बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने

 



 

 

प्रयोगशालामा भिक्
(A monk in the lab)

- परमपावन दलाई लामा
(अनुवादक मुकेश लामा)

यो समय बिश्वभरि नै विनाशकारी समस्याहरुका रुपमा रीस, त्रास र घृणा जस्ता ध्वंसात्मक भावनाहरु बढ्दो रुपमा  देखा पर्ने समय हो । दैनिक समाचारले यस्ता भावनाहरुका भयानक सम्झनाहरु दिने भएकाले हामीले उठाउनुपर्ने प्रश्न यो होः -ब्यक्ति ब्यक्तिका रुपमा हामीले तिनीहरुलाई पराजित गर्नका लागि के गर्नुपर्छ ?

यस्ता अवरोधात्मक भावनाहरु अवश्य नै सँधै मानव अवस्थाको एउटा पाटो बनेको छ । एक अर्कालाई घृणा गर्ने वा दवाउने प्रबृत्तिलाई केहीले पनि 'उपचार' गर्न सकिँदैन भनेर विश्वास गर्ने केही मानिसहरुले यो सरल रुपमा मानव हुनुको मुल्य हो भन्न सक्छन् । तर यस्तो दृष्ट्रिकोणले ध्वंसात्मक भावनाको मुहारमा उदासीनता उत्पन्न गर्न सक्छ जसले हामीलाई ध्वंसात्मकता हाम्रो नियन्त्रणभन्दा बाहिर छ भन्ने निष्कर्स तर्फ डोर्‍याउँछ । 

युद्ध र आम द्वन्द्वतर्फ डोर्‍याउने खतरनाक प्रबृत्ति जस्ता प्रबृत्तिहरुलाई लगाम दिनका लागि सामुहिक भएमा ब्यक्तिको रुपमा हाम्रा लागि ब्यवहारीक विधिहरु छन् भन्ने मलाई विश्वास छ । प्रमाणको रुपमा मसँग मेरो आध्यात्मिक अभ्यास र बौद्ध उपदेशहरुमा आधारित मानव अस्तीत्वबारे समझदारी मात्र छैन तर हाल आएर बैज्ञानिकरुको कार्य पनि छ ।

पछिल्लो पन्ध्र बर्ष देखि म पश्चिमा बैज्ञानिकहरुसँगको छलफलको श्रृङ्खलाको काममा सँलग्न छु । हामीले क्वान्टम भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान देखि करुणा र ध्वंसात्मक भावनासम्मका विषयहरुबारे दृष्टिकोणहरु आदान प्रदान गरेका छौं । बैज्ञानिक अन्वेषणहरुले ब्रम्हाण्ड विज्ञान जस्ता क्षेत्रबारे गहिरो समझदारी दिने भएको मैले पाएको छु र यस्तो लाग्छ कि बौद्ध ब्याख्याहरुले खास गरेर ज्ञान सम्बन्धि, जैविक र मष्तिस्क विज्ञानमा पश्चिममा तालिमप्रात गरेका बैज्ञानीकहरुलाई कहिलेकाही आफनो क्षेत्रलाई हेर्नका लागि नयाँ विधि दिन सक्छ ।

एकजना धार्मिक नेता बिज्ञानसँग यस्तरी सँलग्न हुनु नसुहाउने जस्तो देखिन सक्छ तर बौद्ध उपदेशहरुले वास्तविकतालाई बुझ्नुको महत्वलाई जोड दिन्छ र यसप्रकारले बैज्ञानिकहरुले प्रयोग र परिमाणद्वारा हाम्रो संसारबारे सिकेका कुराहरुमा ध्यान केन्द्रीत गर्नु पर्छ ।

त्यस्तै गरेर मनको कार्यलाई अनुसंधान गर्ने बारेको बौद्धहरुको पच्चिस सय बर्षको इतिहास छ । शताब्दीभरी नै कैयन अभ्यासकर्ताहरुले हामीले 'प्रयोगहरु' भन्ने गरेको ध्वंसात्मक प्रबृत्ति प्रतिको हाम्रो भावनालाई कसरी पराजीत गर्ने भन्नेबारे कार्य गरेका छन् । मैले बैज्ञानिकहरुलाई ज्ञानबृद्ध तिब्बती आध्यात्मिक अभ्यासकर्ताहरुलाई यी अभ्यासहरुद्वारा धार्मिक सर्न्दर्भ बाहिरका अन्य मानिसहरुका लागि के लाभ पुर्‍याउन सकिन्छ भनेर जाँ गर्न प्रोत्साहन दिदै आएको छु ।

यसको उद्देश्य मन, स्मृति र हाम्रो भावनाहरुको संसारप्रतिको बुझाईलाई बृद्धि गर्नु हो । यसकारणले मैले विस्कोनसिन विश्वविद्यालयका डा. रिचार्ड डेभिडसनको स्नायु विज्ञान (न्यूरो साईन्स) प्रयोगशाला भ्रमण गरें । ध्यानको अवस्थामा मष्तिस्कमा के हुन्छ भन्ने कुरा देखाउने इमेजीङ्ग डिभाइसहरुलाई प्रयोग गरेर डा. डेभिडसन्ले करुणा, समता वा स्मृति जस्ता बौद्ध अभ्यासहरु आवाद गर्नुको असरहरुलाई अध्ययन गर्न सक्नुभएको छ । 

यस्ता अभ्यासहरुको पछि लाग्नाले मानिसहरु बढि शान्त, खुशी र प्रेममय हुनुका साथै मानिसहरु ध्वंसात्मक भावनाहरु प्रति कम भन्दा कम मात्रामा उन्मुख हुन्छन् भन्नेकुरा बौद्धहरुले शदियौं देखि विश्वास गर्दै आएका छन् । डा. डेभिडसन्का अनुसार यस विश्वासलाई रेखाङ्कति गर्नका लागि अब बिज्ञान पनि छ ।

सकारात्मक भावनाहरुको प्रादुर्भाव यस कारण हुन सक्छः स्मृतियुक्त ध्यानले त्रास र क्रोधलाई तान्ने कार्य गर्ने मष्तिस्कको एउटा भागलाई शान्त बनाउने स्नायू कुण्डलीलाई बलियो बनाउँछ भनेर डा. डेभिडसन् मलाई भन्नुहुन्छ । यसले हाम्रा लागि मष्तिस्कको हिसात्मक संवेग र हाम्रो कार्यहरुको बिचमा एक प्रकारको मध्यवर्ती उत्पन्न गर्ने मार्ग को संभाब्यतालाई उत्पन्न गर्छ ।

