![]() ![]() ![]() ![]() ![]() ![]() ![]() | ||
|
ओ म नि पद मे हँ को अर्थ
।।
विपश्यना ध्यान के हो ?
।। भद्रचरी प्रणिधान | ||
|
|
बज्रगुरु देव डाकीनी हुं । गुरु यीदाम र डाकीनीलाई बन्दना म, स्वास्नी मानीस येसे सोग्याल, बाह्य, गुह्य र गोप्य मण्डलाहरु .अर्पण गरेर भने "ओ आचार्य पद्मसंभव हजुरले हामी यस हिमाली भेगका मानिसहरुप्रति हालसम्म कसैले राख्न नसकेको र भविष्यमा पनि कसैले राख्न नसक्ने दयाभाव राख्नुभएको छ जसबाट हाम्रो यो जुनी र भविष्यको जुनी लाई समेत धेरै फाईदा पुगेको छ । हजुरले अभ्यासहरुको सार तत्व पनि दिनुभएको छ जसलाई भविष्यमा अभ्यास गर्न सकिने छ । भविष्यका सन्ततिहरु द्विबिधामा परेका, दिग्भ्रमीत र बिक्षिप्त भएर पवित्र बुद्धधर्मबारे नकारात्मक बिचार राख्ने खालका हुनेछन् । बिषेश गरेर निर्विकल्प र पवित्र गोप्य मन्त्रको शिक्षाहरुलाई घृणा गर्ने खालका हुनेछन् । यस्तो बेला रोग ब्याधी, भोकमरी र शसस्त्र लर्डाई झगडा यी तिन चिजहरुले प्राणीमात्रलाई जकड्ने छ । बिषेश गरेर भारत, चिन, तिब्बत र मंगोलीयालाई कमिलाको गोलालाई झै नष्ट पारिने छ । त्यो समय मानिसहरुको लागी ज्यादै नै खराब समय हुनेछ । यस्तो अवश्थामा गरिनुपर्ने रोकथामको अनेकौं उपायहरुबारे शिक्षा दिई सकिएको भए पनि भविष्यका सन्ततिहरुले शक्तिशाली अवरोधहरुको सामना गर्नु पर्ने छ । त्यस समयमा मानिसलाई तहस नहस पारिने छ । उनीहरुसंग त्यस्तो समयबाट मुक्ति हुने सबै उपायहरु हुने छैन र त्यस्तो समयलाई हटाउन धेरै कठिनाई हुनेछ । त्यस्तो समयमा बज्रगुरु मन्त्रको गुरु साधना गरेर के फाईदा छ - कृपया भविष्यको पथभ्रष्ट भएका सन्ततिको लागी बताईदिनुहोस'' उहांले यसरी गुरु पद्मसम्भवलाई अनुरोध गर्नुभयो । त्यसपछि महान गुरु पद्मसंभवले भन्नुभयो "ओ आस्थावान केटी तिमीले भनेको कुराहरु सोह्रैआना सत्य हो । भविष्यको त्यस्तो समयमा मैले सम्पूर्ण प्राणीमात्रको भलाईको लागी अवश्य केहीगर्ने छु । मैले जल नीधि, भू नीधि, चट्टान नीधि र आकाश नीधि को रुपमा भविष्यमा पबित्र बुद्ध धर्मको रक्षाको लागी अनेकौ निर्देशन र साधनाका नीधिहरु लुकाएर राखेको छु । तर त्यस्तो खराब समयमा मैले भविष्यबाणी गरेको मानिसहरुका लागी ती नीधिहरु फेलापार्ने उपाय कौशल र शुभ र्साईतहरु पुर्याउन कठिनाई हुने छ । त्यो अवस्था प्राणीमात्रको सद्गुणको गिर्दो अवस्थाको संकेत पनि हो । जे होस्, त्यस्तो समयमा कुनै शुद्ध समयको योगी वा चोखो प्रतिज्ञा भएको भिक्षु वा भिक्षुणी वा कुनै धर्मात्मा वा योग्य महिलाले बज्रगुरु मन्त्र लाई कुनै पवित्र स्थलमा, कुनै गुम्बामा, कुनै अग्लो डांडाको टुप्पामा, कुनै ठुलो नदी किनारमा, कुनै भुतप्रेत र आत्माहरुले दुख