|
|
|
| ||
|
बज्रगुरु मन्त्रोच्चारणका
फाइदाहरू ।। ओ
म नि पद मे हँ को अर्थ ।।
विपश्यना ध्यान के हो ?
।। भद्रचरी प्रणिधान |
||||
|
|
लामा येसे आफनो मनोचीकीत्सक आफै बन्नुहोस् अनुवादक मुकेश लामा अन्वेषणको पथ धर्म साधारण धर्मको प्रकृति र विशेष गरेर बुर्द्धधर्मको प्रकृतिबारे मानिसहरूका भिन्न विचारहरू छन् । धर्म र बुर्द्धधर्मलाई सतही बौद्धिक रूपले सोच्नेहरूले यसको र्सार्थकतालाई कहिल्यै पनि बुझ्ने छैनन् । धर्मबारेको विचार त्योभन्दा झन् सतही हुनेहरूले बुर्द्धधर्मलाई कुनै धर्म हो भन्ने कुरा समेत मान्दैनन् । सर्वप्रथम, बुर्द्धधर्ममा हामी बुद्ध स्वयंका बारेमा त्यत्ति कुरा रुचाउँदैनौँ । उहाँ स्वयंसमेत आफूबारे कुरा गर्न रुचाउनु हुन्न थियो । उहाँ आफूलाई विश्वास गर्ने मानिसहरूमा रुचि राख्नुहुन्न थियो । हालसम्म पनि बुर्द्धधर्मले आफ्नो अनुयायीहरूलाई बुद्धलाई सजिलै विश्वास गर्न प्रोत्साहन दिदैन । हामीले जहिले पनि आफ्नै मनको प्रकृति, मानव मनोविज्ञानबारे बढी कुरा बुझ्नेतर्फबढी ध्यान दिन्छौँ । यसप्रकारले, बुर्द्धधर्मको अभ्यासकर्ताहरूले जहिले पनि तिनीहरू स्वयंको मनोवृत्ति, अवधारणा र चेतनालाई बुझ्ने प्रयास गर्दछन् । यी कुराहरू अति महत्वपूर्ण छन् । नत्रभने तपाईले आफू स्वयं र आफ्नो भ्रमहरूबारे बिर्सेर कुनै निरस विचार जस्तै- "बुद्ध के हो -" भन्ने कुरामा ध्यान केन्द्रित गर्नुभयो भने तपाईको आध्यात्मिक यात्रा एउटा स्वप्नील मति-व्रि्रम हुनेछ । त्यो संभव छ सावधान हुनुहोस् । तपाईको मनमा बुद्ध वा भगवान् र तपाई स्वयंबीच कुनै सम्बन्ध छैन । तिनीहरू पूर्णरूपले फरक वस्तुहरू हुन् । तपाई पूर्णरूपले यहाँ तल हुनुहुन्छ बुद्ध, देवता पूर्णरूपले माथि हुनुहुन्छ । त्यहाँ कुनै प्रकारको पनि सम्बन्ध छैन । त्यसप्रकारले सोच्नु यथार्थ हुनेछैन । त्यो अति नै भयो । तपाईले एउटा बस्तुलाई तलको पुछारमा राख्नुभयो भने अर्कालाई माथि राख्नुभयो । बुर्द्धधर्ममा त्यस्तो प्रकारको मनलाई द्वैध मन Dual mind भनिन्छ । अझ भन्नु पर्दा, यदी मानिसहरू प्राकृतिक रूपले नकारात्मक छन् भने ठूलो सोचाइ राख्नुमा के तुक हुन्छ - जे होस विचारहरू उपलब्धिहरू होइनन् । मानिसहरू जहिले पनि सर्वोच्च उपलब्धिहरू वा भगवान्को प्रकृतिबारे अधिक जानकारी लिन खोज्दछन् तर त्यस प्रकारको बौद्धिक मनको उनीहरूको जीवन र तिनीहरू स्वयंसँग कुनै सम्बन्ध हुँदैन । तथ्यहरू संकलन गर्ने अभ्यास होइन आत्मप्राप्तिको खोजी नै साँचो धर्म हुनुपर्दछ । बुर्द्धधर्ममा हामी बौद्धिक ज्ञानको खोजीमा मात्र विशेष रुचि राख्दैनौं । हामी अहिले यहाँ कै भइराखेको छ, हाम्रो हालको अनुभवहरूबारे बुझ्ने, हामी अहिलेको क्षणमा के छौं, हाम्रो आधारभूत प्रकृतिबारे बुझ्नेतर्फबढी रुचि राख्दछौ । हामी सन्तुष्टि कसरी प्राप्त गर्न सक्तछौँ दुःख कष्ट र तनावको सट्टा खुसी र आनन्द कसरी प्राप्त गर्न सक्तछौ, हाम्रो प्रकृति पूर्णतया नकारात्मक छ भने त्यसलाई कसरी त्याग गर्ने भन्नेबारे बुझ्न चाहन्छौं । भगवान् बुद्ध स्वयंले त्यसबारे आधारभूतरूपले मानवको प्रकृति शुद्ध, अहम्ररहित, प्राकृतिक रूपले बादलरहित स्वच्छ आकाश जस्तै छ । बादलहरू आउँछन् अनि जान्छन् तर आकाश जहिले पनि नीलो नै हुन्छ । बादलले आकाशको आधारभूत प्रकृतिलाई परिवर्तन गर्दैन । त्यस्तै गरेर मानव मन आधारभूत रूपले शुद्ध हुन्छ । अहम्ररहित हुन्छ । जे होस्, तपाईं धार्मिक व्यक्ति भए पनि नभए पनि तपाईले अहमलाई आफूबाट अलग गर्नुभएन भने तपाई पूर्णतया दिग्भ्रमित हुनुहुन्छ । तपाईले आफू स्वयंका लागि वास्तविकतासँग पूर्णरूपले असम्बन्धित जीवनको एउटा पूर्णतया अवास्तविक दर्शन सिर्जना गर्नुभएको छ । बौद्धिक ज्ञानको लालसा गर्नुभन्दा सबैभन्दा उच्च वस्तु के हो भन्नेबारे जान्न खोज्दा तपाईले आफूस्वयंको मनको आधारभूत प्रकृतिबारे जानकारी लिने र अहिले त्यसबारे कसरी सामना गर्ने भन्नेबारे जानकारी लिन कोशिस गरेको हुनेछ । प्रभावकारी रूपले कसरी कार्यसम्पादन गर्ने भन्नेबारे जान्नु महत्त्वपूर्ण छ । विधि कुनै पनि धर्मको साँचो हो । सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण हो । मानिलिनुस्, तपाईले