अति अवरोधात्मक अवस्था सामना गर्नु पर्दा खेरी पनि केही अभ्यासकर्ताहरुले आन्तरिक शान्तिको अवस्था प्राप्त गर्न सक्छन् भन्ने देखाउने प्रयोगहरु गरिसकिएका छन् । बन्दुक पडकेको आवाज जत्तिकै थर्किने आवाजले समेत हामीले परिक्षण गरिरहेको बौद्ध भिक्षुलाई झस्काउन असफल भयो भनेर क्यालिफोर्निया विश्वविद्यालय, सानफ्रान्सीस्कोका डा. पउल एकमेनले मलाई भन्नुभयो । यस्तो अवरोधको अवस्थामा पनि शान्त भएर रहन सकेको आफूले कसैलाई पनि कहिले पनि देखेको थिइनँ भनेर डा. एकमेन भन्नुहुन्छ ।

अर्का भिक्षु -भारतमा रहेको हाम्रो गुम्बाहरु मध्येको एक गुम्बाका मठाधिसको मष्तिस्कको तरङ्गहरुलाई नाप्नका लागि डा. डेभिडसन्ले Electroencephalographs प्रयोग गरेर परिक्षण गर्नुभएको थियो । डा. डेभिडसनका अनुसार ती मठाधिसको मष्तिस्क केन्द्रमा उहाँको प्रयोगशालामा नाप गरिएकोमध्ये सवैभन्दा बढि मात्रामा सकारात्मक भावनाहरुसँग मिल्ने क्रियाकलापहरु थिए ।

यी अभ्यासका लाभहरु एकपटकमा महिनौंसम्म ध्यान शिविरमा समय विताउने भिक्षुहरुका लागि मात्र अवश्य नै होइनन् । ठुलो मात्रामा तनाव उत्पन्न हुने प्रकृतिको जागिर खाने मानिसहरुबारे गरिएको उहाँको सोध-कार्यका बारेमा डा. डेभिडसनले मलाई भन्नुभयो । यी अबौद्ध मानिसहरुलाई सोचाई र वेदनाको चंगुलमा नपर्ने तर बगिरहेको नदीलाई हेरेको जस्तै गरेर तिनीहरुलाई आउन र जान दिने सावधानिको अवस्थाको मन -स्मृतिबारे शिक्षा दिइयो । आठ हप्ता पछि डा. डेभिडसनले ती ब्यक्तिहरुमा उनीहरुको मष्तिष्कको सकारात्मक भावना स्फुरण हुनलाई सहायता गर्ने भाग बढदो रुपले सकृय भएको पाए

यी सवैको तात्पर्य स्पष्ट छः आजको विश्वलाई स्थायित्व निश्चय गर्ने र जस्तो सुकै प्रकारको अचाक्ली वा आक्रमण सहनु परेको भए पनि 'शत्रु' संग वार्तामा संलग्न हुने तर्फ कार्य गर्ने नागरिक र नेताहरुको आवश्यकता छ ।

यी विधिहरु उपयोगी मात्र छैनन् तर खर्चालु पनि नभएकाले यो ज्यादै ग्रहणयोग्य छ । तपाईलाई कुनै औषधि वा सुइ चाहिँदैन । तपाईं बौद्ध हुनु पर्छ भन्ने आवश्यक पनि छैन अथवा कुनै खास धार्मिक विस्वास अनुशरण गर्नु पनि पर्दैन । शान्त र अर्थपूर्ण जीवन जीउने सम्भाव्यता सवैमा छ । त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर हामीले यथासक्य खोज गर्नै पर्छ ।

यी विधिहरुलाई मैले आफ्नै जीवनमा लागू गर्ने प्रयास गर्छु जब म खराब समाचार सुन्छु, विषेश गरेर जब मेरा सहपाठी तिब्बतीहरुबाट दुःखद् कथाहरु सुन्छु, प्राकृतिकरुपले मेरो आफ्नो प्रतिक्रिया दुःखी हुन्छ । यद्यपि सन्दर्भमा राखेर म उचित तवरले आफूले राम्ररी सामना गरिरहेको पाउँछु र मनलाई सरल रुपले विषाक्त बनाउने र हृदयलाई कुँढिलो बनाउने असहाय क्रोधको अनुभव खराब भन्दा खराब समाचार पछि पनि ममा विरलै उत्पन्न हुन्छ ।

तर चिन्तनले देखाउँछ कि हाम्रो जीवनमा हाम्रा कष्टहरु मध्येका धेरैजसो बाह्य कारणहरुद्वारा उत्पन्न भएका हुदैनन् तर अवरोधात्मक भावना उत्पन्न हुने जस्ता आन्तरिक घटनाहरुद्वारा उत्पन्न भएका हुन्छन् । यस ध्वंसको सवैभन्दा असल प्रतिविष यी भावनाहरुलाई सामना गर्ने हाम्रो क्षमतालाई बृद्धि गर्नु हो ।

यदि मानवता जीवित रहनु पर्छ भने खुशी र आन्तरिक संतुलनहरु निर्णायक हुन्छन् । नत्रभने हाम्रा बाल बालिकाहरुको र उनीहरुको बाल बालिकाहरुको जीवन समेत दुःखी, उद्दण्ड, र छोटो हुन सक्न । भौतिक विकासले निश्चितरुपमा केहि हदसम्म खुशी र सुविधाजनक जीवनमा योगदान गर्न सक्छ । तर त्यो यथेष्ट हुदैन ।

गहन स्तरको खुशी प्राप्त गर्नका लागि हामीले आफ्नो आन्तरिक विकासलाई वेवास्ता गर्न सक्तैनौं । नौ/एघारको विपत्तिले घृणाले मार्गनिर्देशन गरेको आधुनिक प्रविधि र मानव विद्वताले ठुलो विनाशतर्फ डोर्‍याउँछ भन्नेकुरा प्रदर्शन गरेको छ । यस्ता भीषण कार्यहरु एउटा कष्टदायी मनस्थीतिको हिंसात्मक लक्षण हो । बुद्धिमत्तापूर्वक र प्रभावकारी प्रतिक्रिया जनाउनका लागि -घृणाको ज्वालालाई दन्काउनबाट टाढा नै रहनका लागि मात्र होइन तर उपाय-कौशलयुक्त भएर प्रतिक्रिया गर्नका लागि हामी अझ बढि स्वस्थ्य मनस्थीतिद्वारा मार्गनिर्देशन गरिएको हुनु पर्छ । घृणा र अतंकको विरुद्धको युद्ध यसबाट मात्र लडन सकिन्छ आन्तरिक अग्रभागबाट पनि लडन सकिन्छ भन्ने कुरालाई सम्झेर हामीले असल कार्य गर्न सक्छौं ।

