धैर्यताकासाथ एक पटकमा एउटा काम लगनशीलताकासाथ पुरा गर्न सक्छ र ऊ एउटा उत्कृष्ट र वास्तविक शिक्षक बन्न सक्छ । यद्यपि आनन्दको मनमानी खोजीकर्ता र आफ्नो नकारात्मक स्वभावलाई जोड दिँदाखेरि एउटा दुराचारीको रूपमा समेत पनि ऊ उत्तिकै कहलिएको हुन्छ । फाग ल्हो कुन बर्गलाइ कस्तो ? मुसा वर्गको लागि यस अर्थात बनेल वर्ष व्यापार र लगानिमा त्यती धेरै उन्नति हुँदैन । मुसाको लागि शक्ति संचय गर्ने एउटा समय । ऊसको समय र रूपैयाँ पैसामाथि मित्र तथा परिवारका सदस्यहरूले बढी माग गर्नेछन् । यदि सावधान नभएमा ऊसको विरामी जटिल हुन सक्छ । विरामी स्थलमा ऊसले केही रूपैया पैसा वा माल सामान गुमाउन पनि सक्छ । गोरू वर्गको लागि यस अर्थात बनेल वर्ष पैदाइसीको गोरु भण्डारमा एउटा व्यस्त समय । ऊसको विवेकशील परिश्रमलाई देखाउनको लागि ऊसले धेरै परिणामहरू प्राप्त गर्नेछैन तर ऊसले दिक्क मान्नु हुँदैन किनकी पछि प्रयोग गर्नको लागि ऊसले मुल्यवान सम्पर्कहरू विकसीत पार्नेछ । पारिवारिक समस्या र काममा केही फाटोले केही अवरोध पुर्याउने भएकोले गोरुको लागि एउटा मिश्रित बर्ष । समग्रमा भन्नुपर्दा आफूलाई सताउने असंख्य समस्याहरू साना हुने भएकोले ऊसले राम्ररी नै सफर गर्नेछ । बाघ वर्गको लागि यस अर्थात बनेल वर्ष बर्षको शुरूवातमा आउने उन्नति लामो समयसम्म नटिक्ने भएकोले यस बर्ष बाघले स्वतन्त्ररूपले खर्च गर्ने विधिलाई रोक्नु पर्नेछ । उच्च जोखिम भएको लगानी तथा नयाँ सहयोगीहरूबाट ऊ जोगिनु पर्छ । खरायो (विरालो) वर्गको लागि यस अर्थात बनेल वर्ष खरायोको लागि एउटा मिश्रित समय । कुराहरू उनीहरूको वास्तविक रूप भन्दा बढी चम्किलो देखिने छ र ऊ ज्यादै यथार्थवादी हुनै पर्छ र प्रतिज्ञा गर्न वा जमानि बस्नबाट टाढै रहनु पर्छ । यस बर्ष अनपेक्षीत समस्याहरू उत्पन्न हुन सक्ने देखिन्छ त्यसैले ऊ आवश्यकता भन्दा बढी आत्मविश्वासी हुनु हुँदैन र आफ्नो रुचिहरूको सुरक्षाको लागि सवै सावधानीहरू अपनाउनु पर्नेछ । ड्रागन वर्गको लागि यस अर्थात बनेल वर्ष सवैकुराहरू फर्केर फेरि सामान्य हुने र कुकुरको शासनकालमा आफूमाथि मडारिएको कालो बादलबिचबाट शौभाग्य चम्कने भएकोले ड्रागनको लागि एउटा असल बर्ष । ऊसको काममा वा आर्थिक जगतमा अझै पनि मिश्रित परिणाम हुन सक्छ । तर केही मुख्य समस्याहरू हुन्छन् । ऊसले धरै यात्रा वा मनोरञ्जन गर्नुपर्ने हुन्छ तर ऊसको पारिवारिक जीवनमा कुनै समस्याहरू देखिदैन । सर्प वर्गको लागि यस अर्थात बनेल वर्ष यस बर्ष धुनसुर परेकोले बाधाहरू धेरै आउनेछन् त्यसकारण गुम्बामा गएर लामा गुरुहरूबाट पुजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । एउटा थकानयुक्त तथा मिश्रित बर्ष । सर्पले कम भन्दा कम लाभको लागि बढी भन्दा बढी उर्जा खपत गर्नुपर्ने हुन्छ । कमजोर अनुमान, कानुनी समस्या वा घनिष्ठसँग अलग हुनुको कारणले उत्पन्न भएको आर्थिक संकटको सामना ऊसले गर्नुपर्ने हुन सक्छ । उफ्रनु भन्दा पहिले राम्ररी हेर्नुपर्ने यो एउटा समय हो । घोडा वर्गको लागि यस अर्थात बनेल वर्ष एउटा प्रतिकुल बर्ष । बाहिरी हस्तक्षेपद्वारा केही सफलताहरूलाई नष्ट पारिने तथा र |