आफ्ना लागि भनेर एउटा अचम्मको रत्नहरूको सम्पत्ति भएको घरबारे सुन्नुभयो । तर तपाईसँग त्यस घरको साँचो छैन । त्यो सम्पत्तिलाई तपाईले कसरी खर्च गर्ने भन्नेबारेको तपाईको कल्पना एउटा मति-बिभ्रम मात्र हो । त्यस्तै प्रशंसनीय धार्मिक विचारहरूबारे कल्पना गर्नु शिखरको अनुभवहरू गर्नु तर त्यसका लागि तुरन्तै कार्य गर्नु वा त्यसलाई प्राप्त गर्ने तरिका लागू गर्नुमा कुनै रुचि नहुनु पूर्णतया अवास्तविक हो । यदि तपाईसँग आफ्नो दैनिक जीवनमा धर्मलाई ल्याउने विधि छैन भने, साँचो छैन भने तपाईले कोकाकोला पिउनु राम्रो हुन्छ । त्यसबाट कमसे कम तपाईको तिर्खा त मेटिन्छ । यदि तपाईको धर्म केवल विचार मात्र हो भने त्यो हावा जत्तिकै तरल हो । तपाईंले धर्म के हो र त्यसलाई कसरी अभ्यास गर्ने भन्ने कुरा ठिकसँग बुझ्नु पर्दछ भन्ने कुरामा सावधान हुनु पर्दछ । भगवान् बुद्ध स्वयंले भन्नुभएको छ- "विश्वास महत्त्वपूर्ण कुरा होइन । मैले भनेको कुराहरू केवल मैले भनेको कारणले मात्र विश्वास नगर्नू ।" उहाँले यो कुरा निर्वाण हुन लागेको बेला भन्नुभएको हो । "मैले विभिन्न फरक प्रकारका मानिसहरूका लागि विभिन्न फरक तरिकाले उपदेश दिएको छु । त्यसमध्ये कुनैलाई अँगाल्नुभन्दा पहिले आफू सुहाउँदो छ कि छैन भनेर आफ्नो ज्ञान प्रयोग गरेर जाँचेपछि मेरो विधिहरूले कुनै अर्थ राख्यो र त्यसले काम गर्यो भने मात्र त्यसलाई कसै गरेर पनि अँगाल्नु । तर यदि त्यससँग आफ्नो कुनै पनि सम्बन्ध भएजस्तो नलागेमा प्रशंसा योग्यझैँ लागे पनि त्यसलाई त्याग्नु । तिनीहरू अरू कसैका लागि भनेर दिइएका उपदेशहरू हुन् ।" आजकल तपाईले मानिसहरूलाई 'यी कुराहरू बुद्धले भनेका हुन् वा भगवान्ले भनेका हुन् त्यसैले त्यसलाई विश्वास गर्नुहोस्' भनेर भन्न सक्नुहुन्न । त्यति मात्र उनीहरूका लागि पर्याप्त हुदैन । उनीहरूले त्यसलाई स्वीकार गर्ने छैनन् किनकि तिनीहरू प्रमाण चाहन्छन् तर आफ्नो मनको प्रकृति शुद्ध छ भन्नेकुरा नबुझ्नेहरू त्यसको नैर्सर्गिक शुद्धता पत्ता लगाउने सम्भाव्यतालाई देख्न सक्तैनन र त्यस्तो गर्ने जुन मौका पाएका छन् त्यो गुमाउँदछन् । यदि तपाईले आफ्नो मनको प्रकृति आधारभूत रूपले नकारात्मक छ भन्ने सोच्नुहुन्छ भने तपाईले सबै आशाहरू गुमाउनुहुनेछ । मानव मनको सकारात्मक र नकारात्मक दुवै पक्ष अवश्य हुन्छन् । तर नकारात्मक पक्ष क्षणिक र अति अस्थायी हुन्छ । तपाईको उच्च र निम्न भावनाहरू अकाशको बादल जस्तै हुन् । त्यसभन्दा माथि मानिसको आधारभूत प्रकृति स्वच्छ र शुद्ध छ । धेरै मानिसहरूले बुर्द्धधर्मलाई गलत ढङ्गले बुझ्दछन् । बुर्द्धधर्मको प्राध्यापकहरूले समेत बुद्धका उपदेशका शब्दहरूलाई मात्र अक्षरसः व्याख्या गर्दछन् । उनीहरूले उहाँको पद्दति बुझ्दैनन्स जुन उहाँको उपदेशहरूको वास्तविक सारतत्व हो । मेरो विचारमा कुनै पनि धर्मको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै त्यसको विधि हो, धर्मलाई आफ्नै अनुभवमा कसरी ढाल्ने भन्ने हो । तपाईले त्यो कसरी गर्ने भन्ने बारे जति बुझ्नुहुन्छ तपाईको धर्म त्यति नै प्रभावकारी हुन्छ । तपाईको अभ्यास यति प्राकृतिक, यति वास्तविक हुन्छ कि तपाईले आफू स्वयंको प्रकृति र मनलाई सजिलै बुझ्नुहुनेछ र त्यसभित्र जे पाए पनि तपाई आर्श्चर्यचकित हुनुहुनेछैन । त्यसपछि तपाईले आफू स्वयंको मनको प्रकृतिलाई बुझ्नुहुनेछ र त्यसलाई प्राकृतिक रूपले नियन्त्रण गर्न सक्नुहुन्छ । तपाईले त्यसका लागि कठिन परिश्रम गर्नु पर्दैन । प्राकृतिक रूपले बुझ्दा त्यसले नियन्त्रण ल्याउँदछ । धेरै मानिसहरूले मनको नियन्त्रणलाई कुनै प्रकारको साँघुरो निषेध गरिएको बन्धन हो भनेर कल्पना गर्दछन् । वास्तवमा नियन्त्रण प्राकृतिक अवस्था हो । तर तपाईले त्यसो भन्न लाग्नुभएको छैन, छ कि - तपाईले भन्नै लाग्नुभएको छ कि मनलाई प्रकृतिले नियन्त्रण गरेको छैन, प्राकृतिकरूपले मन अनियन्त्रीत हुन्छ । तर त्यसो होइन । जब तपाईले आफ्नो अनियन्त्रित मनको प्रकृतिलाई महसुस गर्नुहुन्छ, अहिलेको अनियन्त्रित अवस्था प्राकृतिक रूपले उत्पन्न भएजस्तै गरेर प्राकृतिकरूपले नियन्त्रण उत्पन्न हुन्छ । अझ भन्नुपर्दा, आफ्नो मनमाथि नियन्त्रण प्राप्त