 

खुशी रहने उपायहरु

-गुरु पद्मसंभव
(डाकिनी उपदेशबाट)

गुरुले भन्नुभयोः यदि तपाईंले निम्नलिखित निर्देशनहरुलाई अनुसरण गर्न सक्नुभयो भने खुशी रहने उपायहरु छन् ।

स्वामीनीले सोध्नुभयोः हामीले के गर्नु पर्छ ?

गुरुले भन्नुभयोः  आशक्ति र लिप्सायुक्त फोहरी ढुङ्ग्रोको पींध नभएकोले यदि तपाईंले आफ्नो गृहभूमि त्याग गर्नुभयो भने तपाईं खुशी रहनुहुनेछ ।

ज्ञानको क्षेत्रमाथि अध्ययन र चिन्तनको कुनै अन्त्य नभएकोले यदि तपाईंले आफ्नो मनलाई साक्षात्कार गर्नुभयो भने तपाईं खुशी रहनुहुनेछ ।

सामान्य ब्यर्थका कुराहरुको कहिल्यै अन्त्य नहुने भएकोले यदि तपाईं मौन रहन सक्नु भयो भने तपाईं खुशी रहनु हुनेछ ।

सांसारिक विचलनका कार्यहरुको अन्त्य कहिल्यै पनि नहुने भएकाले यदि तपाईं एकान्तमा रहन सक्नुभयो भने तपाईं खुशी रहनु हुनेछ ।

क्रियाकलापहरुको अन्त्य कहिल्यै पनि नहुने भएकाले यदि तपाईंले कार्यहरुलाई त्याग गर्न सक्नु भयो भने तपाईं खुशी रहनु हुनेछ ।

जम्मा गरिएको सम्पत्तिबाट सन्तुष्टि कहिल्यै पनि प्राप्त नहुने भएकाले आशक्तिलाई त्याग गर्न सक्नु भयो भने तपाईं खुशी रहनु हुनेछ ।

तपाईंले घृणा गर्नुभएको शत्रुहरुलाई पराजित गर्न कहिल्यै पनि नसकिने भएकोले तपाईंले आफ्नै क्लेशहरुलाई पराजित गर्न सक्नुभयो भने तपाईं खुशी रहन सक्नुहुनेछ ।

तपाईं आशक्त भएका आफन्तजनहरुलाई सन्तुष्टि पार्न कहिल्यै पनि नसकिने भएकाले यदि तपाईंले आफ्नो चाहनाहरुलाई काट्न सक्नुभयो भने तपाईं खुशी रहनु हुनेछ ।

सोचाई र अवधारणाहरु कहिल्यै पनि नसिद्धिने भएकाले यदि सोचाईका क्रियाकलापहरुलाई तपाईंले काट्न सक्नुभयो भने तपाईं खुशी रहन सक्नु हुनेछ ।

सामान्यतया, अहम प्रतिको लिप्साबाट मुक्त नभएका चेतनशील प्राणीहरुलाई खुशीले कहिले पनि साथ दिने छैन । संसार लोकमा तिनीहरुले लामो समयसम्म कष्ट भोग्ने छन् ।  

(अनुवाद भैरहेको धर्म ग्रन्थबाट)

साम्पा ल्हुन्डुप्मा
सवै मनोकामना पुरा गर्नका लागि गुरु रिन्पोछेमा प्रार्थना

 

कस्तो आश्चर्य !

 परम सुखले भरिएको पश्चिमको सुद्धभूमि देवाचेनमा
अमिताभ रहनुहुन्छ जसको महान करुणा जाग्रत भएपछि
यस संसारमा प्राणीहरुको भलाइ गर्नको लागि आउन भनेर
उहाँको आशिर्वादले पद्मसंभवको रुप लियो

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

ठिशोङ धेचेन देखिका सम्पूर्ण धर्मराजाहरु देखि
शाही पंक्तिको अन्त्य सम्मका सवैले
वर्तमान
, भूत र भविष्यभरि नै
तपाईंको अविरल आशिर्वादलाई जान्दछन्
तिब्बतका जस्ता धर्म अनुसरण गर्ने शासकहरुका लागि तपाईं एक मात्र रक्षक हुनुहुन्छ ।
धर्म अभ्यासगर्ने भूमिहरुलाई तपाईंको करुणाले रक्षा गर्छ

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

तपाईंको प्रज्ञाको शरीर अहिले
दक्षिण
-पश्चिममा राक्षसहरुलाई दमन गर्दै रहेको छ
तै पनि तिब्बत जस्ता सवै तिरका
चेतनशील प्राणीहरुलाई तपाईंको करुणाले अँगाल्छ ।
अज्ञानताद्वारा अलमलमा परेका
सम्पूर्ण चेतनशील प्राणीहरुका लागि तेजश्वी पथ प्रदर्शक
तिनीहरुको उज्जण्ड चित्तविकार
, हठी प्रतिरोधलाई
उपाय कौशलद्वारा तपाईंले शान्त पार्नुहुन्छ ।
दया तथा मायाप्रतिको तपाईंको करुणा अटुट छ ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

अहिलेको यस अध:पतित,  अँध्यारो युगको अन्त्यमा
आस्था भएकाहरुका लागि प्रत्येक साँझ र विहान उदाउँदो र अस्ताउँदो सूर्यको किरणमाथि चढेर तपाई आउनुहुन्छ ।
र अौसी पछिको दशौ दिनमा आफू स्वयं आउनुहुन्छ
प्राणीहरुलाई सहायता गर्नका लागि
त्यस्तो महान शक्तिलाई तपाईको करुणाले आज्ञा दिन्छ 

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

अहिलेको यस पाँचसय बर्षको कल्पको
अन्त्यको अँध्यारो
, द्वन्दग्रस्त युगमा सवै चेतनशील प्राणीहरुमा

नकारात्मक चित्तविकार तथा पाँचप्रकारका विषहरु अझ बढि तीब्र हुन्छन्

चित्तविकारहरु अनियन्त्रित गंजागोल भएर उम्लनेछन् र
ती विषहरुले हाम्रो मनमा आधिपत्य जमाउने छ । त्यस्तो समयमा तपाईको करुणालाई
हाम्रो शरण र रक्षक हुन दिनुहोस्
!