दिने स्थानमा एक सय पटक, एक हजार पटक, एक लाख पटक, एक करोड पटक, एक अरब पटक वा जति सम्म सकिन्छ जप गर्नाले अकल्पनिय फाईदा पुग्न जान्छ । सबै रोग ब्याधी, भोकमरी, झै झगडा समाप्त हुने छ । किशानहरुको बाली नाली सप्रन्छ, गाई बस्तु निरोगी हुन्छ । खडेरी समाप्त हुन्छ । मन्त्र जपिएको क्षेत्रमा जताततै खराब तत्वहरुको नाश भई शुभ समय आउंदछ । यस जुनी, अर्को जुनी र भार्दो मा समेत म संग बारम्बार भेट भैरहन्छ । सबै भन्दा असल अभ्यास गर्नेको म संग बास्तवीक रुपमा भेट हुन्छ । मध्यममा मेरो दर्शन पाउने छ र कम्तीमा पनि मलाई सपनामा भेट्ने छ । बज्रगुरु मन्त्र उच्चारण गर्नाले निश्चयनै स्तर र पथ प्राप्त हुने छ र निसंदेह नै ङयावलिङमा पुरुष वा महिला बिद्याधर हुनेछ । बज्रगुरु मन्त्र एक दिनमा नबिर्सी एकसय पटक उच्चारण गरेमा उ आकर्ष रुपको हुने छ र बिना कुनै कठिनाई धनसम्पत्ती र सुख आर्जन गर्ने छ । बज्रगुरु मन्त्र एक हजार वा दश हजार पटक उच्चारण गरेमा प्रभावशाली हुनेछ र उसले आफ्नो प्रभावले अरुलाई पराजित गर्नेछ । उसको आशिर्वाद र दक्षता निर्वाध हुनेछ । बज्रगुरु मन्त्र एकलाख वा एक करोड पटक उच्चारण गरेमा उसले तिनवटै संसारलाई आकषिर्त गर्नेछ र आफ्नो ज्योतिर्मय प्रकाशले तिन वटा भवलाई पराजित गर्ने छ र भगवान र राक्षसलाई आफ्नो सेवक बनाउने छ । बिना कुनै बाधा उसले चार प्रकारको कार्यदक्षता मध्ये कुनै कार्य दक्षता सजिलै निर्वाह गर्ने छ । प्राणीमात्रको भलाईको लागी जसरी चाहन्छ त्यसरी नै जति चाहे पनि काम गर्न सक्ने छ । बज्रगुरु मन्त्र ३ करोड वा ७ करोड पटक जप गरेमा उ तिन कालको बुद्धहरुबाट कहिल्यै छुटाउन नसकिने हुनेछ । म संग कहिल्यै नछुटने हुनेछ र आठ स्तरको देव र आत्माहरुले उसको आज्ञा मान्ने छ । उनीहरुले उसको वाक्यहरुको प्रशंशा गर्ने र उसले दिएको आज्ञाअनुशार गर्ने छ । सबैभन्दा असल अभ्यास गर्नेले इन्द्रेनी शरीर (Rainbow Body)प्राप्त गर्ने छ । -(यस्तो शरीर प्राप्त गर्दा शरीरको हाड र मासु इन्द्रेणीमा बिलय हुन्छ र नङ र मासु मात्र यस धरतीमा रहन्छ ) मध्यम स्तरको अभ्यासकर्ताले मृत्यु प्रकाशलाई एक आमाले बच्चालाई भेटे झै गरि भेटने छ । निम्न स्तरको अभ्यासकर्ताले समेत मलाई बर्दोमा भेट्ने छ । र भार्दोमा देखापर्ने अवस्थाबाट मुक्त हुनेछ । उसको जन्म ङयावलिङमा हुने छ र प्राणीमात्रको भलाईको लागी असिमीत कार्य गर्ने छ । "ओ महान गुरु दयापुर्ववक बज्रगुरु मन्त्र उच्चारणको फाईदाहरु र बज्रगुरु मन्त्रको शक्ति वर्णन गरिदीनु भयो । तर भविष्यको प्राणीहरुको फाईदाको लागी यद्यपी बज्रगुरु मन्त्रको प्रत्येक शब्दांशको फाईदा र शक्ति असीमीत छ, कृपया तिनीहरुलाई छोटकरीमा बताईदिनुहोस । " त्यसपछि महान गुरुले भन्नु भयो "त्यसो भए हे भद्र केटी बज्रगुरु मन्त्र मेरो मन्त्रको सार मात्र होईन । यो चार प्रकारको यिदाम, नौ यान, चौरासी हजार धर्म निर्देशन इत्यादीको जीवन सार तत्व पनि हो । यस मन्त्रमा तिन समयको सबै बुद्धहरुको सार तत्व र गुरुहरु, यीदामहरु, डाकीनीहरु र धर्मपालाहरु आदी पनि समावेश छन् । म तिनीहरु किन समावेश छ भन्ने बारे ब्याख्या गर्ने छु । त्यसकारण ध्यान दिएर सुन र यसलाई सम्झ । उच्चारण गर । लेख र भविष्यका प्राणीहरुलाई देखाउ । " ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ बज्रले सबैलाई शान्त गर्ने कार्यदक्षता प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ पद्मले आकांक्षाको सेनालाई नष्ट पारीदिन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ एक पटक बज्रगुरु मन्त्र उच्चारण गर्दा प्राप्तहुने पुण्य प्राप्त भएमा त्यसलाई धान्न यो संसार सानो हुनेछ । निश्चय पनि जसले बज्रगुरु मन्त्र देख्दछ, सुन्दछ वा कण्ठस्त पार्दछ उ बिद्याधर स्तरमा स्थापित हुनेछ । बज्रगुरु मन्त्रको ग्यारेन्टीको लागी मैले भने अनुशारको फल प्राप्त नभएमा म पद्मसंभवले सारा प्राणीलाई धोका दिएको सरह हुने छ । तर निश्चय पनि मैले कसैलाई पनि धोका दिने छैन । त्यसकारण मैले आज्ञा दिएजस्तै गरि अभ्यास गर । कहिल्यै नअस्ताउने बिजय ध्वजा पताका माथी यस बज्रगुरु मन्त्रलाई राख यसलाई हावा चल्दा, हावाले हान्दा प्राणीहरुको मुक्ती हुनेछ । यसमा कुनै शंका छैन । अथवा यस बज्रगुरु मन्त्रलाई एउटा काठको टुक्रा वा ढुङ्गाको छेउमा लेखेर सडक छेउमा सजाएर राख यसलाई देख्दा खेरी मात्र पनि देख्ने प्राणीहरुको रोग ब्याधा, दुरात्मा र बाधा ब्यवधानहरु .हटेर जाने छ । यसले त्यस क्षेत्रका आत्मा र भुतप्रेतहरुको कृयाकलापलाई रोकिदिन्छ । यसलाई सुनौलो र गाढा निलो कपडामा लेखेर त्यसलाई पहिरिएमा भुतप्रेत, आत्माहरुले तिमीलाई हानी नोक्सानी पुराउन सक्तैन । जब तिम्रो मृत्यु हुन्छ, लास स्रगै यसलाई जलाएमार् इन्द्रेणी देखा पर्ने छ र सुखावतीमा तिम्रो जन्म हुने छ । यसलाई लेखेर पढेको पुण्य असिमीत छ । भविष्यको प्राणीहरुको भलाईको लागी मैले यो भनेको हु र यसलाई लुकाएर राखेको छु ।असल कर्म भएको भाग्यमानी ब्यक्तिले यसलाई फेला पारोस समय ग्या ग्या ग्या - ( टुल्कु कर्म लिङपा ले यस नीधिलाई फेला पारेका हुन ) प्राणीहरुको हितको लागी मुकेश लामाद्वारा अंग्रेजी बाट नेपालीमा अनुबाद तथा कम्प्युटर र्टाईप गरिएको । =
यो वेभ साईट मुकेश
लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका
लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
P.O.Box 13779, Kathmandu,
Nepal | |