गर्ने एकमात्र विधि त्यसको प्रकृतिलाई बुझ्नु हो । तपाईले आफ्नो भित्री संसार तपाईको मनलाई परिवर्तन गर्न कहिल्यै बल प्रयोग गर्न सक्नुहुन्न र आफूलाई पिटेर, शारिरिक यातना दिएर आफ्नो मनलाई सुद्धिकरण गर्न पनि सक्नुहुन्न । त्यो पूर्णतया असंभव छ । अशुद्धता, पाप, नकारात्मकता तपाईले जे सुकै नाम दिए पनि त्यो मनोवैज्ञानिक, एउटा मनको घटना हो । त्यसैले त्यसलाई तपाई आफूुले भौतिकरूपले रोक्न सक्नुहुन्न । शुद्धिकरणका लागि विधि र ज्ञानको कौशलपूर्ण संयोजनको आवश्यकता हुन्छ । तपाईले आफ्नो मनलाई शुद्ध बनाउन आकाशमा भएको कुनै विशेष देवता अथवा बुद्धमा विश्वास गर्नु आवश्यक छैन । त्यसका लागि चिन्ता नलिनुहोस् । जब तपाईले आफ्नो दैनिक जीवनको उतारचढावको प्रकृति, तपाईको आफ्नै मनोवृत्तिको प्रकृतिको विशेषतालाई वास्तविक रूपले महसुस गर्नुहुन्छ, तपाईले त्यसको समाधान स्वत लागू गर्न चाहनुहुन्छ । आजकल धेरै मानिसहरू धर्मबारे दिग्भ्रमित भएका छन् । उनीहरू यसले काम गर्दैन भन्ने सोच्दछन् झैँ लाग्दछ । धर्मले काम अवश्य गर्दछ । यसले तपाईको प्रत्येक समस्याहरूको प्रशंसनीय समाधान दिन्छ । समस्या यो मात्र हो कि मानिसहरूले धर्मको प्रकृतिको विशेषतालाई बुझ्दैनन् त्यसैले तिनीहरूमा धर्मको विधिहरू लागू गर्ने कुरामा आत्मविश्वास हँुदैन । भौतिक जीवनबारे सोच्नुहोस् । त्यो पूर्णरूपको बेचैनी र द्वन्द्व हो । तपाईले वस्तुहरूलाई आफूले चाहे अनुसारले राख्न कदापि सक्नुहुन्न । बिहान ब्यूँझेपछि त्यस दिनलाई ठीक कसरी बिताउने भन्नेबारे निश्चय गर्न सक्नुहुन्न । हप्ता, महिना र बर्षको त कुरै छाडिदिउँ । तपाईले एकदिनलाई पनि पुर्व निर्धारित गर्न सक्नुहुन्न । यदि अहिले मैले तपाईलाई बिहान ब्यूँझे पछि त्यस दिनलाई कसरी व्यतीत गर्ने भन्नेबारे निश्चय गर्नुहोस् भनेर भने भने प्रत्येक पलमा तपाईंलाई कस्तो अनुभव हुन्छ ? तपाई यस बारेमा के भन्नुहुन्छ ? त्यस्तो गर्न सक्ने कुनै उपाय नै छैन । छ त ?- तपाईले आफूलाई भौतिक रूपले जतिसुकै सुविधायुक्त पारे पनि आफ्नो घरलाई सजाएर एउटा वस्तुलाई यहाँ र अर्कोलाई त्यहाँ राखे जस्तै गरी आफ्नो मनलाई पनि त्यसै गरेर संचालन गर्न सक्नुहुन्न । तपाईंले दिनभरि कस्तो अनुभव गर्ने भन्नेबारे कहिल्यै पनि निश्चय गर्न सक्नुहुन्न । आफ्नो मनलाई त्यसरी कसरी व्यवस्थित गर्न सक्नुहुन्छ - "म आज यस्तो हुनेछु" भनेर कसरी भन्न सक्नुहुन्छ - म तपाईलाई निश्चयका साथ भन्न सक्तछु कि जबसम्म तपाईको मन अनियन्त्रित, विचलित र द्वैध चरित्रको हुन्छ त्यहाँ कुनै पनि उपाय हुदैन । त्यो असंभव हुन्छ । मैले त्यसो भनेर तपाईलाई नीच देखाउन खोजेको होइनँ । म मनले कसरी कार्य गर्दछ भन्ने कुरामात्र गरिरहेको छु । यी सबैले के देखाउँदछ भने तपाईले आफूलाई भौतिक सुविधाले जत्ति सम्पन्न बनाएपनि तपाई आफूले "अब यसले मलाई खुसी बनाउँदछ । म आज दिनभरि नै खुसी हुनेछु" भनेर जतिसुकै भने पनि त्यसप्रकारले तपाईंको जीवनलाई पुर्व निर्धारण गर्न संभव छैन । स्वचालित रूपले तपाईको अनुभव परिवर्तन भैरहन्छ । परिवर्तन, परिवर्तन, परिवर्तन........ यसले भौतिक जीवनले काम गर्दैन भनेर देखाउँदछ । जे होस, मेरो मतलब तपाईले सांसारिक जीवन त्यागेर जोगी बन्नुपर्दछ भन्ने होइनँ । मैले त्यसो भनेको होइनँ । मेरो कुरा के हो भने यदि तपाईले आध्यात्मिक सिद्धान्तहरूलाई ठीकसँग बुझेर त्यसैअनुसारको कार्य गर्नुभयो भने तपाईले चेतनाको संसार sense world मा मात्र भर परेरभन्दा ठूलो सन्तुष्टि र जीवनको अर्थ प्राप्त गर्नुहुनेछ । चेतनाको संसारले मात्र मानवलाई सन्तुष्टि दिँदैन । यस प्रकारले हामीले जेलाई धर्म भन्दछौं, त्यसको अस्तित्व यो संसारमा हाम्रा लागि हामी स्वयंको भाव, हामी स्वयंको मन, हामी स्वयंको अनुभवहरूलाई बुझ्नका लागि हो । हामीले हाम्रो आध्यात्मिक पथलाई जे नाम दिए पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले हाम्रो अनुभव हाम्रो आफ्नै अनुभूतिलाई बुझ्नु पर्दछ । त्यसकारण बुर्द्धधर्मबारेको लामाको अनुभवमा विश्वासमा जोड दिनको सट्टा यसले सबैभन्दा ठुलो महत्त्व व्यक्तिगत प्रयोग, धर्मका विधिहरूलाई कार्यरूप दिने र त्यसबाट हाम्रो मनमा