आस्था भएकाहरुलाई तपाईंको करुणाले
उच्च लोकतर्फ डोर्याउँछ ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

जब अत्याचारका डरलाग्दा सेनाहरुले हामीलाई घेर्छन्,
जब धर्मका महान केन्द्रहरु भताभुङ्ग हुन्छन्
कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

आठ बर्गका तपाईंका
देव र राक्षसहरुको टोलीद्वारा घेरीनुभएका हे गुरु रिन्पोछे

तपाईंले आक्रामणकारीहरु र
तीनीहरुको सेनालाई परास्त गर्नुहुन्छ भन्ने कुरामा
हामीलाई कुनै शंका छैन
!

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

जब रोगहरु चेतनशील प्राणीहरुको
क्षणभंगुर शरीरहरुलाई विनाश पार्न फैलन्छन्
,
जब हामी रोगहरुको असह्य दुख र कष्टमा जकडिन्छौं कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं
भैषज्य बुद्धका मुर्त्तत्व हे गुरु रिन्पोछे
तपाईंले असामयिक मृत्यु ल्याउने अवरोधहरुलाई हटाउनुहुन्छ ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

जब प्रकृति हामी विरुद्ध फर्कन्छ र
पृथ्विका स्रोतहरु असफल हुन्छन्
जब चेतनशील प्राणीहरु भोकमरीको महामारीद्वारा सताईन्छन्
कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

तपाईंका सम्पूर्ण डाकिनी तथा समुन्नतीका देवहरुद्वारा हे गुरु रिन्पोछे !

तपाईंले सम्पूर्ण हानि,  भोक र तिर्खाहरुलाई विलय गराउनुहुन्छ

यसमा हामीलाई कुनै शंकै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

कार्मिक सम्बन्ध भएका
शौभाग्यशाली प्राणीहरुलाई लाभ पुर्याउनका लागि

लुकाइएका नीधिहरु फेला पारिदाखेरि

हाम्रो समयको सुद्ध सत्यताबारे निश्चित भएका योद्धाहरुले जस्तै गरेर

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

आफ्नो यिदम देवबाट अलग्ग पार्न नसकिने हे गुरु रिन्पोछे !

वास्तविक उत्तराधिकारीहरुले

आफ्नो पिताको नीधि प्राप्त गर्नेछ भन्नेबारे तपाईंले निश्चय गर्नुहुन्छ

यसमा हामीलाई कुनै शंकै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

जंगल, मरुभूमि तथा गोप्य भूमिहरुबाट यात्रा गर्दा

जब हाम्रो पथमा बाधा हालिन्छ र
हामी हुरी बतास
, पानी र हिउँद्वारा विच्छेद हुँदा

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

बलशाली स्थानिय देवहरुद्वारा घेरिनुभएका हे गुरु रिन्पोछे

हामी अभ्यासकर्ताहरुलाई तपाईंले सहि मार्गमा लगाउनुहुन्छ

यसमा हामीलाई कुनै शंकै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

डरलाग्दो भञ्ज्याङ, जङ्गली र एकान्त स्थानहरुबाट जाँदाखेरि
बाघ
, चितुवा, भालु र विषालु सर्पहरु जस्ता
भयानक जङ्गली जनावरहरुले हामीलाई धम्की देखाउँदा कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

पावोस्थूलकाय तथा रक्षकहरुका साथ हे गुरु रिन्पोछे
ती भयानक जनावरहरुलाई तपाईले लघार्नु
हुन्छ
यसमा हामीलाई कुनै शंकै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

हाम्रा यी मायावत शरीरहरुलाई नष्ट गर्ने धम्कि दिनका लागि

माटो, जल, अग्नि, र वायूमा वाधा उत्पन्न हुँदा
कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

चारवटा तत्वहरुका देवीका साथ हे गुरु रिन्पोछे

तपाईले ती तत्वहरुलाई

तिनीहरुको प्रकृतिक अवस्थामा समन्वयात्मक तरिकाले राख्नुहुन्छ यसमा हामीलाई कुनै शंकै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

खतरनाक बाटाहरुमा यात्रा गर्दाखेरि

जब हामीलाई हत्यारा, डकैत र लुटेराहरुले आक्रमण गर्छन्

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

तपाईंका चारवटा मुद्राहरुको सिद्धिद्वारा हे गुरु रिन्पोछे

पाशविकता र लोभका सम्पूर्ण त्रासहरुलाई हटाउनुहुन्छ

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

घातक हतियारहरु लिएर धम्कि दिँदै
चारैतीरबाट हत्याराहरुद्वारा घेरिँदाखेरि
कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

तपाईंका बज्रासनका रक्षाले हे गुरु रिन्पोछे

हत्याराहरुलाई त्रसित बनाउँछ र हतियारहरुलाई छरपस्ट बनाउँछ

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि
हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

रोगका डरलाग्दा कष्टहरु देखा परेर मृत्यु हुनुभन्दा पहिलेको क्षणमा

जब यो जीवन काल समाप्त हुन्छ र हाम्रो मृत्यु आउँछ

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

तपाई अमिताभको जन्म भएकाले हे गुरु रिन्पोछे

यो निश्चित छ कि हामीले देवाचेनको सुद्ध लोकमा जन्म लिने छौं

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

यो पैंचो लिएको शरीर मायावत् शरीर नष्ट भएपछि भार्दो लोकमा

हाम्रा मतिभ्रममा परेका अनुभवहरु र

तिनीहरुबारेको हाम्रो मतिभ्रम हामीलाई कष्ट दिन उत्पन्न हुँदाखेरि

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

हे गुरु रिन्पोछे तपाई वर्तमान, भूत, र भविष्यका ज्ञाता हुनुहुन्छ

आफ्नो करुणाद्वारा तपाईंले सम्पूर्ण मतिविभ्रमहरुलाई स्व मुक्त पार्नुहुन्छ

यसबारे हामीलाई कुनै श‍कै छैन ।

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

हामी कर्म र अवस्थाहरुबाट आकुल ब्याकुल परेका बेला र

मतिविभ्रमहरुलाई साँचो हो भनेर त्यसमा जकडिएर कष्ट पाउँदा

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

 

 

महान परम सुखका राजा हे गुरु रिन्पोछे

तपाईंले दुखलाई ल्याउने

सम्पूर्ण मतिविभ्रमहरुलाई पूर्ण रुपले नष्ट गर्नुहुन्छ !

