बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने



 


तामाङ भाषाको कविता
  

शान्तिला ह्युल नेपाल
                  -सुस्मिता स्याङबो
                             -नगरकोट-, काफलचौर

(साभार छार गोङमा)

 

च्योमदान्देसे याङवा मुबा
शान्तिला ह्युल नेपाल बिसी
गाङसाल नेपाली सिसी जिन्जी
ज्योज्यो थेन आले छेसी छेसी

तिका याङला ज्योज्यो आलेसे
नेपालरी आतंकदा बासी
कवा पिन्बा आबा आमादा
सेम क्राना लासी

आछेगो दारेम नेपालीकादे
ल्हानान म्ही सिजी
गाङसाल नाना आङाजुगु
विधुवा दोसी चिजी

आताजी दारेम ह्याङला चु
ह्युल्सा जाम्बुलीङरी विशाल
न्होङसी निजी दारेम ह्याङला
शान्तिला ह्युल नेपाल


राजु लामाको वेभ साइट
click here

नया मिलिनियमा जीवनको लागि महामहिम दलाई लामाक उपदेशहरु

महान करुणा र महान उपलब्धिमा ठुलो जोखिम हुन्छ भन्ने कुरालाई मनमा राख्नुहोस् ।

तपाईंले कुनै कुरालाई गुमाउदाखेरि त्यसबाट प्राप्त हुने पाठलाई कहिल्यै नगुमाउनुहोस् ।

तीनवटा 'आर' हरुलाई मनमा लिनुहोस् आफूलाई आदर गर्नुहोस् (Respect for self), अरुलाई आदर गर्नुहोस् (Respect for others)  आफ्नो सम्पूर्ण कृयाकलापहरु प्रति उत्तरदायी हुनुहोस् । (Responsibility for all your actions.)   

यो कुरा नविर्सिनुहोस् कि तपाईले चाहेको कुरा प्राप्त नहुनु कहिले काहिं अचम्मलाग्दो भाग्य हो ।

कानूनलाई राम्रो गरेर सिक्नुहोस् ता कि तपाईले त्यसलाई कसरी उचित तरिकाले तोडने भन्ने कुरा जान्न सक्षम हुनुहोस् ।

सानो तिनो बाद-विवादको कारण एउटा महान मित्रतालाई चोट पुग्न नदिनुहोस् ।

आफुले गल्ती गरेको महसुस गर्नासाथ त्यसलाई सुधार्न तुरन्तै पाइला चाल्नुहोस् ।

प्रत्येक दिन केही समय एक्लै विताउने गर्नुहोस् ।

परिवर्तनलाई अंकमाल गर्नका लागि आफ्नो अगालो खुला राख्नुहोस तर आफ्नो मुल्य तथा मान्यतालाई गुम्न नदिनुहोस् ।

यो नविर्सनुहोस् कि कुनै समयमा मौनता नै  सवैभन्दा असल जवाफ हुन्छ

एउटा असल र आदरपूर्ण जीवन ब्यतित गर्नुहोस् । आफु बृद्ध भएपछि पहिलेको कुरा सम्झदा तपाईले त्यसबाट दोस्रो पटक आनन्द प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईको घरको मायालु वातावरण नै तपाईको असल जीवनको जग हो ।

आफ्नो प्रियजनहरुसँगको बाद विवादमा तात्कालिन अवस्थाबारे मात्र कुरा गर्नुहोस् । वितेका कुराहरुलाई नकोट्याउनुहोस्

आफ्नो ज्ञानलाई अरुसँग सहभाग गर्नुहोस् । अमरत्व प्राप्त गर्ने यो एउटा तरिका हो  

पृथ्वी सँग भद्र हुनुहोस् ।

बर्षको एकपटक आफु पहिला कहिल्यै नगएको स्थानमा जानुहोस्

यो नभुल्नुहोस् कि त्यो नै सवैभन्दा असल सम्बन्ध हो जसमा एक अर्का प्रतिको मायाले एक अर्का प्रतिको आवश्यकतालाई उछिनेर जान्छ ।

तपाईं आफ्नो सफलतालाई कुनै कुरा प्राप्त गर्नको लागि गुमाएको कुराद्वारा मुल्याङ्कन गर्नुहोस् ।

माया र पकाउने कार्यमा साहसपूर्वक त्यागी बनेर अघि बढनुहोस् ।

-मुकेश लामाद्वारा अनुवाद गरिएको

 


Tamang Gumba, Jorpati

 