परेको असरलाई अवलोकन गर्ने हो । के यी विधिहरूले काम गर्दछन् ? यसबाट हाम्रो मन परिवर्तित भएको छ ? कि त्यो पहिलेको जस्तै अनियन्त्रित छ ? यो बुर्द्धधर्म हो र मनलाई जाँच गर्ने यो विधिलाई ध्यान भनिन्छ । यो व्यक्तिगत कुरा हो यसलाई तपाईले सामान्यीकरण गर्न सक्नुहुन्न । यो व्यक्तिगत बुझाइ, व्यक्तिगत अनुभवसम्म आउँदछ । यदि तपाईको पथले तपाईको समस्याहरूको समाधान, प्रश्नहरूको उत्तर, मनमा सन्तुष्टि दिँदैन भने तपाईले त्यसको जाँच गर्नुपर्दछ । सायद तपाईको दृष्टिकोणमा, तपाईको बुझाइमा केही गल्ती भएको हुनसक्छ । तपाईले कोशिस गर्दा त्यसले काम गरेन भने तपाईको धर्ममा केही गल्ति छ भनेर निष्कर्षनिकाल्नु जरुरी छैन । धर्मबारे विभिन्न मानिसहरूको विभिन्न दृष्टिकोण र बुझाइ हुन्छ र उनीहरूले गल्ती गर्न सक्तछन् । त्यसकारण तपाईले आफ्नो धर्मको विचार र विधिहरूलाई बुझ्ने तरिका ठीक छ भन्नेकुरामा निश्चित हुनुहोस् । तपाईले बुझाइको सही तरिकाले सही जाँगर गरेमा तपाईले भित्रीरूपमा गहिरो सन्तुष्टिको अनुभव गर्नुहुनेछ । त्यसप्रकारले तपाई आफैलाई प्रमाणित गर्नुहुनेछ कि सन्तुष्टि कुनै बाहिरी बस्तुमा निर्भर हुदैन । वास्तविक सन्तुष्टि मनबाट नै उत्पन्न हुन्छ । हामीले प्रायजसो आफू दुःखी भएको अनुभव गरिरहन्छौं र हाम्रो संसार उथलपुथल हुन्छ । किनभने बाहिरी कुराहरू हामीले योजना र इच्छा गरेजस्तै होस् भन्ने अपेक्षा गर्दछौँ । हामीले प्राकृतिक रूपले परिवर्तन हुने वस्तुहरू परिवर्तन नहोस्, अनित्य वस्तुहरू सदाका लागि अस्तित्वमा रहोस् भन्ने चाहन्छौं । त्यसपछि जब ती वस्तुहरू परिवर्तित हुन्छन् , हामी विचलित भइ हाल्दछौं । तपाईको घरमा कुनै वस्तु टुटफुट हुँदा तपाई विचलित हुनुहुन्छ । त्यसबाट तपाईंले त्यस वस्तुको अनित्यतालाई बुझ्नुभएको छैन भन्ने देखिन्छ । कुनै वस्तुको फुट्ने समय भएपछि तपाईले त्यो नफुटोस् भन्ने जति इच्छा गरे पनि त्यो फुट्दछ नै । तथापि हामीले भौतिक वस्तुहरू दिगो नै रहोस् भन्ने चाहन्छौं । कुनै पनि भौतिक वस्तुहरू समेत सदाका लागि रहँदैनन् । त्यो असंभव छ । त्यसैले दिगो सन्तुष्टि प्राप्त गर्नका लागि तपाईले आफू वरिपरिको संसारलाई चतुर्याइँपूर्वक संचालन गर्नुभन्दा तपाईको आध्यात्मिक अभ्यास र ध्यानमा अझ बढी जाँगर गर्नु पर्दछ । दिगो संतुष्टि तपाईको मनबाट आउँछ, तपाई आफूभित्रबाट नै आउँछ । तपाईको मुख्य समस्या नै तपाईको अनियन्त्रित तथा असन्तुष्ट मन हो, जसको प्रकति दुःख र कष्ट हो । यो कुरालाई जानेर जब कुनै समस्या उत्पन्न हुन्छ अतृप्त इच्छा र मन विचलित भएर कुनै बाहिरी कार्यमा तपाई आफूलाई विचलन गराउनको सट्टा आराम गर्नुहोस् । बस्नुहोस् । आफ्नै मनले त्यस अवस्थाको जाँच गर्नुहोस् । समस्याहरूसँग सामना गरेर मनलाई शान्त तुल्याउने यो धेरै नै सकारात्मक विधि हो । त्यसभन्दा बढी, जब तपाईले त्यसो गर्नुहुन्छ, तपाईले आफ्नो नैसर्गिक बोधिज्ञानलाई विकसित हुन दिनुहुनेछ । विचलित, अलमलयुक्त र अशान्त मनमा ज्ञान कहिल्यै विकसित हुदैन । ज्ञान प्राप्त गर्ने कुराको मुख्य बाधा विचलित अवस्थाको मन हो । तपाईको अहम् र तपाईको मनको प्रकृति एकै र समान हो भन्ने गलत धारणा पनि त्यसमा पर्दछ । यदि तपाई त्यस्तो विश्वास गर्नुहुन्छ भने तपाईले ती दुवैलाई कहिल्यै अलग गर्न सक्नुहुन्न र अहम भन्दा टाढा कहिल्यै जान सक्नुहुन्न । जबसम्म तपाईले आफू पूर्णरूपले पाप र नकारात्मक कार्यमा हुनुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ तपाई कहिले पनि त्यसबाट पार पाउन सक्नुहुन्न । तपाईले के विश्वास गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ र त्यसले धेरै प्रभावकारीरूपले तपाईको गलत सोचाइहरूलाई चिरस्थायी बनाउँदछ । पश्चिमा देशहरूमा मानिसहरू यदि तपाईसँग अहम् (Ego) छैन भने तपाईको जीवन छैन, जागिर छैन र केही पनि गर्न सक्दैन भन्ने सोच्दछौ जस्तै लाग्दछ । त्यो एउटा खतरनाक भ्रम हो । तपाईले अहमलाई मनबाट छुट्टाउन सक्नुहुन्न, जीवनबाट छुट्टाउन सक्नुहुन्न । त्यो तपाईंको एउटा ठूलो समस्या हो । तपाईले आफ्नो अहम््लाई हराउनुभयो भने तपाईले आफ्नो व्यक्तित्वलाई, आफ्नो मनलाई, आफ्नो मानव प्रकृति नै