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

छ वटै लोककमा प्राणीहरु गहिरो कष्टद्वारा सताइएका बेला र

विसेष गरेर हाम्रा नेताहरु र जनताहरु कष्टद्वारा घेरिएका बेला

हाम्रो हृदयको गहिराइ देखिको गहन उत्कण्ठा र आश्थाद्वारा

कुनै शंका र हिचकिचाहट विना हामी प्रार्थना गर्छौं

तपाईंको अवरिवर्तनिय र दृढ करुणाद्वारा
हे गुरु रिन्पोछे हाम्रो रक्षा गर्नुहोस्

 

उर्गेनका गुरु पद्मसंभवमा हामी प्रार्थना गर्छौं !
हामीलाई आशिर्वादहरु दिनुहोस् ताकि

हाम्रा सम्पूर्ण मनोकामनाहरु पुरा होउन् ।

 

 

 

 

 

 

 

 

 

 

 

अवलोकितेश्वर
तामाङ कलाकारको सृजना


श्वेत तारा
तामाङ कलाकारको सृजना



श्री सम्पत्ती, भोग विलाष, बाल बच्चा, आफन्त इत्यादी सांसारिक वचनबद्धताहरुको बलियो बन्धनमा बाँधिएका मानिसहरु ती बस्तुहरुको बन्धनद्वारा त्यसका लागि आफ्नो प्रवल प्रयत्नमा यति धेरै अलमलमा परेका हुन्छन् कि उनीहरुसँग धर्म अभ्यास गर्ने समय नै हुँदैन 

तल्लो लोकको जन्म र संसारको रोग ब्याधी अथवा यस वर्तमान जीवनको दुःख कष्टका बारेमा सुनेर कम भन्दा कम पनि भय अनुभव नगर्ने एउटा मानिसको आफुलाई संसारबाट मुक्त पार्ने कुनै पनि दृढ निश्चय हुँदैन र त्यसकारणले उसले धर्म अभ्यासमा संलग्न हुने कुनै कारण भएको अनुभव गर्दैन ।

साँचो धर्म वा गुरुमा आस्था नहुनाले उपदेश सम्म पुग्ने सवै अवशरहरु र निर्वाण पथको प्रवेशद्वारलाई बन्द गर्छ

हानिकारक वा अकुशल कार्यमा रमाउने मानिसहरु र आफ्नो सोचाइ, वाक्य, र कार्यहरुलाई नियन्त्रण गर्न असफल हुने मानिस कुनै पनि उत्कृष्ट गुणहरुबाट शुन्य हुन्छ र उ धर्मबाट टाढा पुगेको हुन्छ ।

एउटा कुकुले घाँस खानमा रुचि नराखेको भन्दा बढि केही मानिसहरु आध्यात्मीक मूल्य र धर्ममा रुचि राख्दैनन् । उनीहरुमा धर्मप्रति कुनै आसक्तीको भावना नहुने भएकोले तिनीहरुको मनमा यसका गुणहरु कहिल्यै पनि विकास हुँदैन ।

जुन कुराको उत्पती भएको छ त्यो अनित्य छ र त्यो लोप हुनका लागि उन्मुख छ ।
जे संग्रह गरिएको छ त्यो अनित्य छ र नाश हुनका लागि उन्मुख छ
जे जोडिएको छ त्यो अनित्य छ त्यो छुट्नका लागि उन्मुख छ ।
जे निर्माण गरिएको छ त्यो अनित्य छ र त्यो घराशयी हुन उन्मुख छ
जे उचाइमा पुगेको छ त्यो अनित्य छ र त्यो पतन हुन उन्मुख छ

तपाईंको मनलाई धर्ममा आधारित पार्नुहोस्
तपाईंको धर्मलाई एउटा नम्र जीवनमा आधारित पार्नुहोस्
तपाईंको नम्र जीवनलाई मृत्युबारेको सोचाइमा आधारित पार्नुहोस्
तपाईंको मृत्युलाई एउटा एकान्त गुफामा आधारित पार्नुहोस्

‌‌बुद्धधर्मको प्रवचनबाट

 

 

People who are tightly bound to their worldly commitments, wealth, pleasures, children, relatives and so forth are so pre–occupied with the strenuous efforts entailed by these things that they have no time to practice the Dharma.

A person who feels not the slightest consternation either on hearing on lower rebirths and ills of Samsara or in the face of this present life's  suffering, has no determination whatsoever to liberate himself from Samsara, and therefore feels no reason to engage in Dharma practice.

To have no faith at all either in the true Dharma or in the teacher, shuts off any access to the teachings and entry to the path of liberation.

People who take pleasure in harmful or negative actions, and who fails to control their thoughts, words and deeds, one devoid of any noble qualities and have turned away from the Dharma.

Some people are no more interested in Spiritual Values and Dharma than a dog in eating grass. Since they feel no enthusiasm for the Dharma, its qualities will never develop in their minds.

Whatever is born is impermanent and is bound to die,

Whatever is stored is impermanent and is bound to run out,

Whatever is joined is impermanent and is bound to come apart,

Whatever is built is impermanent and is bound to collapse,

Whatever goes up  is impermanent and is bound to fall down,

Base your mind on the Dharma
Base your Dharma on a humble life,.
Base your humble life on the thought of death,
Base your death on a lonely cave.

