बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने


 

 

लामा येसे

आफनो मनोचीकीत्सक आफै बन्नुहोस्

अनुवादक मुकेश लामा

अन्वेषणको पथ धर्म

साधारण धर्मको प्रकृति र विशेष गरेर बुर्द्धधर्मको प्रकृतिबारे मानिसहरूका भिन्न विचारहरू छन् । धर्म र बुर्द्धधर्मलाई सतही बौद्धिक रूपले सोच्नेहरूले यसको र्सार्थकतालाई कहिल्यै पनि बुझ्ने छैनन् । धर्मबारेको विचार त्योभन्दा झन् सतही हुनेहरूले बुर्द्धधर्मलाई कुनै धर्म हो भन्ने कुरा समेत मान्दैनन् ।

सर्वप्रथम, बुर्द्धधर्ममा हामी बुद्ध स्वयंका बारेमा त्यत्ति कुरा रुचाउँदैनौँ । उहाँ स्वयंसमेत आफूबारे कुरा गर्न रुचाउनु हुन्न थियो । उहाँ आफूलाई विश्वास गर्ने मानिसहरूमा रुचि राख्नुहुन्न थियो । हालसम्म पनि बुर्द्धधर्मले आफ्नो अनुयायीहरूलाई बुद्धलाई सजिलै विश्वास गर्न प्रोत्साहन दिदैन । हामीले जहिले पनि आफ्नै मनको प्रकृति, मानव मनोविज्ञानबारे बढी कुरा बुझ्नेतर्फबढी ध्यान दिन्छौँ । यसप्रकारले, बुर्द्धधर्मको अभ्यासकर्ताहरूले जहिले पनि तिनीहरू स्वयंको मनोवृत्ति, अवधारणा र चेतनालाई बुझ्ने प्रयास गर्दछन् । यी कुराहरू अति महत्वपूर्ण  छन् ।

नत्रभने तपाईले आफू स्वयं र आफ्नो भ्रमहरूबारे बिर्सेर कुनै निरस विचार जस्तै- "बुद्ध के हो -" भन्ने कुरामा ध्यान केन्द्रित गर्नुभयो भने तपाईको आध्यात्मिक यात्रा एउटा स्वप्नील मति-व्रि्रम हुनेछ । त्यो संभव छ सावधान हुनुहोस् । तपाईको मनमा बुद्ध वा भगवान् र तपाई स्वयंबीच कुनै सम्बन्ध छैन । तिनीहरू पूर्णरूपले फरक वस्तुहरू हुन् । तपाई पूर्णरूपले यहाँ तल हुनुहुन्छ बुद्ध, देवता पूर्णरूपले माथि हुनुहुन्छ । त्यहाँ कुनै प्रकारको पनि सम्बन्ध छैन । त्यसप्रकारले सोच्नु यथार्थ हुनेछैन । त्यो अति नै भयो । तपाईले एउटा बस्तुलाई तलको पुछारमा राख्नुभयो भने अर्कालाई माथि राख्नुभयो । बुर्द्धधर्ममा त्यस्तो प्रकारको मनलाई द्वैध मन Dual mind निन्छ ।

अझ भन्नु पर्दा, यदी मानिसहरू प्राकृतिक रूपले नकारात्मक छन् भने ठूलो सोचाइ राख्नुमा के तुक हुन्छ - जे होस विचारहरू उपलब्धिहरू होइनन् । मानिसहरू जहिले पनि सर्वोच्च उपलब्धिहरू वा भगवान्को प्रकृतिबारे अधिक जानकारी लिन खोज्दछन् तर त्यस प्रकारको बौद्धिक मनको उनीहरूको जीवन र तिनीहरू स्वयंसँग कुनै सम्बन्ध हुँदैन । तथ्यहरू संकलन गर्ने अभ्यास होइन आत्मप्राप्तिको खोजी नै साँचो धर्म हुनुपर्दछ । बुर्द्धधर्ममा हामी बौद्धिक ज्ञानको खोजीमा मात्र विशेष रुचि राख्दैनौं । हामी अहिले यहाँ कै भइराखेको छ, हाम्रो हालको अनुभवहरूबारे बुझ्ने, हामी अहिलेको क्षणमा के छौं, हाम्रो आधारभूत प्रकृतिबारे बुझ्नेतर्फबढी रुचि राख्दछौ । हामी सन्तुष्टि कसरी प्राप्त गर्न सक्तछौँ दुःख कष्ट र तनावको सट्टा खुसी र आनन्द कसरी प्राप्त गर्न सक्तछौ, हाम्रो प्रकृति पूर्णतया नकारात्मक छ भने त्यसलाई कसरी त्याग गर्ने भन्नेबारे बुझ्न चाहन्छौं ।

भगवान् बुद्ध स्वयंले त्यसबारे आधारभूतरूपले मानवको प्रकृति शुद्ध, अहम्रहित, प्राकृतिक रूपले बादलरहित स्वच्छ आकाश जस्तै छ । बादलहरू आउँछन् अनि जान्छन् तर आकाश जहिले पनि नीलो नै हुन्छ । बादलले आकाशको आधारभूत प्रकृतिलाई परिवर्तन गर्दैन । त्यस्तै गरेर मानव मन आधारभूत रूपले शुद्ध हुन्छ । अहम्रहित हुन्छ । जे होस्, तपाईं धार्मिक व्यक्ति भए पनि नभए पनि तपाईले अहलाई आफूबाट अलग गर्नुभएन भने तपाई पूर्णतया दिग्भ्रमित हुनुहुन्छ । तपाईले आफू स्वयंका लागि वास्तविकतासँग पूर्णरूपले असम्बन्धित जीवनको एउटा पूर्णतया अवास्तविक दर्शन सिर्जना गर्नुभएको छ ।

बौद्धिक ज्ञानको लालसा गर्नुभन्दा सबैभन्दा उच्च वस्तु के हो भन्नेबारे जान्न खोज्दा तपाईले आफूस्वयंको मनको आधारभूत प्रकृतिबारे जानकारी लिने र अहिले त्यसबारे कसरी सामना गर्ने भन्नेबारे जानकारी लिन कोशिस गरेको हुनेछ । प्रभावकारी रूपले कसरी कार्यसम्पादन गर्ने भन्नेबारे जान्नु महत्त्वपूर्ण छ । विधि कुनै पनि धर्मको साँचो हो । सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण हो ।