हराउनुहुन्छ भन्ने सोच्नुहुन्छ । त्यो कुरा सरलरूपले सत्य होइन । तपाईले त्यसबारे चिन्ता लिनु पर्दैन । यदि तपाईलेे आफ्नो अहमलाई त्याग्नुभयो भने तपाई खुसी हुनुहुनेछ - तपाईले खुसी हुनुपर्ने छ । तर यसले अवस्य अहम् भनेको के हो भन्ने प्रश्न उठाउँदछ । पश्चिमा देशहरूमा अहम्(Ego)का लागि मानिसहरूसँग धेरैवटा शब्दहरू छन् । तर अहम् वास्तवमा के हो भन्ने कुरा उनीहरूलाई थाहा होला ? जे होस्, तपाईको अंग्रेजी जतिसुकै शुद्ध भएपनि अहम् भन्ने कुनै शब्द होइन । शब्द त केवल वर्णमाला मात्र हो । वास्तविक अहम् तपाईभित्र छ । तपाईको 'स्व' स्वतन्त्र, स्थायी र निहित रूपले अस्तित्वमा छ भन्ने गलत सोचाइ हो । वास्तविकतामा तपाईले 'म' भनेर जुन वस्तुलाई विश्वास गर्नुहुन्छ, त्यसको अस्तित्व छैन । यदि मैले यहाँ भएका सबैजनालाई तपाईहरूको सोचाइमा अहम् भनेको के हो शब्दहरूभन्दा टाढा गहिरिएर जाँच गर्नुहोस् भनेर भनेमा प्रत्येक व्यक्तिको भिन्दा भिन्दै सोचाइ हुन्छ । मैले ठट्टा गरेको होइनँ यो मेरो अनुभव हो । तपाईले आफू स्वयंको उत्तरलाई जाँच्नुहोला । हामीले जहिले पनि बढी सतही रूपले भन्ने गर्दछौँ- "त्यो तपाईको अहम् भाव हो" तर हामीलाई अहम् भन्ने कुरा वास्तवमा के हो भन्ने कुरा थाहा छैन । कहिलेकाहीँ हामीले अरूलाई होच्याउने मनसायले- "ओह ! चिन्ता नगर, त्यो त्रि्रो अहम् मात्र हो" वा त्यस्तै केही कुरा भन्दछौं । तर यदि तपाईले अझ गहिरिएर जाँच गर्नुभयो भने औषत मानिसहरूले अहम् उसको व्यक्तित्व हो, उसको जीवन हो भन्ने ठानेको पाउनुहुनेछ । पुरुषहरू यदि आफ्नो अहम् हरायो भने आफ्नो व्यक्तित्व नै गुमेको, आफू पुरुष नभएको सोच्दछन् । महिलाहरू यदि आफ्नो अहम् हरायो भने आफ्नो स्त्री गुणहरू गुमाएको सोच्दछन् । पश्चिमाहरूको जीवन र अहम्बारेको ब्याख्यामा आधारित त्यो कुरा करिब करिब नजिक भए पनि त्यो सत्य कुरा होइन । कदापि सत्य होइन । उनीहरू 'समाजमा बाँच्नका लागि तपाईसँग अहम् छैन भने तपाई समाजमा घुलमिल हुन सक्नुहुन्न र अहम् हुनु आवश्यक छ' भन्ने अर्थमा अहम् कुनै सकारात्मक वस्तु हो भन्ने सोच्दछन् । तपाईले यसलाई शारीरिक होइन मानसिक स्तरमा अझ गहिरिएर हेर्नुहोस् । यो चाखलाग्दो विषय छ । केही मनोवैज्ञानिकहरूले समेत अहमलाई यत्ति सतही रूपले व्याख्या गर्दछन् कि तपाई त्यसलाई कुनै भौतिक अस्तित्व भएको वस्तु हो भन्ने ठान्नुहुन्छ । बौद्ध दृष्टिकोणमा अहम् एउटा मनको सोचाइ हो यो कुनै भौतिक वस्तु होइन । अहम् कार्यको लक्षणहरू बाहिरी रूपमा पनि अवश्य देखा पर्दछन् । उदाहरणका लागि जब मानिस क्रोधित हुन्छ, उसको मुहार र शरीरले त्यस क्रोधित कम्पनलाई देखाउँदछ । तर त्यो क्रोध स्वयं होइन त्यो त क्रोधको लक्षणमात्रै हो । त्यस्तै गरेर अहम् पनि त्यसको बाहिरी रूप होइन तर त्यो मनको पक्ष हो । एउटा मनोवैज्ञानिक प्रवृत्ति हो । तपाईले त्यसलाई बाहिरबाट देख्न सक्नुहुन्न । तपाईले ध्यान गर्नुभएको बेला तपाईले आज किन आफू निम्न र भोलि किन उच्च हुनुहुन्छ भन्ने कारणलाई देख्नु सक्नुहुन्छ । तपाईको मनस्थितिको कारण नै तपाईको त्यसमा उतार चढाव हुन्छ । आफूभित्र नै जाँच नगर्ने व्यक्तिहरू "म आज खुसी छैनँ किनकि आज सूर्योदय भएन" भन्ने जस्ता सतही कारणहरू देखाउँछन् तर तपाईको मनको उचार चढावको धरैजसो समय प्राथमिक मनोवैज्ञानिक कारणहरूद्वारा उत्पन्न हुन्छ । जब हुरी बतास चल्दछ, बादलहरू हराउँदछन् र नीलो आकाश देखा पर्दछ । त्यस्तै गरेर मनको प्रकृतिलाई बुझ्ने शक्तिशाली ज्ञानको उदय भएपछि अहमताको कालो बादल हराउँदछ । विचलित, अनियन्त्रित मन- अहम्भन्दा पर चिरस्थायी शान्ति र सन्तुष्टि छ । त्यसकारण नै भगवान् बुद्धले मानिसको सकारात्मक र नकारात्मक दुवै पक्षको गहन विश्लेशण गर्नु पर्दछ भन्नुभएको छ । बिशेष गरेर जब तपाईको नकारात्मक मन उत्पन्न हुन्छ त्यसबाट भयभित हुनुभन्दा तपाईले त्यसलाई अझ नजिकबाट जाँच गर्नुपर्दछ । हेर्नुहोस्, बुर्द्धधर्म कुनै चतुर धर्म होइन । यसले जहिले पनि आक्रामक प्रवृत्तिहरूलाई टाढा नै राख्दछ । बुर्द्धधर्मले तपाई के हो र तपाईको मनले के गरिरहेको छ भन्ने कुरालाई अहिले यहाँ नै सरलतासाथ व्याख्या गर्दछ । त्यसैले