 

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com

 

 

लिट्टल 'करुणा' इज डेन्जरस्

- मुकेश लामा
m_lama79@hotmail.com

हाल तामाङ धर्म र संस्कृतिको क्षेत्रमा तीनवटा मुख्य धारहरु स्पष्टरुपमा देखिएका छन् । प्रथम धारले बुद्धधर्म भन्दा पुरानो बोनधर्म हो । बोनधर्म प्राचिन धर्म हो र यसले प्रकृतिको पुजा गर्छ र त्यो नै तामाङको धर्म र संस्कृति हो, यसलाई संरक्षण गर्नुपर्छ भन्ने दृष्टिकोण एकथरी तामाङहरु राख्छन् । उनीहरु बोनधर्ममाथी अतिक्रमण भएको र बुद्धधर्मलाई मान्दा तामाङहरुमा तिब्बतीकरण हुन्छ भन्ने ठान्छन् । (प्रथम अन्तर्राष्टिय तामाङ सम्मेलनको र्यालीको अग्रपंक्तिमा ढ्याङ्ग्रो ठोक्ने तामाङ झाँक्रीहरुको उल्लेखनिय उपस्थीति र त्यसैको सिको गरेर अखिल भारतिय तामाङ बौद्ध संघले समेत आफ्नो सम्मेलनहरुको र्यालीहरुमा ढ्याङ्ग्रो ठोक्ने तामाङ झाँक्रीहरुलाई अग्रपंक्तीमा राख्ने प्रचलन सुरु भएको छ । त्यसै गरि दार्जिलिङ गोर्खा हिल काउन्सीलका चेयरमेन सुभाष धिसिङले पनि 'बोन' झाँक्रीलाई प्रोत्साहन दिन्छन र उनीहरुको र्यालीमा बार्दलीमाथीबाट पुष्प बर्षा गर्छन् भन्ने सुनिएको छ ।भर्खरै सम्पन्न अखिल भारतिय तामाङ बौद्ध संघको रजत जयन्ति सम्मेलन, सुकुनामा भने त्यस्तो देखिएन ) तामाङ संस्कृतीलाई संरक्षण गर्ने नाममा झारपातलाई समेत संरक्षण गर्ने कि असल कुराहरुलाई मात्र संरक्षण गर्ने भन्नेबारे उहाँहरुमा ठूलो अन्योलता रहेको पाईन्छ ।

तामाङहरुले कुनै एउटा धर्मप्रति बफादार हुनु जरुरी देखिन्छ । बुद्धधर्मलाई आफू जन्मदा र मर्दाखेरि मात्र सम्झने र जीवनभरिको बाँकि समयमा बोन धर्म  र गैह्र बौद्ध धर्मका देवी देउता मान्ने जस्तो अन्य धर्मलाई अँगाल्ने वेवफादारि प्रबृत्तिलाई त्याग्नु पर्छ । दुईवटा (अथवा तीनवटा) नाउमाथि खुट्टा राखेर लक्षमा पुग्न कहिल्यै पनि सकिदैन भन्ने कुरालाई तामाङहरुले बुझ्नु पर्छ । हामीले धर्मको विशुद्धताबारे पनि सोच्नु पर्छ । खिचडी मार्गले बुद्धत्व प्राप्ति जस्तो महान लक्षमा कहिल्यै पुर्याउँदैन ।

दोस्रो धारको प्रतिनिधित्व गर्ने अर्का थरी तामाङहरु 'तामाङ संस्कृतिको मुलधार बुद्धधर्म हो र अज्ञानताको कारण तामाङ समाजमा हालसम्म पनि बोनधर्मका अवषेसहरु मात्र बाँकि रहेका छन् ।' बुद्धधर्म अँगाल्दा नै भविष्यको तामाङ समाज एउटा उन्नत, बैज्ञानिक र अग्रगामी समाज बन्ने छ र हाल अमेरीका, जर्मनी, स्पेन, स्वीट्जरल्याण्ड लगायत विश्वका कैयौं उन्नत समाजहरुका साथै तामाङ समाजले मान्ने गरेको बुद्धधर्मबाट विश्व समुदायले सिक्ने कुरा धेरै छन् भन्ने दृष्टिकोण राख्छन् ।

करिब एक हजार बर्षभन्दा पहिले नै तामाङ अग्रजहरुले तत्कालीन बर्वर, असभ्य र आफुलाई प्रकृतीपुजक भएको दावी गरे पनि प्राणीहत्या गरेर सवै प्राणीहरुसँगको सह-अस्तीत्वलाई अस्वीकार गर्ने बोन धर्मलाई त्यागेर बुद्धधर्म अंगाल्ने एउटा युगान्तकारी निर्णय गरेका थिए । 

विभिन्न प्रतिकुल अवस्थाहरु हुँदा हुँदै पनि गाउँघरका तामाङ लामाहरुले त्यस परम्परालाई केवल कर्मकाण्ड र पुजा अनुष्ठानहरुमा संलग्न भएर मात्र भए पनि सदियौं देखि तामाङ समाजमा बुद्धधर्मको एउटा पाटोलाई संरक्षण गरि आएका छन् । उनीहरु मध्येका धेरैजसो बुद्धधर्मको दर्शन र मनोविज्ञान पक्षबारे प्राय अनभिज्ञ नै देखिन्छन् ।  

विभिन्न तामाङ विद्वानहरुले थेरवादी बुद्धधर्मलाई 'भन्तेवाद' नदेखेर बज्रयान बुद्धधर्मलाई 'लामाबाद' देख्ने गरेको भएतापनि आजको विश्वमा बज्रयान अथवा 'तिब्बती बुद्धधर्म' भनेर चिनिएको उद्गम स्थल भारत भएर पनि तिब्बतमा फल्ने फुल्ने अवशर पाएको महायान अन्तर्गत बज्रयान बुद्धधर्म ल्हासासँग हिमालरुपी कठिन प्राकृतिक सिमा बन्धन जस्तो भौगोलीक विकटता लगायत विभिन्न कारणवश नेपालका कुना काप्चाका गाउँहरुमा बुद्धधर्मको वास्तविक उपदेश जन स्तरसम्म पुग्ने गरि लागु हुन सकेको छैन ।

पछिल्लो समयमा आएर बज्रयान बुद्धधर्मको निङमा सम्प्रदाय स्वयं पनि तिब्बतमा शासकहरुबाट उपेक्षीत हुनुपरेको थियो । त्यसलाई दुर्गम तथा विकट स्थानमा रहेका जनसमुदायहरुले हिमाल वरीपरिका क्षेत्रहरुमा संरक्षण गरेर राखेका थिए । यसमा अन्तर्निहित मानव समुदायका लागि अति उपयोगी कुराको कारण नै एक हजार वर्षपहिला देखि हालसम्म पनि यो अस्तीत्वमा छ र उदाउँदो अवस्थामा छ ।