मानिलिनुस्, तपाईले आफ्ना लागि भनेर एउटा अचम्मको रत्नहरूको सम्पत्ति भएको घरबारे सुन्नुभयो । तर तपाईसँग त्यस घरको साँचो छैन । त्यो सम्पत्तिलाई तपाईले कसरी खर्च गर्ने भन्नेबारेको तपाईको कल्पना एउटा मति-बिभ्रम मात्र हो । त्यस्तै प्रशंसनीय धार्मिक विचारहरूबारे कल्पना गर्नु शिखरको अनुभवहरू गर्नु तर त्यसका लागि तुरन्तै कार्य गर्नु वा त्यसलाई प्राप्त गर्ने तरिका लागू गर्नुमा कुनै रुचि नहुनु पूर्णतया अवास्तविक हो । यदि तपाईसँग आफ्नो दैनिक जीवनमा धर्मलाई ल्याउने विधि छैन भने, साँचो छैन भने तपाईले कोकाकोला पिउनु राम्रो हुन्छ । त्यसबाट कमसे कम तपाईको तिर्खा त मेटिन्छ । यदि तपाईको धर्म केवल विचार मात्र हो भने त्यो हावा जत्तिकै तरल हो । तपाईंले धर्म के हो र त्यसलाई कसरी अभ्यास गर्ने भन्ने कुरा ठिकसँग बुझ्नु पर्दछ भन्ने कुरामा सावधान हुनु पर्दछ ।

भगवान् बुद्ध स्वयंले भन्नुभएको छ- "विश्वास महत्त्वपूर्ण कुरा होइन । मैले भनेको कुराहरू केवल मैले भनेको कारणले मात्र विश्वास नगर्नू ।" उहाँले यो कुरा निर्वाण हुन लागेको बेला भन्नुभएको हो । "मैले विभिन्न फरक प्रकारका मानिसहरूका लागि विभिन्न फरक तरिकाले उपदेश दिएको छु । त्यसमध्ये कुनैलाई अँगाल्नुभन्दा पहिले आफू सुहाउँदो छ कि छैन भनेर आफ्नो ज्ञान प्रयोग गरेर जाँचेपछि मेरो विधिहरूले कुनै अर्थ राख्यो र त्यसले काम गर्‍यो भने मात्र त्यसलाई कसै गरेर पनि अँगाल्नु । तर यदि त्यससँग आफ्नो कुनै पनि सम्बन्ध भएजस्तो नलागेमा प्रशंसा योग्यझैँ लागे पनि त्यसलाई त्याग्नु । तिनीहरू अरू कसैका लागि भनेर दिइएका उपदेशहरू हुन् ।"

आजकल तपाईले मानिसहरूलाई 'यी कुराहरू बुद्धले भनेका हुन् वा भगवान्ले भनेका हुन् त्यसैले त्यसलाई विश्वास गर्नुहोस्' भनेर भन्न सक्नुहुन्न । त्यति मात्र उनीहरूका लागि पर्याप्त हदैन । उनीहरूले त्यसलाई स्वीकार गर्ने छैनन् किनकि तिनीहरू प्रमाण चाहन्छन् तर आफ्नो मनको प्रकृति शुद्ध छ भन्नेकुरा नबुझ्नेहरू त्यसको नैर्सर्गिक शुद्धता पत्ता लगाउने सम्भाव्यतालाई देख्न सक्तैनन र त्यस्तो गर्ने जुन मौका पाएका छन् त्यो गुमाउँदछन् । यदि तपाईले आफ्नो मनको प्रकृति आधारभूत रूपले नकारात्मक छ भन्ने सोच्नुहुन्छ भने तपाईले सबै आशाहरू गुमाउनुहुनेछ ।

मानव मनको सकारात्मक र नकारात्मक दुवै पक्ष अवश्य हुन्छन् । तर नकारात्मक पक्ष क्षणिक र अति अस्थायी हुन्छ । तपाईको उच्च र निम्न भावनाहरू अकाशको बादल जस्तै हुन् । त्यसभन्दा माथि मानिसको आधारभूत प्रकृति स्वच्छ र शुद्ध छ ।

धेरै मानिसहरूले बुर्द्धधर्मलाई गलत ढङ्गले बुझ्दछन् । बुर्द्धधर्मको प्राध्यापकहरूले समेत बुद्धका उपदेशका शब्दहरूलाई मात्र अक्षरसः व्याख्या गर्दछन् । उनीहरूले उहाँको पद्दति बुझ्दैनन्स जुन उहाँको उपदेशहरूको वास्तविक सारतत्व हो । मेरो विचारमा कुनै पनि धर्मको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै त्यसको विधि हो, धर्मलाई आफ्नै अनुभवमा कसरी ढाल्ने भन्ने हो । तपाईले त्यो कसरी गर्ने भन्ने बारे जति बुझ्नुहुन्छ तपाईको धर्म त्यति नै प्रभावकारी हुन्छ । तपाईको अभ्यास यति प्राकृतिक, यति वास्तविक हुन्छ कि तपाईले आफू स्वयंको प्रकृति र मनलाई सजिलै बुझ्नुहुनेछ र त्यसभित्र जे पाए पनि तपाई आर्श्चर्यचकित हुनुहुनेछैन । त्यसपछि तपाईले आफू स्वयंको मनको प्रकृतिलाई बुझ्नुहुनेछ र त्यसलाई प्राकृतिक रूपले नियन्त्रण गर्न सक्नुहुन्छ । तपाईले त्यसका लागि कठिन परिश्रम गर्नु पर्दैन । प्राकृतिक रूपले बुझ्दा त्यसले नियन्त्रण ल्याउँदछ ।

धेरै मानिसहरूले मनको नियन्त्रणलाई कुनै प्रकारको साँघुरो निषेध गरिएको बन्धन हो भनेर कल्पना गर्दछन् । वास्तवमा नियन्त्रण प्राकृतिक अवस्था हो । तर तपाईले त्यसो भन्न लाग्नुभएको छैन, छ कि - तपाईले भन्नै लाग्नुभएको छ कि मनलाई प्रकृतिले नियन्त्रण गरेको छैन, प्राकृतिकरूपले मन अनियन्त्रीत हुन्छ । तर त्यसो होइन । जब तपाईले आफ्नो अनियन्त्रित मनको प्रकृतिलाई महसुस गर्नुहुन्छ, अहिलेको अनियन्त्रित अवस्था प्राकृतिक रूपले उत्पन्न भएजस्तै गरेर प्राकृतिकरूपले नियन्त्रण उत्पन्न हुन्छ । अझ भन्नुपर्दा, आफ्नो मनमाथि नियन्त्रण प्राप्त गर्ने एकमात्र विधि त्यसको प्रकृतिलाई बुझ्नु हो । तपाईले आफ्नो भित्री संसार तपाईको मनलाई परिवर्तन गर्न कहिल्यै बल प्रयोग गर्न सक्नुहुन्न र आफूलाई पिटेर, शारिरिक यातना दिएर आफ्नो मनलाई सुद्धिकरण गर्न पनि सक्नुहुन्न । त्यो पूर्णतया असंभव छ । अशुद्धता, पाप, नकारात्मकता तपाईले जे सुकै नाम दिए पनि त्यो मनोवैज्ञानिक, एउटा मनको घटना हो । त्यसैले त्यसलाई तपाई आफूुले भौतिकरूपले रोक्न सक्नुहुन्न । शुद्धिकरणका लागि विधि र ज्ञानको कौशलपूर्ण संयोजनको आवश्यकता हुन्छ ।