यसलाई त्यस्तो चाखलाग्दो बनाउँदछ । तपाईले जहिले पनि साकारात्मक कुराहरू मात्र सुन्ने अपेक्षा गर्नु हुन्न । तपाईको सकारात्मक पक्ष आवश्यक छ । तर तपाईको प्रबृत्तिको नकारात्मक पक्षबारे के भन्नुहुन्छ ? दुवै पक्षबारे बराबरी ज्ञान प्राप्त गर्नका लागि तपाई 'हुनु'को समग्रताको बोध प्राप्त गर्न तपाईले आफ्नो सकारात्मक तथा नकारात्मक बिशेसताहरूलाई पनि हेर्नुपर्दछ । त्यसलाई ढाकछोप गर्नु हुदैन । अब अहिलेका लागि मसँग त्यत्ति भन्ने कुराहरू छैनन् । तर म तपाईहरूको प्रश्नहरूको उत्तर दिँदा खुसी हुनेछु । प्रश्न- लामा तपाईले हामीले आफ्नो नकारात्मक कार्यहरूलाई दवाएर राख्नुभन्दा खुला गर्नुपर्दछ हामीले आफ्नो नकारात्मकतालाई बाहिर निस्कन दिनर्ुपर्दछ भन्नुभएको हो ? लामा- त्यो कुरा अवस्थाहरूमा भर पर्दछ । यहाँ दुइवटा कुराहरू छन् । यदि नकारात्मक भावनाको फोकाहरू सतहमा देखिन थालेको छ भने त्यसलाई कुनै तरिकाले देखाउनु शायद उचित हुन्छ । तर त्यस अवस्थामा पुग्नुभन्दा पहिले नै त्यसलाई समाधान गर्नु उचित ठानिन्छ । यदि तपाईंसँग गहनरूपको नकारात्मक भावनाहरूको सामना गर्ने कुनै पनि उपायहरू नभएको कारण त्यसलाई गहिरोसँग दबाएर राख्नुभयो भने त्यसबाट पछि गएर ठूलो समस्या उत्पन्न हुन सक्तछ । त्यसको उदाहरणमा त्यस्तो क्रोधको विष्फोटनस्वरूप कसैले बन्दूक उठाएर मानिसहरूलाइ हान्न सक्तछ । बुद्धको उपदेशले भावनाहरूलाई ज्ञानद्वारा जाँच गरेर ध्यानद्वारा पाचन गर्ने तरिका बताउँदछ, जसबाट भावनाहरू सरलरूपले लोप भएर जान्छन् । बाहिरी रूपमा नकारात्मक भावनाहरूलाई व्यक्त गर्दा तपाईको चेतनामा निकै गहिरो प्रभाव पर्दछ । यस प्रकारको प्रभावले तपाईलाई त्यस्तै प्रकारको हानिकारक तरिकाले प्रतिकृया गर्न सजिलो पार्दछ । तर दोस्रो पटक त्यस्तो प्रभाव पहिलो पटकको भन्दा अझ शक्तिशाली हुन सक्तछ । त्यसले कुनै कार्य गरेवापत त्यसबाट उत्पन्न हुने असर (Cause and Effect) को कर्मको एउटा कडी स्थापना गर्दछ, जसले त्यस्तो नकारात्मक कार्यलाई चिरस्थायी बनाउँदछ । त्यसकारणले तपाईले नकारात्मक शक्तिलाई सामना गर्नुपर्दा उपायकौशल र न्यायको अभ्यास गर्नुपर्दछ । त्यसलाई कहिले र कसरी व्यक्त गर्ने हो भनेर सिक्नुहोस् । विशेष गरेर त्यसलाई सुरुमै कसरी चिनेर ज्ञानले पाचन गर्ने भन्नेबारे थाहा पाउनुहोस् । प्रश्न- कृपया बौद्ध ध्यान पद्दति र हठयोग बीचको सम्बन्धबारे व्याख्या गर्नुहोस् । लामा- बुर्द्धधर्ममा हामीले शरीरको गतिलाई भन्दा अन्तरावलोकनमा प्रवेश गर्नुलाई प्राथमिकता दिन्छौं । यद्यपि शारीरिक व्यायामद्वारा ध्यानलाई गहन पार्ने केही पद्दतिहरू नभएका होइनन् । साधारणतया बौद्ध ध्यान पद्दतिले हामीलाई हामी के हौँ भनेर जान्न तथा हाम्रो वास्तविक प्रकृतिबारे बुझ्नका लागि हामीभित्र नै हर्ेनलाई उपदेश दिन्छ । बौद्ध ध्यान पद्दतिमा पलेटी मारेर बसेर आँखा चिम्लनु नै पर्दछ भन्ने पनि छैन । तपाईको दैनिक जीवनको हरेक पक्षमा ध्यानलाई लागू गर्न सक्नुहुन्छ । आफूले अचेतन अवस्थामा समेत आफूलाई र अरूलाई समेत हानि नपुगोस् भनेर महत्वपूर्ण कुराहरूप्रति जागरुक हुनु अति महत्त्वपूर्ण छ । तपाईले हिंडदा, कुरा गर्दा, काम गर्दा, खाँदा जे गर्दा पनि आफ्नो शरीर, मन र वचनको कार्यहरूबारे सचेत हुनु पर्दछ । प्रश्न- के बौद्धहरूले आफ्नो प्राण -शक्ति)लाई मनद्वारा पूर्णरूपले नियन्त्रण गर्दछन् ? लामा- हो, यदि तपाईले आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुभयो भने तपाईले जेलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ । पहिला आफ्नो मनलाई नियन्त्रण नगरीकन तपाईले आफ्नो भौतिक शरीरलाई नियन्त्रण गर्नु असंभव छ । तपाईले यदि शरीर र मनको सम्बन्धलाई नबुझीकन भौतिक शरीरलाई बलजफ्ती नियन्त्रण गर्ने कोशिस गर्नुभयो भने त्यो अति खतरनाक हुन सक्तछ र त्यसले तपाईको मनलाई ठूलो क्षति पुर्याउन सक्तछ । प्रश्न- बसेर गरिने ध्यानमा जस्तै हिँडेर गरिने ध्यानमा पनि गहन अवस्थामा पुग्न सकिन्छ कि ? लामा- अवस्य, त्यो सिद्धान्ततः संभव छ तर त्यो व्यक्तिमा भर पर्दछ । सिकारुहरूले बसेर ध्यान गर्दा एकाग्रताको गहन अवस्थामा सजिलै पुग्न सक्दछन् । यद्यपि