तामाङ समाजमा बुद्धधर्मको एउटा पाटो -पुजा अनुष्ठानमा सिमित रहेको बुद्धधर्ममा रहेको वास्तविक उपयोगी पक्षहरु -मानिसको जीवन अमुल्य छ, त्यस अमुल्य मानव जीवनलाई करुणा, मतिशोधन आदी बाट आफ्नो सोचाई, बानी ब्यहोरा, प्रकृतिलाई हेर्ने दृष्ट्रिकोण आदीमा आमुल परिवर्तन गरेर आफुले कष्ट सहेर पनि

अरुको भलाई गर्ने र दश अकुशल कार्यहरुलाई त्यागेर महायान बुद्धधर्मका मर्महरु बोधिसत्वको कार्य जस्ताको अनुशरण गर्दै सार्थक जीवनयापन गर्न प्रेरणा दिने बुद्धधर्मलाई अझ ब्यापक तामाङ समुदायसम्म पुर्याउने उत्तरदायीत्व बोध गर्नको बद्ला तामाङ विद्वानहरुले कालो बोका र कुखुराको भाले मन्साएर उपचार गर्ने जस्ता सह-अस्तीत्वमा आधारित प्रकृतिको नियम विरोधि धारको अवषेसलाई पुन ब्युँझाउने प्रयत्न गर्नु एउटा विडम्बना हो । बुद्धधर्ममा रहेका अन्य अझ बढि उपयोगी पाटोहरु -उन्नत र वैज्ञानीक मानव सभ्यताका लागि उपयोगी तत्वहरुलाई खोज अन्वेषण गरेर र सवैभन्दा महत्वपूर्ण कुरा बुद्धधर्ममा निर्देश गरिएको ब्यक्तिले लोभ, लालच, अहंकार लगायत दश अकुशल कार्यहरुलाई त्यागी आफूलाई आमूल परिवर्तन गरेर एउटा चिरस्थायी शान्त, खुला र एउटा सार्थक जीवन यापन गर्न सक्ने पक्षहरुलाई उजागर गर्दै प्रत्येक ब्यक्तिले समाजमा फैलाउनु आजका शिक्षित युवाहरुको जिम्मेवारी हो भन्ने ठान्नुपर्छ ।

वर्तमान विश्व समुदायले तिब्बती समुदायबाट सिकिरहेको बुद्धधर्मलाई तामाङ समुदायहरुले एक प्राय हजार बर्षपहिले नै अंगालेका थिए । हाल तामाङ समुदाय भित्र रहेको बुद्धधर्मको क्षेत्रमा रहेको कमी कमजोरीहरुलाई हटाएर विद्वान खेन्पो (आचार्य) हरुको उत्पादनमा जोड दिइएमा निश्चय नै विश्व समुदायले तामाङ समुदायबाट एउटा जीवनभरलाई उपयोगी कुरा सीक्न सक्छ । हाल कतिपय गाउँहरुमा त्यस्तो लहर चलिसकेको छ । आजको दश बर्षा अनेकौं तामाङ खेन्पोहरु भारत र नेपालका विभिन्न प्रतिष्ठित गुम्बाहरुबाट शिक्षा पुरा गरेर आउँदैछन् । 

बुद्धधर्मको ज्ञान र करुणाको कमी र लालच, अहमताको कारण समाज द्वन्द्वग्रस्त, अन्तर-विरोधग्रस्त र अशान्त हुन्छ । मानिसहरुले आफ्नो कमी कमजोरीहरुलाई वास्तवीक रुपमा हेरेर, लोभ लालच र अहम भावलाई त्यागेर शान्त, खुला र करुणायुक्त भएमा एउटा शान्त, द्वन्द्वमुक्त र करुणामय समाजको सीर्जना गर्न सकिन्छ भन्ने जस्तो समतामुलक अवधारणाको संवाहक बुद्धधर्मलाई अवमुल्यन गर्न खोज्नु तामाङ समुदायको लागि ठुलो विडम्बना हुनेछ  

कुनै धर्म प्राचिन हुँदैमा महान हुन सक्तैन । आफुमा अन्तर्निहित मानविय पक्षका लागि उपयोगी तत्वहरुका कारण नै कुनै धर्म महान बन्न सक्छ । एउटा गतिशिल समाजले आफुमा भएको कमी कमजोरीहरुलाई हटाएर बैज्ञानिक, मानव उयोगी पक्षहरुलाई अँगाल्छ भने त्यो समाजलाई गतिशिल (Dynamic) समाज भन्न सकिन्छ र त्यस प्रकारको समाज नै दिगो र वैज्ञानीक हुन्छ । आफुमा भएको कमी कमजोरीहरुलाई हटाएर एउटा वैज्ञानीक, समाजमा उपयोगी पक्षहरुभएको धर्मलाई नअँगाल्ने समाज अवश्य नै पतनोन्मुख हुन्छ । आजको भौतिक युगमा चिरस्थायी शान्ति दिने धर्मलाई नै विश्व समुदायले अँगाल्छ, चाहे त्यो सात समुन्द्र पारीको धर्म नै किन नहोस् ।

तिब्बतीहरुले करिब एक हजार वर्षपहिले भारतबाट बज्रयान धर्मलाई तिब्बतमा प्रवेश गराउँदा आफ्नो सँस्कृतिमा 'भारतियकरण' हुन्छ भन्ने जस्तो संकिर्ण दृष्ट्रिकोण राखेका भए आज विश्वले तिब्बती बुद्धधर्म भनेर चिनिएको महायान अन्तर्गत बज्रयान बुद्धधर्मबारे केही पनि थाहा पाउने थिएनन् र विश्व समुदायले सम्पूर्ण् मानवताको लागि एउटा उपयोगि कुरा पाउन सक्ने थिएन । तिब्बतलाई चिन्ने थिएनन् । आज विश्वले तिब्बतबाट सिकिरहेको छ । हजारौंको संख्यामा विश्वभरि तिब्बती बुद्धधर्मका गुम्बाहरु स्थापना भैरहेका छन् । त्यसैले केही तामाङ विद्वानहरुको दृष्टिकोण अनुशारले भन्ने हो भने आज विश्व नै तिब्बतीकरण भैरहेको छ । सावधान हुनुहोस्