तपाईले आफ्नो मनलाई शुद्ध बनाउन आकाशमा भएको कुनै विशेष देवता अथवा बुद्धमा विश्वास गर्नु आवश्यक छैन । त्यसका लागि चिन्ता नलिनुहोस् । जब तपाईले आफ्नो दैनिक जीवनको उतारचढावको प्रकृति, तपाईको आफ्नै मनोवृत्तिको प्रकृतिको विशेषतालाई वास्तविक रूपले महसुस गर्नुहुन्छ, तपाईले त्यसको समाधान स्वत लागू गर्न चाहनुहुन्छ ।

आजकल धेरै मानिसहरू धर्मबारे दिग्भ्रमित भएका छन् । उनीहरू यसले काम गर्दैन भन्ने सोच्दछन् झैँ लाग्दछ । धर्मले काम अवश्य गर्दछ । यसले तपाईको प्रत्येक समस्याहरूको प्रशंसनीय समाधान दिन्छ । समस्या यो मात्र हो कि मानिसहरूले धर्मको प्रकृतिको विशेषतालाई बुझ्दैनन् त्यसैले तिनीहरूमा धर्मको विधिहरू लागू गर्ने कुरामा आत्मविश्वास हँुदैन ।

भौतिक जीवनबारे सोच्नुहोस् । त्यो पूर्णरूपको बेचैनी र द्वन्द्व हो । तपाईले वस्तुहरूलाई आफूले चाहे अनुसारले राख्न कदापि सक्नुहुन्न । बिहान ब्यूँझेपछि त्यस दिनलाई ठीक कसरी बिताउने भन्नेबारे निश्चय गर्न सक्नुहुन्न । हप्ता, महिना र बर्षको त कुरै छाडिदिउँ । तपाईले एकदिनलाई पनि पुर्व निर्धारित गर्न सक्नुहुन्न । यदि अहिले मैले तपाईलाई बिहान ब्यूँझे पछि त्यस दिनलाई कसरी व्यतीत गर्ने भन्नेबारे निश्चय गर्नुहोस् भनेर भने भने प्रत्येक पलमा तपाईंलाई कस्तो अनुभव हुन्छ ? तपाई यस बारेमा के भन्नुहुन्छ ? त्यस्तो गर्न सक्ने कुनै उपाय नै छैन । छ त ?-

तपाईले आफूलाई भौतिक रूपले जतिसुकै सुविधायुक्त पारे पनि आफ्नो घरलाई सजाएर एउटा वस्तुलाई यहाँ र अर्कोलाई त्यहाँ राखे जस्तै गरी आफ्नो मनलाई पनि त्यसै गरेर संचालन गर्न सक्नुहुन्न । तपाईंले दिनभरि कस्तो अनुभव गर्ने भन्नेबारे कहिल्यै पनि निश्चय गर्न सक्नुहुन्न । आफ्नो मनलाई त्यसरी कसरी व्यवस्थित गर्न सक्नुहुन्छ - "म आज यस्तो हुनेछु" भनेर कसरी भन्न सक्नुहुन्छ - म तपाईलाई निश्चयका साथ भन्न सक्तछु कि जबसम्म तपाईको मन अनियन्त्रित, विचलित र द्वैध चरित्रको हुन्छ त्यहाँ कुनै पनि उपाय हुदैन । त्यो असंभव हुन्छ । मैले त्यसो भनेर तपाईलाई नीच देखाउन खोजेको होइनँ । म मनले कसरी कार्य गर्दछ भन्ने कुरामात्र गरिरहेको छु ।

यी सबैले के देखाउँदछ भने तपाईले आफूलाई भौतिक सुविधाले जत्ति सम्पन्न बनाएपनि तपाई आफूले "अब यसले मलाई खुसी बनाउँदछ । म आज दिनभरि नै खुसी हुनेछु" भनेर जतिसुकै भने पनि त्यसप्रकारले तपाईंको जीवनलाई पुर्व निर्धारण गर्न संभव छैन । स्वचालित रूपले तपाईको अनुभव परिवर्तन भैरहन्छ । परिवर्तन, परिवर्तन, परिवर्तन........ यसले भौतिक जीवनले काम गर्दैन भनेर देखाउँदछ । जे होस, मेरो मतलब तपाईले सांसारिक जीवन त्यागेर जोगी बन्नुपर्दछ भन्ने होइनँ । मैले त्यसो भनेको होइनँ । मेरो कुरा के हो भने यदि तपाईले आध्यात्मिक सिद्धान्तहरूलाई ठीकसँग बुझेर त्यसैअनुसारको कार्य गर्नुभयो भने तपाईले चेतनाको संसार sense world मा मात्र भर परेरभन्दा ठूलो सन्तुष्टि र जीवनको अर्थ प्राप्त गर्नुहुनेछ । चेतनाको संसारले मात्र मानवलाई सन्तुष्टि दिँदैन ।

यस प्रकारले हामीले जेलाई धर्म भन्दछौं, त्यसको अस्तित्व यो संसारमा हाम्रा लागि हामी स्वयंको भाव, हामी स्वयंको मन, हामी स्वयंको अनुभवहरूलाई बुझ्नका लागि हो । हामीले हाम्रो आध्यात्मिक पथलाई जे नाम दिए पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले हाम्रो अनुभव हाम्रो आफ्नै अनुभूतिलाई बुझ्नु पर्दछ । त्यसकारण बुर्द्धधर्मबारेको लामाको अनुभवमा विश्वासमा जोड दिनको सट्टा यसले सबैभन्दा ठुलो महत्त्व व्यक्तिगत प्रयोग, धर्मका विधिहरूलाई कार्यरूप दिने र त्यसबाट हाम्रो मनमा परेको असरलाई अवलोकन गर्ने हो । के यी विधिहरूले काम गर्दछन् ? यसबाट हाम्रो मन परिवर्तित भएको छ ? कि त्यो पहिलेको जस्तै अनियन्त्रित छ ? यो बुर्द्धधर्म हो र मनलाई जाँच गर्ने यो विधिलाई ध्यान भनिन्छ ।