अनुभवी ध्यान अभ्यासकर्ताहरूले एकल बिन्दुको एकाग्रता एउटा पूर्णरूपले एकीकृत मन हिँड्दा लगायत उनीहरूले जे गर्दा पनि प्राप्त गर्न सक्तछन् । कसैको मन पूर्णरूपले विचलित छ भने उसको मनलाई एकीकृत पार्नका लागि बसेर गर्ने ध्यान पनि यथेष्ट नहुन सक्तछ । बुर्द्धधर्मको उपलब्धिहरू मध्ये एकमा तपाईले सबैले यस्तै गर्नुपर्दछ सबैजना यस्तो नै हुनर्ुपर्दछ भन्न सक्नुहुन्न । त्यो व्यक्तिमा भर पर्ने कुरा हो । जे होस, हामीसँग एकाग्रताको विभिन्न स्तरद्वारा 'पहिले यसको विकास गरेपछि त्यसको विकास गर' भन्ने जस्ता चरणबद्ध रूपले स्पष्ट व्याख्या गरिएका ध्यान अभ्यासहरू छन् । त्यस्तै गरेर हामीले 'लामरिम' भन्ने बोधिज्ञान प्राप्तिको महत्वपूर्ण पथलाई स्तरीय र तर्कयुक्त ढाँचामा ढालिएको छ ता कि प्रत्येक व्यक्तिले आफ्नो स्तर प्राप्त गर्न सक्नेछ । प्रश्न- हाम्रो मनमा उत्पन्न हुने विभिन्न नकारात्मक विचारहरू हामीबाट बाहिरको स्रोतबाट आउने हो कि ? लामा- यो ज्यादै असल प्रश्न हो । नकारात्मक विचारको वास्तविक तथा गहन स्रोत हाम्रो मनभित्र नै हुन्छ । तर त्यो प्रकट हुनका लागि साधारणतया सहयोगी अन्य व्यक्ति तथा भौतिक संसारजस्ता वातावरणीय कारणको आवश्यकता हुन्छ । उदाहरणका लागि केही व्यक्तिहरूले ग्रहहरूको गतिको कम्पनVibration) जस्ता ग्रहहरूको स्थिति परिवर्तनले आफ्नो मनस्थितिमा उतारचढाव आएको अनुभव गर्दछन् । केही व्यक्तिको भावना उनीहरू आफैको शरीरभित्र भएको हार्मोनहरूको परिवर्तनले गर्दा त्यस्तो महसुस गर्दछन् । त्यस्तो अनुभव उनीहरूको मनबाट मात्र होइन तर शारीरिक र मानसिक उर्जाको अन्तरकृयाद्वारा पनि आउँदछ । हामी यसो पनि भन्दछौँ कि यो वास्तविकता हो कि हामीले आफूलाई त्यस्तो प्रकारको परिवर्तनले चाँडो प्रभाव पार्ने शरीरमा पनि पाउन सक्तछौं । त्यस प्रकारको परिवर्तन अवश्य नै सुरुमा मनभित्रबाट नै उत्पन्न हुन्छ । तर मलाई भगवान् बुद्धले तपाईलाई हानी पुर्याउने बाहिरी आत्मा छ भनेर भन्नुभएको छ जस्तो लाग्दैन । तपाईको भित्री उर्जा कुनै बाहिरी उर्जासँग सम्बन्धित भएर त्यससँगको अन्तरकृयाले तपाईलाई बिरामी बनाएको हुन सक्तछ । वातावरणले तपाईंलाई कसरी प्रभाव पार्न सक्तछ भनेर तपाईले आफू स्वयंको जीवनको अनुभवबाट हेर्न सक्नुहुन्छ । जब तपाई शान्त, दयावान् र खुसी मानिसहरू विच जानुहुन्छ, तपाई स्वयं पनि अवश्य शान्त, दयावान् र खुशी हुनुहुनेछ । जब तपाई क्रोधित, आक्रामक, मानिसहरूबीच जानुहुन्छ, तपाई पनि त्यस्तै हुनुहुन्छ । मानव मन एउटा ऐना जस्तै हो । एउटा ऐनाले आफूसामू आउने भयानक होस् वा आनन्ददायी जे सुकैको आकृतिलाई सरलतासाथ विना भेदभाव देखाउँदछ । त्यस्तै गरेर तपाईको मनले पनि तपाई वरिपरिको पक्षहरूलाई लिन्छ र यदि त्यहाँ के हँुदैछ भन्नेबारे तपाई चेतशील हुनुहुन्न भने तपाईको मन फोहरमैलाद्वारा भरिन सक्तछ । त्यसकारणले आफू वरिपरिको वातावरण र त्यसबाट आफ्नो मनमा पर्ने असरबारे तपाईं चेतनशील हुन ज्यादै महत्त्वपूर्ण छ । तपाईले धर्मको बारेमा बुझ्नु पर्ने कुरा त्यो धर्मले तपाईको मन र जीवनसँग के सम्बन्ध राख्दछ भन्ने हो । यदि तपाईले त्यसलाई व्यवस्थित बनाउन सक्नुभयो भने धर्म विलक्षणको हुन्छ त्यसलाई महसुस गर्नुहुनेछ । तपाईं भगवान् वा बुद्ध वा पाप वा जे सुकै मा विश्वास गर भनेर जोड दिनु पर्दैन । ती सबैको चिन्ता नलिनुहोस् । सकेसम्म सही बुझाइबाट कार्यहरू गर्नुहोस् र तपाईले त्यसका परिणामहरू आज नै पनि प्राप्त गर्न सक्नुहुन्छ । अलौकिक चेतना वा अलौकिक र्सार्वलौकिक प्रेमबारे बिर्सिदिनुहोस् । - र्सार्वलौकिक प्रेम विस्तारै निरन्तररूपले क्रमशः वृद्धि हुन्छ । तर यदि तपाई "ओह क्या गजब ! असिमित ज्ञान, असिमित शक्ति" भन्दै त्यसलाई पाउनका लागि लालायित हुनुभयो भने तपाई सरल रूपमा शक्ति प्राप्त गर्नेतर्फमात्र लाग्नुभएको छ । आध्यात्मिक शक्तिको अस्तित्व अवश्य छ तर तपाईले त्यसलाई प्राप्त गर्ने एकमात्र तरिका सही आध्यात्मिक कार्यमा संलग्न हुनु हो । शक्ति तपाईभित्रबाट नै आउँदछ । तपाईको एकमात्र शक्ति पनि बन्दछ । वास्तविक शक्ति आकाशमाथि छ भनेर नसोच्नुहोस् । तपाईसँग शक्ति छ , तपाईको मन शक्ति हो । प्रश्न- बौद्ध