तिब्बतीहरुले त्यसवेला बुद्धधर्मलाई तिब्बतमा प्रवेश गराउन खर्चेको करिब एकलाख सैतिसहजार किलोग्राम सुनको (चिनियाँ सरकारी डाटा अनुसार) प्रतिफल आजका तिब्बतीहरुले पाईरहेका छन् । आज पश्चिमि मुलुकहरुमा तिब्बती लामागुरुहरुको प्रवचन सुन्नका लागि ठूलो भिड लाग्छ । विश्वका मानिसहरुका लागि उपयोगी सिद्ध भैसकेको बौद्धधर्मका प्रवचनहरु गर्दै विश्व भ्रमण गर्नमा ब्यस्त अनेकौं तिब्बती र नेपाली लामा गुरुहरु छन् । तामाङको अस्तीत्व खोज्ने वहानामा विज्ञानका पिता अर्ल्वर्ट आइन्स्टाइनले समेत बैज्ञानिक भनेको बुद्धधर्मलाई तामाङ समुदायले तिब्बतबाट सिक्दा 'तिब्बतीकरण' हुनजाने खतरा देख्ने विद्वानहरुले यसबाट शिक्षा लीनु हुनेछ भन्ने आशा राख्न सकिन्छ तर भरोसा गर्न भने सकिंदैन ।

 तेस्रो थरिका केही तामाङ विद्वानहरु हाल कतै कतै अवसेस स्वरुप अस्तीत्वमा रहेको बोनधर्म र मुलधारको बुद्धधर्मलाई मिसाएर 'तामाङ बुद्धधर्म' बनाउनेबारे पनि सोचिरहेका छन् । यदी बोनधर्म र बुद्धधर्म मिसिएको धर्मलाई 'तामाङ बुद्धधर्म' भन्ने नामाकरण गरियो भने त्यो विश्व समुदायको लागि एउटा हास्यास्पद उदाहरण बन्न जानेछ किनकी प्राणीहत्यामा विश्वास नगर्ने बुद्धधर्म र प्राणीहत्यामा विश्वास गर्ने बोन धर्म आगो र पानी जस्तै हुन । जसरी आगो र पानी एकैठाउँमा अस्तीत्वमा रहन सक्तैनन् त्यसैगरि बुद्धधर्म र बोनधर्म एकसाथ रहन सक्तैनन् । यदी रहन्छ भने त्यो घोर अज्ञानतावश रहेको हुन्छ । कि त पानीले आगोलाई निभाउँछ कि त आगोले पानीलाई वाफ बनाएर उडाइदिन्छ । (बोन र बौद्धहरुविचको शक्तिसंधर्षा बारे बिस्तृतरुपमा बुझ्नका लागि कृपया 'डाकिनी येसे छोग्यालको जीवनी'को पृष्ठ संख्या ९२ देखि १११ सम्म हेर्नुहोस् )

बज्रयान बुद्धधर्मका अनुसार निलो स्वच्छ आकाशलाई कालो वादलले ढाके जस्तै  लोभ, लालच, अहम, मृथ्यादृष्टि आदीले मानिसको बोधिचित्तलाई ढाकेको छ । कालो वादल हटे पछि निलो स्वच्छ आकाश देखिए जस्तै लोभ, लालच, अहम जस्ता विकारहरु मनबाट हटेपछि तन्त्रयानको सहायताद्वारा बोधिचित्त (बुद्धत्व) एकै जीवनमा प्राप्त गर्न सकिन्छ भन्ने दर्शन बोकेको बुद्धधर्ममा अन्तर्निहित उपदेशहरुलाई गम्भीर अध्ययन गरेर त्यसको मुल्याङ्ककन नै नगरि त्यसलाई अवमुल्यन गरेर अन्य धर्मलाई प्राथमिकता दिनाले तमाङ समाजले एउटा ठुलो क्षती ब्यहोर्नुपर्ने देखिन्छ ।

बौद्धधर्मका वास्तवीक उपदेशहरुलाई जनस्तरसम्म पुर्याउन नसक्नु र विद्वान धर्मगुरुहरु बुद्धका उपदेशको महिमा बताउनुको सट्टा पुजा अनुष्ठानहरुमा सिमित रहनुले कतिपय स्थानहरुमा बढि खर्चिलो घेवा गर्ने जस्ता विकृतिहरु देखा परेका विकृतिहरुलाई निर्मूल गर्नु आजको अपरिहार्य आवस्यकता हो । आज समाजमा चलेका कुरीतिहरुलाई हटाएर बुद्धको वास्तवीक उपदेशहरुलाई जनस्तरसम्म पुर्याउने पुस्तालाई भविष्यका पुस्ताले अवस्य नै धन्यवाद दिनेछन् भने विकृत धर्मलाई ब्युँझाउने पुस्तालाई अवश्यनै धिक्कार्नेछन् ।

हाल बज्रयान बुद्धधर्मबारे अल्पज्ञान भएका तामाङ विद्वानहरुले तामाङ समुदायमा हाल प्रचलित बज्रयान बुद्धधर्मलाई अवमुल्यन गरि त्यसमा आमूल परिवर्तत गर्नुपर्ने आवश्यकता रहेको बताउने गर्छन् । यो चाही एउटा क,,ग पनि नचिन्ने मानिसले यो पुस्तक पढदा मैले बेठिक कुरा भेट्टाएँ त्यसैले त्यसमा संसोधन गर्नुपर्यो भनेर फूर्ति लगाएजस्तै हो । बज्रयान बुद्धधर्म साधारण बुद्धधर्म होइन । यसबारेका प्राय सम्पूर्ण ग्रन्थहरु एकहजार बर्षभन्दा पहिले नै चिन्तनशिल लेखकहरू तथा परम्परावाहक गुरुद्वारा लेखि सकिएका छन् । बज्रयान बुद्धधर्मका प्रणेता त्रिकाल बुद्ध गुरु पद्मसंभवले आगामि ३०,००० बर्षम्म पुग्ने गरि समय सुहाउँदो हुनेगरि विभिन्न बौद्ध ग्रन्थहरु भविष्यको आवश्यकताका लागि निधिका रुपमा हिमाली क्षेत्रभरी नै लुकाएर राख्नुभएको कुरा धर्मग्रन्थहरुमा उल्लेख छ । ती मध्ये दर्शन, इतिहास, जीवनी, औषधिविज्ञान आदी सँग सम्बन्धित अनेकौं निधिहरु सम्बन्धित निधिपतिहरुले फेला पारेर प्