यो व्यक्तिगत कुरा हो यसलाई तपाईले सामान्यीकरण गर्न सक्नुहुन्न । यो व्यक्तिगत बुझाइ, व्यक्तिगत अनुभवसम्म आउँदछ । यदि तपाईको पथले तपाईको समस्याहरूको समाधान, प्रश्नहरूको उत्तर, मनमा सन्तुष्टि दिँदैन भने तपाईले त्यसको जाँच गर्नुपर्दछ । सायद तपाईको दृष्टिकोणमा, तपाईको बुझाइमा केही गल्ती भएको हुनसक्छ । तपाईले कोशिस गर्दा त्यसले काम गरेन भने तपाईको धर्ममा केही गल्ति छ भनेर निष्कर्षनिकाल्नु जरुरी छैन । धर्मबारे विभिन्न मानिसहरूको विभिन्न दृष्टिकोण र बुझाइ हुन्छ र उनीहरूले गल्ती गर्न सक्तछन् । त्यसकारण तपाईले आफ्नो धर्मको विचार र विधिहरूलाई बुझ्ने तरिका ठीक छ भन्नेकुरामा निश्चित हुनुहोस् । तपाईले बुझाइको सही तरिकाले सही जाँगर गरेमा तपाईले भित्रीरूपमा गहिरो सन्तुष्टिको अनुभव गर्नुहुनेछ । त्यसप्रकारले तपाई आफैलाई प्रमाणित गर्नुहुनेछ कि सन्तुष्टि कुनै बाहिरी बस्तुमा निर्भर हुदैन । वास्तविक सन्तुष्टि मनबाट नै उत्पन्न हुन्छ ।

हामीले प्रायजसो आफू दुःखी भएको अनुभव गरिरहन्छौं र हाम्रो संसार उथलपुथल हुन्छ । किनभने बाहिरी कुराहरू हामीले योजना र इच्छा गरेजस्तै होस् भन्ने अपेक्षा गर्दछौँ । हामीले प्राकृतिक रूपले परिवर्तन हुने वस्तुहरू परिवर्तन नहोस्, अनित्य वस्तुहरू सदाका लागि अस्तित्वमा रहोस् भन्ने चाहन्छौं । त्यसपछि जब ती वस्तुहरू परिवर्तित हुन्छन् , हामी विचलित भइ हाल्दछौं । तपाईको घरमा कुनै वस्तु टुटफुट हुँदा तपाई विचलित हुनुहुन्छ । त्यसबाट तपाईंले त्यस वस्तुको अनित्यतालाई बुझ्नुभएको छैन भन्ने देखिन्छ । कुनै वस्तुको फुट्ने समय भएपछि तपाईले त्यो नफुटोस् भन्ने जति इच्छा गरे पनि त्यो फुट्दछ नै ।

तथापि हामीले भौतिक वस्तुहरू दिगो नै रहोस् भन्ने  चाहन्छौं । कुनै पनि भौतिक वस्तुहरू समेत सदाका लागि रहँदैनन् । त्यो असंभव छ । त्यसैले दिगो सन्तुष्टि प्राप्त गर्नका लागि तपाईले आफू वरिपरिको संसारलाई चतुर्‍याइँपूर्वक संचालन गर्नुभन्दा तपाईको आध्यात्मिक अभ्यास र ध्यानमा अझ बढी जाँगर गर्नु पर्दछ । दिगो संतुष्टि तपाईको मनबाट आउँछ, तपाई आफूभित्रबाट नै आउँछ । तपाईको मुख्य समस्या नै तपाईको अनियन्त्रित तथा असन्तुष्ट मन हो, जसको प्रकति दुःख र कष्ट हो ।

यो कुरालाई जानेर जब कुनै समस्या उत्पन्न हुन्छ अतृप्त इच्छा र मन विचलित भएर कुनै बाहिरी कार्यमा तपाई आफूलाई विचलन गराउनको सट्टा आराम गर्नुहोस् । बस्नुहोस् । आफ्नै मनले त्यस अवस्थाको जाँच गर्नुहोस् । समस्याहरूसँग सामना गरेर मनलाई शान्त तुल्याउने यो धेरै नै सकारात्मक विधि हो । त्यसभन्दा बढी, जब तपाईले त्यसो गर्नुहुन्छ, तपाईले आफ्नो नैसर्गिक बोधिज्ञानलाई विकसित हुन दिनुहुनेछ । विचलित, अलमलयुक्त र अशान्त मनमा ज्ञान कहिल्यै विकसित हुदैन ।

ज्ञान प्राप्त गर्ने कुराको मुख्य बाधा विचलित अवस्थाको मन हो । तपाईको अहम् र तपाईको मनको प्रकृति एकै र समान हो भन्ने गलत धारणा पनि त्यसमा पर्दछ । यदि तपाई त्यस्तो विश्वास गर्नुहुन्छ भने तपाईले ती दुवैलाई कहिल्यै अलग गर्न सक्नुहुन्न र अहम भन्दा टाढा कहिल्यै जान सक्नुहुन्न । जबसम्म तपाईले आफू पूर्णरूपले पाप र नकारात्मक कार्यमा हुनुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ तपाई कहिले पनि त्यसबाट पार पाउन सक्नुहुन्न । तपाईले के विश्वास गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ र त्यसले धेरै प्रभावकारीरूपले तपाईको गलत सोचाइहरूलाई चिरस्थायी बनाउँदछ । पश्चिमा देशहरूमा मानिसहरू यदि तपाईसँग अहम् (Ego) छैन भने तपाईको जीवन छैन, जागिर छैन र केही पनि गर्न सक्दैन भन्ने सोच्दछौ जस्तै लाग्दछ । त्यो एउटा खतरनाक भ्रम हो । तपाईले अहमलाई मनबाट छुट्टाउन सक्नुहुन्न, जीवनबाट छुट्टाउन सक्नुहुन्न । त्यो तपाईंको एउटा ठूलो समस्या हो । तपाईले आफ्नो अहम््लाई हराउनुभयो भने तपाईले आफ्नो व्यक्तित्वलाई, आफ्नो मनलाई, आफ्नो मानव प्रकृति नै हराउनुहुन्छ भन्ने सोच्नुहुन्छ ।