Tamang Forum click here



Manjushree
 

केटा वा केटी दुवैको हुन सक्ने धर्म अनुसारको नामहरू

केटा भए नामको पछाडि दोर्जे (बज्र) राखिन्छ भने केटी भए नामको पछाडी ल्हामो (देवी ) राखीन्छ ।

टाशी  = भाग्यशाली/शुभ
धोण्डुप
= सिद्धार्थ
छिरिङ
= दिर्घ जीवन
लोब्साङ
= असल चित्त
पेमा
= कमल
केल्साङ
=असल भाग्य एश्वर्य
तेन्जीङ
= बुद्धको उपदेश बाहक
सोनाम
= पुण्य
निमा
= सूर्य
नाम्ग्याल
= विजेता
ङवाङ
= वाक शक्ति
दावा
= चन्द्र
थिन्ले
= उत्कृष्ट कार्यहरू
थुब्तेन
= बुद्धको उपदेश
ग्यात्सो
= समुद्र

केटाको मात्र हुने नामहरू
पाल्देन
= प्रताप
जीग्मे
= निडर
दोर्जे
= बज्र

केटीको मात्र हुने नामहरु
डोल्मा
= तारा
डोल्कर
= स्वेत तारा
दिकी
= स्वस्थ्य,  खुशी

तामाङ भाषाको गजल

-शुक्रराज ग्लान, लजालु
साभार छार गोङमा

थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास

चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास

फूर्ति ओन्सी थाक्लाङ्गो ए, एला जिन्दगी थेरीन निला

एसे तिला याङला खेप्पा स्हे, जुवा तास क्लाङसी खास

जाजागी मुबा ह्वारी बु क्लाङना क्लाङना थेनोन् बेला

दिमरी चाबादा छ्याम्बा गाण्डु आरे फिरक्याप
फूर्ति लासी ब्रालास

एला जिन्दगी निजी निजी आर्कुदा तिकादा न्हो ङना लासे

आपासेमी कान खु बाला विबा दिम थेमेला कात्थेबा आश

थाक्लाङ्गो जुवा थेन तास ताला एला ल्हारी बास

चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास

रानीपोखरीमा ट्यांकरका ट्यांकर पानी खन्याइयो

-जीतेन्द्र शाह/तस्बीरः विकास कार्की

Bikas Karki
गर्मी सुरुसँगै जलसतह घटेर माछा मर्न थालेपछि बौद्ध समुदायका महिलाले ट्यांकरका ट्यांकर पानी किनेर शनिबार (चैत १७ -२०६२) रानीपोखरीमा हालेका छन् । रानीपोखरीको जलस्तर करिब डेढ मिटर घटेको छ ।

 गत वर्षभन्दा यसपटक पानी धेरै कम भएको स्थानीयवासी बताउँछन् । गर्मी सुरुसँगै रत्नपार्कस्थित रानीपोखरीमा पानीको सतह घट्छ ।

खडेरीले माछा मर्न थाले पनि संरक्षण जिम्मेवारी बोकेको महानगरपालिका भने दैनिक दुई ट्यांकर पानी खसालेर औपचारिकतामात्र पूरा गर्ने गरेको छ । बौद्घका महिलाले १७ ट्यांकर पानी किनेर खन्याएका हुन् । हरेक वर्ष चाडपर्वमा आफूले छाडेका माछाका भुरा र पक्षीले खडेरीले ज्यान नगुमाऊन् भनेर पानी हालेको यी बौद्ध धर्मावलम्बीहरूले बताए । ‘मान्छेले गर्मीमा जहाँबाट भए पनि पानी खान्छ, माछाले के गर्ने ?’ छोदेन लामाले भनिन् ।

रानीपोखरीका जलचर बचाउन २० जति महिलाले रकम जुटाई पानी हाल्न थालेको उनले बताइन् । दुई दिनमा ७० ट्यांकर पानी हाल्ने उनीहरूको लक्ष्य छ । त्यसका लागि करिब ७० हजार खर्च लाग्ने तेन्चिन लामाले बताइन् । ‘सुकिलो लुगामा समाज सेवाको भाषण दिने र डलरको खेती गर्नेलाई यी सामान्य महिलाले गरेको कामले पक्कै लाज लाग्ला,’ बालाजुका कृष्ण चौलागाईंले भने ।