दर्शनअनुसार मानव निर्माण भएको पञ्चतत्व मध्येको एक ज्ञान पनि हो । त्यसले कसरी काम गर्दछ ? लामा- हो । त्यो अर्को राम्रो प्रश्न हो । प्रायजसो समयमा हाम्रो ज्ञान भ्रमपूर्ण हुन्छ । हामीले वास्तविकतालाई बोध गरेका हुँदैनौं । हामीले आकर्ष आकार, सुन्दर रङ्गहरू, असल स्वाद इत्यादि चेतनाको संसारलाई अवश्य देख्दछौं । तर हामीले वास्तविकता आकारको वास्तविक प्रकृतिलाई र हामीले देख्ने आकार, रङ्ग र स्वादलाई वास्तवमा बोध गर्दैनौं । हाम्रो बोध धेरैजसो समयमा भ्रममा कसरी परेको हुन्छ भन्नेबारेको उदाहरण हो । त्यसरी हाम्रो भ्रममा परेको बोधले हाम्रो पञ्चइन्द्रियहरूले पठाएको सूचनालाई प्रशोधन गर्दछ र हाम्रो मनलाई गलत सूचना प्रसारण गर्दछ, जसले अहमको प्रभावमा प्रतिकृया गर्दछ । यी सबैको परिणमस्वरूप हाम्रो प्रायजसो समयमा मत्रि्रममा परेका हुन्छौं र हामीले वस्तुहरूको वास्तविक प्रकृति देख्दैनौं । हामीले चेतनाको संसारको वास्तविकतालाई पनि बुझ्दैनौं । प्रश्न- के हाम्रो पहिलेको कर्मले हाम्रो बोधलाई असर पार्दछ ? लामा- हो, अवश्य पार्दछ । पहिलेको कर्मले हाम्रो बोधलाई धेरै असर पार्दछ । हाम्रो अहमले अनियन्त्रित बोधको दृष्टिकोणलाई जकडेको हुन्छ । र हाम्रो मनले त्यसलाई सरल रूपले पछ्याउँछ । ती महत्वपूर्ण अनियन्त्रित अवस्थालाई नै हामीले कर्म भन्दछौं । कर्म कुनै असान्धर्भिक सिद्धान्त होइन । यो हामीले जिउने दैनिक बोध हो । बस । प्रश्न- लामा, खानाको सम्बन्धमा शरीर र मनको कस्तो सम्बन्ध छ ? लामा- शरीर मन होइन र मन शरीर होइन तर तिनीहरूबीच धेरै नजिकको अति विशेष सम्बन्ध छ । तिनीहरू एक अर्कामा भएको परिवर्तन प्रति अति संवेदनशील छन् । उदाहरूणका लागि जब मानिसहरू लागू पदार्थ सेवन गर्दछन्, त्यस तत्वले मनलाई सोझै असर पार्दैन । तर मन शरीरको स्नायु प्रणाली र ज्ञानेन्द्रियहरूसँग जोडिएको हुनाले लागू पदार्थद्वारा स्नायु प्रणालीमा आएको परिवर्तनले त्यसलाई संतुलनबाट बाहिर फाल्दछ र मनमा भ्रम सिर्जना हुन्छ । शरीर र मनबीच धेरै बलियो सम्बन्ध छ । तिब्बती तान्त्रिक योगमा हामीले त्यो बलियो सम्बन्धबाट फाइदा उठाउँदछौं । शरीरको मानसिक प्रणालीमा बलियो गरेर ध्यान एकाग्र गरेर हामीले त्यसैअनुसार मनलाई प्रभाव पार्दछौं । त्यसकारणले दैनिक जीवनमा समेत तपाईले खाने खाना र तपाईको शरीरले छुने बस्तुहरूको तपाईको मनमा असर पर्दछ । प्रश्न- के ब्रत बस्नु तपाईका लागि असल हो ? लामा- तपाईले मनलाई तालिम दिनै कुनै अभ्यास गर्दै हुनुहुन्न भने ब्रत बस्नु त्यत्ति महत्त्वपूर्ण छैन । यदि तपाई त्यस्तो अभ्यास गर्दै हुनुहुन्छ भने ब्रत बस्नु अत्यावश्यक हुन्छ । त्यो निश्चय नै लामाको अनुभव हो । उदाहरणका लागि यदि तपाईले दिनभरि नै पेटभरि टन्न खानपिन गर्नुभयो र साँझमा ध्यान गर्न बस्नुभयो भने तपाईको एकाग्रता एकदमै कम हुन्छ । त्यसकारण जब हामी गम्भीर प्रकृतिको ध्यान अभ्यास गर्दछौं, हामी दिनको एकपटक मात्र खान्छौं । बिहान हामी चिया मात्र पिउँछौं । दिउँसो खाना खान्छौं र हामी बेलुकी खाना खानको सट्टा फेरि चिया पिउँदछौं । हाम्रा लागि यसप्रकारको दैनिकीले जीवन इच्छित रूपले सरल हुन्छ र शरीर आनन्ददायी हुन्छ । तर मनलाई तालिम दिने कार्यमा नलागेका मानिसहरूका लागि यो शायद एउटा यातना दिए सरह हुनेछ । हामी साधारणतया ब्रतको वकालत गर्दैनौं । हामी मानिसहरूले आफू स्वयंलाई सजाय नदिन बरु सरल रूपले खुसी र युक्तसँगत हुन र आफ्नो शरीरलाई सकेसम्म स्वस्थ्य राख्नुहोस् भन्दछौँ । यदि तपाईको शरीर कमजोर भयो भने तपाईको मन वेकार हुन जान्छ । जब तपाईको मन बेकार हुन्छ, तपाईको अमूल्य जीवन बेकार हुन्छ । तर विशेष अवस्थामा तपाईको ध्यान अभ्यासलाई ब्रतले उच्च पार्दछ भने र त्यहाँ कुनै उच्च उद्देश्य छ भने म भन्दछु ब्रत तपाईका लागि असल हुन पनि सक्दछ । धन्यवाद । यदि अरु प्रश्नहरू छैनन् भने म तपाईहरूलाई अझ बढी समय सम्मका लागि यहाँ राख्दीनँ । धेरै धेरै धन्यवाद !
यो वेभ साईट मुकेश
लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका
लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो
। P.O.Box 13779, Kathmandu,
Nepal
|
|||