त्यो कुरा सरलरूपले सत्य होइन । तपाईले त्यसबारे चिन्ता लिनु पर्दैन । यदि तपाईलेे आफ्नो अहमलाई त्याग्नुभयो भने तपाई खुसी हुनुहुनेछ - तपाईले खुसी हुनुपर्ने छ । तर यसले अवस्य अहम् भनेको के हो भन्ने प्रश्न उठाउँदछ । पश्चिमा देशहरूमा अहम्(Ego)का लागि मानिसहरूसँग धेरैवटा शब्दहरू छन् । तर अहम् वास्तवमा के हो भन्ने कुरा उनीहरूलाई थाहा होला ? जे होस्, तपाईको अंग्रेजी जतिसुकै शुद्ध भएपनि अहम् भन्ने कुनै शब्द होइन । शब्द त केवल वर्णमाला मात्र हो । वास्तविक अहम् तपाईभित्र छ । तपाईको 'स्व' स्वतन्त्र, स्थायी र निहित रूपले अस्तित्वमा छ भन्ने गलत सोचाइ हो । वास्तविकतामा तपाईले 'म' भनेर जुन वस्तुलाई विश्वास गर्नुहुन्छ, त्यसको अस्तित्व छैन ।

यदि मैले यहाँ भएका सबैजनालाई तपाईहरूको सोचाइमा अहम् भनेको के हो शब्दहरूभन्दा टाढा गहिरिएर जाँच गर्नुहोस् भनेर भनेमा प्रत्येक व्यक्तिको भिन्दा भिन्दै सोचाइ हुन्छ । मैले ठट्टा गरेको होइनँ यो मेरो अनुभव हो । तपाईले आफू स्वयंको उत्तरलाई जाँच्नुहोला । हामीले जहिले पनि बढी सतही रूपले भन्ने गर्दछौँ- "त्यो तपाईको अहम् भाव हो" तर हामीलाई अहम् भन्ने कुरा वास्तवमा के हो भन्ने कुरा थाहा छैन । कहिलेकाहीँ हामीले अरूलाई होच्याउने मनसायले- "ओह ! चिन्ता नगर, त्यो त्रि्रो अहम् मात्र हो" वा त्यस्तै केही कुरा भन्दछौं । तर यदि तपाईले अझ गहिरिएर जाँच गर्नुभयो भने औषत मानिसहरूले अहम् उसको व्यक्तित्व हो, उसको जीवन हो भन्ने ठानेको पाउनुहुनेछ । पुरुषहरू यदि आफ्नो अहम् हरायो भने आफ्नो व्यक्तित्व नै गुमेको, आफू पुरुष नभएको सोच्दछन् । महिलाहरू यदि आफ्नो अहम् हरायो भने आफ्नो स्त्री गुणहरू गुमाएको सोच्दछन् । पश्चिमाहरूको जीवन र अहम्बारेको ब्याख्यामा आधारित त्यो कुरा करिब करिब नजिक भए पनि त्यो सत्य कुरा होइन । कदापि सत्य होइन । उनीहरू 'समाजमा बाँच्नका लागि तपाईसँग अहम् छैन भने तपाई समाजमा घुलमिल हुन सक्नुहुन्न र अहम् हुनु आवश्यक छ' भन्ने अर्थमा अहम् कुनै सकारात्मक वस्तु हो भन्ने सोच्दछन् । तपाईले यसलाई शारीरिक होइन मानसिक स्तरमा अझ गहिरिएर हेर्नुहोस् । यो चाखलाग्दो विषय छ ।

केही मनोवैज्ञानिकहरूले समेत अहमलाई यत्ति सतही रूपले व्याख्या गर्दछन् कि तपाई त्यसलाई कुनै भौतिक अस्तित्व भएको वस्तु हो भन्ने ठान्नुहुन्छ । बौद्ध दृष्टिकोणमा अहम् एउटा मनको सोचाइ हो यो कुनै भौतिक वस्तु होइन । अहम् कार्यको लक्षणहरू बाहिरी रूपमा पनि अवश्य देखा पर्दछन् । उदाहरणका लागि जब मानिस क्रोधित हुन्छ, उसको मुहार र शरीरले त्यस क्रोधित कम्पनलाई देखाउँदछ । तर त्यो क्रोध स्वयं होइन त्यो त क्रोधको लक्षणमात्रै हो । त्यस्तै गरेर अहम् पनि त्यसको बाहिरी रूप होइन तर त्यो मनको पक्ष हो । एउटा मनोवैज्ञानिक प्रवृत्ति हो । तपाईले त्यसलाई बाहिरबाट देख्न सक्नुहुन्न ।

तपाईले ध्यान गर्नुभएको बेला तपाईले आज किन आफू निम्न र भोलि किन उच्च हुनुहुन्छ भन्ने कारणलाई देख्नु सक्नुहुन्छ । तपाईको मनस्थितिको कारण नै तपाईको त्यसमा उतार चढाव हुन्छ । आफूभित्र नै जाँच नगर्ने व्यक्तिहरू "म आज खुसी छैनँ किनकि आज सूर्योदय भएन" भन्ने जस्ता सतही कारणहरू देखाउँछन् तर तपाईको मनको उचार चढावको धरैजसो समय प्राथमिक मनोवैज्ञानिक कारणहरूद्वारा उत्पन्न हुन्छ ।

जब हुरी बतास चल्दछ, बादलहरू हराउँदछन् र नीलो आकाश देखा पर्दछ । त्यस्तै गरेर मनको प्रकृतिलाई बुझ्ने शक्तिशाली ज्ञानको उदय भएपछि अहमताको कालो बादल हराउँदछ । विचलित, अनियन्त्रित मन- अहम्भन्दा पर चिरस्थायी शान्ति र सन्तुष्टि छ । त्यसकारण नै भगवान् बुद्धले मानिसको सकारात्मक र नकारात्मक दुवै पक्षको गहन विश्लेशण गर्नु पर्दछ भन्नुभएको छ । बिशेष गरेर जब तपाईको नकारात्मक मन उत्पन्न हुन्छ त्यसबाट भयभित हुनुभन्दा तपाईले त्यसलाई अझ नजिकबाट जाँच गर्नुपर्दछ ।