त्यस क्षेत्रमा अधिकांशले ३५ फिट जमिनमुनिबाट पानी तान्ने गरेकाले सुख्खायाममा घटेको उनीहरूको दाबी छ । घरैपिच्छै बोरिङले गर्दा भूमिगत जलस्तरमा कमी आएकाले पोखरी गत वर्षभन्दा सुकेको हो । महानगरपालिकाले मेला र महोत्सवका नाउँमा रानीपोखरी भाडामा दिन थालेपछि प्रदूषणका कारण पनि समस्या आएको उनीहरू बताउँछन् । उनीहरूले रानीपोखरी क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरिनुपर्ने माग राखेका छन् ।

करिब ६२ रोपनी क्षेत्रफल रहेको रानी पोखरी प्रताप मल्लले वि.स.१७२७ मा निर्माण गरेका हुन । सबै तीर्थको जल मिसाइएको यस पोखरीको चारै कुनामा गणेश भैरव महालक्ष्मी र दुर्गा तथा बीचमा शिवालय बनाइएको छ ।

तपाई पनि रानीपोखरीको माछालाई बचाउन योगदान गर्न चाहनुहुन्छ भने www.tamangs.com लाई सम्पर्क गर्नुहोस् ।

आठवटा सांसारिक धर्महरू

आठवटा सांसारिक धर्महरूमा संलग्न रहनाले प्राणीहरू संसारको लोकमा जकडेर बस्छन् र उनीहरू क्लेशहरूलाई छिटो ग्रहण गर्न तर्फ उन्मुख हुन्छन् । आठवटा सांसारिक धर्महरू प्रशंसा र दोषारोपण, लाभ र हानी, ख्याति र अपमान, खुशी र दुःखहरू हुन

आठवटा सांसारिक धर्महरूले आशा र त्रासहरूप्रतिको हाम्रो लालषालाई स्थापना गर्छः हामी प्रशंसा, लाभ, ख्याति र खुशीको आशा गर्छौ‌ भने आरोप, हानी, अपमान र दुःखहरू देखि डराउँछौं ।

 यी आठवटा सरोकारहरूमा अल्झीएर हामीले ती आशाहरूको खोजी गर्न र ती त्रासहरूलाई टाढै राख्नमा आफ्नो सम्पूर्ण उर्जा र बुद्धिलाई लगाउँछौं । यी आठवटा सरोकारहरूले हाम्रो सोच्ने तरिकालाई पूर्णतया गाँजेर राखेको छ जसलाई संसारले सवैभन्दा महत्वपूर्ण छ भनेर दाबी गर्छ । तर शान्तिदेवले वास्तविक शान्ति प्राप्त गर्नको लागि आशाहरू प्रति तटस्थ र त्रासहरूबाट अप्रभावित रहेर "यस सोचाइलाई उल्टो फर्काउनु पर्छ"
भनेर हामीलाई संझना दिलाउनुहुन्छ ।

"शान्त भावद्वारा अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ  । शान्त ब्यक्तिले शान्त हुँदाखेरि क्लेशहरूलाई नष्ट पार्छ । अभिलाषा राख्न योग्य मुख्य लक्ष्य शान्ति हो र यो संसारको विधिसँग तटस्थ रहेर प्राप्त गर्न सकिन्छ । "

 -         अनुवादक मुकेश लामा
m_lama79@yahoo.com

 

 

 


"
आकाश रहेसम्म तथा जीवित प्राणीहरूको अस्तित्व रहेसम्म संसारको दुःखलाई नष्ट गर्नको लागि म पनि रहन सकुँ"
                                                   -अभिताभ बुद्ध

रक्तदान गर्नको लागि उपलब्ध तामाङ महानुभावहरू

S.No.

Name of Donor

Blood
Group

Mobile No.

Availability

01. Tshering Dorje Lama

O+ve

9851097429

Available
02. Ganga (Gurung) Tamang

O+ve

9841446802 "
03. Furba Lama (Ghishing)

O+ve

9851083709. "
04. Bikash Tamang O+ve 9851018675 "
05. Navaraj Lama O+ve 4419748 "
06. Prem Lama A+ve 9851078815 Sept. 12 onwards
07. Mukesh Lama (Lo) O+ve 9841491630 Sept. 21 onwards
08.        
09.        
10.        
11.        
12.        
13.        
14.        

 रक्तदान गर्न इच्छुक महानुभावहरूले आफ्नो नाम उपलब्ध गराउन तामाङ्ग्स डट कम हार्दिक अनुरोध गर्दछ ।

 
यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना
, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।

 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail :
ceo@tamangs.com