हेर्नुहोस्, बुर्द्धधर्म कुनै चतुर धर्म होइन । यसले जहिले पनि आक्रामक प्रवृत्तिहरूलाई टाढा नै राख्दछ । बुर्द्धधर्मले तपाई के हो र तपाईको मनले के गरिरहेको छ भन्ने कुरालाई अहिले यहाँ नै सरलतासाथ व्याख्या गर्दछ । त्यसैले यसलाई त्यस्तो चाखलाग्दो बनाउँदछ । तपाईले जहिले पनि साकारात्मक कुराहरू मात्र सुन्ने अपेक्षा गर्नु हुन्न । तपाईको सकारात्मक पक्ष आवश्यक छ । तर तपाईको प्रबृत्तिको नकारात्मक पक्षबारे के भन्नुहुन्छ ? दुवै पक्षबारे बराबरी ज्ञान प्राप्त गर्नका लागि तपाई 'हुनु'को समग्रताको बोध प्राप्त गर्न तपाईले आफ्नो सकारात्मक तथा नकारात्मक बिशेसताहरूलाई पनि हेर्नुपर्दछ । त्यसलाई ढाकछोप गर्नु हदैन ।

अब अहिलेका लागि मसँग त्यत्ति भन्ने कुराहरू छैनन् । तर म तपाईहरूको प्रश्नहरूको उत्तर दिँदा खुसी हुनेछु ।

प्रश्न- लामा तपाईले हामीले आफ्नो नकारात्मक कार्यहरूलाई दवाएर राख्नुभन्दा खुला गर्नुपर्दछ हामीले आफ्नो नकारात्मकतालाई बाहिर निस्कन दिनर्ुपर्दछ भन्नुभएको हो ?

लामा- त्यो कुरा अवस्थाहरूमा भर पर्दछ । यहाँ दुइवटा कुराहरू छन् । यदि नकारात्मक भावनाको फोकाहरू सतहमा देखिन थालेको छ भने त्यसलाई कुनै तरिकाले देखाउनु शायद उचित हुन्छ । तर त्यस अवस्थामा पुग्नुभन्दा पहिले नै त्यसलाई समाधान गर्नु उचित ठानिन्छ । यदि तपाईंसँग गहनरूपको नकारात्मक भावनाहरूको सामना गर्ने कुनै पनि उपायहरू नभएको कारण त्यसलाई गहिरोसँग दबाएर राख्नुभयो भने त्यसबाट पछि गएर ठूलो समस्या उत्पन्न हुन सक्तछ । त्यसको उदाहरणमा त्यस्तो क्रोधको विष्फोटनस्वरूप कसैले बन्दूक उठाएर मानिसहरूलाइ हान्न सक्तछ । बुद्धको उपदेशले भावनाहरूलाई ज्ञानद्वारा जाँच गरेर ध्यानद्वारा पाचन गर्ने तरिका बताउँदछ, जसबाट भावनाहरू सरलरूपले लोप भएर जान्छन् । बाहिरी रूपमा नकारात्मक भावनाहरूलाई व्यक्त गर्दा तपाईको चेतनामा निकै गहिरो प्रभाव पर्दछ । यस प्रकारको प्रभावले तपाईलाई त्यस्तै प्रकारको हानिकारक तरिकाले प्रतिकृया गर्न सजिलो पार्दछ । तर दोस्रो पटक त्यस्तो प्रभाव पहिलो पटकको भन्दा अझ शक्तिशाली हुन सक्तछ । त्यसले कुनै कार्य गरेवापत त्यसबाट उत्पन्न हुने असर  (Cause and Effect) को कर्मको एउटा कडी स्थापना गर्दछ, जसले त्यस्तो नकारात्मक कार्यलाई चिरस्थायी बनाउँदछ । त्यसकारणले तपाईले नकारात्मक शक्तिलाई सामना गर्नुपर्दा उपायकौशल र न्यायको अभ्यास गर्नुपर्दछ । त्यसलाई कहिले र कसरी व्यक्त गर्ने हो भनेर सिक्नुहोस् । विशेष गरेर त्यसलाई सुरुमै कसरी चिनेर ज्ञानले पाचन गर्ने भन्नेबारे थाहा पाउनुहोस् ।

प्रश्न- कृपया बौद्ध ध्यान पद्दति र हठयोग बीचको सम्बन्धबारे व्याख्या गर्नुहोस् ।

लामा- बुर्द्धधर्ममा हामीले शरीरको गतिलाई भन्दा अन्तरावलोकनमा प्रवेश गर्नुलाई प्राथमिकता दिन्छौं । यद्यपि शारीरिक व्यायामद्वारा ध्यानलाई गहन पार्ने केही पद्दतिहरू नभएका होइनन् । साधारणतया बौद्ध ध्यान पद्दतिले हामीलाई हामी के हौँ भनेर जान्न तथा हाम्रो वास्तविक प्रकृतिबारे बुझ्नका लागि हामीभित्र नै हर्ेनलाई उपदेश दिन्छ । बौद्ध ध्यान पद्दतिमा पलेटी मारेर बसेर आँखा चिम्लनु नै पर्दछ भन्ने पनि छैन । तपाईको दैनिक जीवनको हरेक पक्षमा ध्यानलाई लागू गर्न सक्नुहुन्छ । आफूले अचेतन अवस्थामा समेत आफूलाई र अरूलाई समेत हानि नपुगोस् भनेर महत्वपूर्ण कुराहरूप्रति जागरुक हुनु अति महत्त्वपूर्ण छ । तपाईले हिंडदा, कुरा गर्दा, काम गर्दा, खाँदा जे गर्दा पनि आफ्नो शरीर, मन र वचनको कार्यहरूबारे सचेत हुनु पर्दछ ।

प्रश्न- के बौद्धहरूले आफ्नो प्राण -शक्ति)लाई मनद्वारा पूर्णरूपले नियन्त्रण गर्दछन् ?

लामा- हो, यदि तपाईले आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुभयो भने तपाईले जेलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ । पहिला आफ्नो मनलाई नियन्त्रण नगरीकन तपाईले आफ्नो भौतिक शरीरलाई नियन्त्रण गर्नु असंभव छ । तपाईले यदि शरीर र मनको सम्बन्धलाई नबुझीकन भौतिक शरीरलाई बलजफ्ती नियन्त्रण गर्ने कोशिस गर्नुभयो भने त्यो अति खतरनाक हुन सक्तछ र त्यसले तपाईको मनलाई ठूलो क्षति पुर्‍याउन सक्तछ ।

प्रश्न- बसेर गरिने ध्यानमा जस्तै हिँडेर गरिने ध्यानमा पनि गहन अवस्थामा पुग्न सकिन्छ कि ?

लामा- अवस्य, त्यो सिद्धान्ततः संभव छ तर त्यो व्यक्तिमा भर पर्दछ । सिकारुहरूले बसेर ध्यान गर्दा एकाग्रताको गहन अवस्थामा सजिलै पुग्न सक्दछन् । यद्यपि अनुभवी ध्यान अभ्यासकर्ताहरूले एकल बिन्दुको एकाग्रता एउटा पूर्णरूपले एकीकृत मन हिँड्दा लगायत उनीहरूले जे गर्दा पनि प्राप्त गर्न सक्तछन् । कसैको मन पूर्णरूपले विचलित छ भने उसको मनलाई एकीकृत पार्नका लागि बसेर गर्ने ध्यान पनि यथेष्ट नहुन सक्तछ । बुर्द्धधर्मको उपलब्धिहरू मध्ये एकमा तपाईले सबैले यस्तै गर्नुपर्दछ सबैजना यस्तो नै हुनर्ुपर्दछ भन्न सक्नुहुन्न । त्यो व्यक्तिमा भर पर्ने कुरा हो । जे होस, हामीसँग एकाग्रताको विभिन्न स्तरद्वारा 'पहिले यसको विकास गरेपछि त्यसको विकास गर' भन्ने जस्ता चरणबद्ध रूपले स्पष्ट व्याख्या गरिएका ध्यान अभ्यासहरू छन् । त्यस्तै गरेर हामीले 'लामरिम' भन्ने बोधिज्ञान प्राप्तिको महत्वपूर्ण पथलाई स्तरीय र तर्कयुक्त ढाँचामा ढालिएको छ ता कि प्रत्येक व्यक्तिले आफ्नो स्तर प्राप्त गर्न सक्नेछ ।

प्रश्न- हाम्रो मनमा उत्पन्न हुने विभिन्न नकारात्मक विचारहरू हामीबाट बाहिरको स्रोतबाट आउने हो कि ?

लामा- यो ज्यादै असल प्रश्न हो । नकारात्मक विचारको वास्तविक तथा गहन स्रोत हाम्रो मनभित्र नै हुन्छ । तर त्यो प्रकट हुनका लागि साधारणतया सहयोगी अन्य व्यक्ति तथा भौतिक संसारजस्ता वातावरणीय कारणको आवश्यकता हुन्छ । उदाहरणका लागि केही व्यक्तिहरूले ग्रहहरूको गतिको कम्पनVibration) जस्ता ग्रहहरूको स्थिति परिवर्तनले आफ्नो मनस्थितिमा उतारचढाव आएको अनुभव गर्दछन् । केही व्यक्तिको भावना उनीहरू आफैको शरीरभित्र भएको हार्मोनहरूको परिवर्तनले गर्दा त्यस्तो महसुस गर्दछन् । त्यस्तो अनुभव उनीहरूको मनबाट मात्र होइन तर शारीरिक र मानसिक उर्जाको अन्तरकृयाद्वारा पनि आउँदछ । हामी यसो पनि भन्दछौँ कि यो वास्तविकता हो कि हामीले आफूलाई त्यस्तो प्रकारको परिवर्तनले चाँडो प्रभाव पार्ने शरीरमा पनि पाउन सक्तछौं । त्यस प्रकारको परिवर्तन अवश्य नै सुरुमा मनभित्रबाट नै उत्पन्न हुन्छ । तर मलाई भगवान् बुद्धले तपाईलाई हानी पुर्‍याउने बाहिरी आत्मा छ भनेर भन्नुभएको छ जस्तो लाग्दैन । तपाईको भित्री उर्जा कुनै बाहिरी उर्जासँग सम्बन्धित भएर त्यससँगको अन्तरकृयाले तपाईलाई बिरामी बनाएको हुन सक्तछ ।

वातावरणले तपाईंलाई कसरी प्रभाव पार्न सक्तछ भनेर तपाईले आफू स्वयंको जीवनको अनुभवबाट हेर्न सक्नुहुन्छ । जब तपाई शान्त, दयावान् र खुसी मानिसहरू विच जानुहुन्छ, तपाई स्वयं पनि अवश्य शान्त, दयावान् र खुशी हुनुहुनेछ । जब तपाई क्रोधित, आक्रामक, मानिसहरूबीच जानुहुन्छ, तपाई पनि त्यस्तै हुनुहुन्छ । मानव मन एउटा ऐना जस्तै हो । एउटा ऐनाले आफूसामू आउने भयानक होस् वा आनन्ददायी जे सुकैको आकृतिलाई सरलतासाथ विना भेदभाव देखाउँदछ । त्यस्तै गरेर तपाईको मनले पनि तपाई वरिपरिको पक्षहरूलाई लिन्छ र यदि त्यहाँ के हँुदैछ भन्नेबारे तपाई चेतशील हुनुहुन्न भने तपाईको मन फोहरमैलाद्वारा भरिन सक्तछ । त्यसकारणले आफू वरिपरिको वातावरण र त्यसबाट आफ्नो मनमा पर्ने असरबारे तपाईं चेतनशील हुन ज्यादै महत्त्वपूर्ण छ ।

तपाईले धर्मको बारेमा बुझ्नु पर्ने कुरा त्यो धर्मले तपाईको मन र जीवनसँग के सम्बन्ध राख्दछ भन्ने हो । यदि तपाईले त्यसलाई व्यवस्थित बनाउन सक्नुभयो भने धर्म विलक्षणको हुन्छ त्यसलाई महसुस गर्नुहुनेछ । तपाईं भगवान् वा बुद्ध वा पाप वा जे सुकै मा विश्वास गर भनेर जोड दिनु पर्दैन । ती सबैको चिन्ता नलिनुहोस् । सकेसम्म सही बुझाइबाट कार्यहरू गर्नुहोस् र तपाईले त्यसका परिणामहरू आज नै पनि प्राप्त गर्न सक्नुहुन्छ । अलौकिक चेतना वा अलौकिक र्सार्वलौकिक प्रेमबारे बिर्सिदिनुहोस् । - र्सार्वलौकिक प्रेम विस्तारै निरन्तररूपले क्रमशः वृद्धि हुन्छ । तर यदि तपाई "ओह क्या गजब ! असिमित ज्ञान, असिमित शक्ति" भन्दै त्यसलाई पाउनका लागि लालायित हुनुभयो भने तपाई सरल रूपमा शक्ति प्राप्त गर्नेतर्फमात्र लाग्नुभएको छ । आध्यात्मिक शक्तिको अस्तित्व अवश्य छ तर तपाईले त्यसलाई प्राप्त गर्ने एकमात्र तरिका सही आध्यात्मिक कार्यमा संलग्न हुनु हो । शक्ति तपाईभित्रबाट नै आउँदछ । तपाईको एकमात्र शक्ति पनि बन्दछ । वास्तविक शक्ति आकाशमाथि छ भनेर नसोच्नुहोस् । तपाईसँग शक्ति छ , तपाईको मन शक्ति हो ।

प्रश्न- बौद्ध दर्शनअनुसार मानव निर्माण भएको पञ्चतत्व मध्येको एक ज्ञान पनि हो । त्यसले कसरी काम गर्दछ ?

लामा- हो । त्यो अर्को राम्रो प्रश्न हो । प्रायजसो समयमा हाम्रो ज्ञान भ्रमपूर्ण हुन्छ । हामीले वास्तविकतालाई बोध गरेका हुँदैनौं । हामीले आकर्ष आकार, सुन्दर रङ्गहरू, असल स्वाद इत्यादि चेतनाको संसारलाई अवश्य देख्दछौं । तर हामीले वास्तविकता आकारको वास्तविक प्रकृतिलाई र हामीले देख्ने आकार, रङ्ग र स्वादलाई वास्तवमा बोध गर्दैनौं । हाम्रो बोध धेरैजसो समयमा भ्रममा कसरी परेको हुन्छ भन्नेबारेको उदाहरण हो । त्यसरी हाम्रो भ्रममा परेको बोधले हाम्रो पञ्चइन्द्रियहरूले पठाएको सूचनालाई प्रशोधन गर्दछ र हाम्रो मनलाई गलत सूचना प्रसारण गर्दछ, जसले अहमको  प्रभावमा प्रतिकृया गर्दछ । यी सबैको परिणमस्वरूप हाम्रो प्रायजसो समयमा मत्रि्रममा परेका हुन्छौं र हामीले वस्तुहरूको वास्तविक प्रकृति देख्दैनौं । हामीले चेतनाको संसारको वास्तविकतालाई पनि बुझ्दैनौं ।

प्रश्न- के हाम्रो पहिलेको कर्मले हाम्रो बोधलाई असर पार्दछ ?

लामा- हो, अवश्य पार्दछ । पहिलेको कर्मले हाम्रो बोधलाई धेरै असर पार्दछ । हाम्रो अहमले अनियन्त्रित बोधको दृष्टिकोणलाई जकडेको हुन्छ । र हाम्रो मनले त्यसलाई सरल रूपले पछ्याउँछ । ती महत्वपूर्ण अनियन्त्रित अवस्थालाई नै हामीले कर्म भन्दछौं । कर्म कुनै असान्धर्भिक सिद्धान्त होइन । यो हामीले जिउने दैनिक बोध हो । बस ।

प्रश्न- लामा, खानाको सम्बन्धमा शरीर र मनको कस्तो सम्बन्ध छ ?

लामा- शरीर मन होइन र मन शरीर होइन तर तिनीहरूबीच धेरै नजिकको अति विशेष सम्बन्ध छ । तिनीहरू एक अर्कामा भएको परिवर्तन प्रति अति संवेदनशील छन् । उदाहरूणका लागि जब मानिसहरू लागू पदार्थ सेवन गर्दछन्, त्यस तत्वले मनलाई सोझै असर पार्दैन । तर मन शरीरको स्नायु प्रणाली र ज्ञानेन्द्रियहरूसँग जोडिएको हुनाले लागू पदार्थद्वारा स्नायु प्रणालीमा आएको परिवर्तनले त्यसलाई संतुलनबाट बाहिर फाल्दछ र मनमा भ्रम सिर्जना हुन्छ । शरीर र मनबीच धेरै बलियो सम्बन्ध छ । तिब्बती तान्त्रिक योगमा हामीले त्यो बलियो सम्बन्धबाट फाइदा उठाउँदछौं । शरीरको मानसिक प्रणालीमा बलियो गरेर ध्यान एकाग्र गरेर हामीले त्यसैअनुसार मनलाई प्रभाव पार्दछौं । त्यसकारणले दैनिक जीवनमा समेत तपाईले खाने खाना र तपाईको शरीरले छुने बस्तुहरूको तपाईको मनमा असर पर्दछ ।

प्रश्न- के ब्रत बस्नु तपाईका लागि असल हो ?

लामा- तपाईले मनलाई तालिम दिनै कुनै अभ्यास गर्दै हुनुहुन्न भने ब्रत बस्नु त्यत्ति महत्त्वपूर्ण छैन । यदि तपाई त्यस्तो अभ्यास गर्दै हुनुहुन्छ भने ब्रत बस्नु अत्यावश्यक हुन्छ । त्यो निश्चय नै लामाको अनुभव हो । उदाहरणका लागि यदि तपाईले दिनभरि नै पेटभरि टन्न खानपिन गर्नुभयो र साँझमा ध्यान गर्न बस्नुभयो भने तपाईको एकाग्रता एकदमै कम हुन्छ । त्यसकारण जब हामी गम्भीर प्रकृतिको ध्यान अभ्यास गर्दछौं, हामी दिनको एकपटक मात्र खान्छौं । बिहान हामी चिया मात्र पिउँछौं । दिउँसो खाना खान्छौं र हामी बेलुकी खाना खानको सट्टा फेरि चिया पिउँदछौं । हाम्रा लागि यसप्रकारको दैनिकीले जीवन इच्छित रूपले सरल हुन्छ र शरीर आनन्ददायी हुन्छ । तर मनलाई तालिम दिने कार्यमा नलागेका मानिसहरूका लागि यो शायद एउटा यातना दिए सरह हुनेछ । हामी साधारणतया ब्रतको वकालत गर्दैनौं । हामी मानिसहरूले आफू स्वयंलाई सजाय नदिन बरु सरल रूपले खुसी र युक्तसँगत हुन र आफ्नो शरीरलाई सकेसम्म स्वस्थ्य राख्नुहोस् भन्दछौँ । यदि तपाईको शरीर कमजोर भयो भने तपाईको मन वेकार हुन जान्छ । जब तपाईको मन बेकार हुन्छ, तपाईको अमूल्य जीवन बेकार हुन्छ । तर विशेष अवस्थामा तपाईको ध्यान अभ्यासलाई ब्रतले उच्च पार्दछ भने र त्यहाँ कुनै उच्च उद्देश्य छ भने म भन्दछु ब्रत तपाईका लागि असल हुन पनि सक्दछ ।

धन्यवाद । यदि अरु प्रश्नहरू छैनन् भने म तपाईहरूलाई अझ बढी समय सम्मका लागि यहाँ राख्दीनँ ।

धेरै धेरै धन्यवाद !
                                                                                      
ब्रिस्वेन, अष्ट्रेलिया
                                                                                